भारतले वान्टेड सूचीमा राखेका मुजाहिद्दीन नेताहरूको भकाभक हत्या !
भारत सरकारको मोस्ट वान्टेड सूचीमा रहेका दुई दर्जन व्यक्तिहरुको विगत दुई वर्ष यता पाकिस्तानमा रहस्यमय परिस्थितिमा हत्या भएको छ। तर पाकिस्तान सरकार र ती हत्या गरिएका व्यक्तिहरु सम्बद्ध रहेका मुजाहिद्दिन संगठनहरुले यी घटना बारे कुनै प्रतिक्रिया जनाएका छैनन्।
यसरी हत्या गरिएका कमान्डरहरु लश्कर-ए-तैयबा, हिज्बुल मुजाहिदिन, जैश-ए-मोहम्मद र खालिस्तान आन्दोलनसंग सम्बन्धित छन्।
पछिल्लो पटक यसै नोभेम्बर महिनाका दुई हप्ताभित्रै लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद तीन जना वरिष्ठ कमान्डरहरुको हत्या भएको छ। जसमध्ये जैश-ए-मोहम्मदका मुख्य नेता मौलाना मसुद अजहरका नजिक सहयोगी र लश्कर-ए-तैयबाका वरिष्ठ नेता समेत सामिल छन्। भारत सरकार विरुद्ध लडिरहेका मुजाहिद्दिन समुहका नेताहरुको हत्या शृंखलाको सुरुवात २००८ को मुम्बई हमलाका योजनाकार भनी आरोपित लश्कर-ए-तैयबाका संस्थापक हाफिज सैयद माथि आक्रमण बाट सुरु भएको थियो। त्यस हमलामा उनी मुश्किलले बँचेका थिए। यी हत्याहरुका शैली एकै प्रकारको रहेको छ। मोटरसाइकलमा चढेर आउने अपरिचित व्यक्तिले भारत सरकारले खोजी गरिरहेका व्यक्तिलाई गोली हानेर हत्या गर्ने गरेका छन्।
यी घटनाहरुको अनुसन्धानमा संलग्न पाकिस्तानी कर्मचारीहरु यसको पछाडी शत्रु देशको जासुसी निकायको संलग्नता रहेको दावी गर्छन् । उनीहरुले नाम नकिटेपनि त्यो देश भारत हो भनेर अनुमान लगाउन मुश्किल छैन ।
स्मरण रहोस्, यसअघि भारतमा स्वतन्त्र खालिस्तानको माग गर्ने कुराको समर्थक सिख नेताको हत्या क्यानडामा यस्तै तरिकाले गरिएको थियो । उक्त हत्याको दोष क्यानडा सरकारले भारतमाथि लगाएको थियो । उक्त प्रकरणपछि क्यानडा – भारतबीचको द्विपक्षीय सम्बन्धमा निक्कै ठूलो दरार आएको छ ।
यो पनि हेर्नोस्
इरान विरुद्धको युद्ध: डुबिरहेको वर्चश्वशाली शक्तिको कथा
पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव
अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…
क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…
अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…
मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध
कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?
प्रतिक्रिया