‘द ग्रेट रोड’: पचास वर्षपछि चू तेहलाई सम्झँदा
वर्ग-सङ्घर्षको भट्टीबाट जन्मिएको ‘लाल सेनापति’
पचास वर्षअघि, ६ जुलाई १९७६ मा बेइजिङमा ८९ वर्षको उमेरमा चू तेहको निधन भएको थियो। त्यो वर्ष चिनियाँ जनताका लागि ठुलो क्षतिको वर्ष थियो: जनवरीमा चाउ एनलाईको निधन भएको थियो भने सेप्टेम्बरमा माओ त्सेतुङले संसार छोड्नेवाला थिए। यी तीन जनामध्ये चू तेहलाई पश्चिमा जगत्मा सबैभन्दा कम सम्झिने गरिन्छ । तैपनि उनले खडा गरेको सेना, जनमुक्ति सेना, चिनियाँ क्रान्तिले हासिल गरेका सम्पूर्ण उपलब्धिको संरक्षकका रूपमा रहेको छ। साथै उनको जीवनले अन्य जोकोहीको तुलनामा चिनियाँ क्रान्तिको आरोह-अवरोहलाई पूर्ण रूपमा चित्रण गर्छ।
रातो सद्गुण: सिचुआनमा जन्म र उद्गम
चू तेहको जन्म डिसेम्बर १८८६ मा सिचुआनको यिलोङ काउन्टीको एउटा बटैयादार परिवारमा भएको थियो। उनीहरू जुन जमिन्दारको जग्गामा बस्थे, स्थानीय रूपमा उसलाई ‘यमराज’ भनेर चिनिन्थ्यो। एड्गर स्नोले ‘भाषाको एउटा अनौठो संयोग’ भनेझैँ, उनको नामका दुईवटा अक्षरहरूको अर्थ ‘रातो सद्गुण’ हुन आउँछ । यो एउटा यस्तो तथ्य थियो जुन उनका आमाबुबाले सायदै अनुमान गर्न सक्थे, ‘नत्र उनीहरूले डरकै कारण पनि निश्चित रूपमा यो नाम बदल्ने थिए।’
उनी आफैँ पनि, चू तेहले सम्झिएअनुसार, ‘यति विनम्र र साधारण थिइन् कि उनको आफ्नो कुनै नाम नै थिएन।’ कर उठाउनेहरूसँग दोहोरो कुरा गर्न सकोस् भनी परिवारको एउटा छोरालाई पढाउनका लागि पूरै खानदानले आफ्नो स्रोतसाधन जुटाएको थियो र यसरी चू तेह, झन्डै एउटा संयोगजस्तै, साक्षर बने।
उनकी आमाले १३ वटा सन्तान जन्माइन्; तर परिवारले पालनपोषण गर्न नसक्ने भएकाले पछिल्ला पाँच जनालाई जन्मनासाथ पानीमा डुबाएर मारिएको थियो। उनी आफैँ पनि, चू तेहले सम्झिएअनुसार, ‘यति विनम्र र साधारण थिइन् कि उनको आफ्नो कुनै नाम नै थिएन।’ कर उठाउनेहरूसँग दोहोरो कुरा गर्न सकोस् भनी परिवारको एउटा छोरालाई पढाउनका लागि पूरै खानदानले आफ्नो स्रोतसाधन जुटाएको थियो र यसरी चू तेह, झन्डै एउटा संयोगजस्तै, साक्षर बने। उनले अन्तिम दिनहरूतिर पुगेको पुरानो परीक्षा प्रणाली उत्तीर्ण गरे र युनान मिलिटरी एकेडेमीमा भर्ना भए। त्यहाँ उनी सन यात-सेनको क्रान्तिकारी 'टोङ्मेङ्हुई' (एउटा कट्टरपन्थी गुप्त संस्था र कुओमिन्ताङको पूर्ववर्ती रूप) मा आबद्ध भए। उनले सन् १९११ को क्रान्ति र युआन शिकाईको राजतन्त्र ब्युँताउने प्रयासलाई ध्वस्त पार्ने अभियानहरूमा भाग लिए।
सबैभन्दा कठिन लडाइँ
तीसको दशकको मध्यतिर आइपुग्दा चू तेह दक्षिण-पश्चिमका युद्ध सरदारका सेनाहरूमा एक जनरल भइसकेका थिए: धनी, पदकप्राप्त र अफिमको अम्मली। उनले निष्कर्ष निकाले कि १९११ को क्रान्ति ‘विदेशी साम्राज्यवादसँग गणतन्त्रात्मक सम्झौताका कारण बीचैमा तुहिएको थियो।’ युद्धसरदारवाद एउटा अँध्यारो गल्ली थियो र उनी आफैँ पनि त्यसैको हिस्सा थिए। त्यसैले उनी त्यहाँबाट बाहिरिए। चू तेहले आफ्नो कमान्ड र सम्पत्ति त्यागे र एक्लैले आफ्नो अफिमको लत त्यागे । याङ्त्से नदीमा चल्ने एउटा स्टीमरको डेकमा एक महिनासम्म ओहोरदोहोर गर्दै उनले लत छोडेका थिए। स्नोले यसलाई ‘उनको जीवनको सबैभन्दा कठिन लडाइँ’ भनेका छन्, जसले ‘यस मानिसको इच्छाशक्तिमा उनका चिनजानका मानिसहरूले सोचेभन्दा बढी दृढता थियो’ भन्ने कुरा प्रमाणित गर्थ्यो।
युद्धसरदारवाद एउटा अँध्यारो गल्ली थियो र चू तेह आफैँ पनि त्यसैको हिस्सा थिए। त्यसैले उनी त्यहाँबाट बाहिरिए। उनले आफ्नो कमान्ड र सम्पत्ति त्यागे र एक्लैले आफ्नो अफिमको लत त्यागे ।
त्यसपछि उनले भर्खरै बामे सर्दै गरेको कम्युनिस्ट पार्टीमा आबद्ध हुन आग्रह गरे। उनको तर्क सधैँझैँ स्पष्ट र सीधा थियो: यदि विदेशी साम्राज्यवादीहरूले आफ्नो शब्दकोशमा भएका सबैभन्दा कुरुप र निन्दनीय शब्दहरू प्रयोग गरेर यस पार्टीमाथि आक्रमण गर्छन् भने, ‘यो निश्चित रूपमा चू तेहका लागि उपयुक्त पार्टी हो’। त्यसबेलाका चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव चेन तुस्युले साङ्घाईमा उनलाई पार्टीमा सामेल गराउन अस्वीकार गरे – किनकि एउटा पूर्व युद्धसरदार जनरल कम्युनिस्ट बन्न सक्छ भन्ने कुरामा उनलाई विश्वासै थिएन। त्यसपछि चू तेह युरोपतर्फ लागे र सन् १९२२ को अन्त्यतिर बर्लिनमा आफूभन्दा १० वर्षभन्दा बढी कान्छा एक विद्यार्थी संगठक समक्ष प्रस्तुत भए, जसको नाम चाउ एनलाई थियो। चू तेहले आफ्नो पुरानो जीवन ‘आफ्नै खुट्टामुनि जलेर खरानी भइसकेको’ बताए। अन्ततः उनलाई पार्टीमा प्रवेश दिइयो, जसको सेवा उनले आफ्नो जीवनका बाँकी ५४ वर्षसम्म गरिरहे।
चू तेह युरोपतर्फ लागे र सन् १९२२ को अन्त्यतिर बर्लिनमा आफूभन्दा १० वर्षभन्दा बढी कान्छा एक विद्यार्थी संगठक समक्ष प्रस्तुत भए, जसको नाम चाउ एनलाई थियो। चू तेहले आफ्नो पुरानो जीवन ‘आफ्नै खुट्टामुनि जलेर खरानी भइसकेको’ बताए।
चू र माओ: लाल सेनाको जन्म
१ अगस्ट १९२७ मा, च्याङ काई-शेकले साङ्घाईका मजदुरहरूमाथि गरेको नरसंहारले कुओमिन्ताङ र कम्युनिस्ट पार्टीबिचको पहिलो संयुक्त मोर्चालाई रगतमा डुबाएपछि, चू तेहले नानचाङ विद्रोहको नेतृत्व गर्न सघाए । जुन मितिलाई आज पनि जनमुक्ति सेनाको स्थापना दिवसका रूपमा मनाइन्छ। जब विद्रोहका फौजहरू छिन्नभिन्न भए, तब , चू तेहले नै ती निराश र हरेस खाएकाहरूलाई सामना गर्दै एउटा कष्टकर हिउँदे ओरालो रिट्रिट मार्फत बाँकी बचेका सैनिकहरूलाई एकजुट राखेका थिए: ‘मैले पुनः युद्धसरदारवादमा फर्कन अस्वीकार गरेँ। मैले जनताको क्रान्तिको बाटो रोजेको थिएँ र म यसमा अन्तिमसम्म लागिरहनेछु।’
त्यस भेटपछि यी दुई नेताहरूको जीवन, एग्नेस स्मेडलीको अविस्मरणीय शब्दमा, ‘एउटै शरीरका दुईवटा हातजस्तै’ बन्यो; कुओमिन्ताङका सञ्चारमाध्यमहरूले उनीहरूलाई अलग-अलग रूपमा कल्पना नै गर्न नसकेकाले लाल सेनालाई ‘ चू -माओ सेना’ भन्ने गर्थे।
सन् १९२८ को वसन्त ऋतुमा उनले आफ्ना बाँकी बचेका सैनिकहरूलाई जिङ्गाङशानमा ल्याए र माओ त्सेतुङका फौजहरूसँग हात मिलाए। त्यस भेटपछि यी दुई नेताहरूको जीवन, एग्नेस स्मेडलीको अविस्मरणीय शब्दमा, ‘एउटै शरीरका दुईवटा हातजस्तै’ बन्यो; कुओमिन्ताङका सञ्चारमाध्यमहरूले उनीहरूलाई अलग-अलग रूपमा कल्पना नै गर्न नसकेकाले लाल सेनालाई ‘ चू -माओ सेना’ भन्ने गर्थे।
एक नयाँ प्रकारको सेना
त्यो कस्तो प्रकारको सेना थियो त? त्यस सेनाका कमान्डर-इन-चीफले अन्य साधारण सैनिकहरू जस्तै धागो कात्ने, कपडा बुन्ने, तरकारी रोप्ने र बन्दोबस्तीका सामानहरू ओसार्ने गर्थे। एड्गर स्नोले आफ्नो पुस्तक 'रेड स्टार ओभर चाइना' (Red Star Over China) मा उल्लेख गरेका छन्, ‘आफ्ना सैनिकहरूप्रति चू तेहको समर्पण अनुकरणीय थियो’।
उनले ‘साधारण सैनिकहरू जस्तै जीवन बिताउँथे र उस्तै लुगा लगाउँथे, उनीहरूका सबै कठिनाइहरू साझा गर्थे, सुरुका दिनहरूमा प्रायः खाली खुट्टा हिँड्थे, एक पूरा हिउँद फर्सी खाएर त अर्को हिउँद चौँरीको मासु खाएर बिताए, तर कहिल्यै गुनासो गरेनन्।’ शारीरिक सजाय– जसको विरुद्धमा चू तेहले क्याडेट हुँदादेखि नै अभियान चलाएका थिए– त्यसलाई पूर्ण रूपमा खारेज गरियो; अधिकारी र सिपाहीहरूले एउटै खाना खान्थे; प्रत्येक लडाइँपछि समीक्षाहरू हुन्थे जहाँ चू तेह लगायत जुनसुकै कमान्डरको पनि आलोचना गर्न कुनै पनि लडाकु स्वतन्त्र हुन्थ्यो।
बर्लिनका दिनहरूमा उनलाई चिन्ने एकजना कमरेडले स्नोलाई बताएअनुसार, ‘उनी सधैँ आलोचनाको स्वागत गर्थे; आलोचना सुन्ने उनको भोक कहिल्यै मेटिदैनथ्यो।’ यो एउटा यस्तो सेना थियो जसले जेलका ढोकाहरू खोलिदियो, जमिन बाँडफाँड गर्यो, किसानहरूलाई पढ्न सिकायो र चू तेहको प्रसिद्ध निष्कर्षलाई आत्मसात् गर्यो कि – ‘चीनका किसानहरू यस धर्तीकै सबैभन्दा क्रान्तिकारी जनता हुन्।’
लङ मार्च र प्रतिरोधको युद्ध
लङ मार्चका दौरान उनले अरू जोकोही भन्दा बढी पैदल यात्रा गरे। उनले तिब्बती सिमानामा थप एक वर्ष बिताए र पार्टीका संस्थापक सदस्य झाङ गुओताओ (जसले पछि क्रान्तिलाई धोका दिएका थिए) द्वारा अघि सारिएको विनाशकारी दक्षिणी रिट्रिटको रणनीतिको जोडदार विरोध गरे। उनले भनेका थिए: ‘जापानीहरूले एकपछि अर्को प्रान्त कब्जा गरिरहँदा हामीले तिब्बती-चिनियाँ उच्च हिमाली भूभागमै अल्झिरहनका लागि यो लामो यात्रा गरेका होइनौँ।’
‘पछाडि हट्दै गरेको एउटा विशाल सेनाको विशुद्ध सैन्य रणनीति र सञ्चालन कौशलका हिसाबले चीनमा चू तेहको लामो यात्राको उत्कृष्ट सेनापतित्वसँग तुलना गर्न सकिने अरू केही देखिएको छैन।’
यसमा स्नोको निष्कर्ष स्पष्ट र अकाट्य थियो: ‘पछाडि हट्दै गरेको एउटा विशाल सेनाको विशुद्ध सैन्य रणनीति र सञ्चालन कौशलका हिसाबले चीनमा चू तेहको लामो यात्राको उत्कृष्ट सेनापतित्वसँग तुलना गर्न सकिने अरू केही देखिएको छैन।’
आठौ मार्ग सेना (Eighth Route Army) को प्रधान सेनापतिका रूपमा उनले जापानी सेनाको पकड क्षेत्र पछाडि बसेर प्रतिरोधको नेतृत्व गरे र सन् १९४० मा 'हन्ड्रेड रेजिमेन्ट्स अफेन्सिभ' (सय पल्टनहरूको आक्रमण) को सुरुवात गरे। त्यस क्रूर युद्धका हरेक स्थापित नियमविपरीत उनले जापानी युद्धबन्दीहरूलाई ‘श्रमजीवी जापानी जनताका छोरा र भाइहरू’ का रूपमा मानवीय व्यवहार गर्न आदेश दिए। यो केवल भावना थिएन, बरु एक रणनीति थियो: शत्रु शासक र शत्रु सेनामा जबर्जस्ती भर्ना गरिएका सिपाहीबिचको भिन्नता छुट्याउन सक्ने सेनाले बिल्कुलै फरक प्रकृतिको युद्ध लडिरहेको हुन्थ्यो।
त्यस क्रूर युद्धका हरेक स्थापित नियमविपरीत उनले जापानी युद्धबन्दीहरूलाई ‘श्रमजीवी जापानी जनताका छोरा र भाइहरू’ का रूपमा मानवीय व्यवहार गर्न आदेश दिए।
अगस्त १९४५ मा, जब च्याङ काई-शेकले मुक्त क्षेत्रका सेनाहरूलाई युद्ध रोक्न आदेश दिए ताकि कुओमिन्ताङले विजयको जस लिन सकोस्, तब चू तेहको जवाफ इतिहासमा अङ्कित भयो: ‘हामी तपाईँको यो आदेशलाई एउटा त्रुटिपूर्ण आदेश ठान्दछौँ। हामी यो आदेशलाई दृढताका साथ अस्वीकार गर्न बाध्य छौँ।’ त्यसको चार वर्षपछि, जनवादी गणतन्त्र चीनको घोषणा हुँदा उनी जनमुक्ति सेनाको प्रधान सेनापतिका रूपमा तियानआनमेनको मञ्चमा माओको छेउमा उभिएका थिए। सन् १९५५ मा उनलाई १० जना मार्शलहरूमध्ये प्रथम स्थानमा मनोनित गरियो। सन् १९५९ देखि आफ्नो मृत्युपर्यन्त उनले नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिको अध्यक्षका रूपमा सेवा गरे र जीवनको अन्तिम क्षणसम्म कुनै तडकभडक बिना, कुशलतापूर्वक जनताको सेवा गरिरहे।
पचास वर्षपछि, उनको जीवनले दिने शिक्षा
आधा शताब्दी बितिसक्दा उनको यस्तो जीवनबाट हामी के सिक्न सक्छौँ त? कम्तीमा पनि तीनवटा कुराहरू।
पहिलो, क्रान्तिकारी शक्ति कि त जनताबाट आउँछ, कि कतैबाट पनि आउँदैन। चू तेहको सैन्य प्रतिभा, जसको छापामार रणनीतिले दुश्मनका चार-चारवटा घेराबन्दी अभियानहरूलाई असफल तुल्यायो र भियतनामदेखि क्युवासम्म अध्ययन गरियो । त्यो एउटा राजनीतिक जगमा टिकेको थियो: जनताको सेवा गर्ने सेनाले किसानहरूकै नजरबाट संसार देख्न सक्थ्यो, जबकि उसका शत्रुहरू ‘टाढैबाट आफूलाई हेरिरहेको एउटै मात्र खाली खुट्टा भएको किसानलाई देख्दा पनि अगाडि बढ्न डराउँथे।’
मानिसहरूमा आमूल परिवर्तन आउन सक्छ, र त्यो जुनसुकै उमेरमा पनि सम्भव छ। पैँतीस वर्षको उमेरमा धनसम्पत्ति, पद र अफिमको लत त्यागेर पुनः तल्लो स्तरबाट सुरुवात गर्ने र आफूभन्दा १० वर्ष कान्छो मानिसको अगाडि सावधानको मुद्रामा उभिने ती युद्धसरदार जनरल, चरित्र नै भाग्य हो भन्ने हरेक संशयवादीका लागि एउटा गतिलो जवाफ हुन्।
दोस्रो, मानिसहरूमा आमूल परिवर्तन आउन सक्छ, र त्यो जुनसुकै उमेरमा पनि सम्भव छ। पैँतीस वर्षको उमेरमा धनसम्पत्ति, पद र अफिमको लत त्यागेर पुनः तल्लो स्तरबाट सुरुवात गर्ने र आफूभन्दा १० वर्ष कान्छो मानिसको अगाडि सावधानको मुद्रामा उभिने ती युद्धसरदार जनरल, चरित्र नै भाग्य हो भन्ने हरेक संशयवादीका लागि एउटा गतिलो जवाफ हुन्। चीनको क्रान्तिले एउटा सिङ्गो राष्ट्रको पुनर्गठनको माग गरेको थियो; चू तेहले त्यसको सुरुवात आफैँलाई बदलेर गरे।
तेस्रो, महानता र विनम्रता एउटै व्यक्तिमा समाहित हुन सक्छन्। इभान्स कार्लसनले लेखेका छन् कि चू तेहमा ‘रोबर्ट ई. लीको जस्तो दयालुपन, ग्रान्टको जस्तो दृढता र लिङ्कनको जस्तो विनम्रताको समीश्रण थियो’ । उनका सैनिकहरूले यसलाई अझ सरल रूपमा व्यक्त गर्थे – उनी उनीहरूजस्तै एक किसान थिए, र उनी कमान्डमा रहँदासम्म कुनै पनि अधिकारीले उनीहरूलाई गाली गर्ने वा हात हाल्ने हिम्मत गर्दैनथे। सेनाले उनलाई मायाले दिएको उपनाम ‘चीफ अफ द कुक्स’ (भान्सेहरूका प्रमुख) थियो। यो उपनाम उनले त्यो रात कमाएका थिए, जब एउटा युद्धसरदारको कू (सैनिक विद्रोह) मा आफ्नो टाउकोमा पेस्तोल सोझ्याइरहेका बन्दुकधारीहरूलाई ‘मलाई गोली नहान्नुस्। म त केवल भान्से हुँ। तपाईँहरूका लागि खाना पकाइदिने मानिसलाई गोली नहान्नुस्!’ भनी विश्वस्त पारेर उनी हत्या बाट जोगिएका थिए।
राष्ट्रहरूबिचको मित्रता
उनको यो कथा पश्चिमी जगत्मा एउटा मिथकीय उत्तर अमेरिकी क्रान्तिकारी पत्रकार एग्नेस स्मेडलीमार्फत पुग्नु आफैँमा सान्दर्भिक छ। स्मेडलीले युद्धका वर्षहरूमा उनको मुख्यालयलाई पछ्याएकी थिइन् र उनको जीवनलाई 'द ग्रेट रोड' (The Great Road) नामक पुस्तकमा उतारेकी थिइन्। तर यो पुस्तक प्रकाशित भएको देख्न उनी जीवित रहिनन्। मे १९५० मा बेलायतमा भएको उनको निधनपछि, उनको अस्तुलाई बेइजिङको बाबाओशान क्रान्तिकारी चिहानमा राखिएको छ। उनको समाधिको ढुङ्गामा चू तेहकै हस्तलिपि (क्यालिग्राफी) अङ्कित छ – राष्ट्रहरूबिचको यो मित्रता आफैँमा त्यो आदर्शको प्रतीक हो जसका लागि उनीहरू दुवैले सङ्घर्ष गरेका थिए।
उनको यो कथा पश्चिमी जगत्मा एउटा मिथकीय उत्तर अमेरिकी क्रान्तिकारी पत्रकार एग्नेस स्मेडलीमार्फत पुग्नु आफैँमा सान्दर्भिक छ। स्मेडलीले युद्धका वर्षहरूमा उनको मुख्यालयलाई पछ्याएकी थिइन् र उनको जीवनलाई 'द ग्रेट रोड' (The Great Road) नामक पुस्तकमा उतारेकी थिइन्।
‘यमराज’ को जमिन्दारीमा रहेको एउटा बटैयादारको झुपडीदेखि तियानआनमेनको मञ्चसम्म, अन्य कुनै पनि जीवनले क्रान्तिको मार्गलाई योभन्दा पूर्ण रूपमा चित्रण गरेको छैन। चू तेहको १३०औँ जन्मजयन्तीका अवसरमा सी चिनफिङले उद्धृत गरेझैँ, उनीप्रति माओको आफ्नै धारणा नै उनको सबैभन्दा उत्कृष्ट स्मृतिलेख हो: उनको उदारता सागरजस्तै विशाल थियो र उनको इच्छाशक्ति स्टीलजस्तै दृढ थियो। स्मेडलीले आफ्नो पुस्तकको नाम 'द ग्रेट रोड' राखेकी थिइन्; उनको मृत्युको पचास वर्षपछि पनि चीन आज सोही मार्गमा अगाडि बढिरहेको छ।
Source: https://socialistchina.org
अनुवाद: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
अपमानको शताब्दीदेखि महाशक्ति राष्ट्रसम्मको यात्रा
किन र कसरी मारिए किसान योद्धा भीमदत्त पन्त ?
मृत्युको खेल: नझुकेका लाल जर्सीहरू
एरिक हब्सबाम : एक जनपक्षधर इतिहासकार
पहिचानको लडाइँ र प्रतिरोधी चेतनाका संवाहक: माल्कम एक्स
सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता: आत्म-रूपान्तरणको मार्क्सवादी सिद्धान्त
विषादि सुँघाएर बेहोश पारी दासढुंगामा नियोजित तवरले गाडी खसालेको हुन सक्ने…
प्रतिक्रिया