इतिहासको ऋण: ८५० किलो अन्न, आठ दशकपछि चुक्ता
जोई झाङ
युद्धकालीन ऋण कहिल्यै चुक्ता नगरिएको पत्ता लगाएपछि, अधिकारीहरूले ऐतिहासिक अन्नको तत्कालीन मूल्य, मुद्रास्फीति र कागजातको सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै परिवारलाई ७०,००० युआन (१०,३०० अमेरिकी डलर) प्रदान गरे।
पूर्वी चीनको एउटा पुरानो पुर्ख्यौली घरभित्र करिब आठ दशकसम्म सुरक्षित रहेको युद्धकालीन अन्न ऋणको प्रमाणपत्र हाल स्थानीय प्रशासनलाई हस्तान्तरण गरिएको छ। यसले युद्धको कठिन घडीमा ग्रामिणहरुले सेना माथि देखाएको असाधारण विश्वासलाई प्रकाश पारेको छ।
१९४७ मा, चिनियाँ जनमुक्ति सेनाको एक प्रमुख टुकडीले मध्य चीनका तीनवटा प्रान्तका सिमानाहरूमा फैलिएको दाबिए पहाडहरूमा, कुओमिन्ताङ सेनाहरू विरुद्धको प्रतिआक्रमणको क्रममा प्रवेश गरेको थियो। युद्धको मैदानको कठिन परिस्थितिका कारण सेनामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको चरम अभाव भएको थियो।
दावान न्युजका अनुसार, कुओमिन्ताङ सेनाले यस क्षेत्रका गाउँहरूमा लुटपाट गरेको थियो र स्थानीय किसान तथा डिङ वान्मिनका छोरालाई जबरजस्ती सेनामा भर्ती गराएको थियो।
तर, जब पिएलएका सैनिकहरू पातलो कपडा र परालका जुत्ता लगाएर आइपुगे, उनीहरूले कठोर अनुशासन कायम राखे र गाउँलेका घरमा पस्नुभन्दा खुला आकाशमुनि नै रात बिताउन निर्णय गरे।
उनीहरूको व्यवहार केही समयसम्म अवलोकन गरेपछि, डिङले आफ्नो परिवारको लगभग सम्पूर्ण सञ्चित अन्न अर्थात् ८५० केजीभन्दा बढी अन्न उक्त टुकडीलाई सापटी दिने निर्णय गरे।
त्यसको बदलामा, उनले मिति, परिमाण र संलग्न अधिकारीहरू उल्लेख गरिएको हातले लेखिएको रसिद प्राप्त गरे। अन्न ऋण प्रमाणपत्रको रूपमा चिनिएको यो कागजातले युद्धकालीन उधारोको रूपमा काम गरेको थियो।
यस्ता कागजातहरू सन् १९३० को दशकका हुन्, जतिबेला लाल सेनाले खाद्यान्न अभावको समयमा गाउँलेहरू र स्थानीय अन्न भण्डारहरूबाट अन्न ऋण लिएको थियो र कम्युनिष्ट नेतृत्वका अधिकारीहरूको समर्थनमा पछि भुक्तानी गर्ने बा वाचा जारी गरेको थियो।
अन्न ऋणको प्रमाणपत्र दशकौंसम्म लुकेर बसेको थियो। १९९० को दशकमा, डिङ परिवारले आफ्नो पुरानो घर भत्काउँदा, नातेदारहरूले इँटाहरूको बीचमा च्यापिएको अवस्थामा एउटा पहेँलो भएको कागजको पोको फेला पारे। त्यसभित्र आश्चर्यजनक रूपमा सुरक्षित रहेको कागजात थियो।
डिङका नाति, डिङ क्वाङयीले पछि उक्त रसिद आफ्ना हजुरबुवाले सेनालाई अन्न सापटी दिएको बेला जारी गरिएको प्रमाणपत्र भएको पहिचान गरे।
उनले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै यो प्रमाणपत्र आफ्नो परिवारको अमूल्य धरोहर बनेको बताए। उनका अनुसार, कठिन परिस्थितिमा समेत न त उनका हजुरबुवाले, न त उनका बुवाले नै त्यस घटनाको चर्चा गरे, न कहिल्यै सापटीको अन्न फिर्ता माग्ने प्रयास गरे।
चाइना आर्काइभ्स न्युजका अनुसार, सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएपछि पनि सरकारले यस्ता युद्धकालीन ऋणहरूको सम्मान गर्दै आएको थियो। प्रमाणपत्र भएका व्यक्तिहरूले त्यसको आधारमा अन्न वा नगद प्राप्त गर्न सक्थे। केही अवस्थामा त फिर्ता गरिएको परिमाण सुरुमा सापटी दिइएको अन्नभन्दा दस गुणाभन्दा बढीसमेत पुगेको थियो।
गत वर्ष डिङ ग्वाङयीले स्थानीय सरकारले ऐतिहासिक महत्त्वका सामग्री सङ्कलन गरिरहेको जानकारी पाएपछि आफ्नो परिवारको यो बहुमूल्य धरोहर प्रशासनलाई बुझाउने निर्णय गरे।
हालै आयोजित एक समारोहमा उनले आफ्नो परिवारले करिब ८० वर्षसम्म जोगाएर राखेको उक्त प्रमाणपत्र कुनै पनि क्षतिपूर्ति वा प्रतिफलको माग नगरी औपचारिक रूपमा सरकारलाई हस्तान्तरण गरे।
युद्धकालीन ऋण कहिल्यै चुक्ता नगरिएको पत्ता लगाएपछि, अधिकारीहरूले ऐतिहासिक अन्नको तत्कालीन मूल्य, मुद्रास्फीति र कागजातको सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै परिवारलाई ७०,००० युआन (१०,३०० अमेरिकी डलर) प्रदान गरे।
त्यसपछि डिङ ग्वाङयीले प्राप्त रकममध्ये २० हजार युआन पूर्वसैनिकहरूको कल्याणका लागि कार्यरत एक प्रतिष्ठानलाई दान गरे।
उनले भने, “मेरा हजुरबुवाले कम्युनिस्ट पार्टीले सर्वसाधारणलाई राम्रो जीवन निर्माण गर्न सहयोग गर्न सक्छ भन्ने विश्वासका साथ त्यो अन्न सापटी दिनुभएको थियो।”
उनले थपे, “यो अन्न ऋण प्रमाणपत्र राज्यलाई हस्तान्तरण गरेर धेरै मानिसहरूले यस इतिहासलाई सम्झन सकून् भन्ने सुनिश्चित गर्नु, यसलाई घरमै सुरक्षित राख्नुभन्दा धेरै अर्थपूर्ण छ।”
एक सरकारी अधिकारीले उक्त प्रमाणपत्रलाई चिनियाँ सेना र जनताबीचको दीर्घकालीन विश्वास र सम्बन्धको जीवित प्रमाणका रूपमा वर्णन गरे। हाल यो प्रमाणपत्र स्थानीय शहीद स्मृति समाधिस्थलमा सार्वजनिक प्रदर्शनका लागि राखिएको छ।
यो घटनाले चीनको मुख्यभूमिका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ।
एक अनलाइन प्रयोगकर्ताले लेखेका छन्, “युद्धका बेला कुनै परिवारले सेनालाई सहयोग गरेको प्रमाणस्वरूप यस्तो रसिद राख्नु आफैँमा निकै जोखिमपूर्ण थियो। यस्तो कागजात फेला परे सम्पूर्ण परिवार नै निशानामा पर्न सक्थ्यो। यसले डिङको साहस र उनले ती सैनिकहरूमाथि राखेको गहिरो विश्वासलाई प्रस्ट देखाउँछ।”
अर्का एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, “युद्धको समयमा अन्न सुनसरह मूल्यवान् थियो। आज त्यो विश्वासको ऋण एउटा समृद्ध राष्ट्रले तिरेको छ।
Source: साउथ चाइना मर्निङ पोष्ट
मिसिर बेसरा: अन्तिम पोलिटब्युरो नेता
पश्चिम एशियाको तरल शक्ति सन्तुलन बीच अमेरिका–इरानको अस्थायी ‘युद्धविराम’
श्रीलङ्का, बङ्गलादेश र नेपाल: जेन–जी पुस्ताले शासकहरूलाई सत्ताबाट हटाउन सफल ह…
भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
कोलम्बोमा, एसियाले सार्वभौमसत्तालाई पुनः परिभाषित गर्दैछ
अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
प्रतिक्रिया