विज्ञान प्रविधि र उत्पादक शक्तिको प्रश्न
विषय प्रवेश
अन्य सबै प्राणीहरु बाहेक मानिस नै एउटा त्यस्तो प्राणी हो जसले आफ्ना उपभोग्य वस्तु तथा सेवाहरुको उत्पादन आफै गर्छ । अन्य प्राणीले आफ्ना आवश्यकता पूरा गर्न प्रकृतिमा मात्र भर पर्छन् । उनीहरू उपभोग मात्र गर्छन् उत्पादनमा सहभागी हुँदैनन् । तर मानिस प्रकृतिसँगको सहकार्यमा विभिन्न औजार र प्रविधिको प्रयोग गरि उपभोगका साथसाथै उत्पादन पनि गर्छ। श्रम र उत्पादनको यही स्वाभावले नै मानिसलाई अन्य भन्दा भिन्न सामाजिक प्राणी बनायो ।
मानिसले गर्ने भौतिक उत्पादन एउटा निश्चित उत्पादन प्रणालीमा आधारित हुन्छ। उत्पादनप्रणालीले चार कुरा समेट्छ। ती हुन् ; उत्पादन,वितरण,विनिमय र उपभोग। उत्पादक शक्ति र उत्पादन सम्बन्ध मिलेर सिङ्गो उत्पादन प्रणाली बन्दछ।
उत्पादक शक्ति :- प्रकृतिबाट मानिसको आवश्यकताहरुको पुर्ति गर्न प्रयोग गरिने शक्ति/क्षमता र साधनहरुको समग्रता नै उत्पादक शक्ति हुन्। आजको सापेक्षतामा भन्नुपर्दा मानिसको श्रम र उत्पादनका साधनहरु मिलेर उत्पादक शक्ति बनेको हुन्छ। मानिसको श्रम श्रमशक्ति हो जुन उत्पादनको कार्य सञ्चालन गर्दा चाहिने सीप,क्षमता र अनुभव सहितको समष्टिगत स्वरुप हो । त्यसैगरि उत्पादनका साधनहरुमा भने श्रमको वस्तु र श्रमका साधन वा औजार/प्रविधि पर्दछन्। उत्पादनको लागि जुन वस्तुमा श्रम र औजार प्रयोग गरिएको हुन्छ ती श्रमको वस्तु हुन्। साथसाथै उत्पादनका लागि जुनजुन औजार वा प्रविधि प्रयोग गरिन्छन् ती श्रमका साधन हुन्।
उत्पादन सम्बन्ध :- एक्लो मानिसले सबै आवश्यक वस्तु तथा सेवाहरुको उत्पादन गर्न सक्दैन । त्यसका लागि अरु मानिसहरु सहितको समूह वा समाज चाहिन्छ । यसरी उत्पादनको प्रक्रियामा मानिसले खेल्ने भूमिका र त्यसक्रममा मानिसहरुका बीच बन्ने सम्बन्धलाई उत्पादन सम्बन्ध भनिन्छ । उत्पादन सम्बन्ध अन्तर्गत उत्पादनका साधनहरुको स्वामित्वको स्वरुप,उत्पादनमा मान्छेको भूमिका तथा तिनिहरुको सम्बन्ध र वितरण/उपभोग पर्दछन्। उत्पादनको साधनहरुमा कसको स्वामित्व छ भन्ने कुराले उत्पादन सम्बन्धमा निर्णायक भूमिका खेल्दछ।
द्वन्द्वात्मक भौतिकवादी दर्शनले श्रमद्वारा नै मानिस पशु जगत बाट अलग भयो भन्ने मान्दछ। श्रम सँगसँगै उत्पादनमा सहभागीता पनि मानिस मात्रैको स्वभाविक गुण हो । पशुजगतबाट अलग हुने लाखौं वर्षको प्रक्रियामा मानिसले प्रकृतिप्रदत्त शरीरका साथै ढुङ्गा, काठ, आदि औजारहरूलाई उत्पादक शक्तिको रूपमा प्रयोग त गर्यो तर ती आदिम औजारहरू उत्पादन गर्ने वा बढाउने स्तरका थिएनन्, बरू प्रकृतिले प्राकृतिक रूपमा गरेका उत्पादनलाई टिप्ने, खोस्रने, मार्ने अथवा समग्रमा भोजनको कामको लागि सहयोगी मात्र थिए । आगोको आविष्कारलाई मानव जीवनको पहिलो क्रान्ति मानिए पनि त्यो प्रकृतिले गरेको उत्पादनलाई परिष्कृत भोजन बनाउन, जीवनलाई थोरै सुविधा दिन र सुरक्षाको निम्ति मात्र काम लाग्ने स्तरमा थियो । यसरी के प्रष्ट देख्न सकिन्छ भने आदिम साम्यवादी युगभरी मुख्य उत्पादक शक्ति प्रकृति थियो।
जब मानिसले धातु प्रशोधन गर्ने प्रविधिसहित आरनको आविष्कार गर्यो, त्यसपछि भने मानव श्रमको भूमिका गुणात्मक रूपमै उत्पादनमा बढ्न थाल्यो । धातु प्रशोधन गर्ने प्रविधिको कारण कृषि, शिकार, रक्षा-प्रतिरोध र घरेलु जीवनमा गुणात्मक रूपमै परिवर्तन हुनगयो ।
आठदेखि नौहजार वर्षअगाडि तामा र फलाम मानिसले फेला पारे पनि ती धातुलाई प्रशोधन गर्ने प्रविधि पत्ता नलाग्दासम्म तिनीहरूले मानव श्रमको तरिकालाई गुणात्मक फेरबदल ल्याउन सकेनन् । तर जब मानिसले धातु प्रशोधन गर्ने प्रविधिसहित आरनको आविष्कार गर्यो, त्यसपछि भने मानव श्रमको भूमिका गुणात्मक रूपमै उत्पादनमा बढ्न थाल्यो । धातु प्रशोधन गर्ने प्रविधिको कारण कृषि, शिकार, रक्षा-प्रतिरोध र घरेलु जीवनमा गुणात्मक रूपमै परिवर्तन हुनगयो । जति धेरै मानिसले ज्यावल चलायो, त्यति धेरै कृषि उत्पादन बढ्ने भयो । उत्पादन बढ्यो र उपभोगको अतिरिक्त सञ्चित पनि हुन थाल्यो । त्यसपछि सञ्चित सम्पत्ति माथि कसको अधिकार भन्ने कुराले निजी सम्पत्ति र वर्गीय समाज उत्पन्न हुन पुग्यो । यसरी प्रशोधित धातुका ज्यावल र हतियार बन्दैनथे भने मानिसको श्रम गर्ने तरिका फेरिदैनथ्यो । जब मानवको भूमिका गुणात्मक रूपमै फेरिएर उत्पादनको निम्ति मुख्य हुन पुग्यो, त्यसपछि प्रकृति मुख्य उत्पादक शक्ति रहेन, बरू हिजो सहायक भूमिकामा रहेको मानव श्रम मुख्य उत्पादक शक्तिको रूपमा मानव समाजमा उपस्थित हुन पुग्यो । यही उत्पादक शक्तिको परिवर्तनले आदिम साम्यवादी युग ढल्न पुग्यो र दास-मालिक युग सुरू भयो । यसरी दासहरू दास मालिक युगको मुख्य उत्पादक शक्तिका रूपमा अगाडि आए । यहाँ ध्यानाकर्षण गर्न चाहेको विषय के हो भने मुख्य उत्पादक शक्तिमा गुणात्मक परिवर्तन त्यो मुख्य कारण हुने गर्दछ, जसबाट उत्पादन सम्बन्ध वा सिङ्गै युग परिवर्तन हुन पुग्दछ ।
यसरी सुरू भएको दास-मालिक युगभित्रै उत्पादन बढाउन सहयोग पुऱ्याउने औजार तथा प्रविधि पनि विकसित हुँदै गयो र अन्ततः फलामे हलो, गोरू, घोडा, राँगा आदि नारेर जोत्ने प्रविधिमा मानव समाज पुग्यो । पशु नारेर जोत्ने प्रविधिले गर्दा दर्जनौ दासहरूले गर्ने काम एक हल पशु र एउटा मानवको श्रमले सम्पन्न हुने र उत्पादन गुणात्मक रूपमै बढ्ने स्थिति उत्पन्न भयो । पशु नार्ने प्रविधिले 'बोल्ने पशु को रूपमा रहेका दासहरूलाई बलात् नकज्याइकन उत्पादन गर्न सकिने मात्र होइन, बरू गुणात्मक रूपमै उत्पादन बढाउन सकिने भयो । अब धेरै दास जम्मा पार्ने विषय मुख्य हुन छाड्यो बरु जति धेरै जमिन ओगट्न सक्यो, त्यति धेरै उत्पादन गर्न सकिने अवस्था उत्पन्न भयो । त्यसैले अब मुख्य उत्पादक शक्तिको रूपमा जमिन आयो । त्यसपछि नै भूदास किसान, मोही किसान, स्वतन्त्र किसान र सामन्त रहेको सामन्तवादी युग सम्भव भयो । यसरी यस सन्दर्भमा पनि के प्रष्ट देख्न सकिन्छ भने मुख्य उत्पादक शक्तिमा आएको गुणात्मक फेरबदलले नै दास-मालिक युगको उत्पादन सम्बन्ध फेरिएर सामन्तवादी युग सुरू हुन पुगेको हो ।
सामन्तवादभित्र विकसित पुँजीवादले त्यतिबेला फड्को मार्यो, जब सन् १७७५ तिर युरोपमा जेम्स वाटले वाफबाट चल्ने अर्ध-स्वचालित इन्जिन आविष्कार गरे । त्यो इन्जिनजडित मेसिन उद्योगहरूमा लगाउने क्रमसँगै आरम्भिक चरणको व्यापारिक पुँजीवादले व्यापक मात्रामा पुँजीको निर्माण गर्न थाल्यो । पुँजीले जमिन, मेसिन, सामुहिक श्रम सबैलाई आफु मातहत ल्यायो ।
हरेक मानव युगमा जस्तै केही हजार वर्ष चलेको सामन्तवादी युगभित्र पनि नयाँ-नयाँ औजार थपिँदै गए, मानव श्रमको तरिकामा फेरबदल हुँदै गयो, उत्पादन बढाउने र मानव जीवनलाई क्रमशः सहज बनाउने प्रक्रिया बढ्दै गयो । ईशाको १३ देखि १६ औं शताब्दीको बीचमा हाते तान तथा आरनजस्ता प्रविधि प्रयोग गर्ने दस्तकार र उत्पादित सामान बेच्दै हिंड्ने व्यापारीको एकताबाट पुंजीवादी व्यवस्थाको सुरूआत भएको मानिन्छ । सामन्तवादभित्र विकसित पुँजीवादले त्यतिबेला फड्को मार्यो, जब सन् १७७५ तिर युरोपमा जेम्स वाटले वाफबाट चल्ने अर्ध-स्वचालित इन्जिन आविष्कार गरे । त्यो इन्जिनजडित मेसिन उद्योगहरूमा लगाउने क्रमसँगै आरम्भिक चरणको व्यापारिक पुँजीवादले व्यापक मात्रामा पुँजीको निर्माण गर्न थाल्यो । पुँजीले जमिन, मेसिन, सामुहिक श्रम सबैलाई आफु मातहत ल्यायो । त्यसपछि नै पुँजीवाद औद्योगिक वा प्रतिस्पर्धात्मक पुँजीवादको उपयुगमा प्रवेश गरेको हो । यसरी पुँजीवादमा पुँजी मुख्य उत्पादक शक्ति बन्न गयो ।
मुख्य उत्पादक शक्तिको रुपमा विज्ञान प्रविधि
उत्पादक शक्ति समाजको चालक शक्ति हो । उत्पादक शक्तिको विकास अनुरुप नै उत्पादन सम्बन्धको विकास हुन्छ। एउटा सामान्य मान्छेले पनि आजको युगलाई विज्ञान प्रविधिको युग हो भनी दाबी गर्दछ । यो त्यसै भएको होइन उ बाँचेको परिस्थितिमा भएको फेरबदल र त्यसमा विज्ञान प्रविधिको प्रत्यक्ष भूमिका कै कारण उ यो निष्कर्षमा पुगेको हो । उत्पादक शक्तिमा आएको यस खालको विकास र परिवर्तनले नै आजका उत्पादन सम्बन्धका सम्पूर्ण आयामहरु बदलिएको हामी पाउँदछौँ।
मानिसको श्रम र उत्पादनका साधनहरु मिलेर उत्पादक शक्ति बनेको हुन्छ। मानिसको श्रम श्रमशक्ति हो जुन उत्पादनको कार्य सञ्चालन गर्दा चाहिने सीप,क्षमता र अनुभव सहितको समष्टिगत स्वरुप हो । त्यसैगरि उत्पादनका साधनहरुमा भने श्रमको वस्तु र श्रमका साधन वा औजार/प्रविधि पर्दछन्। आज मानिसको श्रम शक्ति यन्त्र र कृत्रिम बौद्धिकताको रुपमा अधिकतम रुपमा अभिव्यक्त हुँदैछ । र, यो प्रक्रिया तिब्रता साथ गुणात्मक रुपले अघि बढिरहेको छ। उत्पादनका लागि उत्पादनका साधनहरुको परिचालनमा मानिसको भूमिका कम र विज्ञान प्रविधिको भूमिका मुख्य बन्दै छ।
वैज्ञानिक-प्राविधिक क्रान्तिले केवल उत्पादन र वितरणका तरीकालाई मात्र बदलिरहेको छैन, बरू उत्पादनको स्वरूपलाई पनि बदलिरहेको छ । आज यी परिवर्तनहरूको कारण विज्ञान-प्रविधि प्रत्यक्ष उत्पादक शक्ति बनिसकेको छ; यो परिवर्तनको अर्थ अत्यन्तै गहन छ, र प्रभाव अत्यन्तै दूरगामी । वास्तवमा, उत्पादन तथा श्रमका प्रक्रिया(उत्पादनमा मानव श्रमले खेल्ने भूमिका) हरूमा मूलभूत परिवर्तनले सामाजिक संरचनाहरूको र स्वयं समाजको चरित्रलाई पनि बदलिरहेका छन् । नयाँ उत्पादक शक्तिको रूपमा वैज्ञानिक-प्राविधिक क्रान्तिले उत्पादन तथा श्रमका विभिन्न अवयवहरू, तत्वहरू र पक्षहरूलाई प्रभावित गरेर तिनीहरूलाई मूल रूपबाट परिवर्तित गरिदिएको छ ।
प्रविधिको विकास सँगै मेशिन/स्वाचालित मेशिनको विकासले उत्पादनमा मानवीय श्रमको भूमिकालाई भारी रुपमा कटौती गर्दै लग्यो । १०० जना मजदुर आवश्यक पर्ने कारखानामा १/२ जना मेशिन अपरेटर भए पुग्ने भयो ।
औधोगिक चरणको उत्पादन प्रक्रियामा ज्यावल तथा औजारको प्रयोग मानिसले गर्थे। मानवीय श्रमको भूमिका श्रम प्रक्रियाको रुपमा रहन्थ्यो। तर प्रविधिको विकास सँगै मेशिन/स्वाचालित मेशिनको विकासले उत्पादनमा मानवीय श्रमको भूमिकालाई भारी रुपमा कटौती गर्दै लग्यो । १०० जना मजदुर आवश्यक पर्ने कारखानामा १/२ जना मेशिन अपरेटर भए पुग्ने भयो । अहिले हामी इलेक्ट्रोन शक्तिमा आधारित प्रविधि र इलेक्ट्रोनिक-प्राविधिक क्रान्तिको चरणमा छौँ । जसले त्यही १/२ जना मेशिन अपरेटर पनि नचाहिने गरि प्रविधि र कृत्रिम बौद्धिकताको विकास गरिरहेको छ। पछिल्लो जानकारी अनुसार चाइनाले डार्क फ्याक्ट्री(Dark Factory) को पनि सफलता पुर्वक प्रयोग गरिसकेको छ। डार्क फ्याक्ट्री अत्याधुनिक प्रविधि सम्पन्न फ्याक्ट्री हो जहाँ मानिस कामदारको रुपमा कत्ति पनि रहने छैन र सम्पूर्ण काम रोबर्ट,एआई र अटोमेसनले गर्दछ। यहाँ सम्म कि कामको लागि उज्यालो समेत चाहिँदैन।
आउनुस् एउटा तथ्यांक हेरौं;
औद्योगिक रोबोटहरूको प्रयोगमा विश्वले २०२६ को सुरुवाती सम्ममा ५ मिलियन(५० लाख)युनिट सक्रिय रोबोटहरूको नयाँ रेकर्ड बनायो। यो संख्या ७ वर्ष अघिको तुलनामा दोब्बर हो ।
विश्वभरि कारखानाहरुमा रोबोटको संख्या औसतमा १३२ प्रति युनिट १०,००० कर्मचारी बराबर पुगेको छ। रोबोट घनत्व द्वारा मापन गरिएका शीर्ष सबैभन्दा धेरै रोबोट प्रयोगमा ल्याउने देशहरू हुन्: गणतान्त्रिक कोरिया १२२० युनिट (१०,००० कर्मचारी बराबर १२२० रोबोट), सिंगापुर ८१८ युनिट र जर्मनी ४४९ युनिट। यो तथ्यांक आई.एफ.आर(अन्तर्राष्ट्रिय रोबोट महासंघ) द्वारा प्रस्तुत 'वर्ल्ड रोबोटिक्स २०२६' को रिपोर्ट अनुसारको हो। आर्टिफिसियल इन्टेलिजेन्सका विज्ञ केइ फूलिले आउँदो १५ देखि २५ वर्षमा रोबर्टले विश्वको करिब ४०% रोजगारी विस्थापित गर्ने भविष्यवाणी एक अन्तरवार्तामा गरेका थिए। उनको अनुसार यो दर तिब्र रुपमा बढ्दै जानेछ । उनको यो अनुमानले विज्ञान प्रविधिको रुपमा रोबोटले उत्पादनमा खेलेको भूमिका र त्यसले विस्थापित गर्ने रोजगारीको ठूलो हिस्सा बारे तथ्य प्रस्तुत गर्दछ।
कृत्रिम बौद्धिकता
मानिसको मष्तिष्कले गर्ने रचनात्मक तथा सृजनात्मक कामहरू मेसिनमार्फत् विशेषतः कम्प्युटर प्रणालीमार्फत् गर्ने, गराउने प्रविधिलाई ‘कृत्रिम बौद्धिकता’ अर्थात् आर्टिफियिस इन्टेलिजेन्स ( एआई ) भनिन्छ । कृत्रिम बौद्धिकताले एल्गोरिदम र सूचना प्रक्रिया प्रणालीको माध्यमबाट कार्यहरू गर्छ। ‘एआई’ को प्रयोग र महत्त्व दिन प्रतिदिन बढ्दै गइरहेको मात्र छैन, यसका नयाँनयाँ परिमार्जित र अत्याधुनिक संस्करण समेत विकसित हुँदै गइरहेको छ । ‘च्याट जिपिट’, ‘अल आर्ट’,दिपसिक,गुगल जेमिनी त्यसका पछिल्ला उदाहरणहरू हुन् ।
‘एआई’ का जनक अमेरिकी कम्प्युटर तथा संज्ञान वैज्ञानिक जोन म्याकर्थीलाई मानिन्छ । उनले पहिलोपटक सन् १९५५ मा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ शब्द सुरु गरेका थिए । ‘एआई’ विज्ञान तथा प्रविधिको त्यो शाखा हो, जसको उद्देश्य मानव मष्तिष्कले गर्ने बौद्धिक कामहरूलाई सहज बनाइ मानवीय श्रम बचत तथा परिणाममा प्रभावकारिता हासिल गर्नु हो । यसले मानव तथा विभिन्न जीवजन्तुहरूको प्राकृतिक तथा संज्ञानात्मक(Cognitive) क्षमताको यन्त्रिक उपयोग गर्दछ । यसले बाह्य जगतबाट विभिन्न तथ्यांकहरू लिने र त्यसलाई कुनै निश्चित उद्देश्यसँग तादम्य हुने गरी परिशोधन, परिमार्जन तथा अनुकुलन गर्ने क्षमता राख्दछ ।
कम्युटरमार्फत् प्रयोग गरिने विभिन्न प्रकारका ‘कम्प्युटेसन’ मात्र कृत्रिम बौद्धिकता हैनन्, यी विभिन्न प्रकारका यन्त्र, उपकरण र मेसिनमा समेत प्रयोग भएका हुन्छन् । यसको प्रयोगले मेसिनहरूलाई ‘अटोमेसन’ क्षमता प्रदान गर्दछ । जस्तो कि– वासिङ मेसिन कपडा धोइसकेपछि आफैँ बन्द हुन्छ र काम सकिएको सूचना दिन्छ भने त्यो पनि एक प्रकारले कृत्रिम बौद्धिकता नै हो । सामाजिक सञ्जालले हाम्रो डाटाहरुको प्रयोग गर्दै हामीले खोजेको र मन पराएका विषयवस्तुहरु पठाउँछ।
यस प्रकारका कृत्रिम बौद्धिकताहरू धेरै प्रकारका मेसिनमा प्रयोग भएका हुन्छन । हवाई जहाजदेखि, ड्राइभरबिनै चल्ने कारहरूमा प्रयोग हुने प्रविधि पनि यही हो । मेकानिकल साइन्सका अतिरिक्त रोबोट विज्ञानमा समेत यसको व्यापक प्रयोग हुन्छ । शिक्षा, स्वास्थ्य, बैकिङ, वित्त र प्रशासनिक सेवा प्रणालीमा ‘एआई’ को व्यापक प्रयोग हुँदै गएको छ ।
कृत्रिम बौद्धिकताको पछिल्ला र विकसित संस्करणले भने मानिसले सोची/सम्झी गर्नुपर्ने विश्लेषण तथा रचनात्मक सृजनाजस्ता कयौं कामहरू पनि कम्प्युटर प्रणालीले नै गर्न सक्ने भएको छ। जस्तो कि— कसैलाई कुनै विषयमा निबन्ध वा कुनै परियोजनाको प्रस्तावना लेख्नुपरे, च्याट जिपिटीमा गएर माग्नेबित्तिकै त्यो आउँछ । त्यसका लागि घन्टौं मष्तिष्क खियाइरहनु नै पर्दैन ।
सन् १९५० को दशकबाट विभिन्न प्रकारले एआईको प्रयोग हुन थालेको थियो । तर, सन् १९७० को दशकमा आएर यसलाई विज्ञान र प्रविधिको एक भिन्नै शाखाका रूपमा मान्यता दिन थालियो । त्यसपछि त विकसित भनिने देशहरूले ‘एआई’ को अनुसन्धान, विकास र विस्तारमा योजनाबद्ध लगानी नै गर्न थाले ।सन् १९८१ मा जापानले ‘फिप्थ जेनेरेशन’ नामको योजना सुरू गर्यो । बेलायतको ‘एल्वी’ र युरोपेली संघको ‘एस्प्रिट’ त्यस्तै योजना थिए ।
एआईको परिस्कृत संस्करणको रुपमा एजीआई (आर्टफिसियल जेनेरल इन्टेलिजेन्स AGI) को परिकल्पना सँगै यसको विकास पनि गरिँदैछ । एजीआई एआईकै एक प्रकार हो जसले विश्वस्तरमै मानिसले भन्दा राम्रो र छिटो काम गर्छ। ओपन एआई(OpenAI),डिपमाइन्ड(Deepmind),एन्थ्रोपिक(Anthropic) जस्ता एआई कम्पनीहरुले यस प्रोजेक्टलाई प्राथमिकताका साथ अगाडि बढाएका छन्। सन् २०२० को सर्वेक्षण अनुसार विश्वका ३७ देशहरुमा करिब ७२ बन्दा बढी एजीआई रिसर्च एण्ड डेभलपमेन्ट प्रोजेक्टहरु सक्रिय थिए अहिले त्यसको संख्यामा पनि वृद्धि भएको छ। AGI का अहिलेका सबै मोडेलहरू Narrow AI (सीमित कार्यक्षेत्रमा दक्ष) स्तरमा छन्। पूर्ण AGI, जसले मानव भन्दा सिर्जना, तर्क, र सबै प्रकारका कार्य गर्न सक्छ, तिनको अझै विकास भइरहेको छ।
यन्त्र सिकाइ (Machine Learning/ML)
यन्त्र सिकाइ/मेसिन लर्निङ्ग कृत्रिम बौद्धिकताकै एक उप शाखा हो । मेसिन लर्निङ्ग पदावलीको पहिलो प्रयोग अर्थर समुएल(Arthur Samuel)ले सन् १९५९ मा गरेका थिए। आफूसँग प्राप्त सुचना र तथ्यांकको आधारमा यन्त्र/मेसिन ले आफूलाई थप परिस्कृत पार्दै लैजानु र त्यसकै आधारमा निर्णय गर्ने क्षमता राख्नु नै मेसिन लर्निङ्ग हो । यो मानव सिकाइ जस्तै एउटा प्रक्रिया हो । जसरी मानिसले पनि विभिन्न स्रोत मार्फत् जानकारी राख्छ र उक्त जानकारी बाट प्राप्त सिकाइको आधारमा निर्णय गर्छ ठीक यन्त्र सिकाइमा पनि हुन्छ। यन्त्र सिकाइमा दिन प्रतिदिन विकास हुँदैछ र कृत्रिम बौद्धिकतालाई थप बलियो र समृद्ध तुल्याउँदै छ।
डिप लर्निङ्ग (Deep learning/DL)
डिप लर्निङ्ग मेसिन लर्निङ्गको एक उपशाखा हो जुन न्युरल (Neural network) नेटवर्कमा आधारित हुन्छ। न्युरल नेटवर्क एउटा त्यस्तो मोडल हो जुन प्राणीहरु(जस्तैः मानिस) को मस्तिष्कमा हुने जैविक न्युरल नेटवर्कको संरचना र कार्यपद्वतिमा आधारित छ। न्युरल नेटवर्कले एक आर्टिफिसियल न्युरोनमा प्राप्त जानकारी तथा तथ्यांकलाई अर्को न्युरोनमा सहजै पठाउँदछ। डिप लर्निङ्ग कृत्रिम बौद्धिकता अन्तर्गतकै विकसित कार्यशैली हो ।
मानिसले एआईको विकास गर्ने मात्र होइन स्वयं एआईले नै एआईको विकास गर्न सुरु गरेको छ। यसले उत्पादनका लागि मानवीय भौतिक श्रम त मुक्त हुने नै भो सँगसँगै बौद्धिक श्रम पनि हिजोको जस्तो कठिन र लामो समय लाग्ने हुनेछैन ।
एआई मेसिन र प्रविधिको प्रयोगले मानिसले वस्तु तथा सेवाको उत्पादनमा मात्र होइन ज्ञान उत्पादनमा समेत प्रत्यक्ष लाभ उठाइरहेको छ। मानिसले एआईको विकास गर्ने मात्र होइन स्वयं एआईले नै एआईको विकास गर्न सुरु गरेको छ। यसले उत्पादनका लागि मानवीय भौतिक श्रम त मुक्त हुने नै भो सँगसँगै बौद्धिक श्रम पनि हिजोको जस्तो कठिन र लामो समय लाग्ने हुनेछैन । आज पनि विभिन्न खोज अनुसन्धानमा एआईले काम गरिरहेकै छ।
माइक्रोसफ्टको एन्नुअल वर्क ट्रेन्ड इन्डेक्स-२०२४ अनुसार ७५% बौद्धिक काम गर्ने बौद्धिक श्रमिकहरुले आफ्नो काममा AI को प्रयोग गर्छन्। चार जनामा तीन जनाले यस्को प्रयोग गर्दछन्। ३१ देशका करिब ३१ हजार प्रयोग कर्ताहरुमा आधारित भई माइक्रोसफ्टले यो अध्ययन प्रतिवेदन प्रस्तुत गरेको हो ।
यसरी बाँच्नकै लागि श्रम गर्नु पर्ने बाध्यता बाट मानिस स्वतन्त्र हुँदैछ र अब उ बढी भन्दा बढी सिर्जनात्मक सावित हुनेछ। हामी अब स्पष्ट हुन सक्छौं कि उत्पादन प्रक्रियामा विज्ञान प्रविधि मुख्य हुने युग सुरु भईसकेको छ यद्यपि यो युगले पुर्णता पाउन भने अझै केही समय लाग्नेछ। यसको निम्ति सामाजिक क्रान्ति आवश्यक र अनिवार्य हुन्छ। त्यो किन पनि भने उत्पादनका साधनहरुमा यद्यपि विज्ञान प्रविधिको प्रयोगमा सिमित व्यक्ति र कम्पनीको आधिपत्य छ। यो भुमण्डलीकृत पुँजीवाद हो। यो पुँजीवाद पुँजीवादका अन्य चरणहरु जस्तैः व्यापारीक पुँजीवाद, औद्योगिक पुँजीवाद र एकाधिकारी पुँजीवाद भन्दा फरक छ। अन्य सबै पुँजीवादका चरणहरुमा पुँजीपतिहरु एकले अर्काको निषेध गरेर नाफा कुम्ल्याउथे भने भूमण्डलीकृत पुँजीवादमा सबै पुँजीपतिहरु बहुराष्ट्रिय कम्पनीहरु मार्फत् एकीकृत भई नाफा कमाउने लहरमा छन्। र, आज पनि विकसित विज्ञान प्रविधिको प्रयोग मानिस र समाजको हितको लागि भन्दा पूँजीपति वा व्यवसायीलाई नाफा कमाउनको लागि गरिएको छ। अहिले संसारमा मानिस माथि प्रविधिको खतरा बारे जुन बहस हुन्छ त्यो मूलतः यहि नाफामा आधारित प्रयोगको कारण उत्पन्न भएको हो । यसरी सिमित जमातको वर्गसँग प्रशस्त स्रोत साधन र सम्पत्ति थुप्रिन्छ भने यस वर्गबाट शोषित बहुसंख्यक सर्वहारा वर्गसँग बाँच्नको लागि पनि कठिन हुने स्थिति सिर्जना हुन्छ। यसले गर्दा वर्गसंघर्ष थप घनिभूत बन्न गई सिङ्गो विश्व र देशहरु नै सामाजिक क्रान्तिको लागि परिस्थिति अनुकूल बन्न जान्छ।
अन्य सबै पुँजीवादका चरणहरुमा पुँजीपतिहरु एकले अर्काको निषेध गरेर नाफा कुम्ल्याउथे भने भूमण्डलीकृत पुँजीवादमा सबै पुँजीपतिहरु बहुराष्ट्रिय कम्पनीहरु मार्फत् एकीकृत भई नाफा कमाउने लहरमा छन्। र, आज पनि विकसित विज्ञान प्रविधिको प्रयोग मानिस र समाजको हितको लागि भन्दा पूँजीपति वा व्यवसायीलाई नाफा कमाउनको लागि गरिएको छ।
सर्वहारा वर्गको ठूलो हिस्सा औद्योगिक चरणमा जस्तो किसान र मजदुरको अलावा आजको उत्पादन प्रक्रिया बाटै कटौतीमा पर्न गएको विस्थापित वर्ग हुनेछ । केही पुँजीवादी बुद्धिजीवीहरुले यस वर्गलाई प्रयोगविहिन वर्ग (Useless Class) को रुपमा व्याख्या गरेका छन्। तर, यसो कदापि होइन यो पुँजीवादकै परिणाम हो,व्यवस्था जन्य उपज हो । समाजवादी व्यवस्थामा ठूलो हिस्साको यो वर्ग सिर्जनात्मक,रचनात्मक र उत्पादनमुखि रहनेछ ।
व्यवसायी/पुँजीपतिले उपभोग्य वस्तु तथा सेवाहरु उत्पादन गर्दै जाँदा विस्थापित वर्गसँग उपभोगको लागि किन्ने क्षमता(क्रयशक्ति) नै बाँकी रहदैन । किनकि उनीहरुको लागि न श्रम बेच्ने श्रम थलो हुन्छ न त बाँच्नका लागि आफ्नै स्रोत र साधन नै। उत्पादनका सम्पूर्ण क्षेत्रमा अधिकतम रुपमा मानव श्रमको अलावा प्रविधिको प्रयोग भएको हुन्छ। यस पछि देखा पर्ने हुने र नहुनेहरु बीचको संघर्ष (जुन वर्गसंघर्ष हो)ले सामाजिक क्रान्ति गराउँछ र यो नै वैज्ञानिक समाजवादी क्रान्ति हो । वैज्ञानिक समाजवादमा मुठ्ठी भरका मानिसहरुसँग सिमित रहेको स्रोत,साधन र सम्पत्ति साझा र सामुहिक हितको लागि प्रयोग हुनेछ । विज्ञान प्रविधिको प्रयोग प्रचुर रुपमा सामुहिक उत्पादन र वितरणको लागि हुनेछ । मानिसहरु बाध्यत्मक श्रम क्षेत्र बाट स्वतन्त्र हुँदै अधिकतम रुपमा सिर्जनात्मक,रचनात्मक,मनोरञ्जनात्मक र बौद्धिक काममा लाग्नेछन् जुन आजको दिनमा सिमित मान्छेहरुसँग मात्र उपलब्ध छ। यसले ज्ञानको असमानता पनि मेटिएर जानेछ सँगसँगै मेटिएर जानेछ श्रम विभाजन पनि । सबै मानिस आफ्नो विशिष्टतामा सक्षम र समान हुनेछन् ।
उत्पादनमा मेशिनको भूमिका प्रमुख बन्दै जाने र त्यसले निर्माण गर्ने मानिसको व्यापक स्वतन्त्र समय बारे इङ्कित गर्दै भारतका प्रखर मार्क्सवादी/भौतिकवादी लेखक राहुल सांकृत्यन आफ्नो पुस्तक 'साम्यवाद नै किन?" मा लेख्छन् , " वैज्ञानिक साम्यवाद जीवनका सबै सामग्रीहरूको उत्पादन गर्नमा मेशिनलाई पूरै मात्रामा उपयोग गर्ने बारे कुराको पक्षपाती छ । त्यसैले यो पनि चाहन्छ कि मेशिनहरूमा दिनदिनै धेरैधेरै सुधार हुँदै जाओस् । यसको मतलब हो कि वस्तुहरूलाई उत्पादन गर्नमा थोरैभन्दा थोरै समय लागोस् । हुन सक्छ यस्तो समय आउँछ, जब संसारका सबै मानिसले गर्नुपर्ने कार्य, मानिसको एक घण्टाको श्रम नै उनीहरूको सबै उपयोगी वस्तुहरू- खाना, कपडा, भवन, बगैंचा, बाटो, विद्यालय, नाट्यमञ्च आदिको लागि प्रयाप्त होस् । त्यस्तो स्थितिमा आठ घण्टा सुत्नको लागि राखे पनि बाँकी पन्ध्र घण्टा मानिसले के गर्छ ?........मेशिनको प्रयोगद्वारा कामको समयलाई घटाएर एक घण्टा बनाउनुको मतलब हुन्छ, अनिवार्य काम मात्र एक घण्टाको हुनु । व्यक्तिगत स्वतन्त्रताका प्रेमीहरू त यसबाट खुसी हुनुपर्छ । बाँकी पन्ध्र घण्टाको कामको लागि तपाई चिन्तित हुनुहुँदैन । त्यसबेला आफ्नो-आफ्नो इच्छा अनुसार मानिसले साहित्य, सङ्गीत र कला निर्माण गर्न सक्छ या त्यसको रसस्वादन गर्न सक्छ । आकाश र समुद्रको यात्रा के मानिसको लागि मनोरञ्जन र ज्ञान दिने हुँदैनन् ? मानिस पशुपंक्षी तथा अन्य साना-साना जन्तुहरूको मनोविज्ञानको अनुसन्धान या अध्ययन गर्न सक्छ, दर्शन र विज्ञानसम्बन्धी खोजमा लाग्न सक्छ । चिकित्सासम्बन्धी समाधान गर्न बाँकी कैयौं समस्याहरूलाई समाधान गर्न सक्छ । यात्रा, खेल तथा नाटकजस्ता चीजहरू छन्, जसमा मानिस जति चाहन्छ, त्यति समय दिन सक्छ । फेरि के तपाईं यसबारे विश्वस्त दिलाउन चाहनुहुन्छ कि त्यसबेला प्राकृतिक प्रकोप, उपद्रो, भूकम्प, अतिवर्षा र अनावर्षा आदि भएको हुनेछैन ? अवश्य हुनेछ,त्यस्तो हुँदा पुननिर्माणको लागि मानिसहरू सबै शक्ति जुटाएर तयार रहनुपर्छ । सूचना पाउने बित्तिकै एक ठाउँमा व्यक्तिहरूलाई अर्को ठाउँमा सहायताको लागि दगुर्नुपर्छ । किनभने त्यसबेला वस्तुतः सबै मानवसमाज नै एक परिवारजस्तै हुनेछ ।......यसो विचार त गरौँ, आजभोलि अधिकांश मानिसहरू हरेक समयमा कामको जाँतोमा पिसिएर कला एवम् साहित्य सिर्जनाको लागि अथवा हेरेर आनन्द लिनका लागि फुर्सद निकाल्न सक्दैनन् र जुन थोरै मानिसहरूलाई यस्तो मौका मिल्छ, त्यो पनि धनी मानिसहरूको सन्तुष्टिको लागि त्यस्ता चीजहरू बनाउन उपयोग गर्छन्, जसबाट अरु मानिसहरूको शरीर र मन विकृत हुन्छ । फुर्सद र प्रतिभाको उपयोगको ढोका सबै मानिसको लागि खुल्यो भने त्यसबेला मानिसले पृथ्वीको कुनाकुनालाई सुन्दर बनाइदिनेछ । जुन कलाको आनन्द आजभोलि गन्न सकिने मानिसको भाग्यको वस्तु हो, त्यो त्यसबेला सार्वजनिक(सामुहिक) हुन पुग्छ । मानिसको विद्या र संस्कृतिको गहिराई त्यस समयमा आजभन्दा धेरै उच्च हुन पुग्छ ।......यसप्रकारले यन्त्रहरूको अत्याधिक उपयोगबाट प्राप्त हुने अवकाश/फुर्सद कुनै यस्तो समस्या हैन, जसबाट डराएर हामीले आफ्नो ध्येयलाई छाडिदिनु परोस् । यति कुरा मैले उठ्न सक्ने काल्पनिक शङ्काहरूको समाधानको लागि भनें । साम्यवाद परिस्थितिअनुसार बुद्धिको स्वतन्त्रापूर्वक उपयोग गर्ने कुराको अहिले पनि पक्षपाती छ र अगाडि पनि हुनेछ । लाखौँ वर्षपछि आउने समस्याहरूको रुप कस्तो हुन्छ, त्यो त हामीलाई थाहा छैन, यसकारण अहिलेदेखि त्यसमाथि टाउको दुखाउनु हामीलाई के आवश्यक छ ? बौद्धिक स्वतन्त्रताको बलमाथि आफ्नो विशाल ज्ञान र चीरकालको सोंचबाट त्यसबेलाका मानिस आ-आफैँ आफ्ना समस्याहरूको समाधान सोच्न थाल्नेछन्।"
मार्क्सको लागि कम्प्युटर क्रान्तिका परिणामहरूमाथि विचार गर्न असंभव थियो । तर यी सबैको बावजूद आश्चर्यको कुरा यो छ कि पूर्ण स्वचालन र श्रमका सम्बन्धहरूका कैयौं पक्षहरूमाथि पनि मार्क्सले त्यस बेला विचार गरेका थिए र कैयौं संभावित प्रक्रियाहरू तथा तिनीहरूका दिशाहरूलाई संकेत गरेका थिए ।
उत्पादक शक्ति र उत्पादन सम्बन्धको ऐतिहासिक भौतिकवादी तरिकाले व्याख्या गर्ने काम सुरुमा कार्ल मार्क्सले नै गरे। आफ्नो कृति “राजनीतिक अर्थशास्त्रको आलोचनाको रुपरेखा/पुँजीको रुपरेखा ”(ग्रुन्ड्रिज:जर्मन,मार्क्स-एंगेल्स संकलित रचना खण्ड २९ मस्को प्रकाशन १९८७) मा उत्पादक शक्तिको विकास र मानव श्रमको भूमिका बारे स्पष्ट गरेका छन्। मार्क्सले आफ्ना यी विचारहरु पुँजी लेख्ने तयारी सम्बन्धि नोट्समा प्रस्तुत गरेका थिए। ती पाण्डुलिपिहरु पछि पुँजीको रुपरेखाको रुपमा अङ्ग्रेजीमा र ग्रुन्ड्रिज(Grundisse) नामले जर्मनमा प्रकाशित भयो । अङ्ग्रेजीमा पनि यो ग्रुन्ड्रिजकै नामले प्रसिद्ध छ। किन मार्क्सले यी परिकल्पनाहरुलाई आफ्नो महत्त्वपूर्ण कृति पूँजीमा सामेल गरेनन् , यसको कारण पूर्ण रूपले स्पष्ट छैन । वास्तवमा त्यो बेला उनी र एंगेल्स पूँजीवाद र त्यसको आर्थिक प्रणाली तथा शोषणका स्वरूप र कारणहरूको गम्भीर अध्ययन विश्लेषणमा लागेका थिए । उनका अधिकांश रचनाहरू औद्योगिक युगको पूँजीवादी समाज र समाजवादको विवेचनासँग सम्बन्धित छन् । सायद त्यसैकारण कैयौं अन्य प्रश्नहरूले, जुन त्यस बेला प्राथमिक थिएनन्, मार्क्सको ध्यानाकर्षित गर्न सकेनन् जसले गर्दा तिनीहरूमाथि विस्तारपूर्वक विचार हुन सकेन । यी सबैको बीचमा उत्पादनबाट श्रमको प्रक्रिया अलग हुने सम्बन्धी उनका विचार पनि दबियो । यो प्रक्रिया त्यो युगको विशेषता पनि थिएन । त्यसकारण स्वाभाविकै छ कि त्यसमाथि विस्तारपूर्वक विचार गरिएन । त्यस बेला न परमाणुको खोज भएको थियो न इलेक्ट्रोनिक प्रविधिको विकास भएको थियो । त्यसकारण मार्क्सको लागि कम्प्युटर क्रान्तिका परिणामहरूमाथि विचार गर्न असंभव थियो । तर यी सबैको बावजूद आश्चर्यको कुरा यो छ कि पूर्ण स्वचालन र श्रमका सम्बन्धहरूका कैयौं पक्षहरूमाथि पनि मार्क्सले त्यस बेला विचार गरेका थिए र कैयौं संभावित प्रक्रियाहरू तथा तिनीहरूका दिशाहरूलाई संकेत गरेका थिए ।
मजदूर र समाजवादी आन्दोलन तथा अन्य बुद्धिजीवीहरूले मार्क्सका ती रचनाहरूको पूर्ण रूपले उपेक्षा गरे भन्दा अत्युक्ति नहोला । उनीहरूले उनका केही रचनाहरूबाट मात्र काम चलाइरहे र तिनीहरूमा पनि केही छानिएका उद्धरणहरूबाट जुन उनीहरूका अत्यधिक आवश्यकतासँग सम्बन्धित थिए । दूरगामी विचारहरूमा पनि केवल तिनीहरूलाई मात्र अपनाइयो, जसले औद्योगिक युगको समाजवादी आदर्शको हित पूर्ति गर्दथे । फलस्वरूप मार्क्सका सिद्धान्त विज्ञानबाट जडसूत्रमा बदलिए र तिनीहरूको विश्लेषणको शक्ति कमजोर भयो । जेहोस् अब हामी मार्क्सका ती महत्वपूर्ण उद्धरणहरूमाथि विस्तारपूर्वक विचार गर्नेछौं, जुन पूँजीको रूपरेखा (Grundrisse) मा पाइन्छन् ।
यस कृतिमा, यन्त्रको उदय र विकासमाथि विचार गर्दै मार्क्स भन्दछन् कि "पूँजीको उत्पादन प्रणालीमा प्रवेश हुनासाथ श्रमका साधनहरूमा निरन्तर यस्ता परिवर्तन हुन्छन्, जसबाट अन्तमा यन्त्र वा यसो भनौं कि यन्त्रको स्वचालित व्यवस्था उत्पन्न हुन्छ……यो स्वचालित यन्त्रव्यवस्था आफ्नै प्रेरक शक्तिद्वारा चालित हुन्छ। यो अटोमेशन कैयौं यान्त्रिक र बौद्धिक तत्वहरूबाट उत्पन्न हुन्छ, जसको क्रममा मजदूर स्वयं केवल चेतनशील दर्शकको रपमा रहनेछन् ।” (मार्क्स-एंगेल्स संकलित रचना खण्ड २९ मस्को प्रकाशन १९८७,पृ. ८२)
यहाँ मार्क्स पहिले त यन्त्रको उदयको विश्लेषण गर्दछन् : श्रमका साधन कालिगढका हातबाट निस्किएर यन्त्रको अंग बन्दछन् अर्थात् तिनीहरूलाई कालिगढको बदला यन्त्रले चलाउँदछन् । यन्त्र विकासको एउटा अर्को चरणमा स्वचालित वा अटोमेटिक यन्त्रव्यवस्थाको जन्म हुन्छ, जसमा मानिस केवल एउटा दर्शकको रूपमा मात्र सहभागी हुन्छ । श्रम पहिले यन्त्र उत्पादनको भाग बन्दछ र त्यसपछि उत्पादनबाट बाहिर निस्किएर लुप्त हुन्छ। यसमाथि मार्क्स अगाडि अरू पनि विचार गर्दछन् कि श्रमले परिस्थिति विशेषमा यन्त्रको रूप धारण गर्दछ र एउटा अर्को परिस्थितिमा यो रूपको परित्याग गर्न लाग्दछ । के आज यही प्रक्रिया चलिरहेको छैन ? वर्तमान माइक्रोइलेक्ट्रोनिक क्रान्तिमा श्रमले अत्यन्तै तीव्रतापूर्वक र सजिलोसँग यन्त्ररूपको परित्याग गरिरहेको छ ।
मार्क्स भन्दछन् कि यन्त्रले व्यक्तिगत मजदूर र वस्तुको बीचमा सम्बन्ध स्थापित गर्ने काम गर्दैन, जस्तो कि पहिले हुन्थ्यो । पहिले श्रमको साधन(औजार)को काम कालिगढ र वस्तुको बीचमा सम्बन्ध जोड्नु थियो। कालीगढले औजारको प्रयोग गरेर आफ्नो दक्षतालाई बदलिएको वस्तुको रूप दिने गर्दथ्यो । औजारको सहायताले वस्तुलाई आवश्यक रूप दिएर प्रयोग गर्न लायक बनाउन सकिन्थ्यो, वा इच्छानुसारको रचनामा बदलेर कलात्मक कृति बनाउन सकिन्थ्यो । यन्त्रले यसमा के परिवर्तन ल्यायो ? यन्त्रको अर्थ हो औजारलाई कालिगढको हातबाट निकालेर एउटा यान्त्रिक संरचनाको भाग बनाउनु । जब हामी "यन्त्र" भन्दछौं तब श्रमको साधन (औजार) यसको अभिन्न अंग हुन्छ र तब यन्त्रको उदय हुन्छ । मार्क्स भन्दछन् (उहि पृ. ८२-८३) कि ती शिल्प, दक्षता र क्षमता, जुन पहिले कालिगढसँग थिए, अब यन्त्रमा पुग्दछन् । उनको शब्दमा अब यन्त्र स्वयंले नै काम गर्न लाग्दछ। यसको आफ्नो "प्राण" (स्वचालन प्रक्रिया) उत्पन्न हुन्छ। अब कालिगढको स्थिति "अमूर्त" हुन्छ। उसले यन्त्र र उत्पादन प्रक्रियामाथि ध्यान दिने काम गर्न लाग्दछ। उ बढीभन्दा बढी त्यो प्रक्रियाको दर्शक मात्र बन्दै जान्छ,जुन स्वयं यन्त्रमा उत्पादन प्रक्रियाको रूपमा चलिरहन्छ । विज्ञानले डिजाइन र योजनाको रूपमा यन्त्रलाई एउटा उद्देश्यपूर्ण स्वचालित व्यवस्थाको रूपमा चलाउँदछ । किनभने यो डिजाइन यन्त्रमा हुन्छ, न कि पहिलेजस्तै कालिगढको चेतनामा।
यन्त्र र मजदूरका अन्तर्सम्बन्धहरूको विश्लेषण गर्दै मार्क्सले दुवैका बदलिरहेका भूमिकाहरूको विश्लेषण गर्दछन् । विज्ञान प्रविधिको माध्यमबाट केवल यन्त्रलाई मात्र प्रभावित गरिरहेको छैन,बरु मजदुर वर्ग र सम्पुर्ण समाजको ढाँचालाई मूलभूत रुपमा बदलिरहेको छ।
अब यही स्वचालित यान्त्रिक व्यवस्थाले मजदूरको चेतनालाई प्रभावित गर्न लाग्दछ । यन्त्र र मजदूरका अन्तर्सम्बन्धहरूको विश्लेषण गर्दै मार्क्सले दुवैका बदलिरहेका भूमिकाहरूको विश्लेषण गर्दछन् । विज्ञान प्रविधिको माध्यमबाट केवल यन्त्रलाई मात्र प्रभावित गरिरहेको छैन,बरु मजदुर वर्ग र सम्पुर्ण समाजको ढाँचालाई मूलभूत रुपमा बदलिरहेको छ।
मार्क्स भन्दछन् : "उत्पादन प्रक्रियामा अब श्रमप्रक्रिया रहँदैन, किनभने अब त्यो श्रमसँग जोडिएर त्यसलाई निर्धारित गर्ने प्रक्रिया रहँदैन । अब श्रम केवल एउटा चेतनतत्व मात्र रहन्छ, जुन यान्त्रिक प्रक्रियाका विभिन्न बिन्दुहरूसम्म सीमित हुन्छ । श्रम यन्त्रमा विलीन हुन लाग्दछ र यस क्रममा त्यो क्षणिक घटना मात्र हुन्छ।”(उहीँ पृ.८३)
मार्क्स पूँजीको विकास तथा यसअन्तर्गत यन्त्र र श्रमसाधनहरूको विकासका ती सीमाहरूसम्म विश्लेषण गर्दछन्, जहाँसम्म उनको युगमा पुग्न सकिन्थ्यो । अझ कहिलेकाहीं त उनी आफ्नो युगका सीमाहरूभन्दा कैयौं अगाडि जान्छन्। यही मार्क्स र उनको वैज्ञानिक विश्लेषण तरीकाको विशेषता हो । मार्क्स यन्त्रविकासको विश्लेषणमा ठीक त्यो सीमासम्म पुग्दछन्, जसभन्दा अगाडि यन्त्रको विकासको दिशा बदलिन लाग्दछ र त्यो विपरीत दिशामा जान लाग्दछ । यो विपरीत दिशा र उच्च स्तरका परिस्थितिहरू मार्क्सको युगमा उत्पन्न भएका थिएनन्; तिनीहरू आज देखा परिरहेका छन्।
आजको युगमा यन्त्रले श्रमलाई परित्याग गरिरहेको छ । 'श्रम' को प्रयोग केवल यन्त्र शुरू गर्नको लागि मात्र गरिन्छ। आज यन्त्रको गति र उत्पादन प्रक्रियाको लागि अब श्रमको आवश्यकता लगभग समाप्त भएको छ। एक अर्थमा यन्त्रका श्रमचालित भाग अब अतिरिक्त र अनुपयोगी अंग सिद्ध भइरहेका छन्, जसको परित्याग गरेर यन्त्रले स्वयं आफ्नो "कृत्रिम दिमाग" विकसित गरिरहेको छ। र,यस प्रकार स्वंलाई नै निषेध गरिरहेको छ। मार्क्स भन्दछन् कि यन्त्रले सिर्जना गरेको मूल्यको तुलनामा व्यक्तिगत श्रमद्वारा निर्मित मूल्य लगातार सानो हुँदै अन्तमा लगभग लुप्त हुन्छ । फलस्वरूप, उत्पादित वस्तुमा लगाइएको जीवित श्रम लगातार कम हुँदै जान्छ । यो तर्क दिन सकिन्छ कि यन्त्र त वास्तवमा श्रम (जीवित श्रम) बाटै बन्दछ । तर यसो हामीलाई आज लाग्न सक्छ। छोटो समयमै भएको विज्ञान प्रविधिको महान छलाङले हामीलाई यतिमै संकुचित हुन दिदैन। एक त, श्रमसँग यन्त्र स्वयंले पनि बढीभन्दा बढी यन्त्रहरू बनाउने क्षमता हासिल गर्दै जानेछ र गईरहेको पनि छ । अर्को, कृत्रिम बौद्धिकताले नै कृत्रिम बौद्धिकतालाई परिस्कृत बनाउँदै लगिरहेको छ। यन्त्र मेसिन र कृत्रिम बौद्धिकताको यो संयोजनले जिवित मानव श्रम प्रक्रिया उत्पादन प्रक्रियाबाटै अवकाश लिने दिन हामीले छिट्टै देख्न पाउनेछौँ।
यन्त्रमा निहित श्रम केवल यन्त्र र श्रमसाधनको रूपमा मात्र होइन, बरू उत्पादन क्षमताको रूपमा पनि परिस्कृत हुन्छ (उहीँ पृ. ८४) । यो अत्यन्तै महत्वपूर्ण र अर्थपूर्ण कथन हो । यसको अर्थ यो भयो कि उत्पादक श्रम एउटा यस्तो विन्दुसम्म विकसित हुन सक्दछ, जहाँ त्यो आफ्नै निषेध गरेर यन्त्रमा विलीन हुन्छ । र, यो निषेध बिन्दु त्यो बिन्दु हुन्छ, जहाँ "श्रमको उत्पादकत्व" ले आफ्नो कार्य "यन्त्र को उत्पादकत्व" लाई सुम्पिदिन्छ । मार्क्स स्वयंले भन्दछन् कि श्रमको उत्पादकत्वको सीमा कम हुँदै-हुँदै अत्यन्तै सानो हुन्छ। यो तर्कलाई अगाडि विकसित गर्दै हामीले भन्न सक्दछौं कि यो सीमा एउटा बिन्दुमा पुगेर समाप्त हुन्छ । यसबाट अनिवार्य रूपले यही निष्कर्ष निस्किन्छ कि श्रमको शक्ति र क्षमता ऐतिहासिक र शारीरिक (जैविक) रूपले सीमित हुन्छ र त्यसैकारण उत्पादनका साधनहरूको विकासको विशेष चरणमा यो क्षमता पूर्ण रूपले निर्जीव स्वचालित यन्त्रहरू वा व्यवस्थाहरूलाई सुम्पिदिनुपर्दछ । आजको माइक्रो-इलेक्ट्रोनिक प्रणालीमा ठीक यही प्रक्रिया चलिरहेको छ । मार्क्सका अनुसार विज्ञान र प्रविधिको प्रयोगको फलस्वरूप उत्पादन प्रक्रिया सरल श्रम प्रक्रियाबाट वैज्ञानिक प्रक्रियामा बदलिन्छ।
मार्क्स अगाडि भन्दछन् , “.......विज्ञानबाट प्रत्यक्ष रूपमा निस्किएका यान्त्रिक र रासायनिक नियमहरूको प्रयोगको कारण यन्त्रले उही श्रम गर्दछ, जुन पहिले मजदूरले गर्दथ्यो। यो तब मात्र हुन्छ, जब ठूलो यान्त्रिक उद्योगले व्यापक रूप धारण गर्दछ र सम्पूर्ण विज्ञानलाई पूँजीको सेवामा लगाइन्छ, अर्कोतिर आविष्कार कारोबार बन्दछ र उत्पादनमा विज्ञानको प्रयोगले स्वयं विज्ञानको महत्वलाई बढाइदिन्छ ।" (उहीँ पृ. ८९-९०)
विचारणीय विषयको सम्बन्धमा यस उद्धरणमा दुई महत्वपूर्ण कुराहरूमाथि ध्यान दिनु आवश्यक छ । पहिलो कुरा यो हो कि मार्क्सले यन्त्रद्वारा उही श्रम गर्ने कुरा गरेका छन् जुन पहिले मजदूरले गर्दथ्यो । उनको यो प्रस्थापना आकस्मिक होइन। यसको अत्यन्तै गहन तथा सारगर्भित अर्थ छ र यो गहनता समयसँगै बढ्दै गइरहेको छ । स्पष्ट छ कि मार्क्स मानिसका पूर्ण श्रमहरू यन्त्रलाई सुम्पिनुको फलस्वरूप श्रमप्रक्रियाको समाप्तिसम्बन्धी निष्कर्षतिर बढिरहेका छन् । सम्पूर्ण श्रम यन्त्रलाई सुम्पनुका के परिणाम हुन सक्दछन्? विशेषगरी मूल्य, वर्गीय ढाँचा, सामाजिक स्वरूप इत्यादिमा ? यसमाथि अलग्गै विचार गर्नु आवश्यक छ ।
मार्क्सको अर्को कुरा विज्ञानको भूमिकासँग सम्बन्धित छ । यहाँ उनी विज्ञान प्रविधि प्रभावशाली उत्पादक शक्ति बन्ने कुरा गरिरहेका छन् । यसप्रकार मार्क्स आफ्नो युगमा वैज्ञानिक प्राविधिक परिवर्तनहरू र पछि आउने परिवर्तनहरूलाई स्वीकार गर्दै तिनीहरूमाथि गहिरोसँग विचार गर्दछन् । यो विचारलाई उनले अगाडि कसरी विकसित गर्दछन् त्यसलाई हेरौं । यसमाथि ध्यान दिऔं कि श्रमप्रक्रिया लुप्त हुने विश्लेषण उनी कसरी गर्दछन् :
"... जब-जब ठूलो उद्योग विकसित हुँदै जान्छ, तब-तब वास्तविक धनको निर्माण श्रमकाल र श्रमको मात्राको कारण कम र श्रमकालको क्रममा चलिरहेका यन्त्रहरूको शक्ति र गतिको कारण बढीभन्दा बढी हुन्छ । र, यी यन्त्रहरूका शक्ति र प्रभावको त्यो जीवित श्रमकालसँग कुनै सम्बन्ध हुँदैन, जसबाट तिनीहरूको निर्माण भएको छ। तिनीहरूको सम्बन्ध विज्ञानको विकासको आम स्तर र प्रविधिको प्रगति तथा उत्पादनमा विज्ञानको प्रयोगसँग छ ।" (उहीँ पृ. ९०)
आजको वैज्ञानिक-प्राविधिक क्रान्तिका चरित्र र निष्कर्षहरूको सम्बन्धमा अरू के पुष्टि आवश्यक छ ? यी सबै पढ्दै गर्दा लाग्छ मार्क्स १९ औं शताब्दीको लागि होइन बरू २० औं र २१ औं शताब्दीका लागि लेखिरहेका छन् । यहाँ तर्क अगाडि बढाउँदै मार्क्स पुनः एकपटक श्रमको समाप्त हुने भूमिकातिर ध्यानाकर्षित गर्दछन् : "अब श्रम उत्पादन प्रक्रियाको भागको रुपमा देखिंदैन, बरू मानिस यो प्रक्रियाको निर्देशक र नियामकको रूपमा प्रकट हुन्छ... अब श्रमिकले वस्तु तथा आफ्नो बीचमा प्रकृतिबाट कुँदिएका औजारहरुलाई जोड्दैन बरु प्राकृतिक प्रक्रियाहरूलाई नै जोड्दछ(जुन आजको विज्ञान प्रविधि हो ).....। उ अब उत्पादन प्रक्रियामा प्रमुख भूमिकामा रहनुको सट्टा उत्पादन प्रक्रिया बाटै बाहिर रहन्छ।” (उहीँ पृ ९०-९१)
आफ्नो कृति पुँजीको पहिलो खण्डको ‘यन्त्रिकता र आधुनिक उद्योग’’ शीर्षकको अध्यायमा पनि मार्क्सले मेशिनको विकास,मेशिन र मानिस बीचको सम्बन्ध र तत्कालीन र भविष्यमा पनि त्यसले पार्ने प्रभाव बारे प्रकाश पारेका छन्। त्यहाँ उनले आधुनिक उद्योगमा श्रमिक/मानिस पहिले देखि अस्तित्वमा रहेको उत्पादनको भौतिक अवस्थाको एउटा अङ्ग बन्ने कुरा उल्लेख गरेका छन्।
उनी स्पष्ट रूपले भन्दछन् कि पहिले श्रमिकले औजारहरूको प्रयोग गरेर वस्तुको रूप बदल्दथ्यो, अब ऊ औजारहरूबिना नै वैज्ञानिक (प्राकृतिक) प्रक्रियाहरूको उत्पादनमा प्रयोग गरेर वस्तु उत्पादन गर्दछ । आजको सन्दर्भमा मार्क्सको त्यो बेलाको यो खोज निकै नै असाधारण छ।
यहाँ मार्क्स श्रम तथा उत्पादनमाथि वैज्ञानिक प्राविधिक क्रान्तिका प्रभावहरूको विश्लेषण गरिरहेका छन् । उनी यो खोज गरिरहेका छन् कि कसरी मानिस उत्पादन प्रक्रियाभन्दा बाहिर गइरहेको छ र कसरी यो प्रक्रिया स्वयं गतिशील हुन्छ । साथसाथै मार्क्स श्रमका साधनहरू अनावश्यक र लुप्त हुने प्रक्रियाको पनि खोज गरिरहेका छन् । उनी स्पष्ट रूपले भन्दछन् कि पहिले श्रमिकले औजारहरूको प्रयोग गरेर वस्तुको रूप बदल्दथ्यो, अब ऊ औजारहरूबिना नै वैज्ञानिक (प्राकृतिक) प्रक्रियाहरूको उत्पादनमा प्रयोग गरेर वस्तु उत्पादन गर्दछ । आजको सन्दर्भमा मार्क्सको त्यो बेलाको यो खोज निकै नै असाधारण छ।
आफ्नो कृति ‘साम्यवादका सिद्धान्तहरु १८४७' मा सर्वहारा वर्गको उदय कसरी भयो भन्ने सवालमा एङ्गेल्सको जवाफ यस्तो छ ," सर्वहारा वर्गको उदय औद्योगिक क्रान्तिको समयमा भयो जुन अठारौं शताब्दीको उतरार्द्वमा बेलायत र त्यसपछि संसारका सबै सभ्य धनी देशहरुमा हुन पुग्यो । यो औद्योगिक क्रान्ति वाष्प इन्जिनको खोज,विभिन्न घुम्ने टेक्सटाइल मेसिन,यन्त्रिक तान र अन्य सबै यन्त्रिक उपकरणहरुको श्रृङखलाले भएको थियो । यी मेसिनहरु; जुन महङ्गा थिए र फलतः ठूला पुँजीपतिहरुले मात्र खरिद गर्न सक्थे तिनले समग्र उत्पादन पद्दतिमै फेरबदल ल्याइदियो र कामदारहरुलाई विस्थापित गरिदियो,किनकि कामदार र तिनका हाते उपकरणहरुको तुलनामा मेसिनहरुले सस्तो र परिस्कृत रुपमा मालहरुको उत्पादन गर्न सक्दथ्यो। मेसिनहरुले उद्योगलाई सम्पूर्ण तवरले ठूला पुँजीपतिहरुको हातमा सुम्पिदियो र कामदारहरुको कमसल सम्पत्ति (उपकरणहरु ,तानहरु)लाई पुर्ण रुपमा व्यर्थ बनाइदियो।
परिणामत: पुँजीपतिहरुको हातमा छिट्टै नै सबै कुराहरु भयो भने कामदारहरुको लागि केही पनि बचेन। यसप्रकार कारखाना व्यवस्थाको जन्म भयो । मेसिनरी र कारखाना व्यवस्थाको आगमनसँगै उद्योगका प्रायः सबै शाखाहरुमा यो द्रुतगतिमा फैलियो विशेषगरी कपडा ,किताब छपाई ,भाँडाकुडा र धातु उद्योगहरुमा। श्रम,सम्पुर्ण मजदुरहरुमा धेरैभन्दा धेरै विभाजित हुन थाल्यो,यहाँसम्म कि जुन मजदुर यसअघि सम्पुर्ण वस्तुकै निर्माण गर्दथ्यो,अबदेखि त्यसको एक अंश मात्रको हिस्सा बन्यो । श्रम विभाजनले बस्तुहरुको उत्पादन छिटोछरितो र सस्तो बनाउन सम्भव तुल्यायो । यसले सम्पूर्ण मजदुरको गतिविधिलाई सामान्य र अन्त्यहिन बारम्बार चलिराख्ने यन्त्रिक गति मार्फत् न्यून गर्यो जसले पहिला जस्तो मात्र नभई त्यो भन्दा अझ उच्चस्तर प्रदर्शन मेसिनद्वारा गर्न सक्थ्यो । यसरी, यी सबै उद्योगहरू, एक पछि अर्को, वाष्प, मेसिनरी र कारखाना प्रणालीको प्रभुत्वमा परे, जसरी कात्ने र बुनाई पहिले नै परिसकेका थिए।तर सोही समयमा, तिनीहरू ठूला पूँजीपतिहरूको हातमा पनि परे,र ती कामदारहरुसँग जेजस्तो स्वतन्त्रता बाँकी रहेको थियो त्यसबाट पनि वञ्चित भए। बिस्तारै, वास्तविक उत्पादन मात्र होइन तर हस्तकलाहरू पनि कारखाना प्रणालीको प्रान्त भित्र आए किनकि ठूला पूँजीपतिहरूले ठूला कार्यशालाहरू स्थापना गरेर साना मालिक शिल्पकारहरूलाई बढ्दो रूपमा विस्थापित गरे, जसले धेरै खर्च बचत गर्यो र श्रमको विस्तृत विभाजनलाई अनुमति दियो। यसप्रकार सबै औद्योगिक देशहरूमा, वर्तमानमा कारखाना र उद्योगका सबै शाखाहरुमा काम गर्ने सबै प्रकारका मजदुर ,हस्तकला र उत्पादनलाई प्रतिस्थापित गरेको छ। यो प्रक्रियाले पुरानो मध्यम वर्गलाई, विशेष गरी साना हस्तकारहरूलाई, अझ बढी हदसम्म बर्बाद पारेको छ; यसले मजदुरहरूको अवस्थालाई पूर्ण रूपमा बदलेको छ; र दुई नयाँ वर्गहरूको सिर्जना गरेको छ जसले क्रमशः बाँकी सबैलाई आफूतिर समेट्दै गएको छ। यी हुन्:
१. ठूला पूँजीपतिहरूको वर्ग, जुन सबै सभ्य देशहरूमा निर्वाहका प्रायः सबै साधनहरू र ती साधनहरूको उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र उपकरणहरु (मेसिनहरू, कारखानाहरु) समेतको झण्डै एकमात्र मालिक बनेका छन् । यही पूँजीपति वर्ग वा वुर्जुवा हुन्।
२. यो वर्ग जोसँग सम्पत्तिको नाममा केही पनि नभएकोले, जीवन-निर्वाहको आवश्यक साधनहरू प्राप्त गर्नका लागि पूँजीपति वर्गलाई आफ्नो श्रम वेच्न बाध्य छ । यसैलाई सर्वहारा सर्वहारा वर्ग वा सर्वहारा भनिन्छ ।
मेसिन र प्रविधि (जुन सम्पूर्णमा मानव जातिको संग्रहित ज्ञान हो) को प्रयोग पुँजीपतिहरुले आफ्नो नाफाको लागि गरेका छन् यद्यपि यो सबैको साझा हितको विषय थियो। मार्क्स एङ्गेल्सको समय देखि आज सम्मको कुरा गर्नु पर्दा मेसिन र प्रविधिमा स्वचालित गुण विकास गरिएको छ र कृत्रिम बौद्धिकताको विकास चरमत्कोर्षमा पुगेको छ।
यहाँ एङ्गेल्सले औद्योगिक क्रान्तिको सुरुवाती चरणबाटै अत्याधुनिक मेसिन र प्रविधिको विकासले सिङ्गो उत्पादन पद्धति ,उत्पादनका साधनहरुको स्वामित्व,वर्ग संरचना र उत्पादनको स्वरुपमै भारी फेरबदल आएको कुरा गर्छन्। कारखाना तथा उद्योगहरुमा अब मानिस उत्पादनको सानो हिस्सा मात्र बनेको र प्रत्यक्ष उत्पादनबाट विस्थापित भएको कुरा पनि उनी सुस्पष्ट राख्दछन्। मेसिन र प्रविधि (जुन सम्पूर्णमा मानव जातिको संग्रहित ज्ञान हो) को प्रयोग पुँजीपतिहरुले आफ्नो नाफाको लागि गरेका छन् यद्यपि यो सबैको साझा हितको विषय थियो। मार्क्स एङ्गेल्सको समय देखि आज सम्मको कुरा गर्नु पर्दा मेसिन र प्रविधिमा स्वचालित गुण विकास गरिएको छ र कृत्रिम बौद्धिकताको विकास चरमत्कोर्षमा पुगेको छ। एङ्गेल्सले भनेको सानो हिस्साको उत्पादक मजदुर अब समग्र उत्पादन बाटै बाहिरिरहेको छ फलतः सर्वहारा वर्गको एउटा ठूलो हिस्सा विस्थापित वर्गको रुपमा देखा परेको छ। विस्थापित वर्ग त्यो हो जो उत्पादन क्षेत्रबाटै बाहिरीएको छ र बाँच्नको लागि श्रम बेच्ने कुरा पनि उसको लागि लगभग अनिश्चित बनेको छ।
चेकोस्भाकीयको साइन्स एकेडेमीका राडोभान रिच्टा र अनुसन्धान टिमले 'सिभिलाइजेसन यट द क्रसरोड(1966)'पुस्तक नै लेखे जहाँ मार्क्सको ग्रुन्ड्रिजलाई सैद्धान्तिक आधार बनाउँदै विज्ञान प्रविधि मुख्य उत्पादक शक्ति बनेको र वैज्ञानिक प्राविधिक क्रान्तिले समाजका सबै आयामहरुलाई बदलेको विषयलाई विस्तृतमा व्याख्या गरिएको छ।
माओको निधन पछि उदाएका चिनिया नेता(जो खुला बजारका समर्थक थिए) ले चेकोस्लोभाकिएका राष्ट्रपति गुस्ताव हुसाक सँगको बातचितमा भनेका थिए कि, “मार्क्सले विज्ञान प्रविधि उत्पादक शक्तिको अङ्ग हुन् भने। तथ्यहरुले उनलाई सत्य ठहर्यायो। मेरो विचारमा विज्ञान प्रविधि प्रमुख उत्पादक शक्ति हुन्।” (१९८८)
यद्यपि यहाँ उनले गरेको यो कुनै नौलो विषय थिएन। उत्पादक शक्तिको विकास र फेरबदल बारे मार्क्सले पहिले नै उल्लेख गरिसकेको र एक समय आउनेछ जुन बेला विज्ञान प्रविधि प्रभावकारी उत्पादक शक्ति बन्नेछ भन्ने कुरालाई आफ्नो कृति ग्रुन्डिजमा परिकल्पना गरेको कुरा माथिका उद्वरणहरुबाट पाउँदछौँ। फरक यति हो कि मार्क्सले यो परिकल्पना १९ औं शताब्दी तिर गरे तर यसको व्यवहारिक परिदृश्य भने २० औं शताब्दीको पाँचौ दशक पछि तीब्र देखिन थाल्यो।
यी लगायत त्यस्ता धेरै लेख,रचना र पुस्तकहरु पनि प्रकाशित भईसकेका छन् जसले सैद्धान्तिक रुपमा विज्ञान प्रविधिलाई मुख्य उत्पादक शक्ति बन्न गएको तथ्य माथि व्यवहारिक व्याख्या गर्दछ।
फेरिएको उत्पादन सम्बन्ध
मार्क्सवादले मानव समाजको विकासको द्वन्द्वात्मक भौतिकवादी विश्लेषण गर्दै के अवधारणा अघि सार्यो भने मुख्य उत्पादक शक्ति फेरिएपछि उत्पादन सम्बन्धका तीनवटै आयाममा परिवर्तन हुन थाल्नु नै युग परिवर्तनले गति लिनु हो । यो संश्लेषणलाई आत्मसात् गर्दा हिजोको मुख्य उत्पादक शक्ति गुणात्मक रूपमा फेरिएर मुख्य उत्पादक शक्तिका रुपमा विज्ञान-प्रविधिले स्थान लिइसकेको निष्कर्षलाई प्रष्ट पार्न उत्पादन सम्बन्धमा पनि तीव्र परिवर्तन भएको दृष्टान्तलाई स्पष्ट गर्नुपर्ने अनिवार्य आवश्यकता हुन्छ । उत्पादन सम्बन्धका तीन आयाम हुन्छन्- १) स्वामित्वको स्वरूप २) वितरण प्रणाली र ३) उत्पादनमा मानिसको भूमिका र मानिसहरूबीचको आपसी सम्बन्ध ।
अ) स्वामित्वको स्वरूपमा परिवर्तन
हिजोको एकाधिकारी पुँजीवादको युगसम्म मुख्य उत्पादक शक्ति पूँजी भएको बेला उत्पादनका साधन पुँजीवादी राज्यसत्ताको सुरक्षामा पुँजीपति वर्गको कब्जामा हुन्थ्यो । सर्वहारा-श्रमिकहरू आफ्नो श्रमशक्ति लगानी गर्न पुँजीपतिको अनुमतिमा घण्टी बजेपछि कारखानाभित्र छिर्नु पर्दथ्यो । यसरी उत्पादक शक्तिको औजार र साधन खण्ड पूर्णतः पुंजीपतिवर्गको हातमा हुन्थ्यो, जसले उसलाई मालिक बनाउँथ्यो । तर आज विज्ञान-प्रविधि नै मुख्य उत्पादक शक्ति बन्न पुगेकाले स्वामित्वको स्वरूप स्वतः परिवर्तन हुने क्रम तीब्र हुन थालेको छ । विज्ञान-प्रविधि भनेको त ज्ञान हो, ज्ञानलाई पर्खाल लगाएर वा सशस्त्र फौजको क्याम्पमा थुन्न सकिंदैन । विज्ञान मानिसले पत्ता लगाएको प्रकृतिको नियम हो । विज्ञान-प्रविधि प्रकृतिभित्रको मानिसले पत्ता लगाएको प्रकृति नै भएकाले प्रकृतिमाथि सबै मानिसको स्वामित्व हुनसक्दछ । अल्बर्ट आइन्स्टाइनले पत्ता लगाएको सूत्र E = mc² प्रकृतिभित्रकै नियम हो। त्यो नियम अब सबैको सम्पत्ति हो, खास वर्गले मात्र प्रयोग गर्न मिल्ने सम्पत्ति होइन । यही सुत्रको प्रयोग गरि परमाणु बम बनाउन सकिने भएसि अमेरिका जस्तो खास एउटा कुनै राष्ट्रले मात्र नभई उत्तर कोरिया जस्ता अन्य राष्ट्रहरुले पनि यसको प्रयोग गरि बनाउन सक्षम भए । जसरी आदिम साम्यवादी समाजमा प्रकृति नै मुख्य उत्पादक शक्ति हुँदा स्वामित्वको स्वरूप समान थियो, त्यसरी नै आज नयाँ प्रकृति अर्थात् विज्ञान-प्रविधि मुख्य उत्पादक शक्ति भएपछि स्वामित्वको स्वरूप पनि समान हुने क्रम बढेर गएको छ । पुंजीपति वर्गले त्यसलाई प्रयोग गर्न अब अरु रोक्न सक्दैन, रोक्ने क्षमता नै पुंजीवादसँग छैन। पुँजी मात्रै हुनेले विज्ञान प्रविधि विना गति लिन सक्दैन तर विज्ञान प्रविधि साथमा हुँदा सारा पुँजीलाई आफूतिर खिच्न सम्भव भएको छ। यही कारणले ठूला पुंजीपति घरानाबाट नआएका माइक्रोसफ्ट र फेसबुक सञ्चालक घरानियां पुराना पुंजीपतिभन्दा बढी सम्पत्तिवान हुनपुगे, किनभने मुख्य उत्पादक शक्ति भइसकेको विज्ञान-प्रविधिलाई घरानियां पुंजीपतिभन्दा उनीहरूले बढी सफलतापूर्वक प्रयोग गरे । आज सानो आकारको, सानो अर्थतन्त्र भएको उत्तर कोरियाले किन संयुक्त राज्य अमेरिकालाई सैन्य चुनौती दिन सम्भव भयो त भन्दा उत्तर सिधा छ- हाइड्रोजन परमाणु बमको विज्ञान-प्रविधि प्रयोग गरेर । आज विज्ञान-प्रविधिको अगाडि अरबौँ पुँजीले पनि शासन गर्न नसक्ने युग आयो, जसरी प्रतिस्पर्धात्मक पुंजीवादको युगमा १०० बिघा जग्गाको धनी सामन्त केही लाख पुंजी र १० वटा कपडा बुन्ने मेसिन भएको पुंजीपतिको अगाडि निरीह बन्ने क्रम सुरु भएको थियो । यसरी स्वामित्वको स्वरूपमा तीव्र परिवर्तनको युग स्पष्ट देख्नसकिन्छ ।
विज्ञान-प्रविधि मुख्य उत्पादक शक्तिका रुपमा अगाडि आउनाले नै हो केही सय परिवारको हातमा संसारको ८५% पुंजी केन्द्रीत हुन पुगेको छ भने व्यापक मात्रामा श्रमिकहरू सेवा क्षेत्रमा फालिने, वेरोजगार हुने र श्रम गर्न नपाउने स्थिति खडा हुने र धनी-गरीबको फासला हिजो भन्दा दशकौ गुणा बढ्दै गएको छ । के यो पुरानो उत्पादन सम्बन्धको वितरण प्रणालीमा आउन सुरू गरेको परिवर्तन होइन ?
आ) वितरण प्रणालीमा परिवर्तन
एकाधिकारी पुँजीवादसम्मको युगमा मानिसको निम्ति आवश्यक प्रत्येक वस्तु पुंजीपतिवर्गले नाफा लिएपछि मात्र प्राप्त हुन्थ्यो, तर आज वस्तुको वितरणको तरीकामा फेरबदल तीव्र रूपमा सुरू भयो । सूचना र सञ्चारको प्रविधिको वितरण माथि चर्चा गरिए झैं अहिले मूलतः सामाजिक बन्दै छ । त्यसबाट नाफा त पुंजीपतिले अझै कमाउँदै छ, तर त्यो आम समाजले जति उपभोग गरे पनि हुने बनेको छ । प्रचुर उत्पादनको सम्भावनाका कारण पर्याप्त वितरण हुने सम्भावना पनि भयो, तर अझै पनि वस्तु मालका रूपमा छन्, किनभने राज्यसत्ता पुँजीवादी छ । टेलिभिजन, क्यामरा, पात्रो, घड़ी, रेडियो, पुस्तक, इत्यादि वस्तुहरू क्रुर पुँजीवादमा समेत नगण्य खर्चमा आम मानिसले प्राप्त गर्न थालिसके । यही त हो- वितरण प्रणालीमा सुरू भएको तीव्र परिवर्तन र सामाजीकरण । अहिले भूमण्डलीकृत पुँजीवादले त विज्ञान प्रविधिलाई कपीराइट र पाइरेसीको नाममा जबर्जस्त निजी बनाउन कोसिस गरिरहेको छ । विज्ञान प्रविधि आफैंमा निजी हुन सक्ने चिज नै होइन । सुरूमा डिजिटल, रेडियो, पात्रो आदि पुंजी कमाउन नै बनाइएको पुंजीपतिले बनाएको हो । तर त्यो विज्ञान-प्रविधि भएकाले धेरै प्राविधिकले बनाउन थाले । त्यसपछि त्यो प्रचुर उत्पादन बन्ने दिशामा गयो । यसरी मानिसको आवश्यकताको उत्पादन प्रचुर हुन थाल्नाले उपभोगका निम्ति वितरण पनि प्रकृतिले उपलब्ध गराएको वस्तुजस्तै जति भोगे पनि मिल्ने हुने क्रम सुरु भयो । विज्ञान-प्रविधि मुख्य उत्पादक शक्तिका रुपमा अगाडि आउनाले नै हो केही सय परिवारको हातमा संसारको ८५% पुंजी केन्द्रीत हुन पुगेको छ भने व्यापक मात्रामा श्रमिकहरू सेवा क्षेत्रमा फालिने, वेरोजगार हुने र श्रम गर्न नपाउने स्थिति खडा हुने र धनी-गरीबको फासला हिजो भन्दा दशकौ गुणा बढ्दै गएको छ । के यो पुरानो उत्पादन सम्बन्धको वितरण प्रणालीमा आउन सुरू गरेको परिवर्तन होइन ?
इ) उत्पादनमा मानिसको भूमिका र मानिसहरूबीचको आपसी सम्बन्धमा परिवर्तन
उत्पादन सम्बन्धको तेस्रो पक्ष मानिसहरूबीचको आपसी सम्बन्ध कस्तो भन्ने विषय हो । पुँजीवाद सुरू भएदेखि एकाधिकारी पुँजीवादको युगसम्म मानिसहरूबीचको सम्बन्धहरू कस्ता थिए त ? पुँजीपति र सर्वहारा, स्वतन्त्र किसान र कृषि मजदुर, दलाल पुँजीपति र राष्ट्रिय पुंजीपति इत्यादि । तर आज विज्ञान-प्रविधि मुख्य उत्पादक शक्ति बन्न पुगेपछि उत्पादन सम्बन्धभित्रको मानिसहरूबीचको आपसी सम्बन्धको चरित्रमा तीव्र परिवर्तन सुरू भएको छ । औद्योगिक सर्वहारावर्गको जमात क्रमशः घट्दो छ । सङ्गठित मजदुरको स्थान असङ्गठित सेवा क्षेत्रका श्रमिकले लिएका छन् । र, श्रम नै गर्न नपाउने विस्थापित चरित्रको विस्थापित वर्ग जन्मिरहेको छ । उत्पादनका थलोबाट सर्वहारालाई विस्थापित गरेपछि तलब माग नगर्ने मेसिनहरू उत्पादनमा क्रियाशील भएकाले ठूलो मात्रामा पुंजीपतिका लागि नाफा सम्भव भयो र मेसिनहरूलाई चलाउने नगण्य सङ्ख्यामा अपरेटर-प्राविधिकलाई धेरै सुविधा दिन सम्भव भएको छ । अपरेटर-प्राविधिकहरू पुंजीपतिवर्गको सहायक अङ्गमा फेरिएका छन् । भूमण्डलीकृत पुँजीवादले लिएको बहुराष्ट्रिय कम्पनीको बाटोले गर्दा उत्पीडित राष्ट्रका राष्ट्रिय पुंजीपतिवर्ग नै हराउन थालेको छ । त्यसको स्थान दलाल पुँजीपति वर्गले लिएको छ । यो मानिसहरूबीचको आपसी सम्बन्धमा तीव्र रूपमा आएको परिवर्तन हो ।
पुरानो १७० वर्षको कम्युनिस्ट आन्दोलनलाई दोहोऱ्याएर होइन, बरू आजको मुख्य उत्पादक शक्ति विज्ञान-प्रविधिमा आधारित भएर अघि बढाइने कम्युनिस्ट आन्दोलनबाट मात्र भूमण्डलीकृत पुँजीवादलाई ध्वस्त पार्दै वैज्ञानिक समाजवादी विश्वक्रान्ति सम्पन्न गर्न सम्भव छ ।
यसप्रकार, उत्पादक शक्तिमा भएको गुणात्मक परिवर्तनले पुंजीवादको विकासक्रमको दृष्टिबाट हेर्दा पूँजीवादको चौथो चरण अर्थात् भूमण्डलीकृत पुंजीवादी युगमा मानव समाज पुगेको छ भने कम्युनिस्ट क्रान्तिको दृष्टिबाट हेर्दा वैज्ञानिक समाजवादी युग प्रारम्भ भएको छ । त्यसकारण आजको युगलाई भूमण्डलीकृत पूँजीवाद र वैज्ञानिक समाजवादी युग को रूपमा परिभाषित गर्नु नै सही हुन्छ । यो युगमा भूमण्डलीकृत पुंजीवाद नाशवान हो भने वैज्ञानिक समाजवाद उदीयमान हो । त्यसैले आजको युगको मूल प्रवृत्ति चाहिँ वैज्ञानिक समाजवाद हो । उत्पादक शक्तिमा भएको यस्तो गुणात्मक परिवर्तनले गर्दा अबको कम्युनिस्ट पार्टी र त्यसको कार्यप्रणाली, क्रान्तिको रणनीति तथा कार्यनीति, रणनीति र कार्यनीतिको शृङ्खलाको सम्बन्धलगायत सबैजसो विषयमा नयाँ संश्लेषणको आवश्यकता छ । कम्युनिस्ट आन्दोलन र क्रान्तिबिना वर्गीय समाजको विध्वंसकारी राज्यको उन्मूलन सम्भव छैन । त्यसैले पुरानो १७० वर्षको कम्युनिस्ट आन्दोलनलाई दोहोऱ्याएर होइन, बरू आजको मुख्य उत्पादक शक्ति विज्ञान-प्रविधिमा आधारित भएर अघि बढाइने कम्युनिस्ट आन्दोलनबाट मात्र भूमण्डलीकृत पुँजीवादलाई ध्वस्त पार्दै वैज्ञानिक समाजवादी विश्वक्रान्ति सम्पन्न गर्न सम्भव छ ।
वैज्ञानिक समाजवादी युगको आरम्भ
उत्पादक शक्तिमा गुणात्मक परिवर्तन हुने सिलसिलाले पुरानै युगको मानव जीवनलाई सहज बनाउने कार्य मात्रै गर्दैन, बरू नयाँ युग वा नयाँ उत्पादन सम्बन्धलाई पनि अनिवार्य रूपमा जन्माउन सुरू गर्दछ । आज मुख्य उत्पादक शक्तिको रूपमा विज्ञान-प्रविधि आएपछि यसले मानव जीवनमा हिजोको दाँजोमा सुविधाहरू पनि थपेको छ र पुंजीवादलाई भूमण्डलीकृत रूपमा शोषण गर्ने अवसर पनि सिर्जना गरेको छ । तर यो मुख्य क्रान्तिकारी पक्ष होइन । मुख्य र क्रान्तिकारी पक्षचाहिँ आजको भूमण्डलीकृत पुंजीवादी साम्राज्यवादी व्यवस्थाभित्रै वैज्ञानिक समाजवादी युग आरम्भ हुन पुग्नु हो । हो, आज वैज्ञानिक समाजवादी युग प्रारम्भ हुन पुगेको छ ।
कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले शानदार रूपमा के संश्लेषण गरेका थिए भने तबसम्म विश्वव्यापी वैज्ञानिक समाजवाद र साम्यवाद सम्भव छैन, जबसम्म मानिसको आवश्यकता पूर्ति गर्नको लागि प्रचुर उत्पादन हुँदैन । वैज्ञानिक समाजवाद-साम्यवाद प्रचुर उत्पादनको युग हुनेछ भन्ने नै त्यो निष्कर्षको सार हो । प्रचुर उत्पादन भन्नाले जीवनका निम्ति आवश्यक आधारभूत चीजहरू खाना, वस्त्र र बासलाई त्यतिबेला मुख्य बनाइएको थियो । आज शिक्षा, स्वास्थ्य र मनोरञ्जन पनि आधारभूत बन्न पुगेका छन् । अब मार्क्स र एङ्गेल्सले संश्लेषण गरेको त्यो प्रचुर उत्पादन हुने युग प्रारम्भ भयो, किनभने विज्ञान-प्रविधि त्यो उचाइमा उत्पादन गर्न सक्ने क्षमता हासिल गरेर अझ द्रुत गतिमा अगाडि बढिरहेको छ ।
केही उदाहरणहरूबाट यो विषय छर्लङ्ग हुन्छ । आज करिब १५ प्रतिशत जनसङ्ख्याले उत्पादन गरेर शतप्रतिशत इजरायलीलाई कृषिजन्य अन्न, माछा-मासु, तरकारीलगायत उपभोग्य वस्तु पर्याप्त बनाएर विदेश निर्यात भइरहेको छ । जब कि कृषिको लागि इजरायलको माटो अन्तको दाँजोमा गुणकारी मानिंदैन । यो के कारणले सम्भव भयो ? कारण प्रष्टै छ- विज्ञान-प्रविधि । यो जीवन्त दृष्टान्तले मात्र पनि के कुरा सजिलै प्रष्ट हुन्छ भने विज्ञान-प्रविधिको तीव्र विकासले खाद्य पर्याप्ततामा मानव समाज अब पुग्न सक्ने भयो । यो विषय मार्क्स-एङ्गेल्सले संश्लेषण गरेको प्रचुर उत्पादनकै युगको प्रारम्भ हो भन्ने स्वीकार गर्न हिच्किचाउनुपर्ने कुनै कारण छैन । प्रविधि त विश्वको जुनसुकै स्थानमा आवश्यक परिमार्जनसहित अपनाउन सकिन्छ । आज नाफाखोर पुँजीवादको हातमा सत्ता हुँदाहुँदै पनि सञ्चार सुविधा प्रचुर हुन पुगेको छ । पुंजीवादले अझै सञ्चारलाई व्यापार बनाइरहेको छ, तर थोरै रकममा वाइफाइ जोडिएपछि विश्वव्यापी सञ्चार सम्बन्धबाट मानिसलाई रोक्न अब उसले नसक्ने भयो । सञ्चारमा भएको यो छेलोखेलो उत्पादन विज्ञान-प्रविधिले ल्याएको हो, जसलाई पुंजीवादले रोक्नै सक्दै न। रेडियो, पात्रो, घडी, क्यामेरा लगायतका चिज अब डिजिटल्ली छ्याल्लब्याल्ल उपलब्ध भयो, जति चाहे पनि उपभोग गर्न सकिने भयो । गीत, सिनेमा, पुस्तकहरू करोडौं करोड मानिसहरूले नगण्य दाममा उपभोग गर्न सक्ने युग आयो । हिजो दुई प्रति कम्युनिस्ट घोषणापत्र पुस्तक पुस्तकालयमा राख्यो भने १०० जनाले पढ्न हप्तौं महिनौं पनि लाग्न सक्दथ्यो, त्यो च्यातिन्थ्यो । तर अब विज्ञान-प्रविधिले एकपटक कम्युनिस्ट घोषणापत्र' पुस्तक इन्टरनेटमा जोडिदिने हो भने दुनियाँभरिका अरबौं मान्छेले एकसाथ पढ्न सक्ने, कपी गरेर जति अर्ब बनाए पनि हुने, अरूलाई डिजिटल्ली बाँड्दा आफूकहाँ पनि रहिरहने भयो । यही त हो मार्क्स-एङ्गेल्सले भनेको प्रचुर उत्पादन । यी केही दैनन्दिन व्यवहार गरिएका दृष्टान्तले के प्रमाणित गर्दछ भने प्रचुर उत्पादनको युग सुरु भयो, पुंजीवादले नचाहेरै पनि आम जनताले उपभोग गरिछाड्ने गरी प्रचुर उत्पादनको सिलसिला प्रारम्भ भयो । हो, भूमण्डलीकृत पुँजीवादी युगभित्र वैज्ञानिक समाजवादी युग प्रारम्भ यसरी हुन पुग्यो ।
केही दशक अगाडिसम्म पुँजीवादले टिकाउ सामान बनाउने, धेरै उत्पादन गर्ने र बढी बेचेर नाफा बटुल्ने रणनीति लिन्थ्यो, किनभने त्यतिबेला प्रचुर उत्पादन हुने विज्ञान-प्रविधि थिएन । उत्पादन थोरै हुने हुनाले अभाव स्वतः रहन्थ्यो, त्यसले अभावमाथि नाफाको रणनीति बनाउँदथ्यो । तर आज पर्याप्त उत्पादन हुने विज्ञान-प्रविधिको युग प्रारम्भ भएकाले पुँजीवाद नाफा बढाउन कृत्रिम अभाव सृष्टि गर्ने, उपभोक्तावादी बनाएर मानिसहरूमा मालको अनावश्यक उपभोगको लत बसाल्ने, छोटो समय मात्र उपभोग गरी फाल्नुपर्ने सामान बनाएर पटक-पटक एउटै उपयोगिताको सामान चाँडो-चाँडो किन्न बाध्य पार्ने, सफ्टवेयरको कुनै नयाँ उपयोगी एप्लिकेसन बेच्दा त्यसलाई बिगार्ने भाइरस पनि सँगै पठाउनेलगायतका रणनीति अख्तियार गर्न बाध्य भएको छ । यसप्रकार के कुरा स्पष्ट हुन्छ भने विज्ञान-प्रविधि नै मुख्य उत्पादक शक्ति भएको युगले गर्दा भूमण्डलीकृत पुँजीवाद पनि सम्भव भयो र त्यसलाई अन्त्य गर्न छ्यालब्याल उत्पादनसहितको वैज्ञानिक समाजवादी युग पनि प्रारम्भ भयो ।
सारांश:-
१.मानव श्रम विना औजार तथा उपकरण मात्रैले उत्पादन गर्दैन मात्र होइन उपकरण र औजार विना मानव श्रम एक्लैले पनि उत्पादनमा सहभागी हुन सक्दैन । सक्छ त केवल प्रकृतिबाट उत्पादित चिजबिजको उपभोग गर्न मात्र । यो सत्य हो कि मानवीय श्रम,ज्ञान र आवश्यकताले नै उपकरण तथा औजार र विज्ञान प्रविधिको समेत विकास गरायो। तर, त्यस्तो कुनै इतिहास छैन जहाँ मानिस मात्रैले प्रत्यक्ष उत्पादनमा एकलौटी भूमिका खेल्यो तर वर्तमान र उन्मुख भविष्यले पनि आज यो स्पष्ट गर्दछ कि प्रत्यक्ष उत्पादनमा मानिसको भूूमिका विस्थापित हुँदैछ र विज्ञान प्रविधिले प्रत्यक्ष भूमिका खेल्दैछ। यस लाई मानव केन्द्रीत यन्त्रिक चिन्तन बाट मुक्त भएर स्वयं मानव समुदायको गौरव र विरासतको रुपमा बुझिलिनुपर्दछ र यसरी मात्र ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादको सहि व्याख्यात्मक प्रयोग हुन सक्दछ।
हिजोको दिनमा पुँजीपतिहरुले मजदुरहरुलाई कजाउनु सम्म कजाउँथ्यो र नाफाको रुपमा मजदुरबाट सिर्जित अतिरिक्त मूल्यको शोषण गर्दथ्यो। तर आजको दिनमा विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्दै सयौं हजारौं संख्याको मजदुरको ठाउँमा केही थान मेसिन र प्रविधिको प्रयोग बाट मनग्ये नाफा सिर्जना गरिरहेको छ।
२.मार्क्सकालीन समय र लेनिन माओ समेतको समय सामुहिक श्रम उत्पादनमा आधारित थियो । कृषि र उद्योग कलकारखानामा व्यापक जनशक्ति खपत हुन्थ्यो । त्यसैको आधारमा कल्पना गरियो प्रचुर उत्पादनको लागि सामुहिक श्रम र उपभोग सहितको समाजवादी समाज। तर, आज परिप्रेक्ष्य निकै फरक छ। कृषि र औद्योगिक उत्पादनमा मानवीय जनशक्तिको व्यापक कटौती हुँदै गईरहेको छ र त्यसको स्थान विज्ञान प्रविधिले लिँदैछ। यसरी प्रत्यक्ष उत्पादनबाट बाहिरिएको ठूलो संख्या सेवा क्षेत्रमा र त्यहाँबाट पनि विस्थापित हुँदै सर्वहारा विस्थापित वर्गको रुपमा दिनप्रतिदिन बढिरहेको छ। हिजोको दिनमा पुँजीपतिहरुले मजदुरहरुलाई कजाउनु सम्म कजाउँथ्यो र नाफाको रुपमा मजदुरबाट सिर्जित अतिरिक्त मूल्यको शोषण गर्दथ्यो। तर आजको दिनमा विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्दै सयौं हजारौं संख्याको मजदुरको ठाउँमा केही थान मेसिन र प्रविधिको प्रयोग बाट मनग्ये नाफा सिर्जना गरिरहेको छ। हिजोको दिनमा मजदुरबाट सिर्जना हुने अतिरिक्त मूल्य आज प्रविधिबाट आर्जन गरिरहेको छ। यससँगै भुमण्डलीकृत पुँजीवादको विकास भएको छ र वर्गीय खाडल तीब्र बढिरहेको छ अझ भनौं वर्गसंघर्ष झन् चर्कदै गईरहेको छ।
यसो हुँदा औद्योगिक पुँजीवादको समयमा व्याख्या गरिएको वर्गविश्लेषणको अब पुनर्व्याख्या गरिनुपर्दछ र त्यसै अनुरुप वर्गसंघर्षलाई चर्काउन आवश्यक देखिन्छ ।
३.अतिरिक्त मूल्यको सिद्धान्त
प्रकृतिमा रहेको कुनै पनि वस्तु माल(विनिमयको लागि तयार वस्तु ) मा रुपान्तरण तबमात्र हुन्छ जब त्यसमा मानव श्रम अन्तर्निहित हुन पुग्दछ। बगरमा लडिरहेको ढुंगाे तबमात्र किनबेचको लागि योग्य हुन्छ जब त्यसमा श्रम लगाइन्छ । निजी सम्पत्तिको सुरुवात सँगै समाज वर्गहरुमा विभाजन भयो । एउटा वर्ग जसले सम्पूर्ण स्रोत साधनमा कब्जा जमाउदै अरुको श्रमबाट सिर्जित नाफाको जीवन बाँच्दै आयो भने अर्को वर्ग जो निरन्तर शोषणमा परिरह्यो। एउटा पुँजीपति वा मालिकले आफ्नो नाममा दाबी गर्ने लगानी र पुँजी यहि शोषणमा आधारित हुन्छ। उदहारणको लागि रु.५००/- बराबरको लगानी एक पुँजीपतिले गर्यो र मजदुर लगाएर त्यसलाई १५००/- मा बेच्यो। मजदुरलाई रु.३००/- ज्याला दिएर (१५००-५००-३००) रु.७००/- नाफा गर्यो जसलाई पुन आफ्नो पुँजी वृद्धिमा(पुँजीको पुनरुत्पादनमा) लगायो। यहाँ स्पष्ट देख्न सकिन्छ कि रु.५००/- को पुँजीबाट मजदुरले आफ्नो श्रम मार्फत् १०००/- बढिको मूल्य सिर्जना गरि रु.१५००/- बनायो । रु.१०००/- मध्ये बाट मजदुरले ज्याला स्वरुप रु.३००/- प्राप्त गरेपनि बाँकी रु.७००/- पुँजीपतिले नाफाको रुपमा आफ्नो खल्तीमा राख्छ। यहि नै मजदुरद्वारा सिर्जित अतिरिक्त मूल्य हो जुन पुँजीपतिले विना श्रम हत्याउँछ। र,ठीक यसरी नै कुनै पनि पुँजीपतिको धनको वृद्धि हुन्छ।
उत्पादनमा मानिसको प्रत्यक्ष भुमिका विस्थापित हुँदै जाँदा मानिस मार्फत् प्रत्यक्ष सिर्जित अतिरिक्त मूल्य पनि अब कटौती हुँदै जाने कुरा स्वाभाविक हो । त्यसो भए शोषणको जड के हो ?
यो मार्क्सकालीन र औद्योगिक समयको कुरा थियो जुन हजारौं लाखौं श्रमिक मजदुरहरु उद्योग तथा कलकारखानामा काम गर्दथे। तर, विज्ञान प्रविधिको विकाससँगै पुँजीवादले पनि आफ्नो विकास र रक्षाको लागि विज्ञान प्रविधिको व्यापक प्रयोग गर्न थाल्यो । अझ भनौं विज्ञान र प्रविधिको युगको गतिलाई समात्न पुग्यो र त्यसको दुरुपयोग गर्यो। बारम्बार मजदुरलाई दिनुपर्ने ज्याला बाट मात्र मुक्त भएन एकैपटकको लगानी बाट उसले विज्ञान प्रविधिको प्रयोग गरि बारम्बार नाफा आर्जन गरिराख्ने भो। पहिला जति ज्याला पाइन्थ्यो त्यसैका लागि समेत अब काम गर्न पाइने भएन भने मजदुर मार्फत् सिर्जना हुने अतिरिक्त मुल्यको कुरा त परको कुरा। यस्तो परिवेशमा अतिरिक्त मुल्यको सिद्धान्तको औचित्य अब सकियो भन्न खोजिएको होइन मात्र बदलिँदो स्थान र समय सापेक्ष यसको व्याख्या गरिनुपर्दछ भन्ने कुरा मात्र हो । हो, उत्पादनमा मानिसको प्रत्यक्ष भुमिका विस्थापित हुँदै जाँदा मानिस मार्फत् प्रत्यक्ष सिर्जित अतिरिक्त मूल्य पनि अब कटौती हुँदै जाने कुरा स्वाभाविक हो । त्यसो भए शोषणको जड के हो ?
पहिलो कुरो आजसम्मको व्यक्ति विशेष वा कम्पनीको नाममा थुप्रिएको सम्पत्ति शोषणमा आधारित छ त्यसको न्यायिक वितरण आवश्यक छ। दोस्रो,उत्पादनमा विज्ञान प्रविधिको प्रत्यक्ष भुमिका बढे सँगै अब प्रचुर उत्पादनको सम्भावना पनि सत प्रतिशत बढेको छ। समाजवादमा सबैलाई पुग्ने गरि गरिने उत्पादन अब सम्भव भएको छ। तर,उत्पादनका साधनहरुमा सिमित मानिसहरूको पकडले सहि वितरण हुन पाइरहेको छैन। निकै कम श्रममा सबैलाई पुग्ने गरि प्रशस्त उत्पादनको विषय सुनिश्चित भएको छ भने वितरणमा भईरहेको असमानताले वर्गीय खाडल झन्झन् बढाइरहेको छ। मानव हितको लागि प्रयोग हुनुपर्ने मानव सञ्चित ज्ञान विज्ञान प्रविधिको प्रयोग मानव शोषणकै लागि भईरहेको छ। यस अर्थ विज्ञान प्रविधिबाट सिर्जना भएको भनिएको अतिरिक्त मूल्य पनि शोषणकै फेरिएको स्वरुप हो , शोषणकै निरन्तरता हो । प्रविधिको प्रयोग समस्या होइन तर मानव शोषणको लागि यसको प्रयोग चाहिँ समस्या हो । समाजमा वर्ग छ त्यसैले वर्गसंघर्ष पनि जारी नै रहन्छ। यद्यपि बदलिँदो परिवेश समय सापेक्ष वर्गसंघर्षको आयामहरुलाई हामीले समेट्न सक्नुपर्दछ। वर्ग समाजको सहि विश्लेषण विना निश्चय नै वर्गसंघर्ष सम्भव छैन।
४.कुनै पनि सामाजिक व्यवस्थाको परिवर्तन उत्पादक शक्तिको परिवर्तनपछि मात्र सम्भव छ । प्रकृति उत्पादक शक्ति भएको आदिम साम्यवादलाई सामूहिक मानव श्रम उत्पादक शक्ति भएको दास युगले विस्थापित गर्यो । सामूहिक मानव श्रम (दासको श्रम) प्रमुख उत्पादक शक्ति भएको दास युगलाई जमिन मुख्य उत्पादक शक्ति भएको सामन्तवादले, जमिन मुख्य उत्पादक शक्ति भएको सामन्तवादलाई पुंजी मुख्य उत्पादक शक्ति भएको पुंजीवादले विस्थापित गर्यो । पुरानो उत्पादक शक्तिसंग उत्पादन क्षमता रहेसम्म कुनै सामाजिक व्यवस्थामा अर्थात् उत्पादन सम्बन्धमा परिवर्तन सम्भव छैन । मार्क्सले आफ्नो युगको उत्पादक शक्ति पुँजी, प्रविधि र मानव श्रममध्ये सामूहिक मानव श्रमलाई प्रमुख उत्पादक शक्तिको रूपमा ल्याउन चाहन्थे । र त मानव श्रमलाई श्रमशक्तिको रूपमा परिभाषित गर्थे । रूस र चीनको समाजवादी क्रान्ति पुंजीवादलाई ढाल्दै श्रमशक्तिलाई मुख्य उत्पादक शक्ति बनाउँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न भएको थियो । त्यस समयमा यो त्यति अव्यवहारिक पनि थिएन।
त्यतिबेला पनि श्रम शक्तिलाई प्रमुख उत्पादक शक्ति बनाउन प्रयत्न गर्दा अन्य सहायक उत्पादक शक्ति जस्तो जमिन, प्रविधिलाई प्रयोग गर्ने भन्ने नै थियो। तर मुख्य उत्पादक शक्ति नबदली सामाजिक व्यवस्था बदलिंदैन भन्ने तथ्य ऐतिहासिक भौतिकवादी दृष्टिले सिद्ध गरिदियो । रूस र चीनको समाजवादपछि खासगरी दोस्रो विश्वयुद्धपछि मानवश्रम, पुंजी र जमिनलाई कमजोर बनाउँदै नयाँ उत्पादक शक्तिको रूपमा विज्ञान प्रविधि आयो । रूस र चीनको समाजवादी सत्ताहरुले पक्रिन नसकेको एउटा मुख्य विषय भनेकै श्रमशक्तिको आधारमा विकास गर्न खोजिएको समाजवादलाई विज्ञान प्रविधिमा आधारित वैज्ञानिक समाजवादमा रूपान्तरण गर्न नसक्नु हो । नयाँ मुख्य उत्पादक शक्तिको रूपमा आएको विज्ञान प्रविधिलाई प्रयोग गरेर पुँजीवादले भूमण्डलीकरणको स्वरूप लियो भने समाजवादी सत्ताहरु ढल्न पुगे ।
नयाँ र मुख्य उत्पादक शक्तिको रूपमा आएको विज्ञान प्रविधिले प्रचुर उत्पादन, समानता र निजी स्वामित्वको अन्त्यको वैज्ञानिक समाजवादी विशेषता लिएर आयो । किनकी विज्ञान प्रविधिमार्फत् उत्पादन गर्दा छ्यालब्याल उत्पादन हुन सक्ने, छ्यालब्याल उत्पादनको विनिमय, वितरण र उपभोगमा समानता हुन सक्ने र जमिन, पुँजी, औजारजस्तो विज्ञान प्रविधि निजी हुन नसक्ने सम्भावनालाई विज्ञान प्रविधि मार्फत् सुनिश्चित गर्न सकिने स्थिति बन्यो । त्यसकारण मार्क्सवादले वैज्ञानिक समाजवादभित्र जेजस्ता विशेषताको परिकल्पना गरेको थियो, त्यो विज्ञान प्रविधिको प्रयोगले अति सहज हुने स्थिति पैदा भएको छ । यसकारण प्रचुर अर्थात् छ्यालब्याल उत्पादन गर्ने वैज्ञानिक समाजवादको विशेषता प्रमुख उत्पादक शक्ति विज्ञान प्रविधि हुँदा सम्भव हुने भएको छ ।
संसारभर आजको भूमण्डलीकृत पुँजीवाद विज्ञान प्रविधिमा आधारित उत्पादन प्रणालीको प्रकृयामा गएकोले श्रमको सुनिश्चितताविहीन विस्थापित वर्ग जन्मेको छ भने हाम्रो जस्तो देशमा सेवा र निर्माणको क्षेत्र पनि कम भएकोले उत्पादन, सेवा र निर्माण सबैतिरबाट विस्थापित वर्ग जन्मेको छ ।
५.हिजोसम्म सबैभन्दा पिँधको वर्गको रूपमा सर्वहारा वर्ग थियो । त्यसकारण सर्वहारा वर्गको अधिनायकत्वको नारा घनिभूत बन्यो । आज उत्पादन प्रणालीबाट श्रमशक्तिको विस्थापनसँगै नयाँ सर्वहारावर्गको उदय भएको छ । त्यो विस्थापित वर्ग हो । मजदुर वर्ग पिँधको वर्ग भएपनि उसको श्रमको ग्यारेन्टी थियो । न्यूनतम पारिश्रमिकको ग्यारेन्टी थियो । एक त संसारभर आजको भूमण्डलीकृत पुँजीवाद विज्ञान प्रविधिमा आधारित उत्पादन प्रणालीको प्रकृयामा गएकोले श्रमको सुनिश्चितताविहीन विस्थापित वर्ग जन्मेको छ भने हाम्रो जस्तो देशमा सेवा र निर्माणको क्षेत्र पनि कम भएकोले उत्पादन, सेवा र निर्माण सबैतिरबाट विस्थापित वर्ग जन्मेको छ ।
आजको सर्वहारा वर्गको आयाम पनि बदलिएको छ । नियमित श्रमको प्रकृयामा रहेको सर्वहारा श्रमिक वर्ग । अनियमित श्रमको प्रकृयामा रहेको सर्वहारा श्रमिक वर्ग । र श्रमको कुनै निश्चित नभएको विस्थापित वर्ग ।
यसकारण आजको पिँधको घनत्वको वर्गको रूपमा विस्थापित वर्ग छ । र, विस्थापित वर्गको व्यापकता झन् तीव्रतर छ । यसले वर्गीय खाडल झन् गहिरो बनाइदिएको छ र वर्ग सङघर्षको अपरिहार्यतालाई अझ बढी उजागर गरेको छ ।
सन्दर्भ सामाग्रीहरु:-
1. Marx Engels collected works vol.29; मस्को प्रकाशन
2. Principle of communism(साम्यवादका सिद्धान्तहरु); Marx Engels selected works,vol 1,page 81-97, मस्को प्रकाशन
3. पुँजी पहिलो खण्ड,मस्को प्रकाशन
4. साम्यवाद नै किन?; राहुल सांकृत्यायन,
5. Crisis in ideology; अनिल राजिमवाले (अनुवाद : वैज्ञानिक प्राविधिक क्रान्ति र नयाँ समाजको उदय), अनुवादक:नारायण गिरी र रमेश सुनुवार
6. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल प्रथम भेलाबाट पारित राजनीतिक प्रतिवेदन तथा विद्यान
7. राजनीतिक अर्थशास्त्रको आलोचनाको रुपरेखा / पुँजीको रुपरेखा / Grundisse ; कार्ल मार्क्स
8. टिनएजर मार्क्सवाद,जागृत रायमाझी ;नयाँ युगान्तर वर्ष १ अंक १,
9. www.marxists.org
10. विज्ञान प्रविधिको विकास र मार्क्सवाद; रमेश सुनुवार; thayayatra.com
11. के हो कृत्रिम बौद्धिकता?; nepalviews.com
12. Science and technology constitute a primary productive force 1988; Deng Xiaping Works , marxist.org
13. Robotics report: 2022 IFR official website
14. Civilization at the crossroad;Social and Human Implications of the Scientific and Technological Revolution by Radovan and research team(1966)
15. Karl Marx’s Theory of the Productive Forces in the Present Fourth Industrial Revolution By Kien Thi Pham (2021)/ (www.jsser.org)
कम्युनिस्ट आन्दोलनको पुनर्गठन, अब कहाँबाट प्रस्थान गर्ने?
जातीय समूह, जनसमुदाय र राष्ट्र
वैश्विक यथा हाल
आधा कुरा बुझेर वा कुरै नबुझी विवाद चलाउनेहरु
सर्वेक्षणहरु अनुसार, अमेरिकीहरू समाजवादलाई निकै रुचाउँछन्
दुईटै खुट्टा टेकेर हिँड्दै: चिनियाँ आधुनिकीकरणको समाजवाद
‘ट्रान्जेक्सनल’ विश्वव्यवस्था
प्रतिक्रिया