प्यालेष्टाइनलाइ पूर्ण सदस्य बनाउने प्रस्ताव पारित !

संयुक्त राष्ट्रको महासभामा अरब देशहरुद्वारा प्यालेस्टाइनलाई पूर्ण सदस्य बनाउन राखेको प्रस्ताव अत्याधिक बहुमतले पारित भएको छ।

१९३ जना सदस्य भएको महासभाका १४३ देशले यो प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने ९ ले विपक्षमा मतदान गरेका थिए। त्यस्तै २५ देशले मतदानमा भाग लिएका थिएनन्। यो प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरु यस प्रकार रहेका छन्- इजरायल, अमेरिका, अर्जेन्टिना, हंगेरी, छेक गणतन्त्र माइक्रोनेसिया, पलाउ, नारु र पपुवा न्युगिनी।

यो प्रस्ताव महासभामा पारित भए पनि यसबारे अन्तिम निर्णय राष्ट्रसंघको सुरक्षा परिषदले लिनेछ। सुरक्षा परिषदले विगतमा प्यालेस्टाइनलाई राष्ट्र संघको पूर्ण सदस्य बनाउने प्रस्तावलाई अस्विकार गरिसकेको छ। अहिले राष्ट्र संघमा प्यालेस्टाइनको हैसियत सदस्यको नभएर पर्यवेक्षक राष्ट्रको मात्र रहेको छ। 

संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनको सदस्यता बारे मतदान हुनु भन्दा अगाडि यस प्रस्तावको कडा शब्दमा निन्दा गर्दै इजरायली राजदुत गिलाद एर्दानले कागज च्यात्ने मेसिनमा राखेर राष्ट्र संघको बडापत्रलाई च्यातेका थिए।

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’