तुरुन्तै युद्धविरामको माग गर्दै राष्ट्रसंघमा प्रस्ताव पारित

मानवीय आधारमा गाजा क्षेत्रमा अविलम्ब युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा विशाल बहुमतका साथ प्रस्ताव पारित भएको छ ।

हिजो मंगलबार पारित उक्त प्रस्तावको पक्षमा नेपाल समेत गरी १५३ राष्ट्रले मतदान गरेका छन् भने त्यसको विपक्षमा अमेरिका, इजरायल लगायत १० वटा देशहरुले मतदान गरेका छन् । २३ वटा देशहरु भने तटस्थ बसेका छन् ।

पारित प्रस्ताव बाध्यकारी नभए पनि त्यसले विश्व जनमतको भावनालाई प्रतिनिधित्व गर्दछ । त्यसले इजरायलको आक्रमणको विरुद्धमा विश्व जनमत खडा छ भन्ने कुरालाई बलियोसँग दर्शाउँदछ ।

यतिखेर इजरायलले गाजाक्षेत्रमा नरसंहार मच्चाइरहेको छ । विश्व जनमत युद्धको विरुद्धमा खडा छ तर अमेरिका र युरोपको सह पाएको इजरायलले युद्ध अपराधको हदमा गाजा क्षेत्रमा अस्पताल, आवासीय क्षेत्रहरुमा समेत आक्रमण गरेर बालबालिका, महिला, बृद्धबृद्धा तथा स्वास्थयकर्मीहरु समेतको हत्या गरिरहेको छ ।

यसअघि पनि गत अक्टोबर २७ मा यस्तै एउटा प्रस्ताव पारित गरिएको थियो । त्यसबेला प्रस्तावको पक्षमा १२० राष्ट्रले मतदान गरेका थिएन भने १४ ले विपक्षमा । त्यसबेला ४५ राष्ट्रहरु तटस्थ बसेका थिए ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।