रुसी राष्ट्रपतिको चीन भ्रमण

रुसका  राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणको क्रममा चीनको राजधानी बेजिंगमा छन्। उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। भर्खरै राष्ट्रपति पदको सपथ लिएर पाचौं कार्यकाल सुरु गरेका पुटिनले आफ्नो विदेश भ्रमणको पहिलो गन्तव्य चीनलाई बनाएका छन्। यस हिसाबले पनि यो भ्रमण निक्कै अर्थपूर्ण रहेको छ।

२० वटा गाडीहरु रहेको पुटिनको कारगेडलाई सेतो पोसाक लगाएका चीनिया सुरक्षाकर्मीहरुले मोटरसाइकलले ग्रेट हल अफ दि पीपलको प्रांगण सम्म एस्कर्ट गरेका थिए। त्यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले उनको स्वागत गरेका थिए। सो समारोहमा तोपको सलामी प्रदान गरिनुका साथै दुई देशका राष्ट्रगानहरु बजाइएको थियो। त्यस पछि दुवै नेताले रेड कार्पेटमा हिँड्दै चिनियाँ सेनाको गार्ड अफ अनर ग्रहण र अवलोकन गरेका थिए। सोही समारोहमा चिनियाँ बालबालिकाहरुको समुहले चीन र रुसको झण्डा हल्लाउँदै उत्साहपूर्वक स्वागत गरेका थिए।

पुटिन र सी जिनपिङ्ग बीच भएको छलफलमा सीले पुटिनलाई पुराना मित्र भनेर सम्बोधन गरेका थिए। उनले पुटिनलाई भने– चीन र रुसको सम्बन्धले समयको परिक्षामा खरो उत्रिएको छ र यसले एक दशक यता भएका चालिसवटा बैठकहरुमा एक अर्कालाई रणनीतिक निर्देशन प्रदान गरेको छ। चीन रुससंग एक अर्काको राम्रो छिमेकी, राम्रो मित्र र राम्रो साझेदारको रुपमा रहनको लागि काम गर्न तयार छ। पुटिनले भने रुस र चीनबिचको सम्बन्ध कुनै शक्तिको विरुद्ध निर्देशित छैन। यो विश्वलाई स्थिरता प्रधान गर्ने तत्त्व हो। हामीहरु न्याय र लोकतान्त्रिक विश्व व्यवस्थाको सिद्दान्तलाई समर्थन गर्छौं जसले बहुध्रुवीय यथार्थलाई प्रतिविम्बित गर्छ र अन्तर्राष्ट्रिय कानुनलाई सम्मान गर्छ।

अन्तर्राष्ट्रिय राजनीतिमा रुसका  राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणलाई ठुलो महत्वका साथ् हेरिँदैछ।

Title image: https://dynaimage.cdn.cnn.com

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’