मृत्युको खेल: नझुकेका लाल जर्सीहरू
दोस्रो विश्वयुद्धको बेलाको कुरा हो। हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीले सोभियत संघमाथि आक्रमण गरेको थियो। सन् १९४१ मा ७२ दिनको घेराबन्दी पछि जर्मनीले सोभियत संघको 'युक्रेनी सोभियत समाजवादी गणतन्त्र' माथि कब्जा जमायो। युक्रेनमाथि नाजी जर्मनीले क्रूरतापूर्वक शासन गरिरहेको थियो।
त्यस बेला युक्रेन समाजवादी गणतन्त्रको राजधानी किभको सडकमा लाइटरहरू बेचेर आफ्नो गुजारा चलाइरहेका निकोलाई ट्रुसेभिचले एउटा पाउरोटी फ्याक्ट्रीमा काम पाए। उनी युक्रेनको प्रख्यात फुटबल क्लब डाइनामो किभका गोलकिपर थिए। डाइनामो किभ सोभियत संघकै शक्तिशाली फुटबल क्लबहरूमध्ये एक मानिन्थ्यो। त्यसबेला यो क्लब डाइनामो मस्को, लोकोमोटिभ मस्को र स्पार्ताक मस्को सरहकै बलियो टिम थियो।
निकोलाई ट्रुसेभिचले पाउरोटी फ्याक्ट्रीमा काम गर्न थालेको केही समयपछि उनका अन्य साथीहरूले पनि त्यहीँ काम गर्न थाले। उनीहरूमध्ये धेरै जना डाइनामो किभका थिए भने बाँकी स्पार्ताक ओडेसा र लोकोमोटिभ किभका खेलाडी थिए। ती फुटबल खेलाडीहरूले फुर्सदको समयमा फ्याक्ट्रीको मैदानमा समय कटाउन फुटबल खेल्न थाले। बिस्तारै उनीहरूले औपचारिक रूपमा एउटा फुटबल टिम गठन गरे, जसलाई स्थानीय प्रशासनबाट मान्यता पनि प्राप्त भयो। यस फुटबल टिममा फ्याक्ट्रीका कुक र गार्डहरू पनि समावेश थिए। यो क्लबको नाम 'एफसी स्टार्ट' राखियो।
त्यसैबेला किभमा अर्को फुटबल क्लब पनि गठन भएको थियो, जसको नाम 'रुक' थियो। यसका संस्थापक जर्गी सेभेस्तोभ थिए। उनले डाइनामोका खेलाडीहरूको कुशलता देखेर उनीहरूलाई आफ्नो क्लबबाट खेल्न निमन्त्रणा दिए। तर, जर्गी सेभेस्तोभको नाजी जर्मनीप्रतिको झुकाव र जर्मनीको मतियारी गरेको देखेर एफसी स्टार्टका खेलाडीहरूले उनको प्रस्ताव अस्वीकार गरिदिए। यसरी यी दुई क्लब दुई विपरीत विचारधाराका प्रतीक बनेका थिए–एउटा देशभक्तहरूको समूह र अर्को जर्मनी समर्थक गद्दारहरूको।
किभमा अर्को फुटबल क्लब पनि गठन भएको थियो, जसको नाम 'रुक' थियो। यसका संस्थापक जर्गी सेभेस्तोभ थिए। उनले डाइनामोका खेलाडीहरूको कुशलता देखेर उनीहरूलाई आफ्नो क्लबबाट खेल्न निमन्त्रणा दिए। तर, जर्गी सेभेस्तोभको नाजी जर्मनीप्रतिको झुकाव र जर्मनीको मतियारी गरेको देखेर एफसी स्टार्टका खेलाडीहरूले उनको प्रस्ताव अस्वीकार गरिदिए।
रातो रङको जर्सी लगाएको 'एफसी स्टार्ट' ले फुटबल मैदानमा तहल्का मच्चाउन थाल्यो। राम्रोसँग खाना नपाएर भोकभोकै रहे पनि यस टिमले आफ्ना विपक्षी टिमहरूलाई सहजै पराजित गर्थ्यो। जर्मन समर्थक 'रुक' क्लबलाई ७-० ले हराएपछि यसले जर्मनीका सैनिक ग्यारिसन टिमहरूलाई पनि उस्तै निर्भीकतापूर्वक धूलो चटायो। हंगेरीको ग्यारिसन टिमलाई ६-२ ले हरायो भने जर्मन सेनाको आर्टिलरी युनिटको टिम, जसलाई अजेय मानिन्थ्यो, त्यसलाई समेत ७-१ को लज्जास्पद ढंगले पाखा लगाइदियो।
आफूलाई विश्वकै सर्वश्रेष्ठ 'आर्य नश्ल' का ठान्ने नाजी जर्मनीका लागि आफूले कब्जा गरेको सोभियत सङ्घको एउटा क्षेत्रका साधारण पाउरोटी फ्याक्ट्रीका मजदुरहरूको टिमसँग पराजित हुनु असह्य भएको थियो। यो उनीहरूका लागि ठुलो नैतिक र मानसिक आघात थियो। यस अपमानको बदला लिन जर्मनीले एउटा विशेष फुटबल टिम युक्रेन पठायो। त्यो टिम थियो–"फ्लाक" (Flak)। यस टिममा जर्मनीको वायुसेना 'लुफ्तवाफे' (Luftwaffe) का पाइलट र मेकानिकल इन्जिनियरहरू समावेश थिए। फ्लाक टिमलाई जर्मनीका वरिष्ठ नाजी नेता हर्मन गोरिङले रेखदेख गर्थे। उनले ती फुटबल खेलाडीहरूलाई युद्धको मोर्चामा पठाउन बन्देज लगाएका थिए, किनकि ती खेलाडीहरू जर्मनीकै सर्वश्रेष्ठ खेलाडीहरू थिए।
सन् १९४२ अगस्ट ५ का दिन किभको स्थानीय स्टेडियममा जर्मन सेनाको 'फ्लाक' टिम र 'एफसी स्टार्ट' बीच फुटबल म्याच सुरु भयो। म्याच सुरु हुनुभन्दा अगाडि जर्मन सैनिक अधिकारीहरूले एफसी स्टार्टका खेलाडीहरूलाई "यो खेल जितेमा मारिन सक्ने" चेतावनी दिएका थिए। तर, अजेय मानिने जर्मन टिमलाई एफसी स्टार्टले ५-१ को फराकिलो अन्तरले पुनः लज्जास्पद रूपमा हराइदियो। यो हारलाई जर्मनीले सहज रूपमा स्वीकार गर्न सकेन। आफूभन्दा 'निम्न स्तरको' ठानेका मानिसहरूबाट आफ्नो सर्वश्रेष्ठ टिम पराजित हुनु मामूली कुरा थिएन; यसले नाजीहरूको आर्य नश्लको सर्वोच्चताको घमण्डलाई सिधा चुनौती दिएको थियो। त्यसैले, जर्मन गुप्तचर निकाय गेस्टापोले सोभियत पाउरोटी फ्याक्ट्रीको टिम एफसी स्टार्टलाई फेरि अर्को खेल खेल्ने निम्तो दियो।
खेल सुरु हुनेबित्तिकै एफसी स्टार्टका खेलाडीहरूले सुरुदेखि नै जर्मनहरूलाई दबाबमा राख्न थाले। रेफ्रीको खुल्ला पक्षपातपूर्ण निर्णयहरूका बाबजुद सोभियत टिमले ३-१ को अग्रता कायम गर्यो।
दोस्रो म्याच तीन दिनपछि, अर्थात् अगस्ट ९ का दिन खेलिने तय भयो। यस पटक जर्मन टिम 'फ्लाक' मा नयाँ अतिरिक्त खेलाडीहरू थपेर त्यसलाई अझ मजबुत बनाइएको थियो। जर्मन सेना, प्रहरी र गुप्तचरहरूको विशाल उपस्थितिमा खेल सुरु हुन लाग्यो। खेल सुरु हुनुभन्दा ठीक अगाडि नाजी पार्टीद्वारा नियुक्त गरिएका रेफ्रीले 'एफसी स्टार्ट' का खेलाडीहरूलाई मैदानमा जर्मन टिमका खेलाडीहरूलाई 'नाजी स्यालुट' (हिटलर सलाम) गरेर अभिवादन गर्न निर्देशन दिए। तर, जब दुवै टिम मैदानमा ओर्लिए, एफसी स्टार्टका खेलाडीहरूले नाजी सलाम गर्न साफ अस्वीकार गर्दै गर्वका साथ 'सोभियत सलाम' गरे।
खेल सुरु हुनेबित्तिकै एफसी स्टार्टका खेलाडीहरूले सुरुदेखि नै जर्मनहरूलाई दबाबमा राख्न थाले। रेफ्रीको खुल्ला पक्षपातपूर्ण निर्णयहरूका बाबजुद सोभियत टिमले ३-१ को अग्रता कायम गर्यो। हाफ-टाइममा एफसी स्टार्टको ड्रेसिङ रुममा पसेर एक जर्मन एसएस अधिकारीले सोभियत खेलाडीहरूलाई धम्की दिँदै भने, "आज केवल जर्मनहरूले मात्र जित्न सक्छन्। तिमीहरूले आज जर्मन टिमलाई हरायौ भने यसको घातक परिणाम भोग्नुपर्नेछ।"
खेलको अन्त्यतिर सोभियत टिम एफसी स्टार्टले पुनः दुई शानदार गोल गर्दै आफ्नो अग्रतालाई ५-३ मा पुर्याएर फराकिलो बनायो। खेलको यो परिणामबाट अत्तालिएका रेफ्रीले ९० मिनेटको समय पूरा हुन नपाउँदै खेल सकिएको सिट्टी फुकिदिए। अन्ततः एफसी स्टार्टले ५-३ को अन्तरले खेल आफ्नो पक्षमा पार्यो।
मध्यान्तरपछिको दोस्रो हाफको खेल सुरु भयो। जर्मन टिम 'फ्लाक' ले कडा मिहिनेत गर्दै खेललाई ३-३ को बराबरीमा ल्यायो। तर, खेलको अन्त्यतिर सोभियत टिम एफसी स्टार्टले पुनः दुई शानदार गोल गर्दै आफ्नो अग्रतालाई ५-३ मा पुर्याएर फराकिलो बनायो। खेलको यो परिणामबाट अत्तालिएका रेफ्रीले ९० मिनेटको समय पूरा हुन नपाउँदै खेल सकिएको सिट्टी फुकिदिए। अन्ततः एफसी स्टार्टले ५-३ को अन्तरले खेल आफ्नो पक्षमा पार्यो। खचाखच भरिएको स्टेडियममा सोभियत दर्शकहरूले नाजी विरोधी नारा लगाए। आम जनताका लागि यो केवल एउटा फुटबल म्याच मात्र थिएन। यो त रुस र जर्मनी, अनि नाजीवाद र साम्यवादबीचको महासङ्ग्राम थियो।

https://www.warhistoryonline.com/
खेल सकिनेबित्तिकै एफसी स्टार्टका खेलाडीहरूलाई जर्मनीको क्रूर गुप्तचर विभाग गेस्टापोले गिरफ्तार गर्यो र अमानवीय यातना दियो। तीमध्ये अधिकांश खेलाडीहरूलाई 'सिरेट्स' (Syrets) मृत्यु शिविरमा पठाइयो। सन् १९४३ मा एफसी स्टार्टका अधिकांश खेलाडीहरूलाई गोली हानी मृत्युदण्ड दिइयो। इतिहासको यो भयानक मोडमा केही खेलाडीहरू मात्र जीवित रहन सफल भए, जसले पछि संसारसामु यो गौरवगाथा सुनाए। यस लोमहर्षक खेलमा देशको स्वाभिमानका लागि ज्यान अर्पण गर्ने अमर खेलाडीहरूको सम्मानमा सोभियत सङ्घले पछि किभको डाइनामो स्टेडियममा एउटा भव्य शालिक निर्माण गर्यो।
जनता नै ज्ञानका भरपर्दा खानी: जनसमुदाय र उनीहरूको अनुभवबाट सिक्नुपर्ने मार्क्स…
फासीवाद-विरोधी इतिहासकार मार्क ब्लोक फ्रान्सको राष्ट्रिय प्यान्थियनमा समाविष्ट
‘द ग्रेट रोड’: पचास वर्षपछि चू तेहलाई सम्झँदा
अपमानको शताब्दीदेखि महाशक्ति राष्ट्रसम्मको यात्रा
किन र कसरी मारिए किसान योद्धा भीमदत्त पन्त ?
एरिक हब्सबाम : एक जनपक्षधर इतिहासकार
पहिचानको लडाइँ र प्रतिरोधी चेतनाका संवाहक: माल्कम एक्स
प्रतिक्रिया