पुनर्जागरण बारे*

[प्रस्तुत सामग्री फ्रेडरिक एङ्गेल्सको प्रसिद्ध रचना ‘प्रकृतिको द्वन्दवाद’मा उनले लेखेको भूमिकाको एक सानो उधृत अंश हो । पुनर्जागरण र त्यसको प्रभावकोको बारेमा थोरै भए पनि जान्न उत्सुक मानिसहरुको निम्ति  यो एकसरो पढ्नु उपयोगी हुन सक्छ । हाम्रो आफ्नै यथाहालमा तुलना गर्न पनि यो राम्रो सामग्री हुन सक्छ । ]

'पुनर्जागरण एक "जवर्जस्त युग" थियो "जसलाई "हामी जर्मनीहरु धर्म सुधार आन्दोलन (Reformation)" भन्दछौं, " फ्रेन्चहरु रिनसाँ (Renaissance) र इटलियनहरु चिनक्वेचेन्तो (Cinquecento) भन्दछन् । यद्यपि तिनले यसको पुर्ण अर्थ दिदैनन् । पन्ध्रौं शताब्दीको पुर्वार्धमा पुनर्जागरणको युग  प्रारम्भ भएको थियो । त्यतिबेला राजशाहीले नगरबासीहरुको समर्थनमा सामन्ति कुलीनहरुको हातबाट सत्ता हत्याएको थियो । त्यसपछि विराट राजतन्त्रको स्थापना भयो । त्यो विशेष गरी राष्ट्रीयतामा आधारित थियो । त्यसैभित्रबाट आधुनिक युरोपियन राष्ट्र र आधुनिक पुँजीवादी समाजको विकास भयो । नगरवासी र कुलीनहरु बिचको झगडा त छँदै थियो । जर्मनीमा भएको किसान युद्धले भावी वर्ग संघर्षको दिशाबोध पनि गरिदियो । त्यसले किसान विद्रोहलाई सतहमा त ल्याइदियो नै तर त्यो खासै नयाँ कुरो थिएन । त्यसले त्यस्ता विद्रोहमा आधुनिक सर्वहारा वर्गको संलग्नताको सुरुवात पनि गरिदियो । त्यसमा सर्वहारा वर्ग हातमा रातो झण्डा र वाणीमा उत्पादित वस्तुमाथि साझा स्वामित्वको माग लिएर आयो ।

बाइजान्टियमको पतन पछि बचेका पान्डुलिपिमा, रोमको भग्नावशेषमा उत्खनन गर्दा प्राप्त भएका प्राचिन मुर्तिहरुमा एउटा नयाँ दुनियाँ  देखापर्‍यो । त्यसले  पश्चिमाहरु अर्थात् प्राचीन ग्रिसबासीहरुलाई चकित पारी दियो । त्यो के थियो भने मध्य युगका भुत आफ्नो मस्त जवानीमै लापत्ता भइसकेका थिए; इटलीमा कल्पनै गर्न नसकिने गरी कलाको विकास भएको थियो । यस्तो भान पर्दथ्यो तिनमा शास्त्रीय पुरावशेषको प्रतिविम्ब झल्किन्थ्यो । त्यसपछि भने तिनको उचाई कहिल्यै प्राप्त गर्न सकिएन ।    इटली, फ्रान्स र जर्मनीमा एउटा नविन साहित्यको प्रादुर्भाव भयो । पहिले आधुनिक साहित्य, अलिक पछि बेलायत र स्पेनमा साहित्यको शास्त्रीय युगको उदय भयो । पुरानो दुनियाँका सीमा मिचिए । पुनर्जागरणको कालमा आएर मात्रै पहिलो पटक  साँच्चिकै नयाँ सन्सार पत्ता लाग्यो । तद्उप्रान्त नै पछिल्लो विश्व व्यापारको आधारशिला खडा भयो र दुनियाँ हस्तकलाबाट निर्माण उद्योगमा संक्रमण हुने आधारभुमि तैयार भयो । निर्माण उद्योगले वृहत स्तरको उद्योगको निम्ति प्रस्थानबिन्दु सिर्जना गरीदियो । मानव मस्तिष्कमा परम्परागत रुपमा रहेको चर्चको अधिनायकत्व भताभुङ्ग भयो । यस कामको मुख्य श्रेय बहुसंख्यक जर्मनी जनतालाई जान्छ । तिनले प्रोटेस्टेन्ट धर्म अनुसरण गरे । उता लेटिनहरु बिचमा भने बडो उमंगका साथ स्वतन्त्र विचारले झन झन जरा गाड्दै गयो । यो उनीहरुले भरखरै पत्ता लागेको ग्रिक दर्शनबाट सिकेको र अरबबाट प्राप्त गरेका थिए । यहीं स्वतन्त्र विचारले अठारौं शताब्दीमा आएर भौतिकवादको मार्ग प्रशस्त गर्‍यो ।

यो मानवजातिले त्यो बेला सम्म अनुभव गरेको महानतम प्रगतिवादी क्रान्ति थियो । यो यस्तो जमाना थियो जुन बेला खुद्रा मसिना वस्तुको होइन वृहत मात्राका वस्तुको उत्पादन अपेक्षा गरिन्थ्यो । त्यो भनेको चिन्तन शक्तिमा, भावनामा, चरित्रमा, विश्व विद्यालयमा, प्रज्ञामा विशालता थियो । आधुनिक पुँजीवादी शासनको जग बसाउने मानिसहरुले के मात्रै गरेनन् तर तिनीहरुका आफ्नै सीमा थिए ।  अर्कातिर त्यसबेलाको साहसिक चरित्रले पुँजीवादीहरुलाई धेर थोर प्रोत्साहित पनि गर्यो । उ बेलाका विशेष हस्तीहरुमा विरलै मात्र कोही थिए होलान् जसले यत्र तत्र विस्तृत रुपमा विचरण नगरेका हुन्, जसले चार, पाँचवटा भाषा नजानेका हुन्, जसले कतिपय क्षेत्रमा उज्वल छवि नबनाएका हुन् । लियोनार्डो दा भिन्सी आफैंमा महान चित्रकार मात्रै थिएनन्, उनी एक महान गणितज्ञ, यन्त्रविज्ञ र इन्जिनियर पनि थिए । भौतिक शास्त्रका विपरीत विधाका महत्वपूर्ण आविस्कार हुनुमा दुनियाँ  उनीप्रति कृतज्ञ छ ।   अलब्रेक्त ड्युरर चित्रकार, नक्सानिर्माता, मुर्तिकार र वास्तुकार थिए । त्यति मात्रै होइन उनले किल्लाबन्दी प्रणालीको आविष्कार पनि गरेका थिए । त्यसमा अन्तर्निहित विचारलाई धेरै पछि गएर मोन्टालाम्बरले ग्रहण गरे । त्यसलाई जर्मनीको  किल्लाबन्दी विज्ञानमा समावेश गरियो । मेकियाभेली एक राजनेता, इतिहासकार र कवि मात्रै थिएनन् उनी साथसाथै आधुनिक जमानाका एक विख्यात सैनिक अध्येता पनि थिए ।  लुथर (किंग)ले चर्चको अजिअन तबेलाको लिदी मात्रै सोरेनन्, उनले जर्मन भाषाको पनि सुधार गरे । उनले आधुनिक जर्मन गद्य साहित्यको सिर्जना गरे । उनले  बीर रसमा गानाको पनि रचना गरे र त्यसमा लय पनि भरे । पछि गएर त्यो फ्रान्सको सोह्रौं शताब्दीको राष्ट्रीय गान, मार्सेलेज बन्यो ।  उबेलाका नायकहरु अझैसम्म श्रम विभाजनका दास भइसकेका थिएनन् । एकातिर उत्पादनमा हुने एकाङ्गीपन र अर्कोतिर  त्यस्तो दासताले उत्पादनमा गतिरोध निम्त्याउथ्यो ।  तर पछि गएर तिनका उत्तराधिकारीमा भने हामीले त्यो दासता बारम्बार देख्ने गरेका छौं । तर त्यति बेलाका नायकहरुको विशेष चारित्रिक पहिचान चाहिँ के थियो भने उनीहरु लगभग सबै जसोले समसायिक आन्दोलनमा आफ्नो जीवन र कर्मलाई व्यवहारिक संघर्षमा समर्पित गरेका थिए । तिनले संघर्षको पक्षपोषण गर्दै त्यसमा भाग लिएका थिए । कसैले बोलेर, लेखेर, कसैले बलले त बाँकी धेरैले  त यी दुवै कुराका सहित भाग लिएका थिए । तिनको चरित्रको यस्तो निपुर्णता र बलले गर्दा नै तिनलाई सिद्धहस्त मानिस बनाएको थियो । अब्बल अध्येता भनेका अपवाद हुन्, बाँकी त दोश्रो या तेश्रो श्रेणीका वा धुर्त टप्परटुईयाँ हुन् । ती आफ्ना औंलामा ठेला उठाउन झन्झट मान्ने खालका हुन्छन् ।'

* शिर्षक : अनुवादकको