किन र कसरी मारिए किसान योद्धा भीमदत्त पन्त ?
श्रावण महिनाको दिन थियो। शरीरबिनाको एउटा टाउको बाँसको टुप्पामा झुन्ड्याएर त्यो बाँसलाई जमीनमा गाडिएको थियो। बाँसको त्यो लिङ्गोमा 'देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै हुन्छ' भनेर लेखिएको कागज टाँसिएको थियो। सामन्तहरू त्यसलाई हेरेर खुशी मनाइरहेका थिए। रमाइरहेका थिए। भोज खाइरहेका थिए। गरीबहरू भने रोइरहेका थिए। दुःख मनाइरहेका थिए। र, सरकारलाई गाली गरिरहेका थिए।
त्यो टाउको थियो- किसानहरू, गरीबहरू, शोषित-पीडितहरूका हितैषी, उनीहरूको हक र अधिकारको लागि आवाज उठाउने र उनीहरूकै हक र अधिकारको लागि लड्दा लड्दै शहीद भएका 'किसान योद्धा' भीमदत्त पन्तको।
वि.सं. १९८३ साल मंसीर १० गते डैडेल्धुराको घटाला कारी गाउँमा सरस्वती देवीको गर्भबाट भीमदत्त पन्तले पृथ्वीमा पाइला टेकेका थिए। सात वर्षको हुँदा अध्ययनको लागि उनी भारतको सिंगाहीमा गएका थिए। त्यहाँबाट उनले १५ वर्षको उमेरमा म्याट्रिक पास गरे। र, उनी नेपाल फर्के। त्यतिबेला डैडेल्धुरामा स्कूलहरूको स्थापना भइसकेको थिएन। त्यहाँका मानिसहरूले पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्न पाइरहेका थिएनन्। त्यसैले गर्दा भीमदत्त पन्त आफू शिक्षित भएर पनि उनलाई चित्त बुझिरहेको थिएन। उनी चाहन्थे- 'गाउँका अरू व्यक्तिहरू पनि शिक्षित होऊन्।' त्यहाँका जनताहरूलाई पनि शिक्षित बनाउने उद्देश्यले उनले काँसिगिरी जागी (देउवा) सँग सहयोग लिएर डैडेल्धुराको 'बिरखन' भन्ने ठाउँमा एउटा संस्कृत पाठशालाको स्थापना गरे। त्यसपछि तल्लो सोरठ र रूपालमा पनि पाठशालाहरू खोले।
भीमदत्त पन्त आफू शिक्षित भएर पनि उनलाई चित्त बुझिरहेको थिएन। उनी चाहन्थे- 'गाउँका अरू व्यक्तिहरू पनि शिक्षित होऊन्।'
२००१ सालमा आफ्नो अध्ययन अघि बढाउन उनी फेरि भारत गए। भारतमा त्यतिबेला भारतीय जनताहरूले अंग्रेजहरूका विरुद्ध आन्दोलन चलाइरहेका थिए। त्यस आन्दोलनको बीचमा उनले आफ्नो पढाइप्रति ध्यान केन्द्रित गर्न सकेनन्। आन्दोलनप्रति उनको ध्यान आकृष्ट हुन थाल्यो। उनी आन्दोलनमा होमिए। आन्दोलनकै दौरानमा उनी पक्राउ परे र इलाहावादको जेलमा थुनिए। दुई वर्षपछि २००३ सालमा उनी जेलबाट छुटेर नेपाल फर्के।
त्यतिबेला नेपालमा राणाहरूको जहानिया एकतन्त्री शासन थियो। जनताहरू राणाहरूको निरंकुश शासनबाट र स्थानीय सामन्तहरूबाट शोषित र उत्पीडित भइरहेका थिए। त्यसका विरुद्धमा नेपाली जनताहरूले आन्दोलन चलाइरहेका थिए। त्यसको प्रभाव डँडेल्धुरामा पनि विस्तार बिस्तारै पर्न थालेको थियो।
उत्पीडित जनताहरूलाई मुक्त पार्न चाहन्थे। 'उनीहरूलाई मुक्त गर्ने हो भने देशमा आमूल परिवर्तन गर्नुपर्छ' भन्ने उनको विचार थियो। देशमा आमूल परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गर्ने उनले आफ्नो जीवनको लक्ष्य बनाए।
डँडेल्धुरामा किसानहरू, गरीबहरू सामन्तहरूको शोषण र उत्पीडनमा परिरहेको कुरा भीमदत्त पन्तले देखिरहेका थिए। उनी ती उत्पीडित जनताहरूलाई मुक्त पार्न चाहन्थे। 'उनीहरूलाई मुक्त गर्ने हो भने देशमा आमूल परिवर्तन गर्नुपर्छ' भन्ने उनको विचार थियो। देशमा आमूल परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गर्ने उनले आफ्नो जीवनको लक्ष्य बनाए।
यही लक्ष्य अनुरूप नै देशमा चलिरहेको राणा शासनविरोधी आन्दोलनमा उनी लाग्न थाले। यस आन्दोलनमा उनले आफ्ना साथीहरू वा सहयोगीहरूको रूपमा गरीब र किसानहरूलाई रोजे। यो आन्दोलनकै दौरानमा २००६ साल कार्तिक १९ गते आफ्ना केही साथीहरूसहित उनी नेपाली कांग्रेसको सदस्य भए। त्यही पार्टीको निर्देशनमा रहेर उनले काम गर्न थाले। उनलाई बैतडी-डँडेल्धुरा मोर्चा सम्हाल्ने जिम्मा दियो। उनले आन्दोलनलाई जोडतोडका साथ अघि बढाउन थाले। उनको यो काम गराइले त्यहाँका सामन्तहरूको मुटु थर्कन थाल्यो। त्यहाँका सामन्तहरू मिलेर उनलाई समात्न लगाइयो र उनलाई मार्ने षड्यन्त्र गर्न थालियो।
भीमदत्तलाई मार्न लागेको षड्यन्त्र जनताहरूले थाहा पाए। उनीहरूले त्यसको विरोध गर्न थाले। विद्रोह हुने स्थिति देखिन थाल्यो। त्यसपछि उनलाई छोडियो र उनी फेरि जनताको माझमा देखिन थाले।
तर जनताको माझमा बाँचिरहेका व्यक्तिलाई मार्न सक्ने शक्ति मुठ्ठीभर सामन्तहरूसँग कहाँ थियो र? उनलाई मार्न लागेको षड्यन्त्र जनताहरूले थाहा पाए। उनीहरूले त्यसको विरोध गर्न थाले। विद्रोह हुने स्थिति देखिन थाल्यो। त्यसपछि उनलाई छोडियो र उनी फेरि जनताको माझमा देखिन थाले।
राणा शासनविरोधी आन्दोलन तीव्र हुँदै जान थाल्यो। ठाउँ ठाउँमा समानान्तर सरकार गठन हुँदै जान थाल्यो। भीमदत्त पन्त पनि महाकाली क्षेत्रको 'गभर्नर' भए। 'गभर्नर' भएर पनि उनी जनताबाट अलगिएनन्। बरू उनी झन् झन् जनताको नजिक हुन थाले। कसरी जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने ध्याउन्नमा उनी लागिरहे। जनताको चेतनास्तर माथि उठाउन र क्रान्तिको भावनालाई स्थायित्व दिन उनले त्यहाँ 'शान्ति सेना' गठन गरे, जसमा उनले महिलाहरूलाई पनि समावेश गरेका थिए।
२००३ सालमा जवाहरलाल नेहरूको मध्यस्थतामा दिल्लीमा राजा, राणा र कांग्रेसको बीचमा सम्झौता सम्पन्न भयो। त्यसपछि क्रान्तिकारी आन्दोलन समाप्त भएको घोषणा गरियो। अब देशमा प्रजातन्त्रको स्थापना भएको घोषणा भयो। राणा र कांग्रेस समाविष्ट भएको अन्तरीम मन्त्रीमण्डल बन्यो। तर यसबाट जनताको जीवनस्तरमा कुनै सुधार हुने लक्षण देखा परेन। जनतालाई सह्य भएन। 'दिल्ली सम्झौता धोका हो' भनेर दिल्ली सम्झौताको विरोधमा उनले आन्दोलन अगाडि बढाए।
कालाबजारियाहरूले वस्तुहरू लुकाउन शुरू गरे। त्यसलाई उनले टुलुटुलु हेरेर बस्न सकेनन्। जनतालाई साथमा लिएर उनी कालाबजारियाहरूको छापा मार्नपुगे। त्यहाँबाट प्राप्त सामानहरू जनतालाई सित्तैमा बाँडे।
परिवर्तनपछिको उनको क्षेत्रमा नून, तेल, कपडा, खाद्यान्नजस्ता दैनिक आवश्यकताका वस्तुहरूको अभाव हुन थाल्यो। कालाबजारियाहरूले वस्तुहरू लुकाउन शुरू गरे। त्यसलाई उनले टुलुटुलु हेरेर बस्न सकेनन्। जनतालाई साथमा लिएर उनी कालाबजारियाहरूको छापा मार्नपुगे। त्यहाँबाट प्राप्त सामानहरू जनतालाई सित्तैमा बाँडे। बिस्तारै बिस्तारै स्थानीय क्षेत्रमा रहेका वस्तुहरू सिद्धिँदै जान थाल्यो। त्यसपछि उनले तत्कालीन मातृकाप्रसाद कोइराला सरकारसँग आवश्यक वस्तुहरूको माग गरे। मातृका सरकारले भारतबाट कोटामा सामान दिन लगायो। कोटामा आएका सामानहरू पनि भन्सारका अधिकारीहरूले ठेक्कामा दिएर नाफा कुम्ल्याउन खोजे। भीमदत्त पन्तले तीव्र रूपमा त्यसको विरोध गरे। आखिर भन्सार अधिकारीहरूको केही नलागेपछि चारवटा डिपोहरू खोलियो। त्यहाँबाट जनताले सस्तोमा सामान पाउन थाले।
यसरी त्यस क्षेत्रमा जनताको हित र अधिकारको लागि भीमदत्त पन्तले आन्दोलनलाई अघि बढाउँदै लगे। यसबाट नेपाली कांग्रेस र भीमदत्त पन्तको बीच फाटो उत्पन्न हुँदै गयो। उनी नेपाली कांग्रेसबाट टाढिँदै गए। त्यसपछि उनी पार्टीभन्दा बढी जनताहरूसँग नजिकिँदै गए। जनताको समस्याप्रति र त्यसको समाधान गर्नमा उनले आफूलाई समर्पित गरे।
करीब २००८ सालको अन्त्यतिर उनले कमैया प्रथा उन्मूलन गर्न र भू-स्वामित्वको लागि जनतालाई सचेत पार्न शुरू गरे।
"कि त जोत हलो कि त छोड थलो यदि हैन भने अब छैन भलो"
यो नारा दिएर किसान आन्दोलनलाई उनले अघि बढाउन शुरू गरे। यस आन्दोलनले त कांग्रेसको मातहत सरकार र उनको बीच स्पष्ट रूपमा नै नीतिगत मतभेद हुन थाल्यो।
यति नै बेला 'अङ्गर' नाम गरेका एकजना भारतीय वामपन्थी नेतासँग उनको भेट भयो। अङ्गरले आफूलाई 'मार्क्सवादी' विचारधारामा विश्वास गर्ने सर्वहारा वर्गको मान्छे हुँ भनेर परिचय दिएका थिए। उनीसँग भीमदत्त पन्तको ५, ६ महिनासम्म सम्पर्क रह्यो। भीमदत्त पन्तले चलाएको आन्दोलनप्रति उनको समर्थन थियो। त्यसबेलादेखि भीमदत्त पन्त कम्युनिष्ट विचारप्रति आकर्षित हुन थाले।
कम्युनिष्ट पार्टीका संस्थापक नेता निरन्जनगोविन्द वैद्यका अनुसार- पार्टीले 'भीमदत्त आतंकवादी हुन्, उनलाई कम्युनिष्ट पार्टीको सदस्य बनाइनु हुँदैन' भनेर उनलाई पार्टीको सदस्यता दिएनन्।
२००९ सालमा उनी काठमाडौं आएर कम्युनिष्ट पार्टीसँग सम्पर्क गरे र कम्युनिष्ट पार्टीको सदस्य बन्ने विचार प्रकट गरे। तर कम्युनिष्ट पार्टीका संस्थापक नेता निरन्जनगोविन्द वैद्यका अनुसार- पार्टीले 'उनी आतंकवादी हुन्, उनलाई कम्युनिष्ट पार्टीको सदस्य बनाइनु हुँदैन' भनेर उनलाई पार्टीको सदस्यता दिएनन्। निरन्जनगोविन्दले उनलाई किसान फाँटको मात्र जिम्मा दिएर पठाएका थिए।
काठमाडौंबाट फर्केपछि उनले कमैया प्रथाको उन्मूलन र भू-स्वामित्व स्थापित गर्ने आन्दोलनलाई झन् तीव्र रूपमा अघि बढाउन थाले।
यो आन्दोलन उनले डैडेल्धुरा, बैतडीबाहेक बझाङ्ग, बाजुरा, कैलाली, कञ्चनपुरसम्म पुऱ्याए। त्यहाँका किसानहरूलाई अब संगठित गर्न शुरू गरे। भीमदत्त पन्तको यो क्रान्तिकारी गतिविधिबाट त्यहाँका शोषक सामन्तहरू अत्तालिन थाले। आन्दोलनलाई दबाउन उनीहरूले सरकारसँग हारगुहार माग्न थाले। यही क्रममा २००९ साल माघ महिनामा भीमदत्त पन्त समातिए र कञ्चनपुर जेलमा थुनिए।
उनी थुनिएपछि त्यहाँका जनताहरूले उनको रिहाइको माग गरेर संघर्ष गर्न शुरू गरे। यसले गर्दा सरकार उनलाई छोड्न बाध्य भयो। २०१० साल असार १० गते उनलाई रिहा गरियो। तर सरकारबाट भने उनी जेल तोडेर भागेको भन्ने हल्ला फैलाइयो। यसलाई नेपाल रेडियोबाट समेत प्रचार गरियो। यसबाहेक उनलाई अरू पनि थुप्रै आरोपहरु लगाइयो । आरोपहरुको नक्कली कागजातहरु तयार पारेर पक्राउको आदेश पनि जारी गरियो ।
भीमदत्त पन्त प्रहरीको कब्जाबाट फरार भएको खबर पाएर त्यहाँका व्यापारीहरु र भन्सार अधिकृतहरु डरले थर्कमान भए। भन्सारका हाकिमहरूको आडमा त्यहाँका व्यापारीहरूले गाँजा र चरेसको व्यापार गरिरहेका थिए।
यसरी आफूमाथि झूठा लान्छाना र आरोपहरु लगाएर बदनाम गरेकोमा उनको रीसले सीमा नाघ्यो । उनले बडाहाकिममाथि नै आक्रमण गरे । त्यस आक्रमणमा उनी फेरि समातिए । उनलाई फेरि कन्चनपुर जेल चलान गरियो । जेल चलान गर्दा जोगबूढाको जंगलबाट उनी भाग्न सफल भए । त्यहाँबाट उनी कञ्चनपुरको ब्रम्हदेव पुगे ।
भीमदत्त पन्त प्रहरीको कब्जाबाट फरार भएको खबर पाएर त्यहाँका व्यापारीहरु र भन्सार अधिकृतहरु डरले थर्कमान भए। भन्सारका हाकिमहरूको आडमा त्यहाँका व्यापारीहरूले गाँजा र चरेसको व्यापार गरिरहेका थिए। कञ्चनपुर पुगेर उनले भ्रष्टाचारी दिट्ठा धर्मसिंह रावल र सुबेदार जोगराज आयरलाई खाटमा बाँधेर महाकालीमा बगाइदिए र, भन्सारमा भएको गाँजा र चरेस जलाइदिए। उनले सामन्तहरूसँग भएका तमसुकहरू, अदालतका मोठहरू पनि जलाइदिए।
भीमदत्त पन्तले गरेको यो कारबाहीबाट नेपाली व्यापारीहरूभन्दा भारतीय सीमाना तस्कर व्यापारीहरू बढी आतंकित हुन थाले। किनकि, नेपाली व्यापारीहरूभन्दा बढी चरेस र गाँजाको व्यापार भारतीय तस्कर व्यापारीहरूबाट हुन्थ्यो। भीमदत्त त्यहाँ आइपुगेपछि त्यहाँ पनि लुटपाट हुने र गाँजा चरेस जलाइने डर थियो। त्यसैले उनीहरूले भारतीय सरकारसँग सहयोगको लागि अनुरोध गरे। भारतीय सरकारले पनि भीमदत्त पन्तलाई 'कम्युनिष्ट' र 'आतंकवादी'को आरोप लगाएर उनलाई पक्रेर भारतीय सेनाहरू नेपालको सीमानाभित्र प्रवेश गरायो। भारतीय रेडियोबाट उनी कम्युनिष्ट भएको र उनले लुटपाट मचाउन थालेको कुरा प्रचार प्रसार गर्नथालियो।
त्यसै समयमा नेपालको तत्कालीन प्रधान सेनापति किरण शमशेरले भीमदत्त पन्त जिउँदै वा मरेको अवस्थामा ल्याउनेलाई ५००० रूपैयाँ दिने घोषणा गऱ्यो। र, उनलाई खोज्न भारतीय सेनाहरू, नेपाली सेनाहरू, प्रहरीहरू र जासुसहरूलाई लगाइयो।
भीमदत्त जनताको मुक्तिको लागि सक्रियतापूर्वक जुटिरहेका थिए। किसानहरूबाट उनलाई पूर्ण सुरक्षा प्राप्त थियो। उनले आफ्नो सुरक्षाको लागि दारी, जुँगा र आँखीभौँ समेत खौरेका थिए।
तर प्रत्येक जनताको मुटुको धडकनमा बाँचिरहेका भीमदत्त पन्तलाई उनीहरूले कहाँ पत्ता लगाउन सक्थे र? उनी प्रत्येक बस्ती-बस्तीमा, गाउँ-गाउँमा, घर-घरमा पुगिरहेका थिए। र, जनताको मुक्तिको लागि सक्रियतापूर्वक जुटिरहेका थिए। किसानहरूबाट उनलाई पूर्ण सुरक्षा प्राप्त थियो। उनले आफ्नो सुरक्षाको लागि दारी, जुँगा र आँखीभौँ समेत खौरेका थिए।
भीमदत्त पन्तलाई खोज्न र पत्ता लगाउन अनेक प्रयास गरियो। तर कुनै पनि प्रयास सफल भइरहेको थिएन। त्यसैले भारतीय सैनिकले उनलाई खोज्न चासो देखाउन छाडिसकेका थिए।
एक दिनको कुरा हो- भीमदत्त पन्त आफ्ना केही सहयोगीहरूका साथ जंगलमा खानपानको व्यवस्था गरिरहेका थिए। यो कुरा जासुसहरूले पत्ता लगाएछन् र त्यस ठाउँमा भारतीय सेनाहरूले घेरा हालिसकेका रहेछन्। यो कुराको सुइँको पाएपछि भीमदत्तले आफ्नो दूर्बीनले चारैतिर हेरे। उत्तरतर्फको क्षेत्रमा सेना नभएको देखेपछि उनी त्यतैतिरबाट कुलेलाम ठोके। यहाँ उनको शान्ति सेना र भारतीय सेनाबीच केही समय मुठभेड पनि भयो र यस मुठभेडमा उनका केही सैनिकहरू मारिए। एकजना मगर सैनिकले थुप्रै भारतीय सैनिकहरूलाई पनि मारे र आखिरमा आफू पनि मारिए।
२०१० साल श्रावण १७ गतेको दिन थियो। भीमदत्त पन्त हिंड्दा हिंड्दै बुडर भन्ने ठाउँमा पुगे। उनी भोक र थकाइले लखतरान भएका थिए। 'केही खाने कुरा पाउन सकिन्छ कि ?' भनेर उनी एकजना मगरको घरमा पसे। त्यस घरको मगरले उनी भीमदत्त पन्त हुन् भनेर चिने।
मीत भम्बा दियालले भीमदत्त पन्तलाई समातेर बाँध्यो र घरबाट बाहिर निकाल्यो। उनीसँग भएको हतियार खोसियो। भीमदत्तलाई पिट्दै सडकमा घिसार्न लागियो।
पाँच हजार रूपियाँ पुरस्कारको लोभले त्यो मगरलाई अमानवीय बनायो। मगरले भीमदत्त पन्तलाई चिने जस्तो गरेन, बरू उनलाई खाना खुवाउने आश्वासन दियो। छोरीलाई खाना पकाउन लगाएर ऊ तरकारी किन्न भनेर बाहिर निस्कियो। तर तरकारी किन्न गएको ऊ तरकारीको सट्टा सिपाहीहरू लिएर फर्कियो। सिपाहीहरूमध्ये एकजना 'भम्बा दियाल' नाम गरेकाका उनका मीत पनि थिए।
मीत भम्बा दियालले भीमदत्त पन्तलाई समातेर बाँध्यो र घरबाट बाहिर निकाल्यो। उनीसँग भएको हतियार खोसियो। भीमदत्तलाई पिट्दै सडकमा घिसार्न लागियो। यति गर्दा उनी पनि चुप लागेर बसेनन्। उनले जनताको मुक्तिको लागि आफूले संघर्ष गरिरहने दृढता व्यक्त गरिरहे। सामन्तहरू र उनीहरूका चम्चाहरूप्रति घृणाले भरिएका शब्दहरू ओकलिरहे।
उनको शब्द प्रहारले सिपाहीहरूलाई खपिनसक्नु भयो। उनीहरू बहुलाए। सिपाही लालबहादुरले बन्दुक चलायो। गोली गएर भीमदत्त पन्तको आङमा लाग्यो। गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो। उनको मुखबाट भने गालीका पर्रा छुटिरहेका थिए। र, उनले आफ्नो दृढतालाई पनि दोहऱ्याइरहे।

रविन सायमिले तयार पारेको मूल रेखाचित्रलाई एआइको सहयोगमा रङ्गीन बनाइएको ।
भीमदत्तकै धोकेबाज मीतलाई समेत भएन। उसले आफूसँग भएको खुकुरी दापबाट सट्ट झिक्यो र भीमदत्त पन्तको गर्दनमा बजायो। उनको टाउको छिन्निएर जमीनमा बज्रियो।
उनको त्यो दृढता सुन्ने सहनशीलता उनकै धोकेबाज मीतलाई समेत भएन। उसले आफूसँग भएको खुकुरी दापबाट सट्ट झिक्यो र भीमदत्त पन्तको गर्दनमा बजायो। उनको टाउको छिन्निएर जमीनमा बज्रियो। उनको शरीरलाई त्यहीँ कतै फालेर टाउको बोकेर सिपाहीहरू डँडेल्धुरातर्फ हान्निए।
श्रावण १८ गते दिउँसो खलंगा बजारको माझमा उनकी टाउको बाँसको लिङ्गोमा गाडियो र प्रदर्शन गरियो। यो प्रदर्शन तीन दिनसम्म जारी रह्यो। उनको टाउको लिन उनकी पत्नी पार्वतीदेवीसहितका उनका आफन्तहरू, अनुयायीहरू बडाहाकिम मोहनबहादुर सिंहकहाँ पुगे।

जनताका दुश्मन, सामन्त र शोषकहरूका पृष्ठपोषक बडाहाकिमले मारिइसकेका भीमदत्तको समेत अपमान गर्न चुकेन। उसने अपमानजनक रूपमा भीमदत्तलाई र टाउको लिन गएकाहरूलाई गाली गर्न थाल्यो। उसले आफूले राखेका ३१ वटा शर्तहरू मानेमा मात्र टाउको दिन मन्जुर गऱ्यो।
भीमदत्तले शहादत प्राप्त गरेपछि त्यहाँ बलिरहेको किसान आन्दोलन सेलाउन थाल्यो। त्यसपछि त्यस क्षेत्रमा त्यस किसिमले सशक्त किसान आन्दोलन अहिलेसम्म पनि उठ्न सकेको छैन।
आखिर ती ३१ वटा शर्तहरू स्वीकार गरेर कागज गराइयो र उनकी टाउको उनकी श्रीमतीलाई दिइयो। उनको टाउको घटाला बाबाको मन्दिर नजिकै लगेर जलाइयो। उनले शहादत प्राप्त गरेपछि त्यहाँ बलिरहेको किसान आन्दोलन सेलाउन थाल्यो। त्यसपछि त्यस क्षेत्रमा त्यस किसिमले सशक्त किसान आन्दोलन अहिलेसम्म पनि उठ्न सकेको छैन।
त्यस किसान आन्दोलनमा उनी बाहेक अरू केही व्यक्तिहरू पनि मारिए। ५२ जना घाइते भए र २७२ जना पकाउमा परे। पकाउमा परेका मानिसहरू २०१३ सालमा टंकप्रसाद प्रधानमन्त्री भएको समयमा रिहा भए।
दुःखको कुरो- जुन व्यक्ति राणा शासनको विरूद्ध प्रजातन्त्रको लागि लडेका थिए, प्रजातन्त्रको स्थापनापछि त्यस व्यक्तिको हत्या 'प्रजातन्त्रवादी' भनिने सरकारबाटै भयो।
यसरी भीमदत्त पन्तले दिल्ली सम्झौता र कमैया प्रथाको विरूद्ध आन्दोलन उठाए। आम किसानहरूको भू-स्वामित्वको निम्ति आवाज उठाए। देशमा भइरहेको शोषण, उत्पीडन र भ्रष्टाचारको विरूद्ध संघर्ष छेडे। तर दुःखको कुरो- जुन व्यक्ति राणा शासनको विरूद्ध प्रजातन्त्रको लागि लडेका थिए, प्रजातन्त्रको स्थापनापछि त्यस व्यक्तिको हत्या 'प्रजातन्त्रवादी' भनिने सरकारबाटै भयो।
उनको शीर त काटियो, तर देशद्रोही र शोषकहरूको सामु उनले कहिल्यै टाउको निहुराएनन्। उनको शीर सदा ठाडो नै रहिरह्यो। उनको यही देशभक्तिपूर्ण भावना र स्वाभिमानलाई हर नेपालीले अङ्गाल्न आवश्यक छ। अहिलेको परिस्थितिमा पनि हर नेपालीले उनको पाइलालाई पछ्याउनु जरूरी छ।
सन्दर्भ स्रोतहरू:
– भीमदत्त पन्त र उनले चलाएको आन्दोलन - डा. राजेश गौतम, गोरखापत्र २०५१ फागुन २७ गते
– शहीद भीमदत्त पन्त र उनले चलाएको किसान आन्दोलनः सीताराम बराल, श्री सगरमाथा २०५३ मंसीर १० गते
– शहीद: मदन-आश्रित स्मृति प्रतिष्ठान
– निरन्जन गोविन्द वैद्यसँगको कुराकानी
– उषा तिवारीले भीमदत्तकी श्रीमतीसँग गरेको कुराकानी
मूल्याङ्कन मासिक, २०५३ जेठ अंकमा प्रकाशित
मृत्युको खेल: नझुकेका लाल जर्सीहरू
एरिक हब्सबाम : एक जनपक्षधर इतिहासकार
पहिचानको लडाइँ र प्रतिरोधी चेतनाका संवाहक: माल्कम एक्स
सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता: आत्म-रूपान्तरणको मार्क्सवादी सिद्धान्त
विषादि सुँघाएर बेहोश पारी दासढुंगामा नियोजित तवरले गाडी खसालेको हुन सक्ने…
मार्क्स र एंगेल्सको प्रख्यात पुस्तक जर्मन आइडियोलोजीको सार
नेपालको बारेमा कार्ल मार्क्स के भन्थे ?
प्रतिक्रिया