संसारमा सबैभन्दा बढी सम्बन्ध विच्छेद हुने देशहरु !

संसारमा सबैभन्दा बढी सम्बन्ध विच्छेद हुने देश बेल्जियम हो । विजिनेश इनसाइडको २०२३ को तथ्यांकअनुसार त्यहाँ सम्बन्ध विच्छेदको दर ७१ प्रतिशत रहेको थियो ।

बेल्जियमपछि सबैभन्दा बढी सम्बन्ध विच्छेद हुने देशको सूचीमा पोर्चुगल, हंगेरी र चेक रिपब्लिक रहेको छ । त्यहाँ सम्बन्धविच्छेदको दर ६५ प्रतिशत रहेको छ ।

तेस्रो नम्बरमा आउने देश हो  स्पेन । त्यहाँ सम्बन्ध विच्छेदको दर ६१ प्रतिशत रहेको छ ।

यी तथ्यांकहरुले देखाउँछ, त्यहाँको वैवाहिक सम्बन्ध जीवनपर्यन्तको सहकार्य र सम्बन्धमा हैन, बीचैमा टुट्ने गर्छ । ती देशहरुमा वैवाहिक सम्बन्ध आत्मीय प्रेमका रुपमा स्थापित हुँदो रहेनछ भन्ने तथ्यांकले देखाउँछ ।

उता चिलेमा भने सम्बन्धविच्छेदका दर ३ प्रतिशत मात्रै रहेको छ ।

स्टाटिस्टाको तथ्यांकअनुसार सन् २०२० मा अमेरिकामा ६,३०,५०० सम्बन्धविच्छेद भएको थियो । वैश्विक तथ्यांकको आधारमा भन्दा यो ५० प्रतिशतभन्दा केही बढी हुन आउँछ । अमेरिकापछि बढी सम्बन्ध भएको देशमा रुसको नाम आउँछ । त्यहाँ ५,६४,७०० सम्बन्धविच्छेद भएको थियो भने जर्मनीमा १,४३,८०० जनाले सम्बन्धविच्छेद गरेका थिए ।

त्यसैगरी, टर्कीमा १,३६,५७० जना, फ्रान्समा १,२८,०४३ जना, युक्रेनमा १,१९,८३८ जना, बेलायतमा १,१०,७९७ जना, दक्षिण कोरियामा १,०६,५०० जना, स्पेनमा ७७,२०० जना र इटालीमा ६६,६६२ जनाले सम्बन्धविच्छेद गरेको तथ्यांकले देखाउँछ ।

यसरी व्यापक मात्रामा सम्बन्धविच्छेद हुनुको ठोस कारण चाहिँ के होला त ? यो यसै भन्न सकिन्न । यसरी सम्बन्धविच्छेद हुनुका विविधि र बहुआयामिक कारणहरु हुने गर्छन् । तर ठट्टाको रुपमा चाहिँ के पनि भन्ने गरिन्छ भने– सम्बन्धविच्छेद हुनुको मुख्य कारण विवाह नै हो । विवाह नै हुँदैनथियो भने सम्बन्धविच्छेद पनि हुँदैनथियो ।