अमेरिकाले इजरायललाई दिने हतियारको खेप रोक्यो !

राफाह क्षेत्रमा इजरायली ट्याङ्क । तस्विर: अलजजिरा

अमेरिकी अनुरोध र चेतावनीलाई वेवास्ता गर्दै इजरायलले दक्षिण गाजापट्टीको राफाह शहरमा आक्रमण गरेको छ । फलतः अमेरिकाले इजरायललाई दिइदै आएको सैनिक सहायताको पछिल्लो खेपलाई रोकेको छ ।

यसरी रोकिएको हतियारको खेपमा हरेक ९०० किलो तौल भएका १८०० वटा र २२६ किलो तौल भएका १७०० बमहरु समेत छन् ।

हमासविरुद्धको आक्रमणको नाममा इजरायलले गाजा क्षेत्रमा नरसंहारको ताण्डव मच्चाउँदै आएको छ । यसक्रममा ३३ हजारभन्दा बढी सर्वसाधारण प्यालेष्टिनी नागरिकहरुको हत्या भइसकेको छ । त्यसरी हत्या हुनेहरुमा महिला र बालबालिकाहरुको संख्या पनि उल्लेख्य छ । खासगरी, अमेरिका र युरोपको समर्थन र सहायताको आडबलमा इजरायलले त्यसक्षेत्रमा विगत लामो समयदेखि आफ्नो मुल्याहा व्यवहार प्रदर्शन गर्दै आएको छ । त्यसैको पछिल्लो कडी हो अहिले उसले गाजा क्षेत्रमा चलाइरहेको नरसंहार ।

इजरायली नरसंहारको विरुद्ध विश्वजनमत व्यापक छ । तर इजरायलको व्यवहार कसैलाई नटेर्ने छाडा साँढेको जस्तो छ । त्यसो हुनुको सबैभन्दा बलियो कारण नै उसलाई अमेरिकाको साथसमर्थन नै हो ।तर अहिले अमेरिकाभित्र नै पनि इजरायलले चलाएइके नरसंहार र त्यसमा अमेरिकाको समर्थनलाई लिएर अमेरिकाभित्रनै पनि व्यापक असन्तोष र जनप्रदर्शनको लहर चल्न थालिसकेको छ । अमेरिकाका थुप्रै शहरहरुमा विश्वविद्यालयका विद्यार्थीहरुले प्रतिरोधी प्रदर्शन गरिरहेका छन् । त्यसक्रममा हज्जारौं विद्यार्थीहरु पक्राउ पनि परिसकेका छन् । इजरायललाई समर्थन जारी राख्नु स्वयं अमेरिकाको लागि पनि कठिन बन्दै गइरहेको छ । अमेरिकाका मानवाधिकारवादी संघसंस्था तथा अभियन्ताहरुले पनि अमेरिकी राष्ट्रपति माथि इजरायललाई नरसंहार रोक्नका लागि दबाव दिन आवाज उठाउँदै आएका छन् । यस्तो स्थितिमा उसले आफ्नो अनुहारमा पोतिएको कालो दागलार्ई केही कम गर्न इजरायललाई गर्दै आएको सैनिक सहायतालाई रोक्न बाध्य भएको छ ।

त्यसो त यो अमेरिकाको देखावटी कदम मात्रै हो भन्ने कुरामा कुनै शंका छैन । उसले इजरायलले पश्चिम एशियामा अन्तर्राष्ट्रिय नियमकानूनहरुको धज्जी उडाउँदै मच्चाउँदै आएको ‘दादागिरी’लाई ‘इजरायलको आत्मरक्षाको अधिकार’को नाममा सधैं आँखा चिम्लँदै आएको छ । बरु त्यसकार्यमा उसले इजरायललाई आर्थिक एवं सैनिक सहायता दिएर उल्टै भरथेग पनि गर्दै आएको छ ।

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’