के लेमिङले साँच्चै ‘आत्महत्या’ गर्छ ?

यस संसारमा थरिथरिका विचित्रका जीवजन्तुहरु पाइन्छन् । त्यस्तै एउटा विचित्रको जीव हो  लेमिङ्ग । आमरुपमा के विश्वास गरिन्छ भने यो जीवले समुद्रमा हाम्फालेर आत्महत्या गर्ने गर्छ । खासगरी, आफ्नो जनसंख्यामा अत्यधिक बृद्धि भएपछि यसले आत्महत्या गर्छ भनेर भन्ने गरिन्छ । तर वास्तवमा यो कुरा सही होइन ।

लेमिङ्ग पहेंलो खैरो वर्णको, झट्ट हेर्दा मुसा जस्तो लाग्ने सानो जीव हो यो अक्सर गरेर एशिया, युरोप उत्तर अमेरिकाका चिसो स्थानहरुमा पाइन्छन् यो जीव आकारमा करीब १३ से.मी. को हुन्छ । छोटो पुच्छर,गोलाकार टाउको, भुत्लाले ढाकिएका साना कान हुने यस जीवको खुट्टा पनि छोटा नै हुन्छन् यो जीवले पानी भएको क्षेत्र नजिक आफ्नो गुँड बनाउँछ मूलतः शाकाहारी यो जीवले एक पटकमा पाँच वटासम्म एक वर्षमा कैंयौं पटक बच्चा जन्माउँछ

भिन्न भिन्न क्षेत्रमा पाइने लेमिङ्गका भिन्न भिन्न विशेषताहरु हुन्छन् तर स्कान्डिनाभिया (उत्तर पश्चिम युरोप)मा पाइने नर्वे लेमिङ्ग (Lemmus lemmus)  मा भने एउटा विचित्रको विशेषता पाइन्छ अन्य क्षेत्रमा पाइने लेमिङ्गहरु भन्दा यसमा एउटा नितान्त भिन्न चरित्र के देखिन्छ भने, यो जीव खाद्यान्नको खोजीमा बसाई सराई पनि गर्ने गर्छ वर्षभरिमा धेरै बच्चा जन्माउने भएको कारण यस जीवको संख्यामा वर्षेनी अचाक्ली बृद्धि हुन्छ यसरी संख्यामा धानिनसक्नुको बृद्धि भएपछि यो जीव नयाँ वासस्थान र आहाराको खोजीमा लाखौंको संख्यामा समुद्रभएतिर ओइरिन्छ यसरी समुद्रतिर लाग्ने क्रममा बाटामा नै हज्जारौं लेमिङ्गहरु अन्य जनावरहरुको भोजन बन्छन्, कतिपय प्राकृतिक मृत्युको शिकार बन्न पुग्छन्  समुद्रछेउसम्म पुगेका थुप्रै लेमिङ्गहरु समुद्रमा हाम्फाल्न पुग्छन्डुबेर मर्छन्

यसरी समुद्रमा डुबेर मर्ने भएको कारणले गर्दा नै मान्छेहरुले विश्वास गर्ने गर्छन्संख्या बढेपछि लेमिङ्गले आत्महत्या गर्छ

तर खासमा चाहिँ लेमिङ्गले यसरी आत्महत्या गर्नकै लागि त्यसरी समुद्रमा ओइरिएको हुँदैन आफ्नो जनसंख्यामा अचाक्ली बढेपछि लेमिङ्ग बसोबास भएको क्षेत्रमा खाद्यान्नको व्यापक अभाव हुन थाल्छ फलतः उचित वासस्थान पर्याप्त खाद्यान्न पाइने क्षेत्रको खोजीमा लाखौंको संख्यामा लेमिङ्ग बसासरा गर्ने गर्छ स्वभावतः पानीको नजिक बस्न रुचाउने भएकोले यो जीव तलाउ, खोला, नाला, नदी जस्ता पानी भएका क्षेत्रहरुतिर आकर्षित हुने गर्छ यसै दौरानमा यी जीवहरु समुद्रका छेउछाउ पनि पुग्ने गर्छन् यस्तो अवस्थामा पछाडि रहेका समुहको ठेलमठेलमा परेर समुद्रछेउ पुगेका यी जीवहरुको अघिल्लो हिस्सा समुद्रमा खस्न वा डुब्न पुग्छन् । त्यस दौरानमा उनीहरुले समुद्रलाई पनि नदीमा जस्तो तैरेर पार गर्न खोज्छन् तर समुद्रको अनन्त विस्तारलाई नाँघ्न नसकेर यो जीव समुद्रमा नै डुब्छ मर्न पुग्छ

प्रत्येक तीन वा चार वर्षमा नर्वे लेमिङ्गमा बसाइसराइको समुद्रमा डुबेर हुने आमसंहारको यो प्रक्रिया दोहोरिइरहन्छ तर पछिल्लो चरणमा, खासगरी सन् १९९० दशकको मध्यदेखि दक्षिणी नर्वेका लेमिङले आफ्नो यो ऐतिहासिक लयलाई पछ्याउन छाडेको देखिन्छ ।

रोचक के भने, अन्य जातिका लेमिङ्गले भने यसरी बसासरा गर्दैन उनीहरुको यस्तो दुःखान्त संहार पनि हुन पाउँदैन