चिनियाँ प्रम भन्छन्ः शीतयुद्ध– ‘नो’ !
चिनियाँ प्रधानमन्त्री ली चियाङले शीतयुद्धलाई विरोध गर्नुपर्ने र पारस्परिक सहयोग बृद्धितिर लाग्नुपर्ने बताएका छन् ।
इण्डोनेशियाको राजधानी जाकर्तामा आयोजित चीन–आशियानको २६ औं शिखर सम्मेलनलाई भदौ २० गते बुधबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
चीन र आशियान मुलुकहरुले सही बाटो हिँड्दासम्म जस्तोसुकै आँधीतुफान आएपनि उनीहरु बीचको एकता सदाझै मजबूत रहने र सबैखाले कठिनाईहरुविरुद्ध लड्दै अघि बढ्ने कुरा पनि उनले बताए । उनका अनुसार चीन–आशियानबीचको निकटतम गठबन्धन कायम रहने र तनाव एवं द्वन्द्वलाई बढाउन खोज्ने बाह्यहस्तक्षेपहरुविरुद्ध अडिग भएर विकासको पथमा अगाडि बढिरहनेछ ।
चीन र आशियान मुलुकहरुले आपसी असहमति–असमझदारीहरुलाई वार्ता र संवादको माध्यमबाट सही ढंगले व्यवस्थापन गर्दै आएको पनि प्रधानमन्त्री ली चियाङको भनाइ थियो ।
चिनियाँहरुको बुझाइमा अमेरिकाले दक्षिण–चिनियाँ समुद्रका बारेमा त्यस क्षेत्रका मुलुकहरुबीचको आपसी विवादहरुमा खेल्दै नयाँ विवादहरु सिर्जना गरी त्यस क्षेत्रमा अस्थीरता सिर्जना गर्न र विकासलाई कामहरुलाई अवरुद्ध गर्न खोजिरहेको छ । त्यसका विपरीत चीनले चाहिँ त्यस समग्र क्षेत्रमा विकास र सुरक्षा सहयोगलाई बढाउने दिशामा अग्रसर रहँदै आएको चीनको दावी छ ।
Photo: Golble Times
इरान विरुद्धको युद्ध: डुबिरहेको वर्चश्वशाली शक्तिको कथा
पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव
अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…
क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…
अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…
मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध
कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?
प्रतिक्रिया