विज्ञानलाई सर्वसाधारणको भाषा बनाउने महान् भौतिकशास्त्री रिचर्ड फाइनम्यान
म जे बनाउन सक्दिनँ, त्यो कुरा पनि बुझ्दिनँ: रिचर्ड फाइनम्यान

यो कथा रिचर्ड फाइनम्यानको हो जसले विज्ञान जस्तो जटील र निरस विषयलाई सामान्यजनले सजिलै बुझ्ने भाषामा व्याख्या गरिदिए । धेरैलाई उनको नाम थाहा नहुन पनि सक्छ किनभने उनको प्रसिद्धिको कथा आइन्स्टाइनको जस्तो व्यापक बनेको–बनाइएको थिएन । तर निर्विवाद सत्य के हो भने आफ्नो समयका सबैभन्दा प्रतिभाशाली भौतिकशास्त्रीमध्ये एक थिए, जसलाई अन्य वैज्ञानिकहरूले ‘जादूगर’ भन्थे।
आधुनिक प्रविधिको आधारमा फाइनम्यान
हामीले प्रयोग गर्ने फोनमा बग्ने हरेक इलेक्ट्रोन बुझ्ने भाषा फाइनम्यानले लेखेका हुन्। अहिले तीब्र गतिमा विकास भइरहेका क्वान्टम कम्प्युटरका आधारभूत अवधारणाहरु फाइनम्यानले सन् १९८० मा दिएका थिए। एआई र मेसिन लर्निङले प्रयोग गर्ने एल्गोरिदमहरूको आधारमा फाइनम्यानका डायग्रामहरू छन्। तर फाइनम्यानको विलक्षणता उनले के पत्ता लगाए भन्नेमा थिएन । वास्तवमा उनको विलक्षणता त विज्ञानलाई बोधगम्य बनाउनेमा थियो । उनले विज्ञानलाई खेलजस्तो रोचक र मनोरञ्जक बनाउँदै त्यसलाई सर्वसाधारणले बुझ्ने भाषामा व्याख्या विश्लेषण गरे ।
जिज्ञासा, प्रश्न र जीवनलाई पूर्ण रूपमा जिउने कथा
फाइनम्यानका जीवन कथा निक्कै प्रेरणादायी र रोचक छ । उनको जीवनकथाबाट कसरी ब्रुकलिनका एक मध्यमवर्गीय केटाले आफ्नो पहिलो प्रेम गुमाए, एटम बम बनाउन सहयोग गरे, र त्यसपछि संसारलाई भौतिकशास्त्र कसरी आनन्दले सिक्ने भनेर सिकाए भन्ने कुरा थाहा पाउन सकिन्छ। रिचर्ड फाइनम्यानको कथा केवल विज्ञानको मात्र होइन। यो कथा सधैं जिज्ञासु रहने, अधिकारलाई प्रश्न गर्ने, र जीवनलाई पूर्ण रूपमा जिउने महान वैज्ञानिकको कथा हो।
जन्म, परिवार र एउटा अधुरो सपनाको विरासत
११ मे १९१८ मा न्यूयोर्क सिटीको फार रकवे क्षेत्रमा एउटा यहूदी परिवारमा रिचर्ड फिलिप्स फाइनम्यानको जन्म भएको थियो । उनका पिता मेलविल फाइनम्यान युनिफर्म कम्पनीमा सेल्सम्यान थिए। धेरै पढेलेखेका तथा सम्पन्न थिएनन्। तर उनको भित्री सपना छोरो वैज्ञानिक बनोस् भन्ने थियो । मेलविलको आफ्नै एउटा सपना थियो। विज्ञान मन पराउने मेलविलले गरिबीका कारण पढ्न सकेनन्। त्यसैले उनले छोरामार्फत आफ्ना विज्ञानप्रतिको लगाव र चाहनालाई पूरा गर्ने सपना देखेका थिए ।
हेर छोरा, नीलो टायलपछि सेतो टायल, फेरि नीलो, फेरि सेतो। यो ढाँचा हो। अब म के राख्नेछु? बच्चाले बुझ्दैनथ्यो, तर हेर्दै थियो। अवलोकन गरिरहेको थियो। ढाँचा देखिरहेको थियो। यही मेलविलको सिकाउने तरिका थियो।
ढाँचाबाट सुरु भएको सोच्ने अभ्यास
रिचर्ड जब केही महिनाका मात्रै थिए, अझै बोल्न पनि सिकेका थिएनन्, त्यतिबेला मेलविल उनका लागि बाथरूमका टायलहरू ल्याए। रङ्गीन टायलहरूका सहायतामा उनले सानो रिचर्डको अगाडि ढाँचाहरू बनाउन थाले। हेर छोरा, नीलो टायलपछि सेतो टायल, फेरि नीलो, फेरि सेतो। यो ढाँचा हो। अब म के राख्नेछु? बच्चाले बुझ्दैनथ्यो, तर हेर्दै थियो। अवलोकन गरिरहेको थियो। ढाँचा देखिरहेको थियो। यही मेलविलको सिकाउने तरिका थियो। उनले रिचर्डलाई कहिल्यै “यो याद गर” भनेनन्। उनले सधैं “यो हेर, अवलोकन गर, आफैं बुझ” भने।
संख्यालाई जीवनसँग जोड्ने तरिका
जब रिचर्ड तीन–चार वर्षका भए, मेलविलले उनलाई इन्साइक्लोपीडिया ब्रिटानिका पढेर सुनाउँथे, तर आफ्नै शैलीमा। इन्साइक्लोपीडियामा लेखिएको थियो, डाइनोसोरहरू २५ फिट अग्ला थिए र टाउको ६ फिट चौडा थियो। मेलविल पढ्थे, रोकिन्थे, अनि भन्थे, रिचर्ड, यसको मतलब के हो? सोच, २५ फिट भनेको ! यो डाइनोसोर हाम्रो घरअगाडि उभिएको हुन्थ्यो भने यसको उचाइ हाम्रो दोस्रो तल्लाको झ्यालसम्म पुग्थ्यो। टाउको यति ठूलो थियो त्यसले झ्यालबाट भित्र हेरेको भए, पूरै झ्याल छोपिन्थ्यो। यसरी मेलविलले यान्त्रिक ढङ्गले कुराहरु बताएनन्, उनले तथ्यहरुलाई वास्तविकतासँग तुलना गरेर देखाए, सम्बन्धित बनाए। रिचर्डलाई तथ्यहरू याद गर्नभन्दा तिनको अर्थ बुझ्न सिकाए। यही प्रशिक्षणले रिचर्ड फाइनम्यानलाई विज्ञानका अद्भूत प्रतिभा बन्न सहयोग पुर्यायो ।
मेलविलले यान्त्रिक ढङ्गले कुराहरु बताएनन्, उनले तथ्यहरुलाई वास्तविकतासँग तुलना गरेर देखाए, सम्बन्धित बनाए। रिचर्डलाई तथ्यहरू याद गर्नभन्दा तिनको अर्थ बुझ्न सिकाए।
नाम होइन, बुझाइ महत्त्वपूर्ण
रिचर्ड करिब १०–११ वर्षका भएपछि उनका पिता उनलाई क्याटस्किल पहाडहरूमा हाइकिङमा लैजान्थे। हिँड्दै–हिँड्दै विज्ञानका कुरा गर्थे। एक दिन एउटा चरादेखे। मेलविलले सोधे, रिचर्ड, यस चराबाट के नाम हो? रिचर्डले भने, “मलाई थाहा छैन।” मेलविल मुस्कुराए। उनले भने– नाम जान्नाले केही हुँदैन। हेर, यो चरा के गरिरहेको छ, कसरी उडिरहेको छ, किन उडिरहेको छ? यही जान्नु बढी महत्त्वपूर्ण कुरा हो। अनि उनले रिचर्डलाई भने, तिमी यसलाई अङ्ग्रेजीमा‘ ब्राउन थ्रोटेड थ्रश’ भन्न सक्छौ। अरु अरु भाषामा यसका नाम फरक फरक हुन्छन्। तर यी सबै नामहरू जानिसकेपछि पनि तिमीले चराबारे केही जान्दैनौ। तिमीले केवल यति जान्छौ कि फरक–फरक ठाउँमा मानिसहरूले यसलाई फरक–फरक नामले चिन्छन्। सिकाइ र बुझाइको यो तरिका रिचर्डले कहिल्यै बिर्सेनन्। उनले बुझे– नाम महत्त्वपूर्ण होइन, बुझाइ महत्त्वपूर्ण हो। पछि प्रसिद्ध प्रोफेसर बनिसकेपछि पनि उनी विद्यार्थीहरूलाई भन्थे– मलाई सूत्र नबताऊ। बरु तिमीले के बुझिरहेका छौ त्यो भन।
सानो कोठाको प्रयोगशाला
फार रकवेमा रिचर्डको बाल्यकाल अन्य सामान्य अमेरिकी बालकहरुको झैं थियो। बेसबल खेल्थे, साथीहरूसँग रमाइलो गर्थे। तर एउटा कुरा भने अलि फरक थियो। उनको कोठामा एउटा सानो प्रयोगशाला थियो। ११ वर्षको उमेरमा रिचर्डले आफ्नै रेडियो मर्मत गर्ने काम सुरु गरे। उनले साँच्चिकै व्यवसायिक कार्डहरू छपाए, “रेडियो रिपेयर्ड बाई फाइनम्यान।” त्यो समय, सन् १९२९–३० तिर, रेडियो निकै नयाँ कुरा थियो। महँगो थियो र प्रायः बिग्रिन्थ्यो। तर मर्मत गर्नेहरू कम थिए। रिचर्डले सोचे, म आफूले त्यो काम किन नगर्ने? त्यसपछि उनले रेडियोबारे सबै कुरा पढे। डायग्रामहरू हेरे, सर्किटहरू बुझे, अनि वास्तवमै खोलेर भित्र के छ भनेर हेरे।
रेडियो बिग्रिएको थियो। आवाज आइरहेको थिएन। रिचर्ड ११ वर्षको सानो केटा। ग्राहकले हेरेर सोधे, तिमी यसलाई ठीक गर्न सक्छौ?
पहिलो ग्राहक सम्झँदै फाइनम्यान पछि हाँस्थे। रेडियो बिग्रिएको थियो। आवाज आइरहेको थिएन। रिचर्ड ११ वर्षको सानो केटा। ग्राहकले हेरेर सोधे, तिमी यसलाई ठीक गर्न सक्छौ? रिचर्ड नर्भस थिए। रेडियो खोले, सर्किट हेरे, भ्याकुम ट्युबहरू जाँच गरे। अनि रिचर्डले आँखा बन्द गरे र सोच्न थाले। ग्राहक डराए, के गरिरहेका छौ? सोचिरहेको छु। तर रेडियो त खुलै छ। हो, म सोचिरहेको छु कि समस्या कहाँ हुन सक्छ। पाँच मिनेटपछि रिचर्डले आँखा खोले, एउटा तार पुनः जडान गरे, रेडियो काम गर्न थाल्यो। ग्राहक अचम्मित भए। तिमीले यो कसरी गर्यौ?
रिचर्डले भने, मैले सोचें। यही थियो फाइनम्यानको सुपर पावर– गहिरो, केन्द्रित, तीव्र सोच। अरू मानिसहरू ट्रायल एन्ड एरर गर्थे, रिचर्ड भने पहिले सोच्थे कि तार्किक रूपमा समस्या कहाँ हुन सक्छ, त्यसपछि परीक्षण गर्थे, र अधिकांश पटक सही हुन्थे।
स्कूलमा रिचर्ड अत्यन्त प्रतिभाशाली थिए, तर केवल गणित र विज्ञानमा। अङ्ग्रेजी र इतिहासमा उनी औसत थिए, किनकि ती विषयहरुमा उनको खासै रुचि थिएन। उनका गणित शिक्षकले छिट्टै बुझिहाले– यो केटा विशेष छ। १२–१३ वर्षको उमेरमै रिचर्डले आफैंले लाइब्रेरीबाट किताब ल्याएर क्याल्कुलस सिकिसकेका थिए। अल्जेब्रा र ट्रिग्नोमेट्री उनलाई बोरिङ लागिरहेका थिए। हाई स्कूलमा एक दिन भौतिकशास्त्रका शिक्षकले कक्षामा भने, कसैलाई शंका छ भने रिचर्डसँग सोध, उसले मैलेभन्दा राम्रोसँग बुझाइदिनेछ।
विज्ञानभन्दा बाहिरको संसार
तर रिचर्डको जीवनमा सबै कुरा केवल विज्ञान मात्र थिएन। १४ वर्षको उमेरमा उनी प्रेममा परे। उनका पहिलो प्रेमिका थिइन् आर्लिन ग्रीनबाम । उही स्कूलकी– बुद्धिमान, सुन्दरी, हँसिली, र रिचर्डजत्तिकै जिज्ञासु। पहिलो भेट लाइब्रेरीमा भयो। आर्लिन एउटा आर्ट बुक हेरिरहेकी थिइन्, रिचर्ड भौतिकशास्त्रको किताब। रिचर्डले उनलाई देखे, र मनमा त्यस्तो केही भयो, जुन कहिल्यै भएको थिएन। तर बोल्ने हिम्मत भएन। भोलिपल्ट फेरि लाइब्रेरी गए। आर्लिन फेरि त्यहीं थिइन्। यसपटक रिचर्डले हिम्मत गरे– हाय, तिमी हरेक दिन यहाँ आउँछौ? आर्लिन मुस्कुराइन्। हो, र तिमी हरेक दिन मलाई हेर्छौ। रिचर्डको अनुहार रातो भयो। दुवै हाँसे, र यसरी मित्रता सुरु भयो।
आर्लिन र रिचर्ड एकदमै विपरीत थिए। आर्लिनलाई कला मन पर्थ्यो, संगीत मन पर्थ्यो। रिचर्डलाई समीकरणहरू। तर दुवैमा एउटा कुरा साझा थियो– जिज्ञासा। दुवै घण्टौँ कुरा गर्थे। आर्लिन सोध्थिन्, यो ब्रह्माण्डले कसरी काम गर्छ? रिचर्ड आफ्नो शैलीमा सरल रूपमा बुझाउँथे। अनि रिचर्ड सोध्थे, यो पेन्टिङमा तिमी के देख्छ्यौ ? आर्लिन दृष्टिकोणका बारेमा, रङका बारेमा बताउँथिन्। दुवैले एक–अर्कालाई नयाँ संसार देखाइरहेका थिए।
आर्लिन र रिचर्ड एकदमै विपरीत थिए। आर्लिनलाई कला मन पर्थ्यो, संगीत मन पर्थ्यो। रिचर्डलाई समीकरणहरू। तर दुवैमा एउटा कुरा साझा थियो– जिज्ञासा। दुवै घण्टौँ कुरा गर्थे।
पर्खाइको वाचा र एमआईटीतर्फ पहिलो ठूला पाइला
हाई स्कूलको अन्तिम वर्षमा, अर्थात् १९३५ मा, रिचर्डले आर्लिनलाई विवाहको प्रस्ताव राखे। आर्लिनले त्यसलाई स्वीकारिन् । तर दुवैलाई थाहा थियो– अहिले विवाह हुन सक्दैन। रिचर्डलाई कलेज जानु थियो, करियर बनाउनु थियो। त्यसैले दुवैले वाचा गरे– पर्खनेछौं, र जब रिचर्ड स्थापित हुन्छन्, तब विवाह गर्नेछौं।
रिचर्डले अमेरिकाको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ स्कूल म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी–१९३५ मा भर्ना भए। १७ वर्षको उमेरमा, रिचर्ड फार रकवे छोडेर एमआईटी पुगे। पहिलो पटक घरबाट टाढा, पहिलो पटक एक्लै, तर उत्साहित। एमआईटीमा रिचर्डलाई लाग्यो– अन्ततः म त्यस्ता मानिसहरूबीच छु, जो आफू जस्तै सोच्दछन्। यहाँ सबै प्रतिभाशाली थिए। सबै विज्ञानप्रेमी थिए। प्रतिस्पर्धा तीव्र थियो। तर रिचर्ड छिट्टै अलग देखिन थाले। भौतिकशास्त्र र गणितका कक्षाहरूमा उनी सबैभन्दा अगाडि थिए। प्राध्यापकहरू प्रभावित थिए। तर सहपाठीहरू अलिकति आरिस–डाहा गर्थे । किनकि रिचर्डले सबै कुरा सजिलै बुझिहाल्थे ।
फाइनम्यान टेक्निकको जन्म
एमआईटीमा रिचर्डले सहकार्यको शक्ति सिके– अन्य चतुर मानिसहरूसँग काम गर्नु, विचार साटासाट गर्नु, बहस गर्नु, चुनौती दिनु। यही क्रममा रिचर्डले आफ्नो प्रसिद्ध समस्या समाधान गर्ने तरिका विकास गरे, जसलाई पछि फाइनम्यान टेक्निक भनियो। यो सरल थियो–तिमीले कुनै कुरा सरल भाषामा व्याख्या गर्न सक्दैनौ भने, तिमीले वास्तवमै त्यो कुरा बुझेका छैनौ।
स्मार्ट होइन, असाधारण
तर एमआईटीको सबैभन्दा ठूलो कुरा यो थिएन। सबैभन्दा ठूलो कुरा यो थियो कि यहाँ रिचर्डले थाहा पाए– उनी केवल स्मार्ट मात्र होइनन्, असाधारण छन्। १९३९ मा जब रिचर्ड स्नातक भए, सबैभन्दा शीर्ष विश्वविद्यालयहरूले उनलाई ग्रेजुएट स्कूलका लागि अफर दिए– हार्वर्ड, प्रिन्सटन, क्यालटेक। रिचर्डले प्रिन्सटन रोजे। किन? किनकि त्यहाँ आइन्स्टाइन थिए, र संसारका अन्य सबैभन्दा प्रतिभाशाली भौतिकशास्त्रीहरू पनि।
१९३९ मा जब रिचर्ड स्नातक भए, सबैभन्दा शीर्ष विश्वविद्यालयहरूले उनलाई ग्रेजुएट स्कूलका लागि अफर दिए– हार्वर्ड, प्रिन्सटन, क्यालटेक। रिचर्डले प्रिन्सटन रोजे। किन?
रिचर्ड प्रिन्सटन जाँदै गरेको बेलामा संसारमा एउटा आँधी आउँदै थियो। युरोपमा हिटलर, युद्धका कुरा, वैज्ञानिकहरू अमेरिकातर्फ भागिरहेका थिए। र भौतिकशास्त्रको दुनियाँमा एउटा यस्तो खोज भएको थियो, जसले संसारलाई सधैंका लागि बदल्नेवाला थियो। न्यूक्लियर फिसन– एटमलाई फुटाउनु र त्यसबाट निस्कने भयावह ऊर्जा।
इतिहास बनाउने मोड
प्रिन्सटनमा रिचर्ड केवल भौतिकशास्त्र सिक्न जानेवाला थिएनन्। उनी इतिहास बनाउन जाँदैथिए। तर त्यो इतिहासको मूल्य के हुनेछ? र आर्लिन, जसको उनी प्रतीक्षा गरिरहेका थिए, उनको जीवनमा एउटा यस्तो त्रासदी आउँदै थियो, जसले उनलाई सधैंका लागि बदलिदिनेछ।
रिचर्ड फाइनम्यान प्रिन्सटन विश्वविद्यालय पुगे। २१ वर्षका, उत्साहित, नर्भस, र अलिकति बढी उत्साहित पनि। त्यो समय प्रिन्सटन संसारको भौतिकशास्त्रको केन्द्र थियो। यहाँ अल्बर्ट आइन्स्टाइन थिए। ब्ल्याक होल्सको सिद्धान्त विकास गरिरहेका जोन ह्वीलर थिए। वुल्फगाङ पाउली, जोन भोन न्युम्यान– सबै यहीँ थिए। रिचर्डका सल्लाहकार प्रतिभाशाली, धैर्यवान, र रिचर्डको असामान्य सोचको कदर गर्ने व्यक्ति जोन ह्वीलर बने ।
“साँच्चै बुझ्नुछ”
पहिलो भेटमा ह्वीलरले रिचर्डसँग सोधे, “तिमी के विषयमा काम गर्न चाहन्छौ?”
रिचर्डले भने, मलाई क्वान्टम मेकानिक्स बुझ्नुछ। साँच्चै बुझ्नुछ। केवल सूत्रहरू कण्ठ गरेर होइन, वास्तवमै के भइरहेको छ भन्ने बुझ्नुछ।ह्वीलर मुस्कुराए।
तर प्रिन्सटनमा रिचर्डका लागि सबै कुरा सजिलो थिएन। प्रिन्सटन धेरै औपचारिक विश्वविद्यालय थियो। ज्याकेट लगाउनुपर्थ्यो। शुद्ध अङ्ग्रेजी बोल्नुपर्थ्यो। टी पार्टीहरू हुन्थे, जहाँ प्रोफेसरहरूसँग सभ्य तरिकाले कुरा गर्नुपर्थ्यो। ब्रुकलिनको मिडिल क्लास यहूदी परिवारबाट आएका रिचर्ड यहाँ असहज महसुस गर्थे।
डीन अचम्मित भए। यो प्रिन्सटन हो, फाइनम्यान। यहाँ यस्ता नियमहरू छन्।रिचर्डले भने, “म यहाँ भौतिकशास्त्रमा काम गर्न आएको हुँ। चिया पार्टीमा जान होइन।”
एक पटक ग्रेजुएट कलेजका डीनले रिचर्डलाई बोलाए। भने, फाइनम्यान, तिमीले दिउँसोको चिया पार्टीमा आउनुपर्छ। यहाँ परम्परा छ। रिचर्डले भने, तर मलाई चिया मन पर्दैन, र ती औपचारिक कुराकानीमा मलाई रुचि छैन।डीन अचम्मित भए। यो प्रिन्सटन हो, फाइनम्यान। यहाँ यस्ता नियमहरू छन्।रिचर्डले भने, “म यहाँ भौतिकशास्त्रमा काम गर्न आएको हुँ। चिया पार्टीमा जान होइन।”
इन्फिनिटीको समस्या र पाथ इन्टेग्रल्सको बीउ
यही थिए फाइनम्यान। उनी अधिकारीहरुसँग डराउँदैनथे। आफ्नो कुरा स्पष्ट राख्थे। तर अनुसन्धानमा उनी पूर्ण रूपमा केन्द्रित थिए। ह्वीलरसँग मिलेर रिचर्डले क्वान्टम इलेक्ट्रोडायनेमिक्समा काम सुरु गरे। यो त्यो क्षेत्र थियो, जसले प्रकाश र इलेक्ट्रोनहरू कसरी अन्तर्क्रिया गर्छन् भन्ने व्याख्या गर्थ्यो। समस्या के थियो भने, विद्यमान सिद्धान्तहरूमा इन्फिनिटीहरू आउँथे। अर्थात्, गणना गर्दा उत्तर अनन्त आउँथ्यो, जुन अर्थहीन थियो। रिचर्डले सोचे, दृष्टिकोणमै केही आधारभूत रूपमा गलत छ।
अनि उनलाई एउटा अनौठो विचार आयो। उनले सोचे–इलेक्ट्रोनलाई कणको रूपमा होइन, बाटोको रूपमा सोच्यौँ भने के होला ? के होला एउटा इलेक्ट्रोन एकैचोटि सबै सम्भावित बाटोहरू पछ्याउँछ र हामी ती सबै बाटोहरूको योग मात्र हेर्छौँ भने?
ह्वीलरलाई यो विचार मन पर्यो। उनले हौस्याए– रिचर्ड, यो रोचक छ। यसमा काम गरौँ।
आर्लिनको रोग र जीवनको कठोर मोड: जब फाइनम्यानले बाचा पूरा गरे !
तर रिचर्डको व्यक्तिगत जीवनमा आँधी आउँदै थियो। आर्लिनका पत्रहरू हरेक हप्ता आइरहेका थिए– मायाले भरिएका पत्रहरू। तर बिस्तारै पत्रहरूमा केही परिवर्तन देखिन थाल्यो। आर्लिन लेखिरहेकी थिइन्, रिचर्ड, म धेरै थकित महसुस गर्छु। ज्वरो आइरहन्छ। रिचर्ड चिन्तित भए। डाक्टर देखाऊ। आर्लिनले देखाइन्। परीक्षणहरू भए, अनि त्यस्तो निदान आयो, जसले रिचर्डको संसार हल्लाइदियो– ट्युबरकुलोसिस, टीबी। १९४१ को त्यो समयमा यो लगभग मृत्युदण्डजस्तै थियो। डाक्टरहरूले भने, कुनै उपचार छैन, केवल आराम र हेरचाह। तर बच्ने सम्भावना कम छ।
रिचर्ड र आर्लीनले सिटी हलमा विवाह गरे। कुनै ठूलो कार्यक्रम र उत्सव थिएन। बस दुई जना मानिस, जो एक–अर्कालाई माया गर्थे। विवाहको भोलिपल्ट रिचर्डले आर्लीनलाई अस्पतालमा भर्ना गराए, किनकि घरमै हेरचाह सम्भव थिएन।
रिचर्ड टुटे। तर उनले निर्णय गरे– म आर्लिनसँग तुरुन्तै विवाह गर्छु।
उनका अभिभावकहरू अचम्मित भए। रिचर्ड, तिमी पागल हौ। तिम्रो करियर त अहिले सुरु हुँदैछ। आर्लिन बिरामी छिन्। यो ठीक होइन।
रिचर्डले भने, “मलाई फरक पर्दैन। मैले वाचा गरेको थिएँ, र म पूरा गर्नेछु।”
जुन १९४२। रिचर्ड र आर्लीनले सिटी हलमा विवाह गरे। कुनै ठूलो कार्यक्रम र उत्सव थिएन। बस दुई जना मानिस, जो एक–अर्कालाई माया गर्थे। विवाहको भोलिपल्ट रिचर्डले आर्लीनलाई अस्पतालमा भर्ना गराए, किनकि घरमै हेरचाह सम्भव थिएन।
विवाहको भोलिपल्ट आफ्नी पत्नीलाई अस्पताल छोड्नु निक्कै कठीन कुरा थियो । तर रिचर्डले हार मानेनन्। हरेक हप्ता प्रिन्स्टनबाट ट्रेन चढेर अस्पताल जान्थे। आर्लीनलाई भेट्थे, कुरा गर्थे, हँसाउँथे, आर्लीनलाई सबै कुरा सामान्य छ भन्ने महसुस गराउँथे। तर केही पनि सामान्य थिएन, किनकि संसारमा अरू नै भइरहेको थियो।
दोस्रो विश्वयुद्ध र गोप्य प्रस्ताव
१९४२ मा दोस्रो विश्वयुद्ध पूर्ण रूपमा चर्किएको थियो। जर्मनीले लगभग पूरा युरोप जितिसकेको थियो। जापान एसियामा फैलिँदै थियो। अमेरिका युद्धमा प्रवेश गरिसकेको थियो। अनि एक दिन प्रिन्स्टनमा एउटा मिटिङ बोलाइयो। शीर्ष फिजिक्स विद्यार्थीहरूलाई बोलाइयो। त्यहाँ एउटा मानिस आए– रोबर्ट ओपनहाइमर, चमत्कारिक, अति बौद्धिक, र एउटा गोप्य प्रोजेक्टका प्रमुख।
ओपनहाइमरले भने, “हामीलाई एउटा प्रोजेक्टका लागि तिमी चाहिन्छ। म तिमीलाई विवरण भन्न सक्दिनँ, तर यो महत्वपूर्ण छ। धेरै महत्वपूर्ण। र यसले युद्ध जित्न मद्दत गर्नेछ।”
रिचर्डले सोधे, “प्रोजेक्ट के हो?” ओपनहाइमरले बिस्तारै भने, “एउटा बम। तर साधारण बम होइन। एउटा यस्तो बम, जसले एटमको ऊर्जा प्रयोग गर्नेछ। एउटा बम, जसले पूरै सहर नष्ट गर्न सक्छ।”
कोठामा सन्नाटा छायो। म्यानहट्टन प्रोजेक्ट– एटम बम बनाउने प्रोजेक्ट। रिचर्डले निर्णय लिनु थियो, जाने कि नजाने। एकातिर यो सबैभन्दा रोमाञ्चक फिजिक्स समस्या थियो। संसारका सबैभन्दा ब्रिलियेन्ट दिमागहरू सँगै काम गरिरहेका थिए। इतिहास बनिरहेको थियो। अर्कोतर्फ आर्लीन बिरामी थिइन्, एक्लै।
कोठामा सन्नाटा छायो। म्यानहट्टन प्रोजेक्ट– एटम बम बनाउने प्रोजेक्ट। रिचर्डले निर्णय लिनु थियो, जाने कि नजाने।
रिचर्डले आर्लीनसँग कुरा गरे। “म जानु हुँदैन। म तिमीसँगै बस्नुपर्छ।”
आर्लीनले भनिन्, “रिचर्ड, तिमी जानुपर्छ। यो महत्वपूर्ण छ र म यहाँ ठीकै हुनेछु। तर यदि तिमी मेरो लागि यहाँ बस्यौ भने, मलाई अपराधबोध हुनेछ। कृपया जाऊ, आफ्नो काम गर।”
लस एलामोस: गोप्य सहर, सेफ क्र्याकिङ र सुरक्षामाथि व्यङ्ग्य
त्यसैले १९४३ मा रिचर्ड न्यू मेक्सिकोको मरुभूमिमा बनेको एउटा गोप्य सहर पुगे– लस एलामोस। यहाँ अमेरिकाका सबैभन्दा ब्रिलियेन्ट वैज्ञानिकहरू भेला भएका थिए। ओपनहाइमर, एनरिको फर्मी, निल्स बोहर, हान्स बेथे– सबै यहाँ थिए। र सबैभन्दा कान्छामध्ये एक थिए २५ वर्षका रिचर्ड फाइनम्यान।
लस एलामोसमा सुरक्षा अत्यन्त कडा थियो। सबै कुरा क्लासिफाइड थियो। पत्रहरू सेन्सर हुन्थे। फोन कलहरू मोनिटर गरिन्थे। बाहिर स्वतन्त्र रूपमा सम्पर्क गर्न सकिँदैनथ्यो। रिचर्डलाई यो सबै निकै खराब लाग्थ्यो। “यो मूर्खता हो। हामी वैज्ञानिक हौं, अपराधी होइनौं।”
त्यसपछि उनले के गरे? सुरक्षालाई नै चुनौती दिए। सेफ क्र्याकिङ गर्न थाले। हो, साँच्चिकै। लस एलामोसका हरेक अफिसमा सेफहरू थिए, जसमा क्लासिफाइड कागजात राखिन्थ्यो। र रिचर्डले ती कसरी खोल्ने भनेर सिके। कसरी? शुद्ध तर्कबाट।
सेफहरूमा कम्बिनेशन लक हुन्थे। तर रिचर्डले अवलोकन गरे कि जब मानिसहरू कम्बिनेशन हाल्छन्, केही ढाँचाहरू हुन्छन्, केही आवाजहरू हुन्छन्। रिचर्ड घण्टौँ अभ्यास गर्थे– प्रयास गर्थे, सुन्थे, महसुस गर्थे। बिस्तारै उनले तिनलाई बुझ्न र पक्रन थाले ।
त्यसपछि रमाइलो सुरु भयो। रिचर्ड राति कसैको अफिसमा पस्ने, सेफ खोल्ने, कागजात निकाल्ने, अनि त्यहीँ एउटा नोट राखिदिने– “Guess who?”
भोलिपल्ट बिहान हंगामा मच्चिन्थ्यो। सेफ खुलिसकेको, कागजात हराइसकेको। सुरक्षा प्यानिक मोडमा जान्थ्यो। अनि कागजात अर्को सेफमा भेटिन्थ्यो, एउटा नोटसँगै– “Relax, just a test.” वैज्ञानिकहरू हत्प्रभ हुन्थे, तर रिचर्ड हाँसिरहेका हुन्थे।
रिचर्ड राति कसैको अफिसमा पस्ने, सेफ खोल्ने, कागजात निकाल्ने, अनि त्यहीँ एउटा नोट राखिदिने– “Guess who?” भोलिपल्ट बिहान हंगामा मच्चिन्थ्यो। सेफ खुलिसकेको, कागजात हराइसकेको।
जब ओपनहाइमरलाई थाहा भयो, उनले रिचर्डलाई बोलाए। “फाइनम्यान, यो के बालबालिकाजस्तो हरकत हो?”
रिचर्डले भने, “सर, म तपाईंको सुरक्षाका कमजोरी देखाइरहेको छु। मैले यो काम गर्न सक्छु भने, कुनै जासुसले पनि गर्न सक्छ।”
ओपनहाइमर केही भन्न सकेनन्, किनकि रिचर्ड प्राविधिक रूपमा सही थिए।
गम्भीर गणना र मानव कम्प्युटरहरू
तर यो सबै मस्ती मात्र एउटा अल्मल्याउने कुरा मात्र थियो। असली काम गम्भीर थियो– धेरै गम्भीर। रिचर्डको काम थियो गणनाहरू गर्नु। बमको डिजाइनका लागि कति युरेनियम चाहिन्छ? चेन रियाक्शन कसरी हुन्छ? विस्फोट कति ठूलो हुन्छ?
थ्योरिटिकल डिभिजनका प्रमुख हान्स बेथे रिचर्डबाट धेरै प्रभावित थिए। उनले भने, “फाइनम्यान मैले देखेको सबैभन्दा छिटो क्याल्कुलेटर हो, र सबैभन्दा मौलिक सोच्ने व्यक्ति पनि।”
रिचर्डले ह्युमन कम्प्युटरहरूलाई अर्गनाइज गर्थे। हो, त्यतिबेला वास्तविक कम्प्युटर थिएनन्। मानिसहरूले हातैले गणना गर्थे। रिचर्डले उनीहरूलाई एउटा अर्केस्ट्रा कन्डक्टरझैँ समन्वय गर्थे।
आर्लिनसँग हरेक हप्ता
तर हरेक हप्ता रिचर्ड ट्रेन चढ्थे। लस एलामोसबाट अल्बुकर्की, अनि त्यहाँबाट अस्पताल, जहाँ आर्लीन भर्ना भएकी थिइन्। पाँच–छ घण्टाको यात्रा, हरेक हप्ता, बिना गल्ती। आर्लीनको अवस्था बिस्तारै बिग्रिँदै थियो। तौल घट्दै थियो। कमजोरी बढ्दै थियो। तर जब रिचर्ड आउँथे, उनी मुस्कुराउँथिन्, हाँस्दथिन्। रिचर्ड उनलाई लस एलामोसका कथाहरू सुनाउँथे, सेफ क्र्याकिङका कुरा सुनाउँथे, तर कहिल्यै कामबारे सुनाएनन्– किनकि त्यो क्लासिफाइड थियो।
१९४५ आयो। युरोपमा युद्ध लगभग सकिँदै थियो। जर्मनी हार्दै थियो। तर जापान अझै लडिरहेको थियो। लस एलामोसमा बम लगभग तयार थियो।
अनि जून १९४५ मा एक रात रिचर्डलाई फोन आयो– “मिस्टर फाइनम्यान, तपाईं तुरुन्त अल्बुकर्की आउनुहोस्। आर्लीन अत्यन्तै क्रिटिकल छिन्।”
आर्लीनको अवस्था बिस्तारै बिग्रिँदै थियो। तौल घट्दै थियो। कमजोरी बढ्दै थियो। तर जब रिचर्ड आउँथे, उनी मुस्कुराउँथिन्, हाँस्दथिन्। रिचर्ड उनलाई लस एलामोसका कथाहरू सुनाउँथे, सेफ क्र्याकिङका कुरा सुनाउँथे, तर कहिल्यै कामबारे सुनाएनन्– किनकि त्यो क्लासिफाइड थियो।
रिचर्ड जति सक्दो छिटो दौडे, तर ढिला भइसकेको थियो।
अन्तिम बिदाइ र ट्रिनिटी टेस्ट
१६ जून १९४५।आर्लीन फाइनम्यान २५ वर्षको उमेरमा बितिन्।
रिचर्ड उनीहरूको बेडछेउ बसे। केही बोलेनन्। केही महसुस भएन। पछि रिचर्डले लेखे, “मलाई रुँन मन लागेन। मलाई केही पनि महसुस भएन। बस एउटा सुन्नता, जस्तो म पनि मरेको हुँ।”
आर्लीनको मृत्यु भएको तीन हप्ता पछि, १६ जुलाई १९४५ मा, लस एलामोस टिमले न्यू मेक्सिकोको मरुभूमिमा ट्रिनिटी टेस्ट गर्यो– संसारको पहिलो न्यूक्लियर विस्फोट।
रिचर्ड त्यहाँ थिए। प्रोटेक्टिभ चस्मा लगाएर टाढाबाट हेरिरहेका थिए।
अँध्यारो।
अनि अचानक यति तेज उज्यालो कि रात दिनमा बदलियो। त्यसपछि ताप, त्यसपछि आवाज– एक भयावह विस्फोट, जो माइलौँ टाढासम्म सुनियो। आकाशमा एउटा मशरूम क्लाउड उठ्यो– विशाल, भयावह, सुन्दर पनि, डर लाग्दो पनि।
ओपनहाइमरले भगवद्गीताको एउटा पंक्ति बोले– "अब म मृत्यु बनेको छु, लोकहरूको विनाशक।" “Now I am become Death, the destroyer of worlds.”
तर रिचर्ड चुप थिए। सोचिरहेका थिए– “हामीले के बनाइदियौँ?”
युद्धपछि खालीपन
अगस्ट १९४५ मा अमेरिकाले जापानका दुई सहर हिरोशिमा र नागासाकीमा एटम बम खसाल्यो । हजारौँ मानिस तुरुन्तै मरे। हजारौँ पछि रेडिएसनका कारण मरे। युद्ध समाप्त भयो। जापानले आत्मसमर्पण गर्यो।
रिचर्ड फाइनम्यान भने भित्रबाटै गलिसकेका थिए । आर्लीन गइसकेकी थिइन्। युद्ध सकिएको थियो। उनले यस्तो भयानक र विध्वंशक चीज बनाउन सहयोग गरेका थिए, जसले लाखौँ मानिस मार्न सक्थ्यो।
तर रिचर्ड फाइनम्यान भने भित्रबाटै गलिसकेका थिए । आर्लीन गइसकेकी थिइन्। युद्ध सकिएको थियो। उनले यस्तो भयानक र विध्वंशक चीज बनाउन सहयोग गरेका थिए, जसले लाखौँ मानिस मार्न सक्थ्यो।
सन् १९४५ को अन्त्य
युद्ध समाप्त भइसकेको थियो। बम बनिसकेको थियो। एउटा रेखा पार भइसकेको थियो, र ४७ वर्षका रिचर्ड फाइनम्यान पूर्ण रूपमा हराएका जस्ता थिए। लस एलामोसबाट सबै वैज्ञानिकहरू आफ्ना–आफ्ना विश्वविद्यालयतर्फ फर्किरहेका थिए। उनीहरू प्रसिद्ध भइसकेका थिए। गोप्य रूपमा नायक बनिसकेका थिए ।
कर्नेल र डिप्रेसन
रिचर्डलाई कर्नेल विश्वविद्यालयले एसोसिएट प्रोफेसरको आकर्षक प्रस्ताव दियो । साँच्चै नै आकर्षक थियो प्रस्ताव, राम्रो तलब, इथाका, न्युयोर्क– सुन्दर ठाउँ। रिचर्डले स्वीकार गरे । तर कर्नेल पुगेपछि रिचर्डले महसुस गरे– आफूले भौतिकशास्त्रमा खासै केही गर्न सकिरहेको छैन।
रिचर्डलाई सधैं प्रेरित गर्ने कुरा रमाइलो, जिज्ञासा अब सबै अर्थहीन लाग्न थालेको थियो। रिचर्ड आफ्नो अफिसमा ब्ल्याकबोर्डअगाडि हातमा चक लिएर बस्थे तर केही पनि लेख्न सक्दैनथे। फिजिक्स किन? के फाइदा? केवल बम बनाउनका लागि? मानिसहरू मार्नका लागि? बिस्तारै, गहिरो रूपमा उनी डिप्रेसनको शिकार बन्दै गइरहेका थिए।
रिचर्डलाई सधैं प्रेरित गर्ने कुरा रमाइलो, जिज्ञासा अब सबै अर्थहीन लाग्न थालेको थियो। रिचर्ड आफ्नो अफिसमा ब्ल्याकबोर्डअगाडि हातमा चक लिएर बस्थे तर केही पनि लेख्न सक्दैनथे। फिजिक्स किन? के फाइदा? केवल बम बनाउनका लागि? मानिसहरू मार्नका लागि?
“केवल मजाका लागि”
अझै पनि रिचर्डका मेन्टर रहेका हान्स बेथे चिन्तित थिए। उनले रिचर्डलाई बोलाए। “रिचर्ड, तिमी ठीक छैनौं। केही त गर। रिसर्च गर, जे भए पनि।”
रिचर्डले भने, “मलाई केही पनि रोचक लाग्दैन। सबै निराशाजनक छ।”
बेथेले भने, “त्यसो भए केही यस्तो गर, जुन तिमीलाई मजा लागोस्। रिसर्चका लागि होइन, केवल रमाइलोका लागि।”
स्पिनिङ प्लेट र जिज्ञासाको पुनर्जन्म
रिचर्ड गहिरो सोचमा परे। फिजिक्समा अब मजा कहाँ छ? तर त्यसपछि एक दिन केही फरक कुरा भयो। कर्नेलको क्याफेटेरियामा रिचर्ड लन्च खाइरहेका थिए। त्यही पट्यारलाग्दो यान्त्रिक जस्तै लाग्ने काम– खाना खाऊ र निस्क। त्यत्तिकैमा एउटा विद्यार्थीले आफ्ना साथीहरूसँग मस्ती गर्यो। एउटा प्लेट हावामा फ्याँक्यो। त्यो प्लास्टिकको प्लेट थियो।
जब प्लेट हावामा फन्फन्ती घुमिरहँदा रिचर्डले प्लेटमा बनेको कर्नेलको लोगो पनि घुमिरहेको देखे । तर अचम्मको कुरा– लोगो प्लेटभन्दा छिटो घुमिरहेको थियो। रिचर्ड मोहित भए। “ओहो, यो के भइरहेको छ?”
उनले अवलोकन गरे– प्लेट जब घुम्छ गर्छ, तब यसको वबल र यसको रोटेशन दुवै फरक–फरक दरमा हुन्छन्। यो किन भइरहेको छ? यसको पछाडिको फिजिक्स के हो? अचानक रिचर्डलाई त्यो अनुभूति आयो, जुन धेरै समयदेखि आएको थिएन– जिज्ञासा।
फेरि फिजिक्स, फेरि खेल
उनी आफ्नो अफिसतर्फ दौडे। ब्ल्याकबोर्डमा समीकरणहरू लेख्न थाले। घुम्ने वस्तुहरूको फिजिक्स, एंगुलर मोमेन्टम, वबलिङ– रातभरि जागा बसेर गणना गरे। उनलाई यो कुरा निक्कै रोचक लागेको थियो ।
अर्को बैठकमा उनी उत्साहित हुँदै बेथेलाई भेटे। “हेर्नुहोस्, मैले के गरेको छु। स्पिनिङ प्लेटको मोशनको पूरा विश्लेषण।”
बेथेले हेरे र भने, “रोचक त छ, तर यसको प्रयोग के हो?”
रिचर्ड हाँसे। “कुनै प्रयोग छैन। केवल रमाइलोको लागि गरेको।”
बेथेले भने, “त्यसो भए यो समयको बर्बादी होइन र !”
रिचर्डले भने, “होइन, किनकि मलाई मजा लाग्यो, र मलाई लाग्यो कि म फेरि फिजिक्स गरिरहेको छु– कुनै दबाब बिना, कुनै उद्देश्य बिना, केवल रमाइलोका लागि।”
दबाब हटेपछि सुरु भएको महान काम
यही थियो मोड। रिचर्डले निर्णय गरे– अब म केवल त्यही फिजिक्स गर्नेछु, जुन मलाई मजा लाग्छ। त्यो महत्वपूर्ण होस् वा नहोस्।
अब उनका सबैभन्दा महत्वपूर्ण कामहरू सुरु भए।
रिचर्डले सोचे, के म त्यो पुरानो आइडियालाई फेरि खोतल्ने प्रयास गरूँ– पाथ इन्टेग्रल्स, जुन व्हीलरसँग सुरु गरेको थिएँ?
स्पिनिङ प्लेटका समीकरणहरूले रिचर्डलाई फेरि क्वान्टम मेकानिक्सतर्फ फर्काए। इलेक्ट्रोनहरू पनि त स्पिन गर्छन्, र तिनको गतिमा पनि यस्तै ढाँचाहरू हुन्छन्। रिचर्डले सोचे, के म त्यो पुरानो आइडियालाई फेरि खोतल्ने प्रयास गरूँ– पाथ इन्टेग्रल्स, जुन व्हीलरसँग सुरु गरेको थिएँ?
उनले सुरु गरे। तर यसपटक रमाइलो भावमा, खेलखेलमा, खुसीसाथ। हरेक रात ब्ल्याकबोर्डमा समीकरणहरू, हरेक दिन नयाँ आइडियाहरू। कुनै डेडलाइन थिएन, कुनै दबाब थिएन– केवल शुद्ध अन्वेषण।
कर्नेलमा अनौठो शिक्षक
कर्नेलमा रिचर्ड आफ्नो अनौठो व्यक्तित्व पनि विकास गरिरहेका थिए। उनी आफ्ना विद्यार्थीहरूलाई गैरपारम्परिक तरिकाले पढाउँथे। “सूत्र याद नगर्नु, के भइरहेको छ बुझ्नु।” एकपटक एउटा विद्यार्थीले जटिल प्रश्न सोध्यो। रिचर्डले पाँच मिनेट सोचेर भने, “मलाई थाहा छैन, आऊ सँगै यसको उत्तर खोज्ने प्रयास गरौँ।”
विद्यार्थी अचम्भित बने । “तपाईं प्रोफेसर हुनुहुन्छ। तपाईंलाई सबै थाहा हुनुपर्छ।” रिचर्डले भने, “होइन, कसैलाई पनि सबै कुरा थाहा हुँदैन। महत्वपूर्ण कुरा हामी कसरी सिक्छौँ भन्ने हो।”
विद्यार्थी अचम्भित बने । “तपाईं प्रोफेसर हुनुहुन्छ। तपाईंलाई सबै थाहा हुनुपर्छ।”
रिचर्डले भने, “होइन, कसैलाई पनि सबै कुरा थाहा हुँदैन। महत्वपूर्ण कुरा हामी कसरी सिक्छौँ भन्ने हो।”
व्यक्तिगत जीवन र कोपिङ मेकानिज्म
कर्नेल बाहिर पनि रिचर्ड जीवनसँगै प्रयोग गरिरहेका थिए। आर्लीनको मृत्युपछि रिचर्डले कहिल्यै पनि कसैसँग गम्भीर रूपमा नजोडिने निर्णय गरेका थिए । त्यसैले उनले औपचारिक रुपमा मात्रै सम्बन्धहरु बनाए। डेटिङ गरे, तर भावनात्मक रुपमा त्यसमा डुबेनन् ।व्यवहारको दृष्टिकोणले यो तरिका स्वस्थ थिएन, तर वास्तवमा यो रिचर्डको कोपिङ मेकानिज्म थियो।
फाइनम्यान डायग्राम्सको जन्म
१९४७–४८ तिर रिचर्डको रिसर्च ब्रेकथ्रुतर्फ बढ्दै थियो। प्रिन्स्टनमा सुरु गरेको क्वान्टम इलेक्ट्रोडायनामिक्सको कामलाई उनी फेरि अघि बढाउँदै थिए। तर यसपटक नयाँ अप्रोचका साथ उनले त्यसलाई अघि बढाइरहेका थिए । रिचर्डले डायग्रामहरू विकास गरे– साधारण चित्रहरू, जसले जटिल क्वान्टम इन्टरएक्शनहरूलाई प्रतिनिधित्व गर्थे। आज हामी तिनलाई फाइनम्यान डायग्राम्स भन्छौँ।
पहिले क्वान्टम गणनाहरू गर्न पृष्ठौँभरि समीकरणहरू हल गर्नुपर्थ्यो। अत्यन्त जटिल, अत्यन्त समयखपत। रिचर्डले एउटा तरिका निकाले– डायग्राम कोर्नु। रेखाहरू र भर्टेक्सहरू। हरेक रेखा एउटा पार्टिकल। हरेक भर्टेक्स एउटा इन्टरएक्शन। डायग्राम हेर्नु। नियमहरू लागू गर्नु। उत्तर निकाल्नु। सरल, एलग्यान्ट, क्रान्तिकारी।
प्रारम्भिक अस्वीकार र दृढता
तर जब रिचर्डले पहिलो पटक यी डायग्रामहरू १९४८ मा पोकोनो कन्फ्रेन्समा प्रस्तुत गरे, मानिसहरूले अस्वीकार गरे। “यो कस्तो बालबालिकाजस्तो तरिका हो? चित्रबाट फिजिक्स हुँदैन।”
क्वान्टम मेकानिक्सका संस्थापक पितामध्ये एक निल्स बोहर पनि त्यहाँ थिए। उनले रिचर्डको कुरा सुने, तर बुझ्न सकेनन्। रिचर्ड निराश भए, तर हरेश खाएनन्। “मलाई फरक पर्दैन, मानिसहरूले के सोच्छन्। मलाई थाहा छ, यो काम गर्छ।”
स्वीकृतितर्फको यात्रा र क्यालटेकतर्फको मोड
र बिस्तारै, जब अन्य फिजिसिस्टहरूले वास्तवमै फाइनम्यान डायग्राम्स प्रयोग गर्न थाले, तब उनीहरूले महसुस गरे– अरे, यो त अद्भुत रहेछ। यति सजिलो, यति छिटो। १९४९ सम्म फाइनम्यान डायग्राम्स फिजिक्सको स्ट्यान्डर्ड टुल बनिसकेको थियो। रमाइलो कुरा त के छ भने आज हरेक पार्टिकल फिजिसिस्टले तिनलाई प्रयोग गर्छ।
जब अन्य फिजिसिस्टहरूले वास्तवमै फाइनम्यान डायग्राम्स प्रयोग गर्न थाले, तब उनीहरूले महसुस गरे– अरे, यो त अद्भुत रहेछ। यति सजिलो, यति छिटो। १९४९ सम्म फाइनम्यान डायग्राम्स फिजिक्सको स्ट्यान्डर्ड टुल बनिसकेको थियो।
रिचर्ड फाइनम्यान फर्किसकेका थिए– झन् बलिया, झन् धारिला बनेर, र अब पूर्ण रूपमा आफ्नै सर्तमा फिजिक्सको काम गरिरहेका थिए। कर्नेल राम्रो थियो, तर रिचर्डलाई लाग्न थाल्यो– मलाई अझ केही चाहिन्छ, कतै अर्को ठाउँ जानुपर्छ।
१९५० मा एउटा प्रस्ताव आयो– क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी, क्यालटेक, पासाडेना। रिचर्डले भ्रमण गरे। क्याम्पस देखे, मौसम देखे– घामिलो, न्यानो। मानिसहरू देखे– मैत्रीपूर्ण, प्रतिभाशाली । र सबैभन्दा महत्वपूर्ण– व्यवहार देखे। क्यालटेकमा औपचारिकता थिएन। यहाँ आइडियाहरूलाई सम्मान गरिन्थ्यो, उपाधिहरूलाई होइन। रिचर्डलाई लाग्यो– यही मेरो ठाउँ हो।
नयाँ सुरुवात, नयाँ अध्याय
१९५१ मा रिचर्ड क्यालिफोर्निया सरे। नयाँ सुरुवात, नयाँ अध्याय। र जीवनको अन्त्यसम्मका अर्को ३७ वर्ष यहीँ बिताए। लस एलामोसपछि आएको त्यो डिप्रेसन अब हटिसकेको थियो। फिजिक्स फेरि रमाइलो बनेको थियो। जीवन फेरि अर्थपूर्ण थियो।
रिचर्डले प्रमाणित गरिदिएका थिए– शोकबाट बाहिर निस्कन सकिन्छ, तर आफ्नै तरिकाले, आफ्नै सर्तमा। तर क्यालटेकमा रिचर्ड केवल फिजिक्स मात्र गर्नेवाला थिएनन्। उनी बन्नेवाला थिए संसारकै सबैभन्दा प्रसिद्ध फिजिक्स शिक्षक। र उनको सबैभन्दा ठूलो योगदान अझै आउन बाँकी थियो– त्यो काम, जसका लागि उनलाई नोबेल पुरस्कार प्रदान गरियो ।
क्वान्टमलाई बुझ्ने नयाँ तरिका
सन् १९५०। क्यालटेक, घामिलो क्यालिफोर्निया, पामका रूखहरू, र रिचर्ड फाइनम्यान अब तीसको दशकमा, पूर्ण ऊर्जा सहित फिजिक्स गरिरहेका थिए।
कल्पना गर्नुहोस्, तपाईं एउटा फ्ल्यासलाइट बाल्नुहुन्छ। बत्ती निस्कन्छ– फोटोनहरू। ती फोटोनहरू धातुको सतहमा पर्छन्। इलेक्ट्रोनहरू बाहिर निस्कन्छन्। प्रश्न यो हो– यो ठ्याक्कै कसरी हुन्छ? प्रकाश र धातु कसरी अन्तरक्रिया गर्छन्?
१९२०–३० को दशकमा फिजिसिस्टहरूले क्वान्टम मेकानिक्स विकास गरेका थिए। उत्कृष्ट काम थियो। तर जब प्रकाश र इलेक्ट्रोनहरूको अन्तरक्रिया गणना गर्न थाले, समीकरणहरूले अनन्तता (infinity) दिन थाले। निरर्थक। धेरै मानिसहरू यस समस्यामा काम गरिरहेका थिए– जुलियन स्विङ्गर हार्वर्डमा, सिन–इटिरो टोमोनागा जापानमा, र रिचर्ड फाइनम्यान क्यालटेकमा।
तर रिचर्डको अप्रोच बिल्कुल फरक थियो। स्विङ्गर पृष्ठौँभरि जटिल समीकरणहरू लेख्थे। टोमोनागाको पनि मिल्दोजुल्दो अप्रोच थियो। रिचर्ड भने चित्रहरू बनाउँथे– डायग्रामहरू।
फाइनम्यानले भने, “इलेक्ट्रोन एक ठाउँबाट अर्को ठाउँ कसरी जान्छ?” क्लासिकल फिजिक्स भन्छ– सिधा रेखामा, ए बाट बी सम्म।क्वान्टम मेकानिक्स भन्छ– होइन।
पाथ इन्टेग्रल फर्मुलेशन, रिनर्मलाइजेशन र समाधान
इलेक्ट्रोनले सबै सम्भावित बाटोहरू एकैचोटि प्रयास गर्छ। सिधा पनि, बाङ्गो पनि, घुमेर पनि, ब्रह्माण्डको चक्कर लगाएर पनि– हरेक सम्भावित बाटो।
मानौँ तपाईं घरबाट स्कुल जाँदै हुनुहुन्छ। क्लासिकल संसारमा एउटा बाटो हुन्छ। क्वान्टम संसारमा तपाईं एकैचोटि सबै बाटोहरू पक्रनुहुन्छ– मुख्य सडक, साना गल्लीहरू, बगैँचाबाट जाने बाटो– हरेक सम्भावित बाटो। अनि स्कुल पुगेपछि तपाईं ती सबै बाटोहरूको सुपरपोजिसन हुनुहुन्छ। पागलजस्तो लाग्छ, तर क्वान्टम कणहरू ठीक यही तरिकाले काम गर्छन्।
रिचर्डले यस विचारलाई गणितीय बनाए– पाथ इन्टेग्रल फर्मुलेशन। सबैलाई हैरान तुल्याइरहेको ती अनन्तताहरूलाई बुझ्न रिचर्डले एउटा चतुर तरिका निकाले– रिनर्मलाइजेशन। अमापनयोग्य परिमाणहरू समीकरणबाट हटाइदिए। केवल मापन गरिएका मानहरू प्रयोग गरे। र अचम्मको कुरा– यो काम गर्यो। पूर्वानुमानहरू प्रयोगात्मक परिणामसँग मिल्न थाले।
स्विङ्गर, टोमोनागा र डाइसन
१९४० को दशकको अन्त्यसम्म रिचर्ड, स्विङ्गर र टोमोनागा– तीनै जनाले फरक–फरक तरिकाले एउटै समस्या समाधान गरिसकेका थिए। फ्रीम्यान डाइसनले प्रमाणित गरे कि तीनै अप्रोचहरू गणितीय रूपमा समान छन्। अब फिजिक्स समुदायले स्वीकार गर्नैपर्यो कि फाइनम्यान डायग्रामहरू वास्तवमै सही छन्।
त्यसपछि सबै कुरा बदलियो। किनकि फाइनम्यान डायग्रामहरू प्रयोग गर्न अत्यन्त सजिलो थियो। स्विङ्गरका समीकरणहरू गर्न हप्तौँ लाग्थ्यो, फाइनम्यान डायग्रामहरू घण्टौँमै। ग्रेजुएट विद्यार्थीहरू खुसी भए। अन्ततः सबैले सहजै बुझ्न सकिने तरिका पत्ता लागेको थियो ।
आज सन् २०२५ मा संसारका हरेक विश्वविद्यालयमा फाइनम्यान डायग्रामहरू पढाइन्छन्। जब सर्नमा लार्ज हेड्रन कोलाइडरमा कणहरू ठोक्किन्छन्, फाइनम्यान डायग्राममार्फत पूर्वानुमान गरिन्छ। हिग्स बोसन, टप क्वार्क– सबै फाइनम्यान डायग्रामबाट विश्लेषण गरिएका छन्।
क्यालटेकमा व्यक्तिगत जीवन
तर क्यालटेकमा रिचर्ड केवल रिसर्च मात्र गरिरहेका थिएनन्। उनको व्यक्तिगत जीवन पनि जटिल हुँदै गइरहेको थियो। १९५२ मा रिचर्डले मेरी लू बेलसँग विवाह गरे। मेरी लू मायालु र हेरचाह गर्ने स्वभावकी थिइन्। तर रिचर्डका लागि गलत जोडी थिइन्।
मेरी लूलाई चाहिएको थियो– स्थिर, उपस्थित, भावनात्मक रूपमा उपलब्ध पति। रिचर्ड थिए– फिजिक्सप्रति अत्यधिक आसक्त, भावनात्मक रूपमा टाढा, वर्कहोलिक। विवाहका केही महिनामै स्पष्ट भयो– यो सम्बन्ध लामो समय चल्दैन। रिचर्ड काममै डुबिरहन्थे। घर आए पनि समीकरणहरू सोचिरहन्थे। मेरी एक्लो महसुस गर्थिन्।
मेरी लूलाई चाहिएको थियो– स्थिर, उपस्थित, भावनात्मक रूपमा उपलब्ध पति। रिचर्ड थिए– फिजिक्सप्रति अत्यधिक आसक्त, भावनात्मक रूपमा टाढा, वर्कहोलिक। विवाहका केही महिनामै स्पष्ट भयो– यो सम्बन्ध लामो समय चल्दैन।
एक दिन मेरीले भनिन्, “रिचर्ड, तिमी कहिल्यै मसँग साथै हुँदैनौ। सधैँ तिम्रो दिमाग कतै अरू नै हुन्छ।”
रिचर्डले इमानदारीपूर्वक भने, “हो, किनकि फिजिक्स मलाई बढी रोचक लाग्छ।”
कठोर इमानदारी। तर रिचर्ड यस्तै थिए। झूट बोल्दैनथे। १९५६ मा सम्बन्धविच्छेद भयो। रिचर्डलाई अपराधबोध भएन। बरु राहत महसुस भयो। “म विवाहका लागि बनेकै छैन।”
तर १९६० मा केही भयो। रिचर्ड स्विट्जरल्यान्डमा एउटा सम्मेलनमा थिए। एक दिन सर्नको क्याफेटेरिया क्षेत्रमा लन्च गरिरहेका थिए। त्यत्तिकैमा एउटा युवती आइन्– ब्रिटिश उच्चारण, आत्मविश्वासी, स्मार्ट। युवती थिइन् ग्वेनेथ हावर्थ, सर्नमा काम गर्थिन्।
रिचर्डले फिजिक्सबारे कुरा सुरु गरे। ग्वेनेथले सुनिन्, बुझिन्, प्रश्नहरू सोधिन् । प्रश्नहरु गम्भीर र जायज थिए । रिचर्ड प्रभावित भए। “यो केटी अरुभन्दा फरक छ।”
सम्मेलनपछि रिचर्डले ग्वेनेथलाई चिठी लेखे। “क्यालटेकमा मलाई एउटा असिस्टेन्ट चाहिएको छ। के तिमी इच्छुक छौ?”
ग्वेनेथ क्यालिफोर्निया आइन् र रिचर्डका लागि काम गर्न थालिन्।
बिस्तारै दुवै नजिकिए। ग्वेनेथले रिचर्डलाई बुझ्थिन्– उनका अनौठोपन, उनका आसक्तिहरू, उनका मौनताहरू– र स्वीकार गर्थिन्। रिचर्डले सोचे– सायद म विवाहका लागि तयार छु, तर केवल ग्वेनेथसँग।
१९६० मा रिचर्ड र ग्वेनेथले विवाह गरे। यो विवाह रिचर्डको मृत्युपर्यन्त अर्थात् २८ वर्ष चल्यो। ग्वेनेथले रिचर्डलाई आवश्यक स्पेस दिइन्, र त्यहीसँगै त्यो स्थिरता पनि दिइन्, जुन उनलाई आफूलाई चाहिन्छ भन्ने थाहा नै थिएन। दुई सन्तान भए– कार्ल र मिशेल।
क्यालटेकमा रिचर्ड एक दन्तेकथाका नायक जस्तै प्रोफेसर बन्दै गइरहेका थिए। उनका कक्षाहरू खचाखच भरिन्थे। विद्यार्थीहरू उभिएर सुन्थे, किनकि रिचर्ड प्रस्तुति दिन्थे– अभिनय, जोक्स, वास्तविक जीवनका उदाहरणहरू।
रिचर्ड परम्परागत अर्थमा राम्रो पिता थिएनन्। तर उनले आफ्ना बच्चाहरूलाई त्यही कुरा सिकाए, जुन उनले आफैँ मेलभिलबाट सिकेका थिए– जिज्ञासु बन, प्रश्न सोध। नाम होइन, बुझाइ महत्वपूर्ण हुन्छ।
असाधारण शिक्षण शैली र 'द फाइनम्यान लेक्चर्स'
क्यालटेकमा रिचर्ड एक दन्तेकथाका नायक जस्तै प्रोफेसर बन्दै गइरहेका थिए। उनका कक्षाहरू खचाखच भरिन्थे। विद्यार्थीहरू उभिएर सुन्थे, किनकि रिचर्ड प्रस्तुति दिन्थे– अभिनय, जोक्स, वास्तविक जीवनका उदाहरणहरू।
एकपटक इलेक्ट्रोनहरूको गति व्याख्या गर्दै रिचर्डले भने, “सोच, तिमी एउटा पार्टीमा आएका छौ। केटाहरू एकतिर, केटीहरू अर्कोतिर। संगीत बज्छ। सबैजना अनियमित रूपमा मिसिन्छन्, तर ढाँचाहरू बन्छन्। इलेक्ट्रोनहरू पनि यस्तै हुन्छन्।”
विद्यार्थीहरू हाँसे। गम्भीर कुरालाई सरल ढङ्गले बुझे पनि ।
रिचर्डको दर्शन थियो– यदि तिमी आफ्ना कुरा युवाहरुलाई बुझाउन सक्दैनौ भने, तिमीले आफैँ पनि त्यो कुरा बुझेका छैनौ। १९६१–६३ मा रिचर्डले अन्डरग्रेजुएट विद्यार्थीहरूका लागि पूर्ण फिजिक्स कोर्स पढाए– शून्यबाट, आफ्नै तरिकाले, आफ्नै भाषामा। हरेक लेक्चर रेकर्ड भयो, ट्रान्सक्राइब भयो, सम्पादन भयो।
१९६४ मा प्रकाशित भयो– द फाइनम्यान लेक्चर्स अन फिजिक्स । तीन खण्ड, हजारभन्दा बढी पृष्ठ। तर ती लेक्चरहरु यति स्पष्ट रूपमा लेखिएको छ कि हाई–स्कुलका विद्यार्थीहरूले पनि तिनलाई सजिलै बुझ्न सके। आज यी पुस्तकहरू संसारभर फिजिक्सको बाइबल मानिन्छन्– आईआईटी, एमआईटी, क्याम्ब्रिज, हरेक प्रतिष्ठित प्राज्ञिक संस्थाहरुमा ।
नोबेल पुरस्कार र वैज्ञानिक खोजको प्रक्रिया
डिसेम्बर १९६५, स्टकहोम। नोबेल पुरस्कार रिचर्ड पी. फाइनम्यान, जुलियन स्विङ्गर र सिन–इटिरो टोमोनागालाई संयुक्त रूपमा प्रदान गरियो– क्वान्टम इलेक्ट्रोडायनेमिक्समा आधारभूत कामका लागि।
जब फोनमार्फत खबर दिइयो, रिचर्डले भने, “ओह नो, अब स्विडेन जानुपर्ला। भाषण दिनुपर्ला, सूट लगाउनुपर्ला। मलाई यो सब मन पर्दैन।”
एक साथीले भने, “त्यसो भए अस्वीकार गर।”
रिचर्डले सोच्दै भने, “अस्वीकार गरे झन् धेरै चर्चापरिचर्चा हुनेछ। स्वीकार गरिनु नै राम्रो।”
रिचर्ड स्टकहोममा समारोहमा सहभागी भए। स्विडेनका राजाबाट पुरस्कार लिए। तर नोबेल लेक्चर परम्परागत थिएन। उनले भने, “म बताउनेछु– मैले यो कसरी पत्ता लगाएँ, किनकि त्यो प्रक्रिया अन्तिम नतिजाभन्दा बढी रोचक छ।” अनि उनले यात्रा सुनाए– स्पिनिङ प्लेटदेखि व्हीलरसँगका संवादसम्म, ट्रायल एन्ड एररसम्म। वैज्ञानिकहरूलाई देखाए कि खोज एउटा अस्तव्यस्त प्रक्रिया हो– पूर्ण हुँदैन। र त्यो पूर्ण रूपमा ठीक छ।
जिज्ञासु जीवनशैली र विद्रोही स्वभाव
नोबेल पुरस्कारपछि रिचर्ड अझ प्रसिद्ध भए। तर उनी उस्तै रहे– जिज्ञासु, खेलमुखी, अलिक विद्रोही। क्यालटेक क्याम्पसमा सर्ट्स र हवाईयन सर्ट लगाएर हिँड्ने, विद्यार्थीहरूसँग क्याफेटेरियामा बसेर खाना खाने– कुनै औपचारिकता होइन।
१९६० को दशकको अन्त्यसम्म रिचर्ड फाइनम्यान केवल एक प्रतिभाशाली फिजिसिस्ट मात्र रहेनन्। उनी एक सांस्कृतिक घटना बनिसकेका थिए– एक व्यक्तित्व, एक प्रतीक। र अब उनको जीवनको सबैभन्दा रंगीन चरण आउन लागेको थियो– बोङ्गो ड्रम्स, साहसिक यात्राहरू, र एउटा किताब, जसले उनलाई सधैँका लागि अमर बनाउने थियो।
बहुआयामी रुचि र बोंगो ड्रम्स
१९६०–७० को दशकमा क्यालटेकमा रिचर्ड फाइनम्यान अब आफ्नो शिखरमा थिए। नोबेल पुरस्कार, प्रसिद्ध लेक्चरहरू, सम्मानित प्रोफेसर। तर रिचर्डका लागि यो पर्याप्त थिएन। फिजिक्स गर्नु राम्रो थियो, पढाउनु राम्रो थियो। तर जीवनमा अरू पनि त छ। त्यसैले रिचर्डले निर्णय गरे, “म जुनसुकै चिज रोचक लाग्छ, त्यो सबै प्रयोग गर्छु। चाहे त्यो फिजिक्ससँग सम्बन्धित होस् वा नहोस्।”
रिचर्ड सामान्य तरिकाले सिक्दैनथे। शिक्षककहाँ गएर “प्लीज मलाई सिकाउनुहोस्” भन्ने होइन। उनले अवलोकन गरे। राम्रा ड्रमरहरूले के गर्छन् हेरे। प्याटर्नहरू बुझे, टाइमिङ बुझे, फिजिक्सको अप्रोच– अवलोकन, विश्लेषण, अभ्यास।
पहिलो चिज बोंगो ड्रम्स। हो, साँच्चिकै। एक नोबेल पुरस्कार विजेता फिजिसिस्ट बोंगो ड्रम्स बजाइरहेका थिए। कसरी सुरु भयो? एक पार्टीमा कसैले ड्रम्स राखेको थियो। रिचर्डले छोए, आवाज सुने, मोहित भए। यो रिदम, यी प्याटर्न्स, यो त गणित हो। भोलिपल्ट आफ्नै ड्रम्स किने र सिक्न थाले। तर रिचर्ड सामान्य तरिकाले सिक्दैनथे। शिक्षककहाँ गएर “प्लीज मलाई सिकाउनुहोस्” भन्ने होइन। उनले अवलोकन गरे। राम्रा ड्रमरहरूले के गर्छन् हेरे। प्याटर्नहरू बुझे, टाइमिङ बुझे, फिजिक्सको अप्रोच– अवलोकन, विश्लेषण, अभ्यास।
राति ग्विनिथ र बच्चाहरू सुतिसकेपछि रिचर्ड ग्यारेजमा घण्टौँ ड्रम्स बजाउँथे। छिमेकीहरू हैरान हुन्थे। एक छिमेकीले गुनासो गर्यो, “प्रोफेसर फाइनम्यान, यो के बच्चाजस्तो व्यवहार हो? तपाईं नोबेल पुरस्कार विजेता हुनुहुन्छ।” रिचर्डले भने, “त्यसो भए के नोबेल पुरस्कार विजेताले ड्रम्स बजाउन मिल्दैन?”
कलाकार 'ओफे' र टपलेस बारमा फिजिक्स
बिस्तारै रिचर्ड यति राम्रो भए कि उनीहरूलाई ब्याले परफर्मेन्सहरूमा बोलाउन थालियो। क्यालटेकका विद्यार्थीहरू चकित भए। हाम्रो फिजिक्स प्रोफेसर स्टेजमा ड्रम्स बजाइरहेका छन्। साँच्चिकै रिचर्डलाई मजा आउँथ्यो। रिचर्ड भन्ने गर्थे–मानिसहरूलाई लाग्छ वैज्ञानिकहरू बोरिङ हुन्छन्। म उनीहरूलाई गलत साबित गरिरहेको छु।
दोस्रो चिज आर्ट र ड्रइङ। रिचर्डलाई सधैं लाग्थ्यो कि कलाकारहरूले केही यस्तो देख्छन् जुन वैज्ञानिकहरूले देख्दैनन्। त्यसैले उनले निर्णय गरे, म पनि सिक्छु। पासाडेनामा एउटा बिगिनर लेभलको आर्ट क्लास जोइन गरे। प्रसिद्ध प्रोफेसर रिचर्ड अरू विद्यार्थीहरूसँगै बसेर स्केचिङ सिक्दै थिए। शिक्षकले भने, “सोच्ने होइन, हेर्ने र कोर्ने।” रिचर्डलाई यो अप्रोच मन पर्यो। यो बिल्कुल फिजिक्सजस्तै हो– अवलोकन गर, अनुमान नगर।
रिचर्ड फाइनम्यान, सम्मानित क्यालटेक प्रोफेसर, पासाडेनाका टपलेस बार्समा जान्थे। किनकि त्यहाँ उनलाई शान्ति मिल्थ्यो। एक्लो समय मिल्थ्यो।
महिनौँ अभ्यास गरे, हरेक वीकएन्ड। बिस्तारै राम्रो हुँदै गए। त्यसपछि रिचर्डले एउटा रोचक प्रयोग गरे। उनले “ओफे” नामबाट आफ्ना पेन्टिङहरू बेच्न थाले। लोकल ग्यालरीहरूमा। “ओफे को हो?” मानिसहरू सोध्थे। एक लोकल ग्यालरी ओनरले भन्यो, पेन्टिङहरू बिक्न थाले। मानिसहरूलाई मन पर्यो। अनि कसैलाई थाहा भयो– अरे, यो त प्रोफेसर फाइनम्यान हो। रिचर्ड हाँसे। “हेर, म कलाकार पनि बन्न सक्छु। नामले फरक पार्दैन, कामले पार्दछ।”
तेस्रो अलि विवादास्पद पक्ष हो– टपलेस बार्स। हो, रिचर्ड फाइनम्यान, सम्मानित क्यालटेक प्रोफेसर, पासाडेनाका टपलेस बार्समा जान्थे। किनकि त्यहाँ उनलाई शान्ति मिल्थ्यो। एक्लो समय मिल्थ्यो। सोच्नुहोस्, क्यालटेकमा सबैले प्रोफेसर फाइनम्यानलाई भेट्न चाहन्थे, प्रश्न सोध्न चाहन्थे, निरन्तर डिस्कसन गर्न चाहन्थे। रिचर्डलाई कहिलेकाहीँ केवल एक्लो समय चाहिन्थ्यो– सोच्नका लागि, फिजिक्सका समस्या सोल्भ गर्नका लागि।
त्यसैले उनले पत्ता लगाए, यदि म टपलेस बारमा गएर एउटा बियर अर्डर गरेर नोटबुक निकाल्छु भने कसैले डिस्टर्ब गर्दैन। वेट्रेसहरू आउँथिन्। “सर, तपाईं के लेखिरहनुभएको छ? फिजिक्सका इक्वेशन्स? ओ, ठीक छ।” अनि जान्थिन्। एकदम सही। कुनै हस्तक्षेप छैन। केवल रिचर्ड र उनको फिजिक्स।
सेक्युरिटीको पाठ र 'कार्गो कल्ट साइन्स'
जब क्यालटेक प्रशासनलाई थाहा भयो, उनीहरू चिन्तित भए। “प्रोफेसर फाइनम्यान, यो उपयुक्त होइन। तपाईं नोबेल लोरिएट हुनुहुन्छ।” रिचर्डले भने, “म त्यहाँ काम गरिरहेको छु। कसैलाई हानि गरिरहेको छैन। समस्या के हो?” वास्तवमा रिचर्डले त्यही बार्समा केही महत्वपूर्ण पेपर्स लेखेका थिए। त्यो वातावरण– न कुनै एकेडेमिक प्रेशर, न कुनै फर्मालिटी– उनीहरूलाई क्रिएटिभ रूपमा स्वतन्त्र बनाउँथ्यो।
चौथो चिज सेफ क्र्याकिङको हबी निरन्तर रह्यो। लस एलामोसपछि पनि रिचर्डले यो छोडेनन्। क्यालटेकमा पनि कहिलेकाहीँ सहकर्मीहरूको अफिसमा पसेर सेफ खोलिदिन्थे। तर अब यो केवल मनोरञ्जन थिएन। रिचर्ड यसबाट एउटा बिन्दु देखाइरहेका थिए। “हेर, सेक्युरिटी कति कमजोर छ। मानिसहरूले कम्बिनेसनहरू प्रेडिक्टेबल राख्छन्– जन्मदिन, फोन नम्बर। यो मूर्खता हो।”
एक पटक फिजिक्स डिपार्टमेन्टका चेयरम्यानको सेफ खोले। डकुमेन्ट निकालेर त्यही ठाउँमा एउटा नोट राखे– “बेटर कम्बिनेसन छान।” चेयरम्यान रिसाए। “फाइनम्यान, यो के हो?” रिचर्डले शान्त रूपमा भने, “म तपाईंलाई सेक्युरिटीको पाठ सिकाइरहेको छु। फ्रीमा। धन्यवाद भन्नुहोस्।”
रिचर्डलाई लाग्थ्यो शिक्षा प्रणाली आधारभूत रूपमा बिग्रिएको छ। विद्यार्थीहरूलाई फर्मुला रटाइन्छ, कन्सेप्ट बुझाइँदैन।
तर यी सबै एड्भेन्चरहरूको बीचमा रिचर्ड सबैभन्दा बढी जुन चिजका लागि अपहत्ते गर्थे, त्यो थियो– शिक्षण। रिचर्डलाई लाग्थ्यो शिक्षा प्रणाली आधारभूत रूपमा बिग्रिएको छ। विद्यार्थीहरूलाई फर्मुला रटाइन्छ, कन्सेप्ट बुझाइँदैन। एक दिन एउटा ब्राजिलियन युनिभर्सिटीले रिचर्डलाई फिजिक्स पढाउन निम्तो दियो। रिचर्ड गए। त्यहाँ उनले देखे– विद्यार्थीहरू तेज थिए। सबै फर्मुला कण्ठस्थ। परीक्षाामा परफेक्ट स्कोर। तर जब रिचर्डले वास्तविक संसारको एउटा फिजिक्स प्रश्न सोधे, कसैले जवाफ दिन सकेन।
रिचर्ड चकित भए। “तिमीहरूलाई सबै याद छ, तर केही पनि बुझेका छैनौ।” एक विद्यार्थीले इमानदारीपूर्वक भन्यो, “सर, हामीलाई परीक्षा पास गर्नुपर्छ। बुझ्नु वैकल्पिक हो।” रिचर्डलाई धेरै नराम्रो लाग्यो। क्यालटेक फर्किएपछि उनले एउटा प्रसिद्ध लेक्चर दिए– “कार्गो कल्ट साइन्स।”
'फाइनम्यान टेक्निक' र जीवनका रमाइला कथाहरू
उनले भने, “सेकेन्ड वर्ल्ड वारको समयमा प्यासिफिक टापुहरूमा जहाजहरू कार्गो लिएर आउँथे। युद्ध सकिएपछि जहाजहरू आउन छोडे। टापुका मानिसहरूले के गरे? नक्कली रनवे बनाए, काठका हेडफोन लगाए, सोच्दै कि हामी त्यस्तै देखियौँ भने जहाज फर्केर आउँछन्।” तर जहाज आएनन्, किनकि उनीहरूले केवल नक्कल गरिरहेका थिए, बुझिरहेका थिएनन्। उनले भने, “शिक्षामा पनि यही भइरहेको छ। विद्यार्थीहरूले इक्वेशन नक्कल गरिरहेका छन्, तर फिजिक्स बुझिरहेका छैनन्। यो कार्गो कल्ट साइन्स हो।”
यो लेक्चर आज पनि प्रसिद्ध छ। हरेक साइन्स विद्यार्थीले पढ्नैपर्छ। रिचर्डको पढाउने दर्शन सरल थियो। तिमीले कुनै चिज सरल भाषामा बुझाउन सक्दैनौ भने, वास्तवमा तिमीले नै त्यो कुरा बुझेका छैनौ। आज हामी यसलाई “फाइनम्यान टेक्निक” भन्छौँ।
फाइनम्यान टेक्निक अनुसार–
स्टेप वन– तिमीले सिक्न चाहेको एउटा कन्सेप्ट छान।स्टेप टू– त्यो कन्सेप्ट बच्चालाई बुझाइरहेझैँ सरल शब्दमा बुझाऊ, कुनै जार्गन बिना।
स्टेप थ्री– जहाँ अड्किन्छौ, त्यहाँ तिम्रो बुझाइमा ग्याप छ। फर्केर जाऊ, त्यही भाग फेरि पढ।स्टेप फोर– झन् सरल बनाऊ, जबसम्म त्यो एकदमै सजिलो हुँदैन ।
आज विश्वभर विद्यार्थीहरूले यो टेक्निक प्रयोग गर्छन्– परीक्षाका लागि, इन्टरभ्युका लागि, केही पनि सिक्नका लागि। रिचर्ड विद्यार्थीहरुलाई हामीलाई पढाउनुको सट्६ सोच्न सिकाउथे । एक विद्यार्थीले एउटा जटिल प्रश्न सोध्यो। रिचर्डले पाँच मिनेट सोचे। अनि भने, “मलाई थाहा छैन। तर आऊ, सँगै यसको उत्तर पत्ता लगाऔँ।” यही इमानदारी, यही नम्रता, यही कारण रिचर्ड महान शिक्षक थिए।
१९७० मा अर्को रोचक कुरा भयो। रिचर्डका सहकर्मी तथा ड्रमर साथी राल्फ लेटनले भने, “तिम्रो जीवनका कथाहरू धेरै रोचक छन्। यी रेकर्ड गर्नुपर्छ।” रिचर्डले भने, “किन? म कुनै विशेष मान्छे होइन।” राल्फले भने, “तिमीलाई थाहा छैन, तर तिम्रा कथाहरू प्रेरणादायी छन्।”
त्यसपछि दुवैले रेकर्ड गर्न सुरु गरे। हरेक बिहीबार रात रिचर्ड कथाहरू सुनाउँथे, राल्फ रेकर्ड गर्थे। लस एलामोसको सेफ क्र्याकिङ, प्रिन्सटनका टी पार्टीहरू, ब्राजिलको शिक्षा प्रणालीमाथि टिप्पणी, टपलेस बार्समा फिजिक्स गर्नु, बोंगो ड्रम्स, आर्ट– सबै। वर्षौँ लागे। बिस्तारै।
१९८५ मा अन्ततः ती सबै कुराहरु समेटेर पुस्तक प्रकाशित भयो– Surely You’re Joking, Mr. Feynman! सबटाइटल थियो– Adventures of a Curious Character। परफेक्ट सबटाइटल, किनकि रिचर्ड साँच्चिकै त्यही थिए– एक जिज्ञासु पात्र। पुस्तक तुरुन्तै बेस्टसेलर बन्यो। मानिसहरू अचम्मित भए। “एउटा वैज्ञानिक यति रमाइलो कसरी हुन सक्छ?” “के यो सबै साँच्चै हो?” “आइन्स्टाइन पनि यस्तै थिए?”
एक सांस्कृतिक आइकन र 'जिज्ञासु पात्र' को उदय
यो पुस्तकले रिचर्डलाई हाउसहोल्ड नेम बनायो। अब केवल फिजिसिस्टहरू होइन, सामान्य जनता पनि रिचर्ड फाइनम्यानलाई चिन्न थाले। रिचर्ड आफैं अचम्ममा परे। “मानिसहरू मेरा मूर्ख कथाहरू किन पढ्न चाहन्छन्?” राल्फले भने, “किनकि तिमीले वैज्ञानिकहरू पनि सामान्य मानिस हुन सक्छन्, रमाइलो हुन सक्छन्, जिज्ञासु हुन सक्छन्, सबै कुरा कोशिस गर्न सक्छन् भन्ने देखाएका छौ।”
रिचर्ड फाइनम्यानले जीनियस हुन गम्भीर, बोरिङ वा सामाजिक रूपमा अहंमता प्रदर्शन गर्ने खालको हुनुपर्दैन भन्ने प्रमाणित गरे। तिमी ड्रम्स बजाउन सक्छौ, पेन्ट गर्न सक्छौ, एड्भेन्चर गर्न सक्छौ, र सँगै फिजिक्समा ब्रेकथ्रु पनि गर्न सक्छौ। जीवनलाई छिन्नभिन्न पार्नु हुँदैन। यो मेरो व्यवसायिक जीवन, यो मेरो निजी जीवन – होइन। जीवन एकै हो। पूर्ण रूपमा, जिज्ञासासहित, आनन्दका साथ भरपूर बाँच।
रिचर्ड फाइनम्यानले जीनियस हुन गम्भीर, बोरिङ वा सामाजिक रूपमा अहंमता प्रदर्शन गर्ने खालको हुनुपर्दैन भन्ने प्रमाणित गरे।
च्यालेन्जर त्रासदी: ७३ सेकेन्डको विष्फोट
१९८० को मध्यतिर रिचर्डको जीवनमा एउटा नयाँ अध्याय सुरु हुन लागेको थियो। त्यो उनको सबैभन्दा महत्वपूर्ण विरासत बन्यो। त्यो अध्याय फिजिक्समा होइन, स्पेस शटल च्यालेन्जर त्रासदीमा लेखियो । त्यसले जहाँ रिचर्ड फाइनम्यान शक्तिशाली मानिसहरूका विरुद्ध सत्यका लागि एक नायकझैँ उभिने पात्रको रुपमा इतिहासमा अमर तुल्यायो ।
जनवरी १९८६, समय ११:३८ । फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा स्पेस शटल च्यालेन्जर प्रक्षेपण हुँदै थियो। सात जना एस्ट्रोनट्स बोर्डमा थिए, र पूरै अमेरिका टेलिभिजनमा त्यो घटना प्रत्यक्ष हेर्दै थियो। विद्यालयहरूमा बालबालिका उत्साहित र गर्वित थिए, किनकि यस मिसनमा केही विशेष थियो। “टिचर इन स्पेस” कार्यक्रम अन्तर्गत एक विद्यालय शिक्षिका क्रिस्टा म्याकअलिफ पनि पहिलो नागरिक एस्ट्रोनट बन्न गइरहेकी थिइन्।
१०… ९… ८… काउन्टडाउन सुरु भयो। इन्जिनहरू गर्जिए। शटल उठ्यो, आकाशतर्फ जान थाल्यो। सुन्दर, शक्तिशाली।
७३ सेकेन्ड। केवल ७३ सेकेन्ड। अनि अचानक एक चमक, एक विस्फोट, आकाशमा सुन्तला र सेतो धुवाँको बादल। च्यालेन्जर टुक्रियो, छरपस्ट भयो। सातै जना एस्ट्रोनट्सको मृत्यु भयो। प्रत्यक्ष टेलिभिजनमा, लाखौँ मानिसहरूको अगाडि।
अमेरिका स्तब्ध भयो, गहिरो शोकमा डुब्यो।
रोजर्स कमिसन र सत्यको खोजी
राष्ट्रपति रेगनले तुरुन्तै अनुसन्धान समिति गठन गर्ने घोषणा गरे। यो “रोजर्स कमिसन” पूर्व विदेश सचिव विलियम रोजर्सको नेतृत्वमा चलाइने भयो। कमिसनमा उत्कृष्ट व्यक्तिहरू चाहिन्थे– इन्जिनियरहरू, वैज्ञानिकहरू, विशेषज्ञहरू।
कसैले सुझाव दियो, “रिचर्ड फाइनम्यानलाई बोलाउनुहोस्।”रोजर्स हिच्किचाए। फाइनम्यान त धेरै अनौपचारिक छन्। के उनी टिम प्लेयर हुनेछन्?
तर फाइनम्यानको नाम यति ठूलो थियो कि बेवास्ता गर्न सकिँदैनथ्यो। साथै, फाइनम्यानजस्ता सम्मानित वैज्ञानिक संलग्न भएमा जनताले अनुसन्धानलाई वास्तविक ठान्ने थिए। त्यसैले रिचर्डलाई फोन आयो।
“प्रोफेसर फाइनम्यान, के तपाईं राष्ट्रपतीय कमिसनमा सेवा दिनुहुन्छ?”
रिचर्ड जान चाहँदैनथे। पहिलो कुरा, उनको स्वास्थ्य बिग्रँदै थियो। क्यान्सरका कारण दुई पटक शल्यक्रिया भइसकेको थियो। डाक्टरहरूले आराम गर्न, तनाव नलिन भनेका थिए। दोस्रो कुरा, रिचर्डलाई सरकारी समितिहरू मन पर्दैनथे। राजनीति, ब्युरोक्रेसी– सबै बनावटी।
तर ग्वेनेथले भनिन्, “रिचर्ड, सात जना मानिस मरेका छन्। यदि तिमी सत्य निकाल्न सक्छौ भने, तिमी जानैपर्छ।”
रिचर्डले सोचे र अन्ततः सहमति जनाए। “तर म आफ्नो तरिकाले अनुसन्धान गर्छु।”
नासाका अधिकारीहरूले प्रस्तुतीकरण दिइरहेका थिए– प्राविधिक शब्दावली, जटिल चार्टहरू– सबै कुरा झन् अलमल्याउने प्रयास। रिचर्ड चुपचाप बसे, सुन्दै, नोटबुकमा टिपोट गर्दै। तर उनको दिमागमा प्रश्नहरू घुमिरहेका थिए। यी सबै किन यति जटिल बनाइँदैछ? के लुकाइँदैछ?
फेब्रुअरी १९८६, वासिङ्टन डी.सी. । पहिलो कमिसन बैठक। अरू सबै सदस्य सूटमा थिए– औपचारिक, चिरिच्याट्ट औपचारिक पोशाकमा सजिएका, राजनीतिक पृष्ठभूमि समेत भएका। रिचर्ड भने क्याजुअल ज्याकेटमा थिए, अलि बिरामी देखिन्थे। तर उनका आँखा तीक्ष्ण थिए, सबै कुरा अवलोकन गर्दै।
रोजर्सले बैठक सुरु गरे। नासाका अधिकारीहरूले प्रस्तुतीकरण दिइरहेका थिए– प्राविधिक शब्दावली, जटिल चार्टहरू– सबै कुरा झन् अलमल्याउने प्रयास। रिचर्ड चुपचाप बसे, सुन्दै, नोटबुकमा टिपोट गर्दै। तर उनको दिमागमा प्रश्नहरू घुमिरहेका थिए। यी सबै किन यति जटिल बनाइँदैछ? के लुकाइँदैछ?
ओ-रिङ्सको रहस्य र नासाको लापरवाही
बैठकपछि रिचर्डले निर्णय गरे, “म औपचारिक बाटोबाट अगाडि बढ्दिनँ । म सिधै इन्जिनियरहरूसँग कुरा गर्छु।”
उनी फ्लोरिडाको केनेडी स्पेस सेन्टर गए, कमिसनका अरू सदस्यहरूबेगर नै । त्यहाँ उनले जुनियर इन्जिनियरहरू, टेक्निसियनहरू, जमिनमा काम गर्ने मानिससँग कुरा गरे।
“तपाईंहरूलाई के लाग्छ, समस्या के थियो?” सुरुमा मानिसहरू बोल्न डराए। “सर, हामी बोल्न सक्दैनौँ। आदेश छ।”
रिचर्डले भने, “म राष्ट्रपतीय कमिसनबाट आएको हुँ, र मलाई सत्य चाहिन्छ। बोल्नुहोस्।”
बिस्तारै मानिसहरू खुल्न थाले। एक इन्जिनियरले बिस्तारै भने, “सर, ओ-रिङ्स।”
“ओ-रिङ्स?”
ती रबर सिलहरू, जुन रकेट बुस्टरहरूमा प्रयोग हुन्छन्। हामीले चेतावनी दिएका थियौँ कि चिसोमा ती राम्ररी काम गर्दैनन्। तर व्यवस्थापनले बेवास्ता गर्यो।
रिचर्ड चनाखो भए। यो अत्यन्त गम्भीर थियो। उनले थप अनुसन्धान गरे। कागजात मागे, तापक्रमको डाटा मागे। थाहा भयो– जनवरी २८ को बिहान फ्लोरिडामा असामान्य रूपमा चिसो थियो। तापक्रम करिब ३०° फारेनहाइट, अर्थात् लगभग –१° सेल्सियस। ओ-रिङ्सका लागि धेरै चिसो।
इन्जिनियरहरूले नासा व्यवस्थापनलाई भनेका थिए, “लञ्च स्थगित गर्नुहोस्, धेरै चिसो छ।”
तर व्यवस्थापनले भन्यो, “होइन, लञ्च तालिकाअनुसार नै हुनेछ।” राजनीतिक दबाब थियो। “टिचर इन स्पेस” कार्यक्रम, मिडिया कभरेज– सबै योजना बनिसकेको थियो।
व्यवस्थापनले सुरक्षा भन्दा तालिकालाई बढी महत्त्व दियो, र सात जना मानिस मरे।
रिचर्ड क्रोधित भए। “यो हत्या हो। आपराधिक लापरवाही।”
तर समस्या यो थियो कि रोजर्स कमिसनका आधिकारिक कार्यवाहीहरू धेरै औपचारिक थिए। नासाका वरिष्ठ अधिकारीहरू चिल्लो रूपमा बोलिरहेका थिए, प्राविधिक शब्दहरू प्रयोग गर्दै, सबै कुरा झन् जटिल बनाउँदै। रिचर्डलाई एउटा सरल, स्पष्ट, अस्वीकार गर्न नसकिने प्रदर्शन चाहिन्थ्यो।
एउटा ऐतिहासिक प्रदर्शन: बरफको पानी र रबर
११ फेब्रुअरी १९८६ । रोजर्स कमिसनको एक टेलिभिजन प्रसारित सार्वजनिक सुनुवाइ। क्यामेराहरू चलिरहेका थिए, मिडिया उपस्थित थियो। नासाका अधिकारीहरू आफ्ना प्रस्तुतीकरण दिइरहेका थिए।
रिचर्डसँग बरफ हालिएको पानीको एक गिलास र ओ-रिङ रबरको सानो टुक्रा थियो। जब रिचर्डको बोल्ने पालो आयो, उनले धेरै सरल तरिकाले आफ्ना कुराहरु प्रस्तुत गरे। गिलासबाट बरफ निकालेर ओ-रिङ रबरलाई त्यससँग छुवाएर चिसो बनाए। अनि रबरलाई थिचे, देखाए।
“हेर्नुहोस्,” उनले भने, “सामान्य तापक्रममा यो रबर लचिलो हुन्छ। तर चिसो तापक्रममा…”
रिचर्डले रबर मोडे। त्यो कडा थियो।
“यसले राम्ररी सिल गर्दैन। ग्यासहरू चुहिन सक्छन्।”
कोठामा अद्भूत मौनता छायो ।
रिचर्ड फाइनम्यानले त्यो कुरालाई अत सहज ढङ्गले बुझाउने काम गरे, जुन नासाका घण्टौँ लामो प्रस्तुतीकरणहरूले गर्न सकेनन्। उनले सत्यलाई क्रिस्टलजस्तै स्पष्ट बनाए।
रिचर्डले अगाडि भने, “च्यालेन्जरलाई त्यस दिन चिसोमा प्रक्षेपण गरियो। ओ-रिङ्सले राम्ररी सिल गरेनन्। तातो ग्यास चुहियो, अनि बाँकी तपाईंहरूलाई थाहा नै छ।”
एक गिलास पानी, रबरको एउटा टुक्रा, ३० सेकेन्डको प्रदर्शन।
रिचर्ड फाइनम्यानले त्यो कुरालाई अत सहज ढङ्गले बुझाउने काम गरे, जुन नासाका घण्टौँ लामो प्रस्तुतीकरणहरूले गर्न सकेनन्। उनले सत्यलाई क्रिस्टलजस्तै स्पष्ट बनाए। अमेरिका टेलिभिजनमा हेर्दै बुझ्यो।
नासा लज्जित भयो। व्यवस्थापन रक्षात्मक बन्यो। “यो अत्यधिक सरलीकरण हो। यो धेरै जटिल समस्या हो।”
रिचर्डले भने, “होइन, यो बिल्कुल सरल समस्या हो। तपाईंहरूले सुरक्षा बेवास्ता गर्नुभयो, राजनीतिलाई प्राथमिकता दिनुभयो, र मानिसहरू मरे।”
रोजर्स कमिसनको अन्तिम प्रतिवेदनमा रिचर्डले आफ्नो छुट्टै परिशिष्ट लेखे– आफ्नै भाषामा, राजनीतिक पालिसबिना।
उनले एक प्रसिद्ध वाक्य लेखे– “सफल प्रविधिका लागि वास्तविकता जनसम्पर्कभन्दा बढी महत्त्वपूर्ण हुनुपर्छ, किनकि प्रकृतिलाई मूर्ख बनाउन सकिँदैन।”
उनले लेखे, “नासा व्यवस्थापन र इन्जिनियरहरूबीच ठूलो विच्छेद छ। इन्जिनियरहरू जोखिम जान्दथे, तर व्यवस्थापनले सुन्न अस्वीकार गर्यो। यो संस्थागत असफलता हो।” र त्यसपछि उनले एक प्रसिद्ध वाक्य लेखे– “सफल प्रविधिका लागि वास्तविकता जनसम्पर्कभन्दा बढी महत्त्वपूर्ण हुनुपर्छ, किनकि प्रकृतिलाई मूर्ख बनाउन सकिँदैन।”
यो वाक्य आज पनि उद्धृत गरिन्छ– इन्जिनियरिङ नैतिकताको कक्षामा, व्यवस्थापन पाठ्यक्रमहरूमा, सबै ठाउँमा।रिचर्ड फाइनम्यानले देखाइदिए– सत्ताको अगाडि पनि सत्य बोल्नु आवश्यक छ।
नासा रिसाएको थियो। सरकार असहज थियो। तर रिचर्डलाई फरक परेन। “मेरो काम सत्य निकाल्नु थियो। मैले गरेँ। अब अरूले के गर्ने भन्ने निर्णय उनीहरूको हो।”
अन्तिम बिदाइ र 'ब्रह्माण्डको एउटा हिस्सा'
च्यालेन्जर अनुसन्धानपछि रिचर्ड अत्यन्त थाकेका थिए– शारीरिक रूपमा, भावनात्मक रूपमा। क्यान्सर फेरि फर्किएको थियो, तेस्रो पटक। डाक्टरहरूले भने, “अब धेरै समय छैन।”
रिचर्डले आफ्नो अवस्थालाई स्वीकार गरे। “मलाई थाहा थियो, ठीकै छ।”ग्वेनेथ अत्यन्त शोकमा थिइन्। बच्चाहरू स्तब्ध थिए। तर रिचर्ड व्यावहारिक थिए। “मैले राम्रो जीवन जिएँ। भौतिकशास्त्र गरेँ, पढाएँ, साहसिक कामहरू गरेँ। अब पश्चात्ताप के?”
अन्तिम केही महिना रिचर्ड घरमै बसे। कहिलेकाहीँ क्यालटेक गएर विद्यार्थीहरू भेट्थे।
एक विद्यार्थीले सोध्यो, “सर, के तपाईं डराउनुहुन्छ?”
रिचर्डले सोचेर भने, “डराउनुपर्ने के छ? म ७० वर्ष बाँचेँ, धेरै कुरा गरेँ। अब अन्त्य आउँदैछ भने, त्यो प्राकृतिक हो– ब्रह्माण्डको एउटा हिस्सा।”
रिचर्डले आफ्नो इच्छापत्रमा लेखेका थिए, “कृपया झर्कोलाग्दो भाषण नदिनुहोस्। मेरो बारेमा रमाइला कथाहरू भन्नुहोस्। मलाई म जस्तो थिएँ, त्यस्तै गरी सम्झनुहोस्– जिज्ञासु, खेलाँची, जीवन्त।”
१५ फेब्रुअरी १९८८ । लस एन्जलस। रिचर्ड फाइनम्यान ६९ वर्षको उमेरमा बिते।
स्मृति सभामा सयौँ मानिस आए– सहकर्मीहरू, विद्यार्थीहरू, साथीहरू। सबै सूटमा थिए– औपचारिक, उदास। तर रिचर्डले आफ्नो इच्छापत्रमा लेखेका थिए, “कृपया झर्कोलाग्दो भाषण नदिनुहोस्। मेरो बारेमा रमाइला कथाहरू भन्नुहोस्। मलाई म जस्तो थिएँ, त्यस्तै गरी सम्झनुहोस्– जिज्ञासु, खेलाँची, जीवन्त।”
र मानिसहरूले त्यही गरे– हाँसो, कथाहरू, सम्झनाहरू।
एक सहकर्मीले भने, “रिचर्डले हामीलाई सिकाए– जीवन गम्भीर कुरा होइन। यो एउटा साहसिक यात्रा हो। रमाइलो गर। प्रश्न सोध। कहिल्यै नरोकिनु।”
नोबेल विजेता सहकर्मी मरे गेल–मानले भने, “रिचर्ड ब्रह्माण्ड बुझ्न चाहन्थे। तर बुझ्ने प्रक्रियालाई पनि आनन्द लिन चाहन्थे। उनका लागि यात्रा नै गन्तव्य थियो।”
ग्वेनेथले केही भनिनन्। चुपचाप बसेकी रहिन्। उनका रिचर्ड गइसकेका थिए।
रिचर्डको क्यालटेक अफिसको ब्ल्याकबोर्डमा अन्तिम दिनहरूमा लेखिएको थियो–
“What I cannot create, I do not understand.”
“जुन म सिर्जना गर्न सक्दिनँ, त्यो म बुझ्दिनँ।”
यो रिचर्डको दर्शनको सार थियो। केवल पढ्नु पर्याप्त होइन। केवल बुझ्नु पनि पर्याप्त होइन। वास्तवमै बनाऊ, सिर्जना गर। तब मात्रै तिमी साँच्चिकै बुझ्छौ।
आज त्यो ब्ल्याकबोर्ड क्यालटेकमा सुरक्षित राखिएको छ– एउटा सम्झनाको रूपमा।
रिचर्ड फाइनम्यान १९८८ मा बिते। तर उनको काम, उनको विरासत, आज पनि जीवित छ– हरेक कक्षाकोठामा, हरेक भौतिकशास्त्र प्रयोगशालामा, हरेक जिज्ञासु दिमागमा।
रिचर्ड फाइनम्यानको लेगेसी: आधुनिक विज्ञानमा प्रभाव
शारीरिक रूपमा त रिचर्ड हामी माझ छैनन्, तर उनको उपस्थिति फिजिक्समा सर्वत्र छ । गएको छैन। आज २०२५ मा पनि, जब कुनै फिजिक्सको विद्यार्थीले पहिलो पटक फाइनम्यान डायग्राम्स सिक्छ, ऊ रिचर्डसँग भेट्छ। जब कुनै इन्जिनियरले “नेचर क्यान नट बी फूल” कोट गर्छ, उसले रिचर्डलाई सम्झिन्छ। जब कुनै शिक्षकले विद्यार्थीलाई भन्छ, “यदि तिमीले सरल रूपमा व्याख्या गर्न सक्दैनौ भने, तिमीले बुझेकै छैनौ,” तब उसले फाइनम्यान टेक्निक प्रयोग गरिरहेको हुन्छ।
रिचर्ड फाइनम्यानको लेगेसी तीन तहमा फैलिएको छ।
प्योर फिजिक्स– फाइनम्यान डायग्राम्स आज पार्टिकल फिजिक्सको युनिभर्सल भाषा हुन्। CERN मा रहेको लार्ज ह्याड्रोन कोलाइडरमा जब पार्टिकलहरू ठोक्किन्छन्, फिजिसिस्टहरूले फाइनम्यान डायग्राम्स कोर्छन्। यदि यी कणहरू इंटरेक्ट गरे भने के हुन्छ?
२०१२ मा हिग्स बोसोन डिस्कभर भयो। दशकौँको खोज, अर्बौँ डलरको रिसर्च, र अन्ततः भेटिएपछि त्यसलाई विश्लेषण गरियो फाइनम्यान डायग्राम्सबाट।
१९८१ मै रिचर्डले पहिलो पटक सार्वजनिक रूपमा भनेका थिए, “नेचर इज क्वान्टम। यदि हामी नेचरलाई सिमुलेट गर्न चाहन्छौँ भने, हामीले क्वान्टम कम्प्युटरहरू बनाउनै पर्छ।” त्यो बेला मानिसहरूलाई यो साइन्स फिक्सन जस्तो लागेको थियो। आज क्वान्टम कम्प्युटरहरू वास्तविकता हुन्।
पाथ इन्टेग्रल फर्मुलेशन, जुन रिचर्डले १९४० को दशकमा विकास गरेका थिए, आज क्वान्टम कम्प्युटिङको फाउन्डेसन बनेको छ। IBM, Google, Microsoft सबै क्वान्टम कम्प्युटरहरू बनाइरहेका छन्, र सबै फाइनम्यानका आइडियाजमा आधारित छन्। वास्तवमा १९८१ मै रिचर्डले पहिलो पटक सार्वजनिक रूपमा भनेका थिए, “नेचर इज क्वान्टम। यदि हामी नेचरलाई सिमुलेट गर्न चाहन्छौँ भने, हामीले क्वान्टम कम्प्युटरहरू बनाउनै पर्छ।” त्यो बेला मानिसहरूलाई यो साइन्स फिक्सन जस्तो लागेको थियो। आज क्वान्टम कम्प्युटरहरू वास्तविकता हुन्।
फाइनम्यान क्याक फर्मुला, फाइनम्यान–हेलम्यान थ्योरम, फाइनम्यान स्प्रिंकलर, फाइनम्यान प्वाइन्ट। फिजिक्सको हरेक शाखामा उहाँको नाम जोडिएको छ। हरेक फिजिक्स पीएचडी विद्यार्थी जान्दछ कि फाइनम्यानलाई इग्नोर गर्न सकिँदैन।
टीचिङ रिभोलुसन– “द फाइनम्यान लेक्चर्स अन फिजिक्स।” १९६० मा रेकर्ड गरिएका ती तीन भोल्युम आज पनि बेस्टसेलर हुन्। हरेक वर्ष हजारौँ प्रतिहरू बिक्छन्। Caltech ले ती सम्पूर्ण लेक्चर्स अनलाइन फ्री गरिदिएको छ।
फाइनम्यान लेक्चर्स वेबसाइटमा जाऊ, सबै कुरा फ्री। भिडियोहरू, ट्रान्सक्रिप्ट्स, सबै कुरा।
फाइनम्यान टेक्निक, त्यो सरल सिकाइ विधि, आज विद्यार्थीहरूले सबै विषयमा प्रयोग गरिरहेका छन्। फिजिक्सका लागि मात्र होइन, बायोलोजीका लागि, हिस्ट्रीका लागि, कोडिङका लागि पनि।
रिचर्डले प्रमाणित गरे कि राम्रो शिक्षण फर्मल हुनुपर्दैन। एंगेजिङ हुनुपर्छ, यादगार हुनुपर्छ। आज विश्वभरका शिक्षकहरू सोचिरहेका छन्, फाइनम्यान जस्तै कसरी पढाउने?
“Surely You’re Joking, Mr. Feynman!” आज पनि बेस्टसेलर छ। ४० वर्षपछि पनि। किन? किनभने यो केवल फिजिक्सको किताब होइन। यो लाइफ फिलोसफी हो।
रिचर्डले देखाए, तिमी गम्भीर क्षेत्रमा हुन सक्छौ, तर जीवनलाई गम्भीर रूपमा लिनैपर्छ भन्ने छैन। ड्रम्स बजाउन सक्छौ, पेन्ट गर्न सक्छौ, एड्भेन्चर्स गर्न सक्छौ, र सँगसँगै नोबेल प्राइज पनि जित्न सक्छौ।
जिज्ञासालाई जिउँदो राख। प्रश्न सोध्न नछाड। कुनै पनि कुरालाई अन्धतापूर्वक अनुशरण नगर।
“What do you think?” रिचर्डको मनपर्ने प्रश्न यही थियो।
एलन मस्कले एक इन्टरभ्यूमा भनेका थिए, “फाइनम्यान मेरा हिरोहरूमध्ये एक हुन्।” फर्स्ट प्रिन्सिपल्स थिंकिङ उनले फाइनम्यानबाटै सिकेका हुन्।
आज व्याख्याताहरु रिचर्डलाई उदृत गर्छन्। “Nature cannot be fooled।” यो लाइन सिलिकन भ्यालीमा धेरै प्रख्यात छ। यसको अर्थ, डाटाले झुट बोल्दैन। रियालिटीको सामना गर। विशफुल थिंकिङले काम गर्दैन।
एलन मस्कले एक इन्टरभ्यूमा भनेका थिए, “फाइनम्यान मेरा हिरोहरूमध्ये एक हुन्।” फर्स्ट प्रिन्सिपल्स थिंकिङ उनले फाइनम्यानबाटै सिकेका हुन्।
फर्स्ट प्रिन्सिपल्स थिंकिङ के हो? सरल। कुनै समस्यालाई तोड। आधारभूत एलिमेन्ट्ससम्म पुग। असम्प्शनहरू हटाऊ। स्क्र्याचबाट सोच। रिचर्ड हरेक समस्यासँग यही गर्थे।
रिचर्डका फेमस कोट्स आज पनि भाइरल हुन्छन्। “मलाई त्यस्ता प्रश्न चाहिन्छ जसका उत्तर छैनन्, न कि त्यस्ता उत्तर जसलाई प्रश्न गर्नै सकिँदैन।”
यो कोट आज सान्दर्भिक छ, जहाँ अक्सर “यो त सधैँदेखि यस्तै हुँदै आएको हो” भनेर प्रश्नहरू बन्द गरिन्छ।
“The first principle is that you must not fool yourself, and you are the easiest person to fool.”
पहिलो सिद्धान्त के हो भने, तिमीले आफैँलाई मूर्ख बनाउनु हुँदैन, किनभने तिमी नै आफैँलाई सबैभन्दा सजिलै मूर्ख बनाउँछौ।
बौद्धिक इमान्दारिता, आफैँसँग इमान्दारी। यही रिचर्डको आधारभूत दर्शन थियो।
क्यालटेकमा रिचर्डको अफिस आज पनि सुरक्षित राखिएको छ। विद्यार्थीहरू त्यहाँ जान्छन्, त्यो ब्ल्याकबोर्ड हेर्छन्, जसमा लेखिएको छ, “What I cannot create, I do not understand,” र प्रेरित भएर फर्किन्छन्।
एमआइटीमा, प्रिन्सटनमा, क्याम्ब्रिजमा, विश्वभर रिचर्ड फाइनम्यानका पोस्टरहरू छन्, टी–शर्ट्स छन्, कोट्स छन्। उहाँ आइन्स्टाइनजस्तै आइकोनिक भएनन्, तर साइंटिस्टहरूको बीचमा रिचर्ड एक मिथक हुन्।
२०१८ मा रिचर्डको १००औँ जन्मजयन्ती क्यालटेकले पूरै वर्षभर मनायो। प्रवचनहरु, प्रदर्शनहरु, डकुमेन्ट्रीहरु। आज पनि हरेक वर्ष फाइनम्यान फेस्टिभल हुन्छ, जहाँ विद्यार्थीहरूले फिजिक्सलाई रमाइलो तरिकाले उत्सवको रुपमा मनाउने गर्छन्, रिचर्डको स्टाइलमा।
हलिउडले पनि रिचर्डलाई बिर्सिएको छैन। फिल्महरू बने, डकुमेन्ट्रीहरू बने। “The Fantastic Mr. Feynman” बीबीसी डकुमेन्ट्री निकै लोकप्रिय भयो। “Infinity” फिल्ममा म्याथ्यु ब्रोडरिकले रिचर्डको भूमिका निभाए, रिचर्ड र आर्लीनको लभ स्टोरीमा आधारित।
रिचर्डका बच्चाहरू, कार्ल र मिशेल, आज पनि आफ्नो बुवाको लेगेसी अघि बढाइरहेका छन्। कार्ल कम्प्युटर साइंटिस्ट बने, मिशेलले आफ्नै बाटो बनाइन्। रिचर्डले कहिल्यै दबाब दिएनन्, “तिमी फिजिसिस्ट नै बन्नुपर्छ।” उनले भने, “जिज्ञासु बन। प्रश्न सोध।”
उनले देखाए, जीनियस हुन बोरिङ, अत्यधिक गम्भीर वा सामाजिक रूपमा विचित्रको हुन जरुरी छैन। तिमी विनोदप्रिय हुन सक्छौ, जिज्ञासु हुन सक्छौ, जीवनलाई पूरै बाँच्न सक्छौ, र सँगसँगै विज्ञानमा क्रान्तिकारी उपलब्धिहरु पनि हासिल गर्न सक्छौ।
ग्वेनेथ २०२४ मा बितिन् । उनले जीवनको अन्तिम समयसम्म रिचर्डका सम्झनाहरू सम्हालेर राखिन्। पासाडेना स्थित रिचर्डको घर, जहाँ उनले दशकौँ बिताए, आज एक ल्यान्डमार्क बनेको छ।
जीनियस हुनुको नयाँ परिभाषा
रिचर्डले अवार्ड्स पाए, मानसम्मान पाए, नोबेल प्राइज पाए। तर उनको सबैभन्दा ठूलो उपलब्धि के थियो? सायद यही कि उनले देखाए, जीनियस हुन नीरस, अत्यधिक गम्भीर वा सामाजिक रूपमा विचित्रको हुन जरुरी छैन। तिमी विनोदप्रिय हुन सक्छौ, जिज्ञासु हुन सक्छौ, जीवनलाई पूरै बाँच्न सक्छौ, र सँगसँगै विज्ञानमा क्रान्तिकारी उपलब्धिहरु पनि हासिल गर्न सक्छौ।
रिचर्ड फाइनम्यान अमर भइसके। उपायमा, तरिकामा, इच्छाशक्तिमा। सायद यही उनीको सबैभन्दा ठूलो लेगेसी हो । ब्रुकलिनका एक जिज्ञासु केटाले विश्वलाई देखायो– जीवन एक साहसिक काम हो। युनिभर्स एक खेलमैदान हो। प्रश्न सोध, अन्वेषण गर, सिर्जना गर, र सबैभन्दा महत्वपूर्ण, रमाइलो गर।
किनभने अन्त्यमा, “जुन कुरा म सिर्जना गर्न सक्दिनँ, त्यो म बुझ्न पनि सक्दिनँ।”
र “जुन कुरा म मजा लिन सक्दिन, त्यो म साच्चिकै बाँच्न सक्दिन।”
सामग्री स्रोत: Kitabon se Seekha
अनुवाद/सम्पादन: हर्कबहादुर प्रधान
प्रतिक्रिया