भूउपग्रहका विरुद्ध लेजर हतियारयुक्त पनडुब्बीको प्रयोग गर्न सकिने

चीनको जनमुक्ति सेनाका वैज्ञानिकहरुले गरेको एक अध्ययनमा ‘चीनको सुरक्षामाथि कुनै पनि किसिमको खतरा महसूस भयो भने लेजर हतियारले लैस जनमुक्ति सेनाको पनडुब्बीले अन्तरिक्षमा रहेको स्पेश एक्सको उपग्रह खसालिदिन सक्ने’ दावी गरिएको छ ।

मेगावाट लेजर हततियार जडित उक्त पनडुब्बीले पानीभित्रै रहेर उपग्रहमा प्रहार गर्न सक्ने बताइएको छ ।

नाभल सवमेरिन एकेडमीका प्राध्यापक वाङ डानले नेतृत्व गरेको अनुसन्धान टोलीले तयार गरेको र गत महिना चिनियाँ भाषामा प्रकाशित हुने ‘कमाण्ड कन्ट्रोल एण्ड सिमुलेसन’ जर्नलमा प्रकाशित सो अध्ययनमा त्यस किसिमको लेजर हतियारले सुसज्जित पनडुब्बीहरुको व्यापक उत्पादन गर्न सकिने तथा तिनलाई चीन विरुद्धको सैन्य धम्कीलाई प्रतिवाद गर्न संसारका विभिन्न स्थानका सागर–महासागरहरुमा तैनाथ गर्न सकिने सुझाव दिइएको छ ।

यस किसिमको युद्धमा अहिलेसम्म उपग्रहलाई प्रहार गरेर झार्नुभन्दा पनि त्यस किसिमेका आक्रमणमलाई गोप्य राख्नु मुख्य समस्या रहँदै आएको अनुसन्धानकर्ताहरुको दावी छ ।

त्यसो त पनडुब्बीबाट उपग्रहविरुद्ध आक्रमण गर्ने उपायका बारेमा चीन एक्लोले मात्र काम गरिरहेको छैन । केही समयअघि अमेरिकाको नेभल इन्स्टिच्यूटले पनि भूउपग्रहविरुद्धको आक्रमणमा पनडुब्बीको प्रयोग प्रभावकारी हुनेबारे विश्लेषण प्रकाशित गरिसकेको छ ।

स्मरण रहोस्, स्टारलिङ्कका उपग्रहहरु अभेद्य मानिन्छ । करिब २३०० वटा उपग्रहहरु रहेको स्टारलिङ्कका केही उपग्रहहरु कुनै पनि कारण नष्ट भइहाल्यो भने पनि त्यसले गर्ने काममा कुनै असर नपर्ने बताइन्छ । यस अर्थमा पनि चिनियाँ विश्लेषकहरुले भविष्यमा द्वन्द्व चर्केको अवस्थामा ती उपग्रहहरु चीन विरुद्ध प्रयोग हुन  सक्ने कुरामा चीन चिन्तित र सतर्क देखिन्छ ।

स्रोतः युरएयिशनटाइम्स