महाथिर मोहमद भन्छन्– इजरायली अतिक्रमण र आम नरसंहारमा अमेरिका र बेलायत पनि दोषी

मलेसियाका पुर्व प्रधानमन्त्री डा महाथिर मोहमद अन्तर्राष्ट्रिय राजनीतिका चतुर खेलाडी मानिन्छन्। मलेसियाको चामत्कारिक विकासको श्रेय उनलाई नै दिइन्छ। उनकै २४ वर्षे शासनकालमा मलेसियाले कायापलट गरेको थियो।

 ९८ वर्षीय डा. महाथिर मोहमदले अहिले चलिरहेको हमास र इजरायलबीचको युद्धका बारेमा रोचक टिप्पणी गरेका छन्। उनले गरेका टिप्पणीहरु यहाँ बुँदागत रुपमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

– इजरायलीहरुको गाजा युद्धका केही कुरा अनौठा छन्।

– जब युद्ध सुरु भयो, दुई हजार प्यालेसटाइनीहरु मारिएको खबर आयो।

– मारिएका इजरायालीहरुको संख्या १४०० थियो।

– युद्ध सुरु भएको दुई हप्ता भन्दा बढी भयो।

– रिपोर्टका अनुसार अहिलेसम्म ५००० भन्दा बढी प्यालेसटाइनीहरु मारिइसकेका छन्।  

– तर मारिएका इजरायलीहरुको  संख्या १४०० नै रहेको छ।

– पहिलो दिन १४०० जना इजरायलीहरुलाई मारेपछि हमासले इजरायल माथि रकेट प्रहार गर्न छोडेको हो ? वा इजरायलले हमास र सबै प्यालेस्टाइनीहरु विरुद्ध आफ्नो निरन्तरको आम नरसंहारकारी कामलाई पुष्टि गर्नको लागि १४०० को बनावटी आँकडा तयार गरेको हो ?

– इजरायल ठुलो शक्ति राष्ट्र होइन तर यसले अन्तरास्ट्रीय कानुन र नैतिकता लाई केही वास्ता गर्दैन।  किन ?

– यसको कारण के हो भने इजरायलको पछाडि अमेरिकी सरकार छ। खुलस्त रुपमा भन्ने हो भने अमेरिकी सरकारले इजरायलका अपराध र अनैतिकता अनुमोदन गर्दछ। अमेरिकी राष्ट्रपति बाइडेनले कहिले पनि मारिएका प्यालेस्टाइनीहरुको चर्चा समेत गर्दैनन्।

– अमेरिका सरकारले किन इजरायलको समर्थन गर्छ? किनकी अमेरिकाका यहुदीहरु त्यहाँको राष्ट्रपति र सरकारको चयनमा ठुलो भूमिका खेल्ने गर्छन्। उनीहरुको हातमा मिडिया र बैंकहरु छन्।

– प्यालेस्टाइनीहरु विरुद्ध इजरायली अत्याचारहरुको निन्दा गर्दा हामीले ती अत्याचार प्रतिको अमेरिकी सरकारको समर्थनको पनि निन्दा गर्नुपर्छ। अझ अमेरिका सरकार गाजापट्टीमाथिको इजरायली अतिक्रमण र आम नरसंहारको योजनालाई समर्थन गर्न तयार छ। अमेरिकी सरकार र बेलायत दुवै दोषी छन्।

Photo: asia.nikkei.com/

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।