विराेध र प्रश्नका घेराबीच जी २० सम्मेलन

इन्डियामा आज देखि जी- २० को अठारौ सम्मेलन सुरु भएको छ। जी-२० समुहमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, इटाली, क्यानाडा , अस्ट्रेलिया, रुस, चीन, इन्डिया, ब्राजिल, दक्षिण कोरिया, दक्षिण अफ्रिका, इन्डोनिसिया, साउदी अरेबिया, अर्जेन्टिना, टर्की, मेक्सिको र युरोपियन युनियनहरु समावेश छन्।

जी- २० समुहमा आयतन धेरै विशाल रहेको छ। यो समुहमा सहभागी भएका देशहरुले विश्वको कुल कुल गार्हस्थ्य उत्पादनमा करिव ८० प्रतिशत योगदान गर्छन भने अन्तराष्ट्रिय व्यापारमा ७५% हिस्सेदारी रहेको छ। त्यस्तै विश्वको कुल जनसंख्याको दुई तिहाइ र विश्वको ६०% क्षेत्रफल ओगटदछ।

जी- २० को स्थापना सेप्टेम्बर १९९९ मा भएको थियो। त्यस बेला यो समुह स्थापना हुनुको मुख्य उद्देश्य त्यस बेला विश्वभर सुरु भएको आर्थिक मन्दीलाई सामना गर्न संयुक्त प्रयास गर्ने भन्ने थियो। अहिलेको जी- २० सम्मेलनको मुख्य एजेण्डाहरु भनेको जलवायु परिवर्तन, अन्तराष्ट्रिय मामिलाहरु, दिगो विकास, स्वच्छ उर्जा र रुस-युक्रेन युद्ध हुनेछन्। 

अहिले सम्म जी- २० का १७ वटा शिखर सम्मेलनहरु भइसकेका छन्। तर यो समूहले देखाउन लायक कुनै खास उपलब्धिहरु भने हासिल गर्न सकेको छैन। जी- २० को सबै भन्दा ठूलो उपलब्धि भनेको २००८ को आर्थिक संकटलाई व्यवस्थान गर्न सहयोग गर्नु थियो। यो आर्थिक संकट हल गर्न जी- २० ले महत्वपुर्ण भूमिका खेलेको थियो। त्यसबाहेक यो समुहले कुनै खास देखाउन योग्य काम गर्न सकेको छैन भनी आलोचना हुने गरेको छ ।

'एक पृथ्वी–एक परिवार–एक भविषय' मूल नाराका साथ अहिले नया दिल्लीमा भैरहेको जी- २० सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो इज्जत र प्रतिष्ठासंग जोडेर हेरेका छन्। यो सम्मेलनलाई उनले भारतको अन्तराष्ट्रिय प्रतिष्ठा बढाउन सफल भएको भनेर अब आउने चुनावमा उपयोग गर्न खोजेका छन्। त्यसको लागि प्रधानमन्त्री मोदीले यो सम्मेलन सफल पार्न पैसाको खोलो बगाएका छन्। एक रिपोर्ट अनुसार जी- २० सम्मेलनको लागि नया दिल्लीमा मात्र भारु ४१०० करोड रुपियाँ खर्च गरिएको छ। त्यस मध्ये नयाँ दिल्लीको प्रगति मैदानमा बनाइएको भारत मण्डपमको खर्च मात्रै दुई हजार सात सय करोड छ। यो सम्मेलनको सुरक्षाको लागि दिल्लीका स्कुल, कलेज, कार्यालय, बैंक, सार्वजनिक यातायात र अरु राज्यबाट दिल्ली पुग्ने धेरै रेलहरू पनि केही दिनको लागि रोकिएका छन् । अघोषित रुपमा दिल्ली अहिले लकडाउनको स्थितिमा छ। आफूलाई विश्वअर्थतन्त्रको पाँचौं नम्बरमा रहेको दावी गर्दै आएको भारतीयहरुको गरिवी विदेशी पाहुनाहरुले नदेखुन् भनेर सुकुम्बासी बस्तिहरुलाई फ्लेक्सको पर्दा लगाएर छोपिएको छ। हजारौं सुकुम्बासीहरुलाई जबर्जस्ती आफ्नो घरबाट बुल्डोजर लगाएर बिस्थापित गरिएको छ।

यति चर्को आर्थिक र मानवीय मूल्य चुकाएर गरिएको जी- २० सम्मेलन आफ्नो लक्ष्यमा सफल हुने सम्भावनाबारे यसको शुरुवातदेखि नै व्यापक प्रश्नहरु उठ्ने गरेका छन् । सम्मेलनको विरोधमा भारतका कतिपय स्थानहरुमा प्रदर्शन पनि भएका छन् । जी– २० को व्यानरमा सत्तासीन भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूलको प्रयोग गरिएको भनेर पनि आलोचना भएको छ ।

सम्मेनल सुरु हुनु अगावै रुस र चीनका रास्ट्रपति भ्लादमिर पुटिन र सी जिन्पिंगले यसमा सहभागी नहुने घोषणा गरेका छन्। पुटिनको साटो रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभ भारत आएका छन् भने चीनका रास्ट्रपति सी जिनपिङ्गको प्रतिनिधित्व प्रधानमन्त्री ली चियांगले गर्दै छन्। रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले सम्मेलन सुरु हुनु अगाडि नै भनेका छन् कि युक्रेन संकटका बारेमा रुसको भावनाको प्रतिनिधित्व हुने गरी यदि जी- २० सम्मेलनले घोषणापत्र तयार गरेन भने त्यसलाई पारित हुनबाट रोक्ने छ। त्यस्तै चीनले पनि भारत सरकारले जी- २० सम्मेलनका दस्तावेजहरुमा 'वसुधैव कुटुम्बकम्' भन्ने संस्कृत वाक्यांस प्रयोग गरेकोमा आपत्ति जनाएको छ। चीनका अनुसार संस्कृत संयुक्त राष्ट्र संघले मान्यता दिएका ६ भाषाहरुमा पर्दैन। संयुक्त राष्ट्र संघले अंग्रेजी, फ्रेन्च, स्पेनिश, रुसी, चीनिया र अरबी भाषालाई मात्र मान्यता दिएको छ।

यस सम्मेलनमा २५ हजार प्रतिनिधि र पर्यवेक्षकहरुले भाग लिने बताइएको छ ।

जी–२० को पछिल्लो सत्रौं सम्मेलन २०२२ सालको नोभेम्बर १५–१६ मा इण्डोनेशियाको बालीमा भएको थियो ।

बाङ्लादेशलाई निम्तो दिँदा नेपाललाई वेवास्ता !

यस सम्मेलनमा पर्यवेक्षकको रुपमा केही देशहरुलाई निम्त्याइएको छ। ती मध्ये एउटा देश हो– सार्क सदस्य राष्ट्र बाङ्लादेश। भारतले चाहेको भए नेपाललाई समेत निम्त्याउन सक्थ्यो। तर नेपालको के आर्थिक र राजनीतिक हैसियत छ र उसलाई निम्त्याउने? यही जी-२० सम्मेलनमा आउन लागेका फ्रान्सका रास्ट्रपति इम्यान्युएल म्यारोन र रुसका विदेशमन्त्री पनि बाङ्लादेशको भ्रमण गर्ने कार्यक्रम छ। यसले अन्तर्राष्ट्रिय क्षेत्रमा बाङ्लादेशको बढदो आर्थिक र राजनीतिक हैसियतलाई स्पष्ट गर्दछ। हेक्का रहोस्, नेपालमा चालीस वर्ष अगाडि फ्रान्सका रास्ट्रपति फ्रास्वाँ मितराले भ्रमण गरेका थिए।

केही वर्ष अगाडिसम्म भारतका मोदीजी नेपाल भ्रमणमा वर्षेनी जस्तो आउथे। उनले पनि नेपाललाई वास्ता गर्न छोडिदिए जस्तो छ। अचेल भारतले पनि हाम्रो हैसियत चाल पाएर होला विजय चौथाइवालेबाट काम चलाउन थालेको छ! 

Photo: the quint

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’