मन्थन प्रकाशन प्रा.लि.द्वारा प्रकाशित दायित्वबोध डटकम तपाईँको आफ्नो electronic-magzine (e-zine) हो । यो हाम्रो सामाजिक, आर्थिक, राजनीतिक अवस्थाको कारण र परिणाम माथी सार्वजनिक वैचारिक मन्थनको एक चौतारी हो। हामीले हाम्रो प्रकाशकीय धारणामा यसबारे प्रष्ट पारिसकेका छौं। हाम्रो यो प्रयासमा हामी तपाईंबाट सहयात्राको अपेक्षा गर्दछौं ।
स्वयंसेवा (volunteer) र मुठ्ठीदान हाम्रा पाठ्यसामग्री र आर्थिक स्रोतहरू हुन्। तपाईँले पठाउने लेख, रचना र अन्य सामग्री झैं तपाईंले उपलब्ध गराउने आर्थिक सहयोग पनि हाम्रो लागि अनिवार्य रहेको छ। हामी नेपाली समाजमा आज रहेको वैचारिकीको खडेरीमा केही थोपा वर्षा गराउने प्रयासमा छौँ । नेपाली समाजको अग्रगामी यात्राको यस कार्यमा हामी यहाँबाट यथासक्य स्वेच्छिक आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं ।
आर्थिक सहयोगको ढाँचा निम्नानुसार रहेको छ :
वार्षिक योजनाः
विशेष योगदानकर्ता: रु. १०,०००।–
मुख्य योगदानकर्ताः रु. ५,०००।–
योगदानकर्ताः रु. २५,००।–
सहयोगः रु. १,०००।–
(यसबाहेक, तपाईं आफ्नो इच्छाअनुसार मासिक वा वार्षिक १०० रुपियाँ वा त्योभन्दा माथि जति पनि सहयोग गर्न सक्नु हुनेछ)

पारदर्शिता हाम्रो मूल अभिष्ट हो। यस अर्थमा हामी हाम्रा शुभचिन्तक एवं हितैषीहरुबाट प्राप्त हुने सहयोग रकम र प्रदानकर्ताको नाम समेत अनलाइनमा प्रकाशित गर्नेछौं । कृपया सहयोगसँगै हामीलाई नाम प्रकाशित गर्न चाहुनुहु्न्छ वा हुन्न भन्नेबारे जानकारी गराउन हुन अनुरोध छ ।

मन्थन प्रकाशन प्रा.लि.
चल्ती हिसाब नम्बरः 2810154922700014
प्रभु बैंक, भोलढोका, ललितपुर शाखा
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |