हुथी विद्रोहीहरुले अमेरिकी ड्रोन खसाले !

गाजा क्षेत्रमा इजरालले गरेको नरसंहार तथा इजरायलको समर्थनमा अमेरिका लगायत युरोपेली देशहरु लागिपरेपछि यमनका हुथी विद्रोहीहरुले लालसागरमा प्रतिरोधी आक्रमण जारी राखेका छन् । यसैक्रममा पछिल्लो पटक उनीहरुले  बेलायती तेलवाहक जहाज ‘एन्ड्रोमेडा स्टार’माथि मिसाइल आक्रमण गरेर क्षति तुल्याएका छन् भने अमेरिकी ड्रोन एमक्यू– ९ लाई पनि खसालिदिएका छन् ।

हुथी आक्रमणमा परी ‘एन्ड्रोमेडा स्टार’ मा सामान्य मात्रै क्षति पुगेको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । अहिले अमेरिका र उसका गठबन्धनले लालसागरमा हुथी विरुद्ध सेना नै परिचालन गरेको छ ।

अहिलेसम्म अमेरिकाले आफ्ना ड्रोन हुथी विद्रोहीले खसालिदिएको बारे कुनै प्रतिक्रिया जनाएको छैन । तर अमेरिकी मिडियाहरुले सो बारे खबर प्रकाशित गरेका छन् । हुथीहरुले खसालिदिएको अमेरिकी ड्रोन अत्याधुनिक र महंगो मानिन्छ । एक खबरअनुसार सो ड्रोनको मूल्य ३० मिलियन अमेरिकी डलर पर्छ ।

गाजामा इजरायलले आक्रमण शुरु गरेयता हुथीहरुले अमेरिकाको आक्रमक ड्रोनलाई खसालिदिएको यो तेस्रो घटना हो ।

हुथी विद्रोही समूह इरान समर्थित विद्रोही मानिन्छन् । यो समूह संसारकै सबैभन्दा ठूलो सैनिक क्षमता भएको विद्रोही समूह हो । यस समूहमा डेढ लाख जति सक्रिय सेना तथा अत्याधुनिक हातहतियारहरु रहेको विश्वास गरिन्छ ।

Image source:  https://www.aljazeera.com

 

युद्धले खारिएको हुथीलाई कमजोर आँक्ने हुँदैछ गल्ती

 

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’