मिसिर बेसरा: अन्तिम पोलिटब्युरो नेता

झन्डै चार दशकसम्म मिसिर बेसरा माओवादी आन्दोलनका सबैभन्दा प्रमुख आदिवासी अनुहारका रूपमा परिचित रहे।

सुनिरमल, भास्कर, प्रधानजी, सागर जस्ता अनेकौं उपनामले चिनिने बेसराले सरकारहरू, व्यापक प्रतिविद्रोह अभियानहरू, सङ्गठनात्मक विभाजनहरू र एक समय भारतको वामपन्थी विद्रोहलाई परिभाषित गर्ने लगभग हरेक प्रमुख नेताको निधनको अवस्थालाई झेलेर बाँचेका थिए।

मिसिर बेसराको पक्राउ अर्को एउटा गिरफ्तारी मात्र होइन; यसले एक किसिमले भन्नुपर्दा, एक समय आफ्नो चरम अवस्थामा ‘रेड करिडोर’ भनिने क्षेत्र अर्थात् आन्ध्र प्रदेशदेखि नेपालको सिमानासम्म फैलिएको जङ्गल र आदिवासी जिल्लाहरूको एक क्षेत्रमा फैलिएको द्वन्द्वको अन्तिम अध्यायलाई सङ्केत गर्छ।

 

यस साता त्यो उल्लेखनीय यात्राको अन्त्य भयो। सुरक्षा फौजले झारखण्डको धनबाद जिल्लाबाट ६५ वर्षीय, अन्तिम पोलिट ब्युरो सदस्यलाई पक्राउ गर्दै देशको सबैभन्दा लामो खोजी अभियानमध्ये एकको अन्त्य गर्‍यो। एक करोड रुपैयाँको पुरस्कार तोकिएका र १५० भन्दा बढी फौजदारी मुद्दाहरूको सामना गरिरहेका बेसरालाई सुरक्षा निकायहरूद्वारा भाकपा (माओवादी) को अन्तिम क्रियाशील हस्तीका रूपमा व्यापक रूपमा हेरिएको थियो। उनको पक्राउ अर्को एउटा गिरफ्तारी मात्र होइन; यसले एक किसिमले भन्नुपर्दा, एक समय आफ्नो चरम अवस्थामा ‘रेड करिडोर’ भनिने क्षेत्र अर्थात् आन्ध्र प्रदेशदेखि नेपालको सिमानासम्म फैलिएको जङ्गल र आदिवासी जिल्लाहरूको एक क्षेत्रमा फैलिएको द्वन्द्वको अन्तिम अध्यायलाई सङ्केत गर्छ।

बेसराको कथा उनको जीवनलाई परिभाषित गर्ने ती जङ्गलहरूभन्दा धेरै टाढाबाट सुरु भएको थियो। सन् १९६० मा झारखण्डको गिरिडीह जिल्लाको माडाडिह गाउँमा जन्मिएका उनी एक साधारण ग्रामीण परिवारमा हुर्किएका थिए। आफ्नो विद्यालय शिक्षा पूरा गरेपछि, उनी राजनीतिशास्त्र र केही विवरणहरूका अनुसार हिन्दी साहित्य अध्ययन गर्न धनबाद गए। यो गहिरो राजनीतिक हलचलको समय थियो। छुट्टै आदिवासी राज्यको माग गर्दै झारखण्ड आन्दोलन गति लिइरहेको थियो, भने उग्र वामपन्थी सङ्गठनहरूले विद्यार्थी र युवा कार्यकर्ताहरूमाझ आफ्नो प्रभाव विस्तार गरिरहेका थिए।

बेसराले पछि आदिवासी समुदाय र गरिब गाउलेहरुमाथि हुने नियमित अपमानलाई प्रत्यक्ष देखेको कुरा स्मरण गरेका थिए। दुईवटा घटनाहरू उनको स्मृतिमा कुँदिएका थिए। एक जना व्यापारीले उनलाई महवा फूलको पैसा तिर्न अस्वीकार गरे र हिंसाको धम्की दिए। अर्को घटनामा, प्रभावशाली जमिन्दारहरूले उनको गाउँबाट कटहरको रुख उखेलेर लैजाने प्रयास गरे। बेसराले स्थानीय युवाहरूलाई सङ्गठित गरे र भौतिक रूपमा उनीहरूलाई रोके।

शुरुमा शिबु सोरेनको झारखण्ड मुक्ति मोर्चाप्रति आकर्षित भएका उनी, क्रमशः चुनावी राजनीतिप्रति निराश बने। त्यसपछि मोड आयो। सन् १९८५ को अक्टोबरमा एक क्रान्तिकारी सांस्कृतिक टोलीले उनको गाउँको भ्रमण गर्‍यो। जब प्रदर्शन सकियो, बेसरा चुपचाप उनीहरूसँगै गए। उनी कहिल्यै घर फर्किएनन्।

प्रारम्भिक छापामार दस्ताहरूले दुई नाले बन्दुक र घरेलु हतियारहरू मात्र बोकेका हुन्थे। गाउँका मानिसहरू प्रायः उनीहरूलाई माओवादी विद्रोहीभन्दा पनि मामुली अपराधी ठान्थे। तर सन् २००४ मा माओवादी कम्युनिष्ट सेन्टर (एमसीसी) पिपुल्स वार ग्रुपसँग गाभिएर भाकपा (माओवादी) बनेपछि, विद्रोहले एकताबद्ध कमान्ड, बलियो रसद र सुसंगत सैन्य सिद्धान्त प्राप्त गर्‍यो।

 

उनकी पत्नी मोनासी देवीले अन्ततः जीवनलाई नयाँ ढंगले अघि बढाइन् र पुनर्विवाह गरिन् । उनीहरूका छोरा, सिद्धार्थले पत्रकारहरूलाई बताए अनुसार उनले बुबा स्थायी रूपमा भूमिगत भएपछि हराउनु अघि केही पटक मात्र भेटेको सम्झना छ।

बेसराले सहभागी भएको आन्दोलन तबसम्म सानो र कमजोर रूपमा सुसज्जित थियो। प्रारम्भिक छापामार दस्ताहरूले दुई नाले बन्दुक र घरेलु हतियारहरू मात्र बोकेका हुन्थे। गाउँका मानिसहरू प्रायः उनीहरूलाई माओवादी विद्रोहीभन्दा पनि मामुली अपराधी ठान्थे। तर सन् २००४ मा माओवादी कम्युनिष्ट सेन्टर (एमसीसी) पिपुल्स वार ग्रुपसँग गाभिएर भाकपा (माओवादी) बनेपछि, विद्रोहले एकताबद्ध कमान्ड, बलियो रसद र सुसंगत सैन्य सिद्धान्त प्राप्त गर्‍यो।

बेसराजस्ता योद्धाहरु यो नयाँ संरचनामा फस्टाए। आन्दोलनका केही बौद्धिक नेताहरूभन्दा फरक, उनले एक परिचालन योजनाकारको रूपमा आफ्नो ख्याति कमाए। उनी केन्द्रीय सैन्य आयोगमा सामेल भए र अन्ततः झारखण्ड, छत्तीसगढ, ओडिशा, पश्चिम बंगाल र असमका केही भागहरू समेटिएको पूर्वी क्षेत्रीय ब्युरोको निरीक्षण गर्दै पोलिट ब्युरो सदस्य बने। उनले सैन्य गुप्तचर, भर्ती र हतियार खरिदको काम पनि सम्हालेका थिए।

अनुसन्धानकर्ताहरूले उनलाई विद्रोहका केही सबैभन्दा घातक अपरेशनहरूमा संलग्न रहेको पाएका थिए। यसमा दर्जनौं सुरक्षाकर्मीहरू मारिएका पश्चिम सिंहभूमिका सन् २००३ र २००४ का बारुदी सुरुङ आक्रमणहरू, बालिबा आक्रमण, र पछि भाकपा (माओवादी) लाई भारतको सबैभन्दा शक्तिशाली विद्रोही संस्थाको रूपमा स्थापित गर्ने अपरेशनहरू समावेश थिए। प्रहरी चौकीहरूमाथिका आक्रमणहरू, एम्बुसहरू र आन्दोलनलाई आर्थिक सहयोग गर्ने असुली सञ्जालहरूसँग सम्बन्धित अनुसन्धानहरूमा पनि उनको नाम बारम्बार आएको थियो।

दर्जनौं सुरक्षाकर्मीहरू मारिएका पश्चिम सिंहभूमिका सन् २००३ र २००४ का बारुदी सुरुङ आक्रमणहरू, बालिबा आक्रमण, र पछि भाकपा (माओवादी) लाई भारतको सबैभन्दा शक्तिशाली विद्रोही संस्थाको रूपमा स्थापित गर्ने अपरेशनहरू समावेश थिए।

करीब दुई दशकअघि, सन् २००७ मा प्रहरीले उनलाई लगभग संयोगवश पक्राउ गरेको थियो। एक प्रहरी टोलीले उनले यात्रा गरिरहेको सवारी साधनलाई रोक्यो। अधिकारीहरूसँग उनको तुलना गर्न कुनै तस्बिर थिएन। होचो, मृदुभाषी र शारीरिक रूपमा सामान्य देखिने उनी, गुप्तचर रिपोर्टहरूमा वर्णन गरिएका भयानक छापामार कमान्डर जस्ता बिलकुलै देखिएका थिएनन्। पछि मात्र कार्यकर्ताहरूले उनको पहिचान गरे।

त्यसको लगत्तै, यस संवाददाताले उनलाई झारखण्डको एक जेलभित्र भेटे, जुन कुनै पनि पत्रकारसँगको उनको पहिलो अन्तर्वार्ता बन्न पुग्यो। जाडोबाट बच्न बर्को ओडेका उनले एक नम्र मुस्कानका साथ चुरोट लिन अस्वीकार गरे। उनले भने, ‘मैंने चुरोट छाडिदिएको छु।’

एक प्रहरी टोलीले उनले यात्रा गरिरहेको सवारी साधनलाई रोक्यो। अधिकारीहरूसँग उनको तुलना गर्न कुनै तस्बिर थिएन। होचो, मृदुभाषी र शारीरिक रूपमा सामान्य देखिने उनी, गुप्तचर रिपोर्टहरूमा वर्णन गरिएका भयानक छापामार कमान्डर जस्ता बिलकुलै देखिएका थिएनन्।

उनको कुनै पनि कुराले एक कठोर विद्रोहीको पूर्वाग्रहलाई  झल्काउँदैनथ्यो। संगठन, अनुशासन र क्रान्तिबारेको दीर्घकालीन रणनीतिकबारे उनी शान्तपूर्वक, लगभग शैक्षिक शैलीमा कुरा गर्दै थिए। उनले सुरुका दिनहरूको बारेमा कुरा गरे, जब धेरै नयाँ भर्तीहरू जङ्गलको जीवन सहन नसकेर आन्दोलन छोडेर भाग्थे, उनले बताए। जो रोकिए, उनीहरू वैचारिकभन्दा पनि व्यावहारिक कारणले रोकिएका थिए। संगठनले उनीहरूलाई आफूहरू आएको गरिब र उपेक्षित गाउँमा दुर्लभ रहेका भोजन, जीवनको उद्देश्य र सम्मानको अनुभूति प्रदान गरेको थियो।

उनको मूल्याङ्कनले भारतको माओवादी द्वन्द्वबारेको एक अप्रिय सत्यलाई उजागर गर्‍यो: यो विद्रोह राजनीतिक दृढ विश्वासमा मात्र नभई गहिरो सामाजिक तथा आर्थिक वञ्चितीकरणमा पनि टिकेको थियो।

बेसराले यो पनि स्वीकार गरे कि आन्दोलन भारतका सहरहरूमा अर्थपूर्ण ढङ्गले विस्तार हुन असफल भएको थियो।

उनले टिप्पणी गरे, ‘मध्यम वर्गको सहभागिता बिना कुनै क्रान्ति हुनेछैन।’

यो एउटा यस्तो स्वीकारोक्ति थियो जसमा माओवादीहरूले ग्रामीण विद्रोहहरू सिर्जना गर्न त सफलता पाएका थिए तर राष्ट्रव्यापी क्रान्ति अन्तर्गत  आवश्यक ठानिएका सहरी सञ्जालहरू निर्माण गर्न असफल भएका थिए।

सन् २००९ को अगस्टमा, जब बेसरालाई न्यायाधीशसमक्ष पेस गरिँदै थियो, तब भारी हतियारधारी माओवादीहरूले बिहारको लखीसराय अदालत परिसरमा आक्रमण गरे। उक्त आक्रमणमा एक प्रहरीको मृत्यु भएको थियो भने त्यसैको आडमा बेसरा भाग्न सफल भएका थिए।

एकपछि अर्को गर्दै वरिष्ठ नेताहरू मारिने वा पक्राउ पर्ने क्रमसँगै सङ्गठन लगातार कमजोर हुँदै गयो। दुर्गम जंगलहरुमा सडकहरू पुगे। मोबाइलको पहुँच विस्तार भयो। गुप्तचर सञ्जालहरू नाटकीय रूपमा सुधारिए।

तसर्थ, त्यसको अर्को १६ वर्षसम्म बेसरा भूमिगत नै रहे। एकपछि अर्को गर्दै वरिष्ठ नेताहरू मारिने वा पक्राउ पर्ने क्रमसँगै सङ्गठन लगातार कमजोर हुँदै गयो। दुर्गम जंगलहरुमा सडकहरू पुगे। मोबाइलको पहुँच विस्तार भयो। गुप्तचर सञ्जालहरू नाटकीय रूपमा सुधारिए। सुरक्षा बलहरूले ठूला सैन्य परिचालनको सट्टा सटीक, गुप्तचरमा आधारित कारबाहीहरूमा बढी भर पर्न थाले। यसैबीच, आत्मसमर्पण नीतिहरूले सयौं कार्यकर्ताहरूलाई विद्रोह छाड्न मनाए। तर बेसराले त्यो बाटो रोजेनन्। उनी माओवादीहरूको अन्तिम गढहरूमध्ये एक मानिने झारखण्डको साराण्डा जङ्गलतिर पछि हटे।

उनको पक्राउले अहिले एक व्यक्तिको भाग्यभन्दा बढीको महत्व बोकेको छ। परिचालनका हिसाबले, भाकपा (माओवादी) लगभग शून्यमा झरेको छ। एक समय मध्य भारतभरि भारतीय राज्यको अधिकारलाई चुनौती दिने फैलिएको ‘रेड करिडोर’ धेरै हदसम्म समाप्त भइसकेको छ। यस अर्थमा, अन्तिम प्रमुख पोलिट ब्युरो कमान्डरको पक्राउले भारतको सबैभन्दा लामो आन्तरिक सशस्त्र द्वन्द्वको प्रतीकात्मक अन्त्यलाई प्रतिनिधित्व गर्दछ।

तर यसले भारतीय राज्यले बेवास्ता गर्न नहुने एउटा चेतावनी पनि पछाडि छोडेको छ।

मिसिर बेसराले लगभग चार दशकसम्म एउटा यस्तो क्रान्ति सम्पन्न गर्ने प्रयासमा आफ्नो जीवन बिताए, जुन अन्ततः सफल हुन सकेन। उनी र उनका सहयोद्धाहरूले आफ्नो संघर्षले भारतलाई रूपान्तरण गर्ने विश्वास गरेका थिए। तर अन्ततः उनीहरू आफूले मुक्त गराउने दाबी गरेका जनताप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न असफल भए।

माओवादी आन्दोलन भूमि खोसिनु, आदिवासी समुदायको विस्थापन, ठेकेदारहरूको शोषण, कमजोर सुशासन तथा दुर्गम क्षेत्रमा राज्यका संस्थाहरूको अनुपस्थितिजस्ता वास्तविक गुनासाहरूको पृष्ठभूमिबाट उब्जेको थियो। सुरक्षा कारबाहीहरू सशस्त्र सङ्गठनलाई कमजोर बनाउन सफल भएका छन्। ती आधारभूत अवस्थाहरूको सम्बोधन गरिएको छ कि छैन भन्ने प्रश्न भने अझै बढी जटिल बनेको छ। मिसिर बेसराले लगभग चार दशकसम्म एउटा यस्तो क्रान्ति सम्पन्न गर्ने प्रयासमा आफ्नो जीवन बिताए, जुन अन्ततः सफल हुन सकेन। उनी र उनका सहयोद्धाहरूले आफ्नो संघर्षले भारतलाई रूपान्तरण गर्ने विश्वास गरेका थिए। तर अन्ततः उनीहरू आफूले मुक्त गराउने दाबी गरेका जनताप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न असफल भए।

इतिहासले मिसिर बेसरालाई एक प्रतिबद्ध क्रान्तिकारी, एक निर्दयी विद्रोही वा केवल असफल उद्देश्यका अन्तिम जीवित प्रतिनिधिका रूपमा सम्झिनेछ भन्ने विषयमा मतभेद रहिरहनेछ। तर एउटा कुरा भने अब विवादको विषय रहेन उनको गिरफ्तारीसँगै एउटा युगको अन्त्य भएको छ।

Source: https://openthemagazine.com