बढ्दो पर्यटक आगमनबाट उत्साहित छैनन् होटल व्यवसायी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Hotel%2520Association_kHMRP0ZA9L_hsexvdipugvbgaq8ke79iuiow2ymosrqrhqb7d3zzv0unzl3cx06c0rdbw8n_NujbkM161S_sxmp4zm44b6abfcry1xa0pmlnewvb9ab9bgiijh21qdwt3wb7dkebmzpc1fz.jpg)
काठमाडौं । नेपालमा पर्यटक आगमनको संख्या बढ्दो छ । सन् २०२४ को तीन महिनामै तीन लाख भन्दा बढी पर्यटक नेपाल आएका छन् ।
अघिल्लो महिना मार्चमा त एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल भित्रिएर नयाँ रेकर्ड नै बन्यो। यस वर्षको जनवरीमा ७९ हजार एक सय जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको संख्या फेब्रुअरीमा ९७ हजार ४२६ पुगेको थियो ।
जबकी सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार ७५५ जना पर्यटक मात्रै पर्यटक नेपाल आएका थिए ।
सन् २०२४ को सुरुवातदेखि नै पर्यटक आगमन बढेपनि होटल व्यवसायी भने खुसी छैनन् । नेपालमा पर्यटक राख्ने होटलको क्षमता पनि बढेको बढ्यै छ । क्षमता बढेपनि त्यस अनुसारको पर्यटक आगमन संख्या बढ्न नसकेको होटल व्यवसायीहरू बताउँछन् ।
पर्यटन क्षेत्रका नेपालले क्षमता अनुसारको लाभ लिन नसकेको होटेल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन् । अध्यक्ष शाह भन्छन्, ‘पर्यटन क्षेत्रबाट नेपालले जति लाभ लिन सक्ने हो त्यति हामीले लिन सकिरहेका छैनौँ । एक लाख पर्यटकको संख्या गनेर हामी खुसी भइरहेका छौँ । जबकी त्यसको तीन दोब्बर सेवा दिन सक्ने क्षमता हामीले बनाइसकेका छौँ ।’
नेपालमा सडक लगायतका पूर्वाधारको समस्या रहेका कारण पनि पर्यटकहरू उल्लेख्य आउन नसेको उनको भनाई छ । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय सञ्जालसंग जोडिनका लागि बनेको एयरपोर्टमा जहाज आउँदैनन् । एकातिर सिधा उडान छैन अनि अर्कोतिर सडकको अवस्था त्यस्तो छ । काठमाडौंमा आएका पर्यटक पोखरा नै जानु पर्यो भने पाँच÷छ घण्टाको बाटोमा १४÷१५ घण्टा लाग्छ । यस्तो अवस्थामा नेपालमा को आउँछ ?’
पर्यटन प्रवर्द्धनको क्षेत्रमा एक पटक काम गरे भनेर अब आवश्यक छैन भन्ने खालको सरकारले सोच राख्न नहुने उनको तर्क छ । ‘हामीले पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न कार्यक्रमहरूमा नेपाल आउन चाहने मानिसहरू धेरै भेटेका छौँ । उनीहरूलाई नेपाल ल्याउने वातावरण सरकारले बनाउनु पर्छ’, उनले भने ।
त्यस्तै, होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले पनि पूर्वाधारका कारण नेपालमा पर्यटकको संख्या उल्लेख्य नभएको गुनासो गरे । उनले भने, ‘नेपालमा पूर्वाधार विकास अत्यन्तै सुस्त छ । एउटा सडक बनाउनका लागि वर्षौँ लाग्छ । पूर्वाधारकै कारण नेपालमा पर्यटकहरू आउन मान्दैनन् ।’
पोखरामा सिधा अन्तर्राष्ट्रिय उडान हुन नसकेको उनले गुनासो गरे । महासचिव शाक्यले भने, ‘‘उडानमा कनेक्टिभिटी बढाउनु पर्ने हाम्रोमा अत्यन्तै चुनौती रहेको छ । पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएको छ । तर, दुर्भाग्यको कुरा त्यहाँको अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन । नियमित उडान गर्ने हो भने विदेशी पर्यटक उल्लेख्य मात्रामा नेपाल आउँछन् ।’
आफूहरू केही समय अगाडी भारतको अयोध्या गएको सुनाउँदै उनले भने, ‘त्यहाँ नेपाल घुम्न आउन चाहने भारतीयहरू धेरै रहेछन् । त्यहाँ भारतका अन्य ठाउँबाट लाखौँको संख्या पर्यटकहरू आउने गरेका छन् । ती पर्यटकहरू नेपाल पनि आउन चाहन्छन् । तर, हामीले अयोध्याबाट भैरहवाको दुरी टाढा नहुँदा पनि भित्र्याउन सकिरहेका छैनौँ ।’
![लोकप्रियतावादले देशलाई नै दिशाविहीन बनाइदिएको छ !](https://snowberry.prixacdn.net/media/gallery_folder/Arun-Subedi-about-Economy_JdTkCtOoSg_fyavqssmdggs6gjk6ulrxvnptabcipyxd5o7rurern1c7xo3wakshutxqfbr_XrQLQykF1X_oboqfyndsfc22sdzb7wdopmxdmtktrckg9hn55hzlnwvq1ixviusnziapgol.jpg)
लोकप्रियतावादले देशलाई नै दिशाविहीन बनाइदिएको छ !
![पश्चिमी प्रतिबन्ध निष्प्रभावी, रुस 'उच्च आय' भएको मुलुकमा स्तरोन्नति](https://snowberry.prixacdn.net/media/gallery_folder/Russian%2520Economy%2520up%2520Final_zn867Q7USn_6xxmn129ztudjp3ewld7v6p1a5hnsppbq51afetgcytfs7q2yhwehpwed4fu_LjZd0hbfJ8_nbxsmhqdq8vaoxajvfo7d0cvop6ofpusdaae4pewgbht6hbwkfe8kjje2jhi.jpg)
पश्चिमी प्रतिबन्ध निष्प्रभावी, रुस 'उच्च आय' भएको मुलुकमा स्तरोन्नति
![पेट्रोडलरको अवसान: के सकिएकै हो त अमेरिका-साउदी सम्झौताको म्याद ?](https://snowberry.prixacdn.net/media/gallery_folder/petro%2520dollor_IvFjI5UWdz_zh3k74qrff0yenuhvqy6xajptsg8cicjotiv1zyn1gc380vueaxtdkcb3oxq_TeSBvNZPij_xwtnsskofvdqickbkpydvktk7pcvheglm7ouizwuyblsuzfga2ndy8jzd9yb.jpg)
पेट्रोडलरको अवसान: के सकिएकै हो त अमेरिका-साउदी सम्झौताको म्याद ?
![किन थुपार्दैछन् धनी देशले सुन, कुनसँग कति छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Gold%2520collection_CQxsXANbB5_wncwibtsekvmuo7j1fd4u6gb2hpb95a5nqgrwoe9czebxbtwzyremuzlhisl_wyPey7hiuf_1rrf3ayyef4scnnmnjakd4oepoie9qh1zfdgniea1uy9qma8mvjtgn2kugrh.jpg)
किन थुपार्दैछन् धनी देशले सुन, कुनसँग कति छ ?
![पेट्रो डलर सम्झौता नवीकरण नगर्ने संकेत](https://snowberry.prixacdn.net/media/gallery_folder/petro%2520dollor_IvFjI5UWdz_zh3k74qrff0yenuhvqy6xajptsg8cicjotiv1zyn1gc380vueaxtdkcb3oxq_N3NQPJc3pw_iu9yvvkwjcsju8i03xb4sbbyqykzaxn7ugf1nkxtmlw6xgxslaeszwlpznse.jpg)
पेट्रो डलर सम्झौता नवीकरण नगर्ने संकेत
![जापानी येनको चर्को गिरावट, अमेरिकी डलरको बढदो प्रभुत्व र विश्वबजारमा देखिएको सुनको उच्च मूल्य वृद्धि: नेपालमा पर्ने असर के ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Yen-dollor-gold_SG3Q1YZ9gZ_ewkqr54idphrdthfgjzzgffooufxh3tydefwptz0wnhbpjrwr6atoj5lk3bk_zquoTtmp2l_l1l7q1e8rhqgd3jltluqdftv9qkhq4cnkjtm4qhmwd0ytlqfv2csgpxqrk3y.jpg)
जापानी येनको चर्को गिरावट, अमेरिकी डलरको बढदो प्रभुत्व र विश्वबजारमा देखिएको…
![खर्च गर्नै सक्दैनन् सरकारका मन्त्रालयहरू](https://snowberry.prixacdn.net/media/gallery_folder/Finance_ministry_of_Nepal_seLNiof4gM_bnfpssatcc11xswn2zliovm5dap1gyjyzphjflzj9slshbqevfjwqb2ocaet_vV9HriBOGF_pfsq72kiz1tp0err378kp7bd7y87mpqh1prh8nve7i92tzsiepqrd2d3ygub_2fBS0olMEy_8dzftum909ilhxlsovohv49cru6t5wyaf61equglugypphe5e3akqxhmjqqd.jpeg)
खर्च गर्नै सक्दैनन् सरकारका मन्त्रालयहरू
![मुलुक परनिर्भरताको सङ्घारमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Dr%2520dilliraj%2520khanal_Mns0lK0Ng7_nbkrrqv5aww3stxu6togdbazu0e7snxjakaznw7oqtam3hrgmzs0jtu6z37r_i14OOpmb4J_ppjjsn6kewkzcj2gww3hnkl2ab69cammwlkbuz9u1nkfgdwwwewkwn15pujh.jpg)
प्रतिक्रिया