इरानविरुद्ध इजरायलको प्रत्याक्रमणः खाडी क्षेत्रमा युद्धको खतरा बढ्यो

केही दिन अघि इरानले गरेको आक्रमणको बदलामा इजरायलले इरानमा जवाफी हमला गरेको छ ।

इजरायलले इरानको रणनीतिक मानिने इस्फाहान प्रान्तमा मूलतः आक्रमण केन्द्रीत गरेको खबरहरु आएको छ । यस प्रान्तमा इरानका थुप्रै रणनीतिक महत्वका कारखानाहरु, सैन्य अनुसन्धान केन्द्र तथा विकास निर्माणका क्षेत्रहरु तथा सैन्य केन्द्रहरु रहेको छ । इस्फाहान नजिकको शहर नातान्ज त इरानको आणविक केन्द्र नै पनि हो । इजरायली प्रत्याक्रमणको सम्भावनालाई ख्याल गर्दै इरानले आफ्ना आणविक केन्द्रहरुलाई केही दिनअघि नै बन्द गरिसकेको छ । तर अमेरिकाले अहिलेको इजरायली आक्रमणको तारो आणविक केन्द्रहरु नरहेको जनाएको छ ।

इजरायली आक्रमणको सम्भावनालाई केन्द्रमा राखेर इरानले आफ्ना हवाई सुरक्षा प्रणालीलाई पहिल्यै नै सक्रिय तुल्याइसकेको छ । इरानी अधिकारीहरुको हवाला दिँदै प्रकाशमा आएको खबरअनुसार इरानले थुप्र्रै इजरायली ड्रोनहरुलाई खसाइदिएको छ ।

इजरायली आक्रमणका बीच इरानले आफ्ना थुप्रै शहरहरुको हवाई यातायातलाई स्थगित गरेको छ । खासगरी, राजधानी तेहरान, इस्फाहान र सिराज हवाइअड्डाहरुलाई यतिखेर बन्द गरिएको छ । 

इरानी सञ्चार माध्यमहरुले इस्फाहान हवाइअड्डा नजिक विस्फोटको आवाज सुनिएको बताएको छ । तर त्यो विस्फोट इजराली हवाइ हमलाको कारण हो वा अन्य कुनै अहिलेसम्म खुलेको छैन ।

उता सिरिया र इराकमा पनि विस्फोटहरु भएका छन् ।

उता उत्तरी इजरायलमा पनि हवाइ हमलाको जनाउ दिने साइरनहरु बजेकोको खबर आएको छ । तर लगत्तै इजरायली पक्षले त्यो साइरन भूलवश बजेको, त्यहाँ कुनै हवाइ हमला भइनहालेको जनाएको छ ।

इजरायल र इरानबीच प्रत्यक्ष युद्ध चर्कने सम्भावना बढ्दै जाँदा त्यसले खाडी क्षेत्रमा वृहत् युद्धको खतरालाई जन्म दिएको छ । युद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि खाडी क्षेत्र नेपालीहरुको लागि वैदेशिक रोजगारको ठूलो गन्तव्य रहेको पृष्ठभूमिमा त्यहाँ चर्कने युद्धले नेपालमा गहिरो प्रभाव पार्ने निश्चित छ ।

अमेरिकाले पनि अहिले चर्कोको आक्रमण प्रत्याक्रमणले खाडी क्षेत्रलाई गहिरो युद्धमा धकेल्ने चिन्ता व्यक्त गरेको छ ।

इरानका विदेशमन्त्रीले इरानविरुद्ध इजरायलले कुनै सैन्य कारवाही गरेमा ‘इरानले पनि तुरुन्तै र वृहत स्तरमा जवाफ दिने’ चेतावनी दिएको लगत्तै इजरायलले चालेको कदमले वृहत् स्तरको युद्धको सम्भावनालाई बढाइदिएको छ ।

Image source: https://www.newarab.com

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’