गाजा नरसंहारविरुद्ध अमेरिकी सैनिकद्वारा आत्मदाह

अमेरिकाका एकजना सैनिक जवानले राजधानी वासिंगटन डिसीमा रहेको इजरायली राजदुतावास अगाडि गाजामा भइरहेको प्यालेस्टाइनीहरु माथि  भइरहेको नरसंहारको विरोधमा आत्मदाह गरेका छन्। अमेरिकी हवाई सेनाका जवान २५ बर्षीय एरोन बुसनेलले आत्मदाह गर्नु भन्दा अगाडि अमेरिकी मिडियाहरुलाई आफुले चाल्न सक्ने कदम बारे संकेत दिदै सूचना दिएका थिए। बुसनेलले सो संदेशमा भनेका थिए- आज म प्यालेस्टाइनीहरुको नरसंहारविरुद्ध चरम बिरोधमा संलग्न हुने योजना बनाइरहेको छु। यो ट्विचवाट प्रत्यक्ष प्रसारण गरिनेछ।

अमेरिकी सामाजिक संजालमा प्रत्यक्ष प्रसारण गरिएको भिडियोमा अमेरिकी सेनाको बर्दी लगाएका व्यक्तिले इजरायल राजदुतावास तर्फ अगाडि  आफुलाई अमेरिकी वायु सेनाको जवानको रुपमा परिचय दिन्छन्। एरोन बुसनेलले शान्त शैलीमा अगाडि भन्छन् - म गाजाको नरसंहारको मतियार बन्न चाहन्न। म बिरोध प्रदर्शनको चरम स्वरुपमा संलग्न हुन लागिरहेको छु। तर प्यालेस्टाइनका जनताले उपनिवेशवादीहरुको हातबाट जे भोगिरहेका छन् त्यसको तुलनामा यो केही पनि होईन। यो हाम्रो शासक वर्गले निर्धारण गरेको कुरा हो। इजरायली राजदुतावास अगाडी पुगेर आफ्नो मोबाइल फोनलाई भूइमा राखेर रेकर्ड चालु राख्दै पानीको बोतलमा भरेको तेल आफ्नो टाउकोमा खन्याउछन्। बोतल फ्याँकछन् र सैनिक टोपी आफ्नो शिरमा लगाउछन। गोजीमा लाइटर निकालेर सलाउने प्रयास गर्छन्। हत्तपत्त उनको लाइटर सल्किदैन। केहि प्रयासपछि मात्र बल्लतल उनको लाइटर सल्किन्छ। आफ्नो शरीरमा आगो लगाएपछि एरोन बुसनेलले स्वतन्त्र प्यालेस्टाइनको नारा पटक लगाए। घटनास्थलमा उपस्थत प्रहरीले एरोन बुसनेको शरीरमा लागेको आगो निभाउने स्प्रेले छर्केर निभाएर उद्धार गरे। तर गम्भीररुपमा जलेका एरोन बुसनेलको केही समय पछि अस्पतालमा निधन भयो।

एरोन बुसनेल आज गरेको आत्मदाहलाई ८ मे १९६३ मा भियतनामको हुए भन्ने शहरमा एक जना बौद्ध भिक्षु थिक क्वांग डुकले गरेको आत्मदाहसंग तुलना गर्न सकिन्छ।

भियतनामी बौद्ध भिक्षु थिक क्वांग डुकले रास्ट्रपति नो डिन दियमको नेतृत्वमा रहेको सरकारले बौद्ध समुदायमाथि गरेको दमनको विरोधमा आत्मदाह गरेका थिए। त्यस बेला दक्षिण भियतनाममा अल्पसंख्यक क्याथोलिक समुदायले बहुसंख्यक बौद्ध समुदायमाथि दमन गरिएको थियो। स्वयम् राष्ट्रपति नो डिन दियम पनि क्याथोलिक समुदायका थिए। सडकको बिचमा पद्मासनमा बसेका थिक क्वांग डुकको आत्मदाह गर्दै गरेको तस्विर अमेरिकी फोटोग्राफर म्याल्कम ब्राउनले खिचेका थिए। यो तस्विरले विश्वभर सनसनी मच्चियो। यो घटनाले रास्ट्रपति नो डिन दियमको सरकारलाई पुरै हलाइदियो। यो घटनाको बारे प्रतिकिया दिदै तत्कालिन अमेरिकी रास्ट्रपति जोन एफ केनेडीले भनेका थिए- इतिहासमा यो तस्बिरले संसारभर यस्तो आवेग सिर्जना गरेको थिएन जति यो तस्विरले गरेको छ।

 एरोन बुसनेलले अमेरिकी सैनिक बर्दीमा गरेको आत्मदाहको तस्विर पनि यो युगको सबैभन्दा शक्तिशाली तस्विर हो।

गत वर्षको अक्टुबर ७ मा हमासले इजरायल माथि आक्रमण गरेको थियो। त्यसको बदलामा इजरायलले गाजा क्षेत्रमा ४ महिना यता नृशंस आक्रमण गरिरहेको छ। जसमा अहिलेसम्म २९ हजार भन्दा बढी प्यालेस्टाइनीहरुको मृत्यु भैईसकेको छ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’