ओली नेतृत्वको सरकार २२ सदस्यीय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले असार ३१ गते प्रधानमन्त्रीको सपथ खाएका छन् । त्यसका साथै उनले गठन गरेका उनी समेतका २२ सदस्यीय मन्त्रीमण्डलका अन्य सदस्यहरुले पनि सपथ खाएका छन् ।
उनी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनेका हुन् ।
यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
उनको मन्त्रीमण्डलको कार्यविभाजन निम्नानुसार रहेको छ:
केपी शर्मा ओली- प्रधानमन्त्री
प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास
विष्णु पौडेल- उपप्रधान तथा अर्थ
रमेश लेखक- गृह
आरजु राणा- परराष्ट्र
पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
विद्या भट्टराई- शिक्षा
दीपक खड्का- ऊर्जा जलस्रोत तथा सिंचाइ
दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
प्रदीप यादव- खानेपानी
बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी- युवा तथा खेलकुद
अजय चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
बद्री पाण्डे- संस्कृति पर्यटन तथा नागरिक उड्डययन
रामनाथ अधिकारी- कृषि तथा पशुपंक्षी
मानवीर राई- रक्षा
राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
ऐनबहादुर शाही- वन तथा वातावरण
स्मरण रहोस्, संवैधानिक व्यवस्थाअनुसार मन्त्रीपरिषद्को संख्या २५ सम्म मात्र हुनुपर्छ । ओली नेतृत्वको सरकारमा महिलाको न्यून प्रतिनिधित्व (२) जना तथा दलित समूहको प्रतिनिधित्व नै नभएको भनी आलोचना शुरु भएको छ ।
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित: सरकार र पीडितबीच ९ बुँदे सहमति
चीनका लागि पूर्व राजदूतहरूद्वारा परराष्ट्र नीतिप्रति चिन्ता
बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार: योगमाया सम्मान प्रदान
आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक
प्रतिक्रिया