१२ सुझावहरु: हो चि मिन्ह

साम्राज्यवादविरोधी प्रतिरोधी क्रान्तिका विश्वनायक हुन् हो चि मिन्ह । विश्व क्रान्तिका अमर पात्र हो चि मिन्ह व्यक्तिगत रुपमा अत्यन्तै सरल र विनम्र थिए । उनले दिएका १२ वटा सुझावहरु जनताका लागि राजनीति गर्नेहरुका लागि सदैव अनुकरणीय रहँदै आएको छ ।

उनले १२ वटा सुझावहरु दिँदै लेखेका छन्–  

राष्ट्रको जरा जनतामा रहने गर्छ। राष्ट्रिय प्रतिरोध युद्ध र राष्ट्रिय पुनर्निर्माणको समयमा मुख्य शक्ति जनतामा निहित हुन्छ। त्यसकारण सेना, प्रशासन र जनवर्गीय संगठनहरुमा रहेका सबै मानिसहरु जो जनताको सम्पर्कमा रहन्छन् वा जनता माझ बस्छन्, उनीहरुले यी बाह्र सुझावहरुलाई सम्झिनु र लागू गर्नुपर्छ।

६ वटा निषेध:-

१. जनताको जमीन र बालिनाली, घर र जायजेथालाई नोक्सान पुर्‍याउन सक्ने काम नगर्नु।

२. जनताले बेच्न र सापटी दिन नचाहेको सामान किन्न र सापटी माग्न जोड नगर्नु।

३. पहाडमा बस्ने मानिसहरुको घरमा जिउँदो कुखुरा लिएर नजानु।

४. आफ्नो वचन कहिले नतोड्नु ।

५. जनताको विश्वास र प्रथा-परम्पराप्रति आक्रमक नहुनु (जस्तै पूजा गर्ने ठाउँमा नसुत्नु, चुल्हो ननाघ्नु, घरमा संगीत नबजाउनु आदि)

६. त्यस्तो कुनै पनि कुरा नभन्नु जसले गर्दा जनतालाई हामीले होच्याएको वा अपमान गरेको महसुस होस्।

६ वटा गर्न मिल्ने:-

१. जनताका दैनिक काममा सहयोग गर। (जस्तै:- बाली भित्र्याउने, दाउरा बटुल्ने, पानी बोक्ने, लुगा सिउने आदि)

२. सम्भव भएसम्म बजार बाट टाढा बस्ने मानिसहरुको लागि सामान किन्दिने गर। (जस्तै:- चक्कुहरु, नुन, सियो-धागो, कलम-कापी आदि)

३. खाली समयमा प्रतिरोधको लडाइँलाई उपयोगी हुने रमाइला, सरल र छोटा कथाहरु भन्ने गर तर गोप्य कुरा हरु नखोल।

४. आममानिसलाई देशको राष्ट्रिय लिपि लेख्न र आधारभूत स्वास्थ्यबारे सिकाउ।

५. प्रत्येक क्षेत्रको प्रथा-परम्पराको बारेमा जानकार रहनको लागि त्यसको अध्ययन गर जसले गर्दा पहिला सहानुभूतिको वातावरण बनोस्। त्यसपछि बिस्तारै जनता बुझाउदै ती अन्धबिश्वासलाई कम गर्दै लान सकियोस्।

६. जनतालाई देखाउ कि तिमी सही, लगनशील र अनुशासित छौ ।

-५ अप्रिल १९४८

Title image: https://baodanang.vn

प्रस्तुति: केदार सिटौला