माओ त्सेतुङ ५० वर्षपछि: उनका शिक्षाहरूको सान्दर्भिकता कायमै छ

सन् १९७६ सेप्टेम्बर ९ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका अध्यक्ष तथा समकालीन युगका एक विशिष्ट मार्क्सवादी माओ त्सेतुङको लामो समयदेखि चलिरहेको अस्वस्थतापछि ८२ वर्षको उमेरमा निधन भयो। उनको निधनसँगै त्यस्तो युगको अन्त्य भयो, जुन युगमा मानवजातिको एक चौथाइ हिस्सा सर्वहारा नेतृत्वमा उठेर साम्राज्यवाद, सामन्तवाद र पुँजीवादको बन्धन तोड्न अघि बढेको थियो।

माओको विरासत आज पनि विराट छ। आधुनिक चीनका मुक्तिदाता, सार्वभौम समाजवादी राज्यका संस्थापक तथा विश्वभरिका उत्पीडित जनतालाई साम्राज्यवाद र उपनिवेशवादविरुद्ध प्रतिरोध गर्न प्रेरित गर्ने क्रान्तिकारीका रूपमा उनको भूमिका यसको जीवन्त प्रमाण हो। इतिहासमा उनले छोडेको छाप अमिट छ,  उनको प्रभाव र सिर्जनात्मक योगदान अतुलनीय उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय श्रमिक वर्गको क्रान्तिकारी विज्ञान– मार्क्सवाद–लेनिनवादलाई संश्लेषण गर्दै त्यसलाई सबै वर्गीय विभेदको उन्मूलनतर्फको आफ्नो क्रान्तिकारी यात्रामा अझ उच्च चरणमा पुर्‍याउनु माओका अग्रणी योगदानमध्ये एक हो।

चीनको रूपान्तरणमा राजनीतिक भूमिका

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक सदस्यका रूपमा उनले समाजवादतर्फको विशिष्ट चिनियाँ बाटो निर्माण गर्न अग्रणी भूमिका खेले। सन् १९२७ को शरद् फसल विद्रोहको नेतृत्व गरे, ग्रामीण सोभियतहरूको स्थापनामा योगदान दिए  र छापामार युद्धका रणनीतिमार्फत लाल सेना निर्माण गरे । यही प्रक्रिया सन् १९३४–३५ को प्रसिद्ध लंग मार्चमा परिणत भयो, जुन धैर्य, दूरदृष्टि र क्रान्तिकारी दृढताको एउटा निर्णायक प्रमाण बन्यो।

सन् १९४९ अक्टोबर १ मा उनले तियानआनमेनबाट घोषणा गरे – चिनियाँ जनता उठिसकेका छन्। यससँगै विदेशी शक्तिहरूद्वारा थोपरिएको अपमानको एक शताब्दीको अन्त्य भयो र देशभित्रका प्रतिक्रियावादी शक्तिहरूमाथि निर्णायक विजय हासिल भयो।

माओ त्सेतुङ चिनियाँ क्रान्तिको अग्रपंक्तिमा उभिए, जसले अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती समाजलाई समाजवादी जनगणतन्त्रमा नाटकीय रूपमा रूपान्तरण गर्‍यो। सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनादेखि दीर्घ मार्च, जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र अमेरिकी समर्थन प्राप्त कुओमिन्ताङलाई पराजित गर्ने जनयुद्धसम्म माओले ग्रामीण क्षेत्रबाट सहरलाई घेराबन्दी गर्ने र किसान सोभियत तथा जनमुक्ति सेनामार्फत द्वैध सत्ता निर्माण गर्ने रणनीतिमा नवीन प्रयोग गरे ।

सन् १९४९ अक्टोबर १ मा उनले तियानआनमेनबाट घोषणा गरे – चिनियाँ जनता उठिसकेका छन्। यससँगै विदेशी शक्तिहरूद्वारा थोपरिएको अपमानको एक शताब्दीको अन्त्य भयो र देशभित्रका प्रतिक्रियावादी शक्तिहरूमाथि निर्णायक विजय हासिल भयो। उनको नेतृत्वमा सञ्चालन गरिएका भूमि सुधार अभियानहरूले करोडौँ गरिब तथा भूमिहीन किसानलाई भूमि पुनर्वितरण गरे र जमिनदार वर्गको शक्तिलाई ध्वस्त पारे।

पहिलो पञ्चवर्षीय योजनाले भारी उद्योगका आधारहरू सुदृढ गर्‍यो। निरक्षरता अभूतपूर्व स्तरमा घटाइयो, आधारभूत स्वास्थ्य सेवा र शिक्षा पहिलोपटक ग्रामीण जनताका लागि पहुँचयोग्य बने र चिनियाँ इतिहासमा यसअघि कहिल्यै नदेखिएको स्तरमा महिलाहरूलाई उत्पादन र राजनीतिक जीवनमा समाहित गरियो।

आफ्नो जीवनको अन्तिम वर्षहरूमा माओले पार्टी र राज्यभित्र पुँजीवादको पुनर्स्थापनाविरुद्धको संघर्षलाई पुनर्जीवित गरे । सन् १९६६ देखि १९७६ सम्म चलेको महान् सर्वहारा सांस्कृतिक क्रान्ति समाजवादी व्यवस्थाभित्रका नोकरशाही विशेषाधिकार, संशोधनवादी प्रवृत्ति र नयाँ बुर्जुवा वर्गको उदयविरुद्ध जनसमुदायलाई परिचालन गर्ने उनको प्रयास थियो। यद्यपि यो क्रान्ति तीव्र अन्तर्विरोध र अतिवादहरूबाट प्रभावित थियो, जसलाई पछि सच्याउनुपर्ने भयो, तथापि यसले क्रान्तिलाई समाजवादी बाटोमा कायम राख्ने ऐतिहासिक प्रयासको प्रतिनिधित्व गर्‍यो।

‘ग्याङ अफ फोर’सँग सम्बन्धित कट्टरपन्थी धारहरूले निरन्तर क्रान्तिलाई कायम राख्ने प्रतिबद्धता जनाएका थिए भने पार्टी र सेनाभित्रका अन्य पक्षहरू, जसमा अघिल्लो क्रान्तिकारी कालखण्डका दिग्गजहरू पनि थिए, वर्षौँको उथलपुथलपछि स्थिरता तर्फ ढल्किएका थिए।

सन् १९७६ सम्ममा नेतृत्वभित्रको शक्ति–सन्तुलनले तीव्र ध्रुवीकरणको अवस्था सिर्जना गरिसकेको थियो। ‘ग्याङ अफ फोर’सँग सम्बन्धित कट्टरपन्थी धारहरूले निरन्तर क्रान्तिलाई कायम राख्ने प्रतिबद्धता जनाएका थिए भने पार्टी र सेनाभित्रका अन्य पक्षहरू, जसमा अघिल्लो क्रान्तिकारी कालखण्डका दिग्गजहरू पनि थिए, वर्षौँको उथलपुथलपछि स्थिरता तर्फ ढल्किएका थिए।  सन् १९७६ जनवरीमा चाउ एनलाईको निधन र त्यसपछि तङ स्याओपिङमाथि गरिएको कारबाहीले यी अन्तर्विरोधलाई अझ तीव्र बनाइसकेको थियो।

समाजको इतिहासमा यसअघि कहिल्यै नभएको स्तरमा व्यापक जनसमुदायले पार्टी नेतृत्वको छानबिन, आलोचना र प्रश्न गर्न सक्थे।

उनको ५०औँ स्मृति वर्षमा हामीले तेस्रो विश्वको एउटा देशमा क्रान्तिकारी लोकतन्त्र इतिहासमै अभूतपूर्व उचाइमा पुगेको अवस्थालाई पुनः स्मरण गर्न आवश्यक छ। जहाँ श्रमिक र किसानका लागि वास्तविक स्वायत्तता स्थापित गरिएको थियो, जुन बुर्जुवा वा पश्चिमी शैलीको लोकतन्त्रमा ती वर्गहरूको हातमा रहेको सतही सत्ताभन्दा बिल्कुल भिन्न थियो। कम्युन र क्रान्तिकारी समितिहरूको स्थापनासँगै श्रमिक र किसानहरूले इतिहासमै अतुलनीय स्वशासन स्थापित गर्न सके।  उनीहरूले खेत र कारखानाहरू स्वतन्त्र रूपमा सञ्चालन गरे। तेस्रो विश्वमा यसअघि कहिल्यै नदेखिएको स्तरमा साक्षरता दर र स्वास्थ्य सुविधाको उपलब्धता बढ्यो। सेनामा पद र श्रेणीगत पदानुक्रम समाप्त गरियो, जसले इतिहासमा नयाँ अध्याय लेख्यो; जनमुक्ति सेनाका सैनिकहरूले खेत र कारखानामा काम गर्ने भूमिकासँग आफ्नो सैनिक भूमिकालाई पालैपालो निर्वाह गर्थे। विद्यालय र कलेजका विद्यार्थीहरूले किसान र श्रमिकहरूसँग घुलमिल हुन तथा उनीहरूबाट शिक्षा लिनुपर्ने व्यवस्था गरिएको थियो। समाजको इतिहासमा यसअघि कहिल्यै नभएको स्तरमा व्यापक जनसमुदायले पार्टी नेतृत्वको छानबिन, आलोचना र प्रश्न गर्न सक्थे।

लेखक ले फेजियनले माओ: अ रीइन्टरप्रिटेसन (Mao: A Re-interpretation)  मा, आफू बुर्जुवा इतिहासकार भए पनि, महान् अग्रगामी छलाङ महान् सर्वहारा सांस्कृतिक क्रान्ति दुवै बीसौँ शताब्दीमा चीनले हासिल गरेको महान् आर्थिक तथा राजनीतिक प्रगतिका पूर्वसंकेत र त्यसलाई अघि बढाउने प्रमुख अभियान भएको दाबी गरेका छन्। महान् अग्रगामी छलाङ र सांस्कृतिक क्रान्तिजस्ता पहलहरूको उद्देश्य क्रान्तिकारी भावना सुदृढ गर्नु, जनसमुदायलाई सशक्त बनाउनु र संशोधनवादविरुद्ध संघर्ष गर्नु थियो। यी प्रयासहरूले राष्ट्रका समाजवादी आधारहरूलाई थप मजबुत बनाए र राजनीतिक जीवनमा जनताको सहभागितालाई अझ तीव्र बनाए।

चिनियाँ क्रान्तिको सफलता हासिल भएपछि पनि माओले उदाहरणीय सन्तुलन र सिर्जनात्मकताका साथ कम्युनिस्ट पार्टी निर्माण जनआन्दोलनलाई शरीरसँग जोडिएको मेरुदण्डजस्तै गरी संश्लेषण गरे ।

चिनियाँ जनयुद्धका क्रममा माओले सैनिक कार्यदिशा जनदिशालाई संयोजन गर्ने असाधारण क्षमता प्रदर्शन गरे  र यी दुईबीच उत्कृष्ट संश्लेषण निर्माण गरे । त्यसैगरी, चिनियाँ क्रान्तिको सफलता हासिल भएपछि पनि माओले उदाहरणीय सन्तुलन र सिर्जनात्मकताका साथ कम्युनिस्ट पार्टी निर्माण जनआन्दोलनलाई शरीरसँग जोडिएको मेरुदण्डजस्तै गरी संश्लेषण गरे । मार्क्सवाद–लेनिनवादमाथिको उनको गहिरो पकडले जटिल अन्तर्विरोधहरू समाधान गर्न र समाजवादी व्यवस्थालाई कायम राख्न वा पुनर्जीवित गर्न उग्र राजनीतिक जनआन्दोलनहरू अघि बढाउन उनलाई सक्षम बनायो। सांस्कृतिक क्रान्ति यसको उत्कृष्ट प्रमाण थियो।

यस क्रममा उनले  अत्यन्त सुसंगत ढङ्गले कम्युनिस्ट पार्टी, रेड गार्ड र जनमुक्ति सेनाबीचको सन्तुलन कायम राखे। उच्च राजनीतिक कौशलका साथ माओले बुर्जुवा वर्गको शक्तिलाई चुनौती दिने र जनसमुदायलाई सशक्त बनाउने राजनीतिक आन्दोलनहरू निर्माण गरे तथा यस संघर्षलाई सताउने गुटबन्दी र अराजकतालाई परास्त गरे ।

निश्चय नै, माओवादी चीनमा ठूला गल्तीहरू पनि भएका थिए। कलाकार र बुद्धिजीवीहरूमाथि गरिएका अतिवाददेखि लिएर, धेरै पार्टी सदस्य र जनतालाई गलत रूपमा  पुँजीवादी बाटो समात्नेहरू भनेर आरोप लगाइनु, पार्टीमाथि जनसमुदायले निगरानी र नियन्त्रण गर्ने प्रक्रियामा अवरोध पुर्‍याउने  अग्रदस्ता–केन्द्रित प्रवृत्ति, क्रान्तिकारी समितिहरूभित्र अपर्याप्त लोकतन्त्र,  नेताहरूको पूजा गर्ने क्रममा कन्फ्युसियसवादी तत्वहरूको पुनरुत्थान, गुटबन्दी र विभाजनवाद, तथा नागरिक जीवनमा सेनाको अत्यधिक हस्तक्षेपजस्ता गम्भीर कमजोरीहरू देखापरे।

माओको निधनको प्रभाव

माओको निधनले तत्कालै सत्ताको रिक्तता र तीव्र राजनीतिक संघर्ष सिर्जना गर्‍यो। त्यसको एक महिनाभन्दा पनि कम समयपछि, सन् १९७६ अक्टोबर ६ मा, मार्शल ये चियानयिङलगायत वरिष्ठ सैन्य नेताहरूको समर्थनमा ह्वा कुओफेङले च्याङ छिङ, चाङ चुनचियाओ, याओ वनयुआन र वाङ होङवनलाई पक्राउ गर्ने आदेश दिए। सांस्कृतिक क्रान्तिको अन्त्य गरियो। ह्वा केही समयसम्म सर्वोच्च पदहरूमा रहे तर सन् १९७८ सम्ममा तङ स्याओपिङ प्रभावशाली नेताका रूपमा उदाए।

धेरै क्रान्तिकारी मार्क्सवादीहरूले यी विकासक्रमलाई समाजवादी उपलब्धिहरूका महत्वपूर्ण पक्षहरू उल्टाउँदै, पार्टी शासनका औपचारिक आधारहरू भने कायम राखेर, चीनलाई निर्णायक रूपमा पुँजीवादी बाटोतर्फ मोड्ने कदमका रूपमा विश्लेषण गरे।

तङको नेतृत्वमा चीनले बजार संयन्त्र, विदेशी लगानी र निजी पुँजी सञ्चयको पुनर्स्थापनातर्फ नाटकीय परिवर्तन सुरु गर्‍यो। धेरै क्रान्तिकारी मार्क्सवादीहरूले यी विकासक्रमलाई समाजवादी उपलब्धिहरूका महत्वपूर्ण पक्षहरू उल्टाउँदै, पार्टी शासनका औपचारिक आधारहरू भने कायम राखेर, चीनलाई निर्णायक रूपमा पुँजीवादी बाटोतर्फ मोड्ने कदमका रूपमा विश्लेषण गरे।

विश्वव्यापी रूपमा हेर्दा, माओको निधन र त्यसपछि चिनियाँ नेतृत्वमा आएको संक्रमणले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई ठूलो धक्का पुर्‍यायो। माओवादले तेस्रो विश्वका कैयौँ पुस्ताका क्रान्तिकारीहरूलाई प्रेरित गरेको थियो, भारतका नक्सलवादीदेखि पेरुको साइनिङ्ग पाथ र नेपालका कम्युनिस्ट शक्तिहरूसम्म। उनीहरूले चीनको अनुभवलाई अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक परिस्थितिका लागि उपयुक्त राष्ट्रिय मुक्ति र समाजवादी निर्माणको एउटा बाटोका रूपमा हेरेका थिए।

माओवादले तेस्रो विश्वका कैयौँ पुस्ताका क्रान्तिकारीहरूलाई प्रेरित गरेको थियो, भारतका नक्सलवादीदेखि पेरुको साइनिङ्ग पाथ र नेपालका कम्युनिस्ट शक्तिहरूसम्म।

चीनको आत्मनिर्भरता, जनदिशा र जनयुद्धको उदाहरणले एउटा नमुनाका रूपमा आफ्नो स्थान कायम राख्यो, यद्यपि आधिकारिक बेइजिङले पछि नवउदारवादसँग आफ्नो सम्बन्ध बढाउने दिशामा परिवर्तन गर्‍यो। विभिन्न ऐतिहासिक चरणमा प्रधान अन्तर्विरोध, किसान वर्गको भूमिका र समाजवादअन्तर्गत क्रान्तिलाई निरन्तरता दिने विषयमा माओका सैद्धान्तिक योगदानहरू आज पनि पूर्व समाजवादी देशहरूमा पुँजीवादको पुनर्स्थापनासामु झुक्न अस्वीकार गर्नेहरूका लागि एउटा सूत्र वा मार्गदर्शक बाटोका रूपमा रहँदै आएका छन्।

आजको चीनमा माओ

माओको छवि आज पनि चिनियाँ सार्वजनिक जीवनमा गहिरोसँग स्थापित छ। उनको तस्बिर अझै तियानआनमेन स्क्वायरमाथि देखिन्छ, उनको अनुहार चिनियाँ मुद्रामा अंकित छ र उनको संरक्षित पार्थिव शरीर बेइजिङस्थित समाधिस्थलमा राखिएको छ, जहाँ ठूलो संख्यामा मानिसहरू पुग्ने गर्छन्।

हेनान प्रान्तको नान्जिए गाउँजस्ता केही समुदायमा–  जसलाई प्रायः ‘चीनको अन्तिम माओवादी गाउँ’ भनेर वर्णन गरिन्छ। स्थानीय बासिन्दाहरूले सामूहिक स्वामित्वका संरचनाहरू कायम राखेका छन् र माओका तस्बिर तथा प्रतीकहरू प्रमुख रूपमा देखिन्छन्। शान्सीको दाझाइ, जुन माओको समयमा राष्ट्रिय कृषि नमुनाका रूपमा प्रचारित गरिएको थियो, त्यहाँ अहिले पर्यटन माओकालीन स्मृतिचिह्नहरूमा केन्द्रित छ।

 ‘चीनको अन्तिम माओवादी गाउँ’ भनेर वर्णन गरिने हेनान प्रान्तको नान्जिए गाउँजस्ता केही समुदायमा स्थानीय बासिन्दाहरूले सामूहिक स्वामित्वका संरचनाहरू कायम राखेका छन् र माओका तस्बिर तथा प्रतीकहरू प्रमुख रूपमा देखिन्छन्।

पत्रकार तथा अनुसन्धानकर्ताहरूले केही युवा चिनियाँहरूमा माओप्रति पुनः बढ्दो रुचि देखिएको दस्तावेजीकरण गरेका छन्। विशेषतः आर्थिक वृद्धिदर सुस्त हुँदै गएको, युवाबीच बेरोजगारी उच्च रहेको तथा रोजगारी र शिक्षाका लागि तीव्र प्रतिस्पर्धा बढेको परिस्थितिमा यस्तो रुचि देखिएको छ। मन्थली रिभियु र जापान टाइम्स लगायतका माध्यममा प्रकाशित केही रिपोर्टहरूले युवा चिनियाँहरूले माओका नोकरशाही विशेषाधिकारसम्बन्धी आलोचनालाई वर्तमान समयका असमानता र अभिजात वर्गको जनताबाट बढ्दो दूरीसम्बन्धी चिन्तासँग तुलना गरेको उल्लेख गरेका छन्। केही युवाहरूले सांस्कृतिक क्रान्तिका घोषित उद्देश्यहरूको पुनर्मूल्याङ्कन गर्दै त्यसलाई पहिलेभन्दा बढी सहानुभूतिपूर्वक हेर्न थालेका छन्, यद्यपि उक्त युगको प्रशंसा गर्ने अनलाइन सामग्रीलाई चिनियाँ प्लेटफर्महरूले कतिपय अवस्थामा हटाउने गरेका छन्।

तर अन्य पर्यवेक्षकहरूले यस्तो रुचि एकरूप नभएको पनि उल्लेख गरेका छन्। केही युवा माओका लेखनलाई राजनीतिक विचारधाराका रूपमा भन्दा पनि अनौपचारिक  सेल्फ हेल्प सामग्रीका रूपमा पढिरहेका छन्।

Source: https://countercurrents.org/