इजरायलमाथि इरानको ‘ट्रू प्रोमिस’ कारवाही

अप्रिल १ तारिखका दिन सिरियाको राजधानी दमास्कसमा स्थित इरानी वाणिज्य  दूतावासमामा ‘इजरायलले गरेको आक्रमण’को जवाफ दिएको छ। उसले इरानी भूमिबाटै इजरायलमाथि २०० भन्दा भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको छ । इरानले आफ्नो कारवाहीलाई ‘ट्रू प्रोमिस’ भन्ने नाम दिएको छ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानले इजरायल माथि गरेको पहिलो प्रत्यक्ष आक्रमण हो।

इरानी आक्रमणका कारण इजरायलको राजधानी तेल अभिभ र जेरुसलम लगायत ७२० ठाउमा हवाई हमलाको संकेत स्वरुप साइरनहरु बजेका थिए। इजरायल सेनाले दिएको जानकारी अनुसार इरानले २०० भन्दा बढी  ड्राेन, ब्यालेस्टिक र क्रुज मिसाइल प्रहार गरेको थियो। तीमध्ये अधिकांशलाई इजरायलको हवाइ सुरक्षा प्रणाली आइरन डोम तथा इजरायली हवाइ सेनाले विफल पारिदिएको दावी इजरायलले गरेको छ । त्यसबाहेक इरानले प्रहार गरेका अधिकांश ड्रोन र मिसाइलहरुलाई इजरायली, अमेरिकी, बेलायती, साउदी र जोर्डनी सेनाले इजरायलको सिमा क्षेत्रभित्र प्रवेश गर्नुभन्दा अगाडी नै खसाली दिएका थिए।

त्यसो त स्वयं इजरायली सेनाका अनुसार केही मिसाइलहरुले मात्र आक्रमण गर्न सफल भए र त्यसले थोरै मात्र क्षति पुर्‍याएको छ। इरानी हमलाले  नेगेभ मरभुमीमा रहेको इजरायली रेमोन हवाई अखडामा क्षति पुगेको छ । तर  इजरायलले त्यहा खासै ठुलो क्षति नभएको भनेर दावी गरेको छ। इरानका अनुसार यही हवाई अड्डाबाट सिरियामा रहेको उसको वाणिज्य दुतावासमा आक्रमण गर्न इजरायली युद्धक विमानहरुले उडेका थिए।

यो आक्रमणको पहिलो खेपसंगै इरानले आफ्नो कारवाही समाप्त भएको घोषणा गरेको छ। यो संगसंगै उसले इजरायलले आफू विरुद्ध अरु थप केही हर्कत गरेमा त्यसको जवाफ दिइने चेतावनी पनि दिएको छ । यो आक्रमण पछि इरानको राजधानी तेहरानमा इरानी जनताहरुले र्‍याली निकालेर खुशियाली मनाएका थिए।

सो आक्रमण पछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानी आक्रमणको भर्त्सना गरेका छन्। उनले इजरायललाई अमेरिकाले दिइआइको सुरक्षा सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जाहेर गरे। साथै रास्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन बार्ताको क्रममा इजरायलले इरान माथि गर्ने आक्रमणमा अमेरिका सहभागी नहुने कुरा पनि बताए। भनिन्छ, उनले इजरायलले अमेरिकालाई मध्यपूर्वको व्यापक द्वन्दमा घिसारिरहेको चिन्ता समेत जाहेर गरेका थिए।

स्मरण रहोस्, मध्यपूर्वमा इजरायलको मुल्याहा व्यवहारलाई अमेरिकाले व्यापक सहयोग र भरथेग गर्दै आइरहेको छ । अमेरिका र उसका समर्थक युरोपेली देशहरुकै कारण इजरायलले यतिखेर गाँजामा युद्धअपराधको तहमा व्यापक नरसंहार गर्दै आएको छ । अहिलेसम्म उसले गाजामा ३१ हजारमाथिको हत्या तथा ७३ हजार माथि घाइते भइसकेका छन् ।

कदाचित इरानमाथि इजरायलले प्रत्यक्ष प्रत्याक्रमणमा उत्रियो र उसको समर्थनमा अमेरिका–युरोपका देशहरु समेत सहभागी भयो भने त्यसले वैश्विक ध्रुवीकरण निम्तयाउने पक्का छ । विशेष गरी रुस–युक्रेन युद्धमा रुसको पक्षमा इरानले गरेको सैन्य सहायताको गुन तिर्न इरानको पक्षमा रुस उत्रने निश्चित जस्तै छ । त्यस अवस्थामा इरानसँग बलियो सम्बन्ध रहेको चीनको भूमिका र समर्थन महत्वपूर्ण हुनेछ । मध्यपूर्वको अशान्तिले वैश्विक सन्तुलन तथा आफ्नो सामरिक–आर्थिक स्वार्थमा नराम्ररी धक्का पुग्ने कुरा राम्ररी बुझेको चीनले मध्यपूर्वको दावानल निभाउन प्रत्यक्ष सहभागी भयो भने पनि अनौठो हुनेछैन ।

Image source: https://www.aljazeera.com

सम्बन्धित खबर

कस्तो हुनसक्छ इजरायल विरुद्ध इरानी प्रत्याक्रमणको स्वरूप