मानसिक रोगका कारक जीन पत्ता लाग्यो !
वैज्ञानिकहरूले पहिलो पटक त्यस्तो एकल जीन पहिचान गरेका छन् जसले कुनै अन्य आनुवंशिक वा वातावरणीय कारणको प्रभावबिना पनि प्रत्यक्ष रूपमा मनोवैज्ञानिक/मानसिक रोग उत्पन्न गराउन सक्छ।
यो जीन GRIN2A हो । यस जीनले मानव मस्तिष्कभित्र न्युरोनहरूबीच सञ्चार गराउने NMDA रिसेप्टरहरूलाई नियमन गर्न अत्यन्तै महत्वपूर्ण भूमिका खेल्छ।
यस जीनका भिन्न रूपहरू (variants) प्रारम्भिक उमेरमै देखिने स्किजोफ्रेनिया र अन्य मानसिक स्वास्थ्य समस्याहरूसँग प्रत्यक्ष रूपमा जोडिएका हुने गर्छन्। महत्वपूर्ण कुरा के भने, यी समस्या देखा परेका केही बिरामीहरूमा न त दौरा (seizure) जस्ता न्युरोलोजिकल लक्षण थिए, न त बौद्धिक कमजोरी। यसले धेरै वर्षदेखि रहँदै आएको मानसिक रोग केवल जटिल आनुवंशिक संयोजन र वातावरणीय प्रभावको मिश्रणबाट मात्र उत्पन्न हुन्छ भन्ने मान्यतालाई चुनौती दिन्छ।
यसमा भेटिएको अर्को तथ्य झनै आशाजनक छ । GRIN2A मा उत्परिवर्तन (mutation) भएका केही व्यक्तिहरूमा L-serine नामक सामान्य डायटरी सप्लिमेन्टले उपचारमा राम्रो प्रतिक्रिया देखाएको पाइएको छ । यो डायटरी सप्लिमेन्टले जो NMDA रिसेप्टरको कार्यक्षमता बढाउने गर्छ । यसले केही बिरामीहरूको हकमा मानसिक लक्षणहरूलाई सिधै तिनीहरूको जैविक कारणलाई लक्षित गरेर उपचार गर्न सकिने सम्भावना खोलिदिएको छ ।
GRIN2A सम्बन्धी बिरामीहरूको विश्वकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय डाटामा आधारित यो अध्ययन मानसिक स्वास्थ्यमा व्यक्तिगत-आधारित उपचारतर्फ (personalized medicine) एउटा महत्वपूर्ण मोडको संकेत हो। यसले भविष्यमा गरिने उपचारले केवल लक्षण नियन्त्रण गर्न होइन, रोगका मूल आनुवंशिक कारणलाई नै पक्रेर समाधान गर्ने बाटो खोल्न सक्छ।
रजनोवृत्ति र मस्तिष्क स्वास्थ्य: हर्मोन परिवर्तनको प्रभाव
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण
खाद्य अपव्यय: खेर फ्याँक्ने खानेकुराको विषय मात्र होइन, एउटा प्रणालीगत समस्या
जलवायु परिवर्तन: हाम्रा शासकहरूले धान्नै नसक्ने गरी बढेको गर्मी
चरम गर्मी अब स्वास्थ्य संकट: पूर्वाधार र ज्यान दुवै जोखिममा
कब्जियतबाट छुटकारा पाउनका लागि फाइबरयुक्त उत्तम पाँच खानेकुराहरू
प्रतिक्रिया