कारिन्दाको मृत्यु

असाध्यै रमाइलो साँझ थियो । थिएटरको दोस्रो पंक्तिमा बसेको कारिन्दा इभान मित्रिच चेर्भ्याकोभ दूरबीन लगाएर नाटक हेर्दै थियो । थिएटरमा 'कोर्नेभिलका घण्टाहरू' नाटक चल्दै थियो । कारिन्दा चेर्भ्याकोभ नाटकको मस्ती लिंदै थियो । अकस्मात् ... कथाहरूमा यो "अकस्मात्" शब्द अक्सर पढिन्छ र यसमा कथाकारहरूको दोष पनि छैन, हाम्रो जीवन नै यस्तै आकस्मिकताहरूले भरिएको छ ! त कुरा के हो भने अकस्मात् कारिन्दाको अनुहार खुम्चियो, आँखा माथितिर फर्किए, सास थामियो ... उसले आँखाबाट दूरबीन हटायो, तलतिर निहुयो र... हाच्छिउँ ! ! भनाइको मतलब उसले छिंक्यो । हुन त कसैलाई पनि कहिं पनि हाच्छ्यूँ गर्न रोकटोक छैन । किसानदेखि लिएर थानेदार र यहाँसम्म कि राजसभाका सदस्यहरू समेत हाच्छ्यूँ गर्छन् । हाच्छ्यूँ त सब गर्छन् । चेर्भ्याकोभलाई पटक्कै असजिलो लागेन, उसले रूमालले मुख पुछ्यो र एक भलाद्मी मान्छेले स्वभावतः जस्तो गर्छ - यता उता हेयो, आफ्नो छिंकाइले उसले कसैलाई असुविधा त पुऱ्याएन ? अबचाहिं उसलाई साँच्चि  नै असजिलो लाग्यो । उसले देख्यो अघिल्लो सिटमा बसेको बूढो मान्छे बडो जोडले आफ्नो खल्वाटे टाउको र घाँटी पञ्जाले पुच्छ्दै थियो, बूढो साथसाथै केही बड्बडाउँदै पनि गइरहेको थियो । चेर्भ्याकोभले त्यस बूढोलाई तुरून्तै चिनिहाल्यो । त्यो बूढो यातायात मंत्रालयको सिभिल जर्नेल ब्रिज्झालभ थियो ।

'मैले हाच्छ्यूँ गरेको त उसलाई पो लागेछ ! ' चेर्भ्याकोभले मनमनै सोच्यो। ‘हुन त मेरो हाकिम होइन, तै पनि कस्तो नमजा भैदिए छ त हँ ! माफी माग्नु पर्‍यो । '

उसले देख्यो अघिल्लो सिटमा बसेको बूढो मान्छे बडो जोडले आफ्नो खल्वाटे टाउको र घाँटी पञ्जाले पुच्छ्दै थियो, बूढो साथसाथै केही बड्बडाउँदै पनि गइरहेको थियो । चेर्भ्याकोभले त्यस बूढोलाई तुरून्तै चिनिहाल्यो ।

चेर्म्याकोभले बिस्तारै खोक्यो, अनि अघिल्तिर टाउको निहुऱ्यायो र जर्नेलको कानैनेर मुख फर्काएर बिस्तारै भन्यो-

“हजूर, माफ गरिबक्सियोस्, मैले हाच्छ्यूँ गर्दा हजूरलाई छिटा लाग्यो ... मैले जानी जानी गरेको होइन...।"

“ केही छैन, केही छैन, भैहाल्यो... ।”

'माफी पाउँ हजूर, नजानेर यस्तो हुन गयो !’’

'धत्तेरी, कृपया चूप लगिदिनोस् ! नाटक हेर्न दिनोस् !"

चेर्भ्याकोभ जिल्ल पयो, उल्लू तरीकाले मुस्कुरायो, अनि फेरि नाटकतिर मन लगाउने कोशिश गर्न थाल्यो । ऊ नाटक हेर्दै थियो, तर अब नाटक हेर्न उसलाई कति पनि मजा लागिरहेको थिएन । ऊ भित्रभित्रै छट्पटाइरहेको थियो । मध्यान्तरमा ऊ ब्रिज्झालभनेर आयो, एकछिन उसको वरिपरि ओहर-दोहर गयो र फेरि साहस बटुल्दै सानो स्वरमा भन्न थाल्यो –

“मैले हाच्छ्यूँ गरेर हजूरलाई... माफ गरिबक्सियोस् त ... जानी जानी गरेको होइन . ।”

“धत्तेरी, छोडिदिनोस् तपाईं पनि, मैले त बिर्सि पनि सकें, चाहिं फेरि त्यही कुरा गर्दै हुनुहुन्छ । ” जर्नेलले भन्यो । रीसले उसको तल्लो ओठ फड़फडाउन थाल्यो ।

‘बिर्सें भन्छ, तर आँखाचाहिं रीसले रातो भैसकेको छ,' जर्नेलतिर शंकालु दृष्टिले हेर्दै चेर्भ्याकोभले मनमनै सोच्यो । 'कुरा पनि गर्न चाहँदैन ! उसलाई राम्ररी नबुझाई भएन, मैले जानी जानी गरेको होइन भन्ने कुरा पो कसरी बुझाउने हो अब... यो त स्वाभाविक कुरा हो, मैले उसलाई थुक्न चाहेको थिएँ भन्ने सोच्यो भने त बरबाद भइन्छ। तुरून्तै नसोचिहाले पनि पछि सोच्न सक्छ !.. '

'कुरा पनि गर्न चाहँदैन ! उसलाई राम्ररी नबुझाई भएन, मैले जानी जानी गरेको होइन भन्ने कुरा पो कसरी बुझाउने हो अब...

घर पुगेपछि चेर्भ्याकोभले आफ्नो अभद्र व्यवहारबारे स्वास्नीलाई बतायो। उसलाई लाग्यो स्वास्नीले यस घटनाप्रति त्यत्ति सान्हो ध्यान दिइरहेकी छैन। शुरूमा त तिनी अलि तर्सिन् पनि, तर ब्रिज्झालभ "आफ्नो" हाकिम होइन भन्ने थाहा पाएपछि शान्त भइन् ।

" तर जे भए पनि एकपल्ट गएर माफीचाहिं मागिहाल्नु,” स्वास्नीले भनिन् । – “ कहीं सोचि नहालोस्, तिमीलाई भद्र समाजमा व्यवहार गर्न आउँदैन !"

'म पनि त त्यही भन्दै छु ! मैले माफी माग्न खोजेको थिएँ, उसले यस्तो अनौठो व्यवहार गयो... राम्ररी कुरै गर्न चाहेन । फेरि त्यहाँ कुरा गर्ने पनि त मौकै कहाँ पाइयो र !’’

भोलिपल्ट चेर्भ्याकोभले नयाँ बर्दी लगायो, बाल बनायो र ब्रिज्झालभसंग माफी माग्न हिँड्यो जर्नेलको भेटघाट गर्ने कोठाभित्र पसेपछि उसले त्यहाँ थुप्रै भेट्न आउने मान्छेहरूलाई देख्यो, जर्नेल आफैं ती मान्छेहरूको बीचमा उभेको थियो र आगन्तुकहरूको कुरा सुन्दै थियो केही प्रार्थीहरूको कुरा सुनिसकेपछि जर्नेलले चेर्भ्याकोभतिर हेर्यो ।

“हजूर, यदि सम्झिबक्सेको छ भने हिजो 'आर्कादिया' थिएटरमा, " कारिन्दाले भन्न थाल्यो – “मैले हाच्छ्यूँ गरेको थिएँ र अकस्मात् हजूर- लाई छिटा लागेको थियो... माफ...।"

'कुरासम्म गर्न चाहँदैन !' कालोनीलो मुख लाउँदै चेर्भ्याकोभले सोच्यो – ‘साँच्चिकै रिसाएछ...

‘‘धत्तेरी, कस्तो वाहियात कुरा गर्नुहुन्छ तपाईं पनि ! के चाहियो तपाईंलाई भन्नोस् ? " अर्को प्रार्थीतर्फ फर्कंदै जर्नेलले सोध्यो ।

'कुरासम्म गर्न चाहँदैन !' कालोनीलो मुख लाउँदै चेर्भ्याकोभले सोच्यो – ‘साँच्चिकै रिसाएछ... होइन, यो कुरा त्यसै छोड्नु हुन्न.. म उसलाई राम्ररी बुझाइदिन्छु... ।'

जर्नेलले अन्तिम आगन्तुकसंग कुरा गरिसकेपछि भित्री कोठातिर पस्न लाग्दा चेर्भ्याकोभ उसको पछिपछि लाग्दै बड्बडाउन थाल्यो - "...ठूलो पश्चात्ताप लागेकोले मात्र हजूरलाई तकलीफ दिने हिम्मत
गरेको हुँ ! .. जानी जानी गरेको होइन, आफै सोचिबक्सियोस् !’’

 जर्नेलले रुन्चे मुख लायो र हात हल्लायो ।

"महाशय, के तपाईं मेरो हँस्सी उडाउन चाहनुहुन्छ !" यति भनेर
उ ढोकाभित्र घुस्यो ।

'कहाँ हँस्सी उडाउनु र ? ' चेर्भ्याकोभले सोच्यो - 'हँस्सी उडाउने कुरै के छ र! जर्नेल जस्तो मान्छेले यति सानो कुरा पनि बुझिदिंदैन भने के लाग्छ ! ठीक छ, त्यसो भए म पनि यस लाठ साहेबसंग किन माफी मागिरहन्छु र ! भाडमा जाओस् ! बरु एउटा चिट्ठी लेख्नुपर्ला, तर अब यसकहाँ चाहिँ आउँदिन ! किरिया खान्छु, अब आउन्न ! '

घरतिर लाग्दै चेर्भ्याकोभ यस्तै कुरा मनमनै गुन्दै थियो । तर जर्नेललाई चिट्ठी चाहिं उसले लेखेन । जति सोचे पनि कसरी चिट्ठी लेख्ने हो भन्ने कुरा उसको दिमागमा आइरहेको थिएन । त्यसैले फेरि भोलिपल्ट पनि जर्नेलकहाँ आफै माफी माग्न नगई सुख पाएन ।

मैले हाच्छ्यूँ गर्दा हजूरलाई छिटा लाग्यो, हजूरको हँस्सी उडाउने कुरा त मैले सपनामा पनि सोचेको थिइनँ। कसरी म हजूरको हँस्सी उडाउने साहस गर्न सक्छु र?

“हजूर, हिजो मैले हजूरलाई दुःख दिने साहस गरेको,’’ चेर्भ्याकोभ बडबडाउँदै थियो – “ हजूरले मर्जी भए जस्तो हजूरको हँस्सी उडाउन होइन। म त माफी माग्न हाजिर भएको, मैले हाच्छ्यूँ गर्दा हजूरलाई छिटा लाग्यो, हजूरको हँस्सी उडाउने कुरा त मैले सपनामा पनि सोचेको थिइनँ। कसरी म हजूरको हँस्सी उडाउने साहस गर्न सक्छु र? यदि हामी जस्तो मान्छेले हजूरको हँस्सी उडाउने कुरा सोच्न थाल्यौं भने त आदर सत्कारको भावना नै कहाँ बाँकी रहन जान्छ र... ठूलाबडाको इज्जत कसरी रहन जान्छ र ...।”

'निस्की यहाँबाट ! ! " रीसले मुरमुरिंदै जर्नेल गड्क्यो ।

"के के मर्जी भो ? " डरले थरथर काँप्दै चेर्भ्याकोभले सानो स्वरले सोध्यो ।
‘‘तुरन्तै निस्किहाल् ! " जर्नेलले खुट्टा बजार्दै दोहऱ्यायो ।

चेर्भ्याकोभलाई आफ्नो पेटभित्र केही चुँडिए जस्तो लाग्यो। उ अन्धो जस्तो लड्खडाउँदै पछाडि हट्यो र ढोकासम्म पुग्यो, ढोकाबाट बाहिर निस्क्यो र सडकतिर लाग्यो । उ न त केही सुन्दै थियो, न केही देख्दै थियो, यन्त्रवत् सडकमा हिंड्दै थियो घर पुगेपछि आफ्नो बर्दी नै नफुकाली उ कौचमा पल्ट्यो र ...मर्‍यो ।

सन् १८८३ । प्रगति प्रकाशन मास्कोद्वारा प्रकाशित आन्तोन चेखभ ‘कथा सङ्ग्रह’ (अनुवादक राजेन्द्र मास्के)बाट साभार