स्वस्थ आँखाको लागि अण्डा
अण्डा आँखाका लागि राम्रो मानिन्छ । एक अध्ययनका अनुसार अण्डाले म्याकुलर डिग्रेसनबाट बचाउने काम गर्छ । म्याकुलर डिग्रेसन भन्नाले उमेर बढ्दै जाँदा देखापर्ने आँखाको समस्या हो । यसमा आँखाको दृष्टिलाई प्रष्ट रुपमा देखाउने भाग म्याकुला नष्ट हुन्छ । म्याकुला हाम्रो आँखाको रेटिनाको पछाडि हुने एउटा भाग हो जुन प्रकाशप्रति संवेदनशील हुने गर्छ । अण्डाले मोतियाबिन्दुको जोखिम कम गर्न पनि मद्दत गर्ने विश्वास गरिन्छ।
अण्डामा उच्च गुणस्तरको प्रोटिन र ९ आवश्यक एमिनो एसिड हुन्छ । अण्डाको नियमित सेवनले रगत जम्ने, स्ट्रोक र हृदयाघातबाट बच्न मद्दत गर्छ। सामान्यत: मुटुका रोगीहरुका लागि अण्डाको सेवन स्वस्थकर नहुने भ्रम बढी प्रचारित छ । हावर्ड स्कूल अफ पब्लिक हेल्थले यसअघि गरेको एक अध्ययनले दिनको एउटासम्म अण्डा खाँदा त्यसले मुटुको रोगसँग कुनै सम्बन्ध नराख्ने देखाएको थियो ।
अण्डाको पहेँलो भागमा कोलिन पाइन्छ जसले मस्तिष्क, स्नायु प्रणाली र कार्डियोभास्कुलर प्रणालीलाई नियन्त्रण गर्न मद्दत गर्छ। अध्ययनका अनुसार अण्डाको मध्यम खपतले कोलेस्ट्रोलमा नकारात्मक असर गर्दैन। अण्डा भिटामिन डी को एक राम्रो प्राकृतिक स्रोत हो। अण्डामा सल्फरको मात्रा उच्च हुनुका साथै भिटामिन र मिनरल्स पाइन्छ। यसले कपाल र नङलाई स्वस्थ राख्न मद्दत गर्छ ।
रजनोवृत्ति र मस्तिष्क स्वास्थ्य: हर्मोन परिवर्तनको प्रभाव
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण
खाद्य अपव्यय: खेर फ्याँक्ने खानेकुराको विषय मात्र होइन, एउटा प्रणालीगत समस्या
जलवायु परिवर्तन: हाम्रा शासकहरूले धान्नै नसक्ने गरी बढेको गर्मी
चरम गर्मी अब स्वास्थ्य संकट: पूर्वाधार र ज्यान दुवै जोखिममा
कब्जियतबाट छुटकारा पाउनका लागि फाइबरयुक्त उत्तम पाँच खानेकुराहरू
प्रतिक्रिया