हाम्रो मुक्तभूमिको यात्रा, माओको लङमार्च र कमरेड विप्लवको कम्युन मिसन

यसपटक हाम्रो पार्टी नेकपा (माओवादी)को केन्द्रीय जनकम्युनको यात्रा निकैं रोचक बन्यो हाम्रा लागि ।

कार्तिक १० गते हामी काठमाडौंबाट कमरेड माइला लामासहितको ठूलो टोली कपिलवस्तुको दोबाटोसम्म रिर्जब बसमा पुग्यौं । त्यसपछि हामीले चार घण्टाको पैदल यात्रा थाल्यौं ।

पैदल यात्राका क्रममा ५०/६० जनाको त्यो यात्रा निकैं रमाइलो देखिन्थ्यो । यात्रामा युवादेखि परिपक्व उमेरका कमेरडहरुको उर्जा देखेर हामीलाई निकैं हौसला प्रदान गर्यो । त्यसमा काठमाडौंबाट कमरेड नविन विष्ट र धादिङबाट कमरेड ज्योतीसहित अरु कयौं उमेरले परिपक्व कमरेडहरु पनि सहभागी हुनुहुन्थ्यो ।

पैदल यात्रामा मसहित धेरैं कमरेडहरुले यात्रालाई भिडियोमा कैद गर्न थाल्यौं । सबैं कमरेडहरु यात्राबाट निकैं उत्साहित हुनुहुन्थ्यो । त्यो यात्रा साँच्चिकैं १० वर्षे जनयुद्धको झल्को दिनेगरीको यात्राजस्तैं थियो ।

त्यो यात्रा निकैं रोचक थियो नैं, सँगैं यो यात्रा मात्र होइन कि महासचिव कमरेड विप्लवले काठमाडौंको सजिलो बसाइँ छोडेर जनकम्युनको कठिन यात्रा नैं किन रोज्नु भयो ? चीनमा माओको लामो यात्रा र महासचिवको जनकम्युनको यात्राबीच के छ भिन्नता ? यसबारे यस लेखमा छोटोमा चर्चा गरिनेछ ।

कपिलवस्तुको दोबाटोबाट कार्तिक ११ गते बिहानैं हिँडेको हाम्रो बागमती प्रदेशको टोली समयमैं अर्थात् १२ बजे केन्द्रीय जनकम्युन पुग्यो । त्यो ठाउँ जहाँ महासचिव कमरेड विप्लव सी लामो समयदेखि त्यहाँ कृषि उत्पादनको नेतृत्व गर्दै बसिरहनु भएको छ ।

जनकम्युन पुगेपछि........

जनकम्युन पुगेपछि महासचिवलगायतको कम्युनका कमरेडहरुले हाम्रो जम्बो टोलीलाई स्वागत गर्यो । यो ठाउँ अर्घाखाँचीको शितगंगा नगरपालिकाभित्र पर्ने बोक्से गाउँ हो । यो गाउँ निकैं दूरदराज बस्तीभित्र पर्दछ । जहाँ अहिलेसम्म राम्रो मोटर बाटो पुगेको छैन । बिजुली बत्ती पुगेको छैन । जसका कारण यहाँका बासिन्दाहरु बसाइँसराइँ गरेर कपिलवस्तुतिर पलायन भइसकेका छन् ।

दिउँसो खाना खाइसकेर ३ बजे पार्टीले बागमती प्रदेशको राजनीतिक वैचारिक प्रशिक्षणात्मक कार्यक्रम शुरु गर्यो । कमरेड माइला लामाको अध्यक्षतामा शुरु भएको बैंठकमा त्यो दिन प्रदेशमा रहेका जिल्ला इन्चार्ज वा सेक्रेटरीहरुले क्रमश रिपोटिङ गर्ने काम भयो । त्यसमा जबस/मोर्चाबाट पनि रिपोर्ट राख्ने काम भयो । त्यो दिन रिपोटिङको काम मात्र भयो ।

महासचिवले कम्युनमा कृषि उत्पादन निकैं व्यवस्थित भएर अघि बढेको परिणामहरु सुनाउनु भयो । जसमा त्यही कम्युनभित्र मात्र पार्टीको झण्डैं १० बिगाह जमिन छ ।

कार्यक्रमपछि खाना खानुअघि महासचिव कमरेडसँग केही हामी कमरेडहरुले अनौपचारिक छलफल चलायौं । जनकम्युनबारे पार्टीले गरेको अभ्यास, अबको पार्टीको भविष्यलगायत कयौं मुद्धामा महासचिवसँग छलफल भयो ।

महासचिवले कम्युनमा कृषि उत्पादन निकैं व्यवस्थित भएर अघि बढेको परिणामहरु सुनाउनु भयो । जसमा त्यही कम्युनभित्र मात्र पार्टीको झण्डैं १० बिगाह जमिन छ । यहाँ मुलतः बर्खामा धान र मकैंको खेती अनि हिउँदमा गहुँसगैं तोरीको खेती गरिएको छ । त्योसँगैं यस वर्षदेखि ठूलो मात्रामा आँपको खेती, अलि माथि जंगल रहेको ठाउँमा कफीको खेती पनि गरिएको छ । त्यसबाहेक यसपटकदेखि एकसयको हारहारीमा बाख्रा पालन शुरु गरिएको र अब आउने वर्षसम्म १ हजार बाख्राको संख्या पुर्याउने महासचिवको लक्ष्य छ ।

राष्ट्रिय/अन्तराष्ट्रिय परिस्थिति अनि घरेलु राजनीतिका कयौं मुद्धाहरुमा अनौंपचारिक छलफलपछि हामी खाना खान शुरु गर्यौ । खाना पनि आफ्नैं उत्पादन । धान आफ्नैं उत्पादन । तरकारी पनि आफ्नैं उत्पादन । सबैं आफ्नैं उत्पादन चलाएर पार्टीले राजनीतिक/वैचारिक प्रशिक्षण चलाइरहेको छ । यसअघि पनि विभिन्न प्रदेशका कार्यक्रमहरु यही कम्युनमा सम्पन्न भइसकेका थिए ।

निराशावादमाथि घनघोर बहस

कार्तिक ११ गते बिहान । बिहानैं सबेरैं पार्टीको आफ्नैं उत्पादनस्थल गयौं, जहाँ धानको खेती गरिएको थियो । बाँकी रहेको धान झाट्न महासचिवसहितको सिंगो टोली खेतमा गयौं । एक डेड घण्टाभित्र काम सकेर नास्ता खायौं र कार्यक्रमको महत्वपूर्ण सेशनमा प्रवेश गर्यौ । 

अघिल्लो दिनको प्रदेशको रिपोटिङपछि महासचिव कमरेडले आफ्नो प्रशिक्षणात्मक मन्तव्य शुरु गर्नुभयो । उहाँले कार्यक्रममा शुरुदेखि अन्त्यसम्म नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको मुख्य समस्या निराशावादबारे बोल्नु भयो ।

निराशावाद कसरी प्रकट हुन्छ ? निराशावादको जरा के हो ? यसको समाधान के हो ? त्यो सबैं एक एक गरेर महासचिवले प्रष्ट ढंगले राख्नुभयो ।

‘नेपाली राजनीति त्यो पनि कम्युनिस्ट राजनीतिमा मुख्य समस्या निराशा छ । माओवादी आन्दोलनमा पनि त्यो समस्या छ ।’

निराशावाद कसरी प्रकट हुन्छ भन्नेबारे महासचिवले यसको जराबारे खोल्नुभयो । ‘नेपाली राजनीति त्यो पनि कम्युनिस्ट राजनीतिमा मुख्य समस्या निराशा छ । माओवादी आन्दोलनमा पनि त्यो समस्या छ ।’ महासचिवले यसको जरा खोल्दैं भन्नुभयो– ‘निराशावाद, पलायनवाद र विसर्जनवाद मुख्य समस्या हो कम्युनिस्ट आन्दोलनको ।’

महासचिव कमरेडको संश्लेषण थियो:  ‘रास्वपाको उदयलाई ठूलो देख्नु अज्ञेयवाद हो । त्यही अज्ञेयवादबाट समस्या प्रकट भएर धेरैं साथीहरु निराशावादमा पुग्नुभयो । निराशावादले पलायनवाद र विसर्जनवादमा पुर्याउछ ।’

अज्ञेयवाद एक दार्शनिक चिन्तनधारा हो । यसले यो संसार बुझ्न सकिन्न, जान्न सकिन्न र दुनियाँ बदल्न पनि सकिन्न भन्छ । आज त्यो अज्ञेयवादको समस्या नेपालको कम्युनिस्ट आन्दोलन, माओवादी आन्दोलन र हाम्रो पार्टीका केही मान्छेहरुमा पनि देखा पर्यो । खासगरी पछिल्लो निर्वाचनमा रास्वपाको उदय हुनु र हाम्रो पार्टीले पनि भोगेको सानो पराजयबाट केही साथीहरु निराशाको कुनातिर जानुलाई महासचिवले इंगित गरेको देखिन्छ ।

सत्य त्यही हो कि रास्वपा कुनैं भीमकाय वा अजेय राजनीतिक शक्ति नै होइन । त्यो त कांग्रेस, एमाले र प्रचण्ड माओवादीको ३० वर्षमा असफल राजनीतिक कुशासनको परिणाम मात्र हो । कम्युनिस्ट विचार वा व्यवस्थाको अन्त्यको कारण थिएन । यसो पनि भन्न सकिन्छ कि रास्वपा वा वालेनको उदय एउटैं बुर्जुवा संसदीय धारभित्रबाट अर्को बुर्जुवा धारको उदय मात्र हो । किनकि जसरी कांग्रेस, एमाले वा प्रचण्डहरुले जुन बुर्जुवा संसदीय धारको नेतृत्व गरिरहेका थिए, त्यसको विकल्पमा प्रकट भएको बुर्जुवा विकल्पको रुपमा अर्को बुर्जुवा धार प्रकट भयो ।

जसरी कांग्रेस, एमाले र प्रचण्डहरुको पतन भयो, त्यसैगरी बुर्जुवा वा नव एलिट वर्गको नेतृत्व गरेर आएको रास्वपा वालेनको सरकार पनि कुनैं समयमा पुगेर पतन हुने निश्चत छ ।

हामी दाबीका साथ भन्छौं– जसरी कांग्रेस, एमाले र प्रचण्डहरुको पतन भयो, त्यसैगरी बुर्जुवा वा नव एलिट वर्गको नेतृत्व गरेर आएको रास्वपा वालेनको सरकार पनि कुनैं समयमा पुगेर पतन हुने निश्चत छ । किनकि यिनीहरुसँग कुनैं राजनीतिक वैचारिक दृष्टिकोण वा भिसन/मिसन नैं छैन । खहरे खोलाजस्तै जसरी आयो त्यसैगरी जाने निश्चित छ ।

संसारबाट पुँजीवादमा आइरहेको ठूल्ठूला संकटहरुले समाजवादको भविष्य उज्जवल बनिरहेको र पछिल्लो यूरोपमा आइरहेको संकट पुँजीवादको पछिल्लो संकट हो र अब समाजवाद निर्विकल्प बनिरहेको कुरा महासचिव विप्लवले प्रशिक्षणमा राख्नुभयो ।

आज पुँजीवादलाई भीमकाय देखेर वा कम्युनिस्ट भविष्य नदेखेर बाबुरामले कम्युनिस्ट छोडे र अहिले आएर जनार्दन शर्माले पनि कम्युनिस्ट छोडेको महासचिवको भनाई थियो । प्रचण्डले पनि कतिबेला कम्युनिस्ट पार्टी आवश्यक छैन भन्दैं बोल्ने गरेको प्रसँग पनि कार्यक्रममा सुनाउनु भयो ।

यसरी बन्दैंछ हाम्रो पार्टी 

कम्युनको त्यो बैंठकमा महासचिवले अब विस्तारैं पार्टी राम्रो बन्दैं गइरहेको र अबको केही समयपछि यही पार्टी नैं नेपालको एकमात्र क्रान्तिकारी र वैकल्पिक पार्टी बन्ने धारणा राख्नु भयो । महासचिवले आफ्नो नेतृत्वमा पार्टी निर्माण गरेर थबाङ महाधिवेशनसम्म पुग्दा राम्रो बन्दैं गइरहेको र जब पार्टीमाथि प्रतिवन्ध थोपरियो त्यो बेलादेखि समस्या आउन थालेको र कयौं जिम्मेबार नेताहरुले समेत पार्टी छोडेर आत्मसमर्पण गरेको दृष्टान्त सुनाउनु भयो ।

तीन बुँदेपछि पार्टीले राम्रो आकार ग्रहण गर्दै गरेको, जो एमसीसीविरुद्धको आन्दोलनसम्म पुग्दा पार्टी नयाँ उचाइँमा पुग्दैं गरेको थियो । जतिबेला पार्टीले स्थानीय निर्वाचनलाई क्रान्तिको अर्को मोर्चाको रुपमा प्रयोग गर्ने भनेर नयाँ एजेण्डा अघि बढायो । त्यसपछि हेमन्तप्रकाश ओली (सुदर्शन)/धर्मेन्द्रहरुमा आएको विचलनले पार्टीमा ठूलो राजनीतिक मनोवैज्ञानिक असर पुर्याएको महासचिवको कथन थियो ।

आज पार्टीलाई संसदवादी भयो भन्ने हेमन्तप्रकाश ओली/धर्मेन्दहरुको अवस्था के छ ? जो उनीहरु आफैं सकिएर डिप्रेसनमा पुगेको महासचिवको भनाइ थियो । अहिले पछिल्लो समय उमा भुजेल (शिलु)हरुको पलायन पनि त्यही बास्तोला/सुदर्शनको भन्दा भिन्न नभएको महासचिवको दाबी थियो ।

महासचिवले कम्युनिस्ट पार्टी निकैं अनुशासित र जुझारु बनाउनु पर्नेमा जोड दिनुभयो । समाजवाद वा साम्यवादप्रतिको लक्ष्य वा स्पष्ट दृष्टिकोणसहितको पार्टी निर्माण आजको अपरिहार्य आवश्यकता हो । केही साना/ठूला पराजयबाट नथाकेर वा निराश नभएर अघि बढ्ने पार्टी चाहिएको महासचिको जोड छ । पार्टीमा बस्ने तर निराशाको हावा छर्नेहरु पार्टीमा नरहेकैं ठीक भन्दैं महासचिवले क्रान्तिकारी आशावादीतामा रमाउने पार्टी नेता/कार्यकर्ताको आवश्यकतामा जोड दिए ।

माओको लामो यात्राबारे

अब म जान्छु माओको चिनियाँ लामो अभियान अर्थात् लङमार्चबारे । अनि आउनेछु महासचिवको जनकम्युनको यात्राबारे ।

त्यो लङमार्च माओको नेतृत्वमा सन् १९३४ देखि १९३५ मा खासगरी एक वर्षे लामो अभियानको रुपमा चिनिन्छ । त्यो बेला माओको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टी र लालसेनाको नेतृत्वमा रहेको संयुक्त टोलीको ऐतिहासिक पछि हटाई कार्यक्रम थियो । यो केबल पछि हटाईमात्र थिएन त्यसले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, सैन्य रणनीति र विचारधारा अनि क्रान्तिको नयाँ बाटो नैं कोरिदियो । माओ विशेषगरी यही अभियानबाट चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेताको रुपमा स्थापित हुन पुगे । पछि यही लङमार्चको जगबाट माओको दीर्घकालिन जनयुद्धको बाटोहुँदैं चीकपाले सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र सम्पन्न गर्न पुग्यो ।

शहरमा ठूल्ठूला शहरी विद्रोहद्धारा चीनमा क्रान्ति हुन्छ भन्ने वाङमिङ, लिलिशान र छुछुपाईको रुसी विद्रोहको अन्धनक्कलका कारण चीनमा लाखौं मान्छेले व्यर्थैमा बलिदान गर्नुपर्यो । माओले यी प्रवृत्तिहरुका विरुद्ध लड्न पनि लङमार्च शुरु गर्नुपर्यो ।

माओले त्यो लामो अभियान संचालन गर्नुको दुईवटा कारण थियो, एउटा पार्टीभित्र देखापरेका दक्षिणपन्थी अवसरवाद, जसको नेतृत्व छन् तु स्युले गर्दथ्यो, अर्को उग्रवामपन्थी धारको नेतृत्व वाङमिङ, लिलिशान र छुछुपाईले गर्दथे । छन् तु स्युले सन्  १९२१ देखि १९२५ सम्म दक्षिणपन्थी धारको नेतृत्व गर्दथ्यो भने वाङमिङ, लिलिशान र छुछुपाईले वामअवसरवादको नेतृत्व गर्दथे । शहरमा ठूल्ठूला शहरी विद्रोहद्धारा चीनमा क्रान्ति हुन्छ भन्ने वाङमिङ, लिलिशान र छुछुपाईको रुसी विद्रोहको अन्धनक्कलका कारण चीनमा लाखौं मान्छेले व्यर्थैमा बलिदान गर्नुपर्यो । माओले यी प्रवृत्तिहरुका विरुद्ध लड्न पनि लङमार्च शुरु गर्नुपर्यो ।

दोस्रो कारण थियो च्याङ काइसेकको नेतृत्वमा रहेको कोमिन्ताङ पार्टीको गद्धारीका कारण । सन यात् सेनको नेतृत्वमा रहेको पार्टीसँग चीकपाले गरेको सहमति च्याङ काई सेक नेतृत्वमा आएपछि उसले धोका दियो र उल्टैं कम्युनिस्टहरुमाथि दमन अभियान शुरु गर्न थाल्यो । यसपछि माओले अब चिनियाँ कम्युनिस्ट पार्टी गाउँ/गाउँमा पुगेर नयाँ आधार इलाकाहरु निर्माण गर्ने, आफ्नैं लालसेनाहरु बनाएर लड्नुपर्छ भन्ने संश्लेषणमा पुग्नुभयो ।

माओको यही पछि हटाई अर्थात् लङमार्च अभियानका कारण चिनियाँ जनवादी क्रान्तिले नयाँ भविष्य प्राप्त गर्यो र चीनमा सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न भयो ।

अब फर्कौ महासचिवको जनकम्युनको यात्राबारे

चुनबाङबाट काठमाडौंको यात्रा गर्दा प्रचण्ड नेतृत्वको सिंगो माओवादीको मिसन थियो– दश वर्ष हामीले सिंगो गाउँ अर्थात् देशका ७५ प्रतिशत भुभाग नियन्त्रण गर्यौ वा गाउँलाई धेरै हदसम्म बदल्यौं । अब काठमाडौंको केन्द्रीय सत्ता बदल्न काठमाडौं पुग्नुपर्छ र त्यहीबाट हस्तक्षेप गरेर वा विद्रोहबाट जनवादी क्रान्तिलाई पूर्णता दिनुपर्छ । त्यही लक्ष्यसहित त्यो यात्रा थालिएको थियो ।

विडम्बना, चुनबाङबाट काठमाडौं प्रवेश गर्नेबित्तिकैं प्रचण्डमा ठूलो विचलन शुरु हुन थाल्यो । काठमाडौंको रंगिचंगी दृश्य, ठूल्ठूला भवनको बसाइँ, निकैं सुविधासम्पन्न गाडी सवारहरुको लस्करमा यात्रा, ठूलाठूला माफिया र तस्करहरुसँगको हिमचिम । जसका कारण प्रचण्डले अब गाउँहरु बिर्सन थाले । आफ्ना जनयुद्ध लडेका नेता/कार्यकर्ता भुल्न थाले ।

चुनबाङबाट काठमाडौं प्रवेश गर्नेबित्तिकैं प्रचण्डमा ठूलो विचलन शुरु हुन थाल्यो । काठमाडौंको रंगिचंगी दृश्य, ठूल्ठूला भवनको बसाइँ, निकैं सुविधासम्पन्न गाडी सवारहरुको लस्करमा यात्रा, ठूलाठूला माफिया र तस्करहरुसँगको हिमचिम । जसका कारण प्रचण्डले अब गाउँहरु बिर्सन थाले ।

प्रचण्ड/बाबुराममा देखा परेको विचलनकाविरुद्ध अन्तरसंघर्षको थालनी तत्कालीन ०६४ मा बालाजुको विस्तारित बैंठकबाट प्रकट भयो । जो पछि खरिपाटी भेला (२०६५)मा पुग्दा दुई लाइन संघर्षमा परिणत हुनपुग्यो । चुनावलाई विद्रोहमा बदल्ने, अझ मुखमा चुनाव तर दिमागमा विद्रोहको पार्टी लाइनबाट पनि प्रचण्ड/बाबुरामहरु विमुख भए । चुनबाङको नीति राजतन्त्र फाल्ने समयसम्म संसदवादी कांग्रेस–एमालेसँग मिलेर जाने र गणतन्त्र प्राप्तिपछि माओवादीहरु जनवादी गणतन्त्रको दिशातिर लम्कनुपर्छ भन्ने लाइनविपरित प्रचण्ड–बाबुराम विचलित भए ।

जसका कारण प्रचण्ड/बाबुरामहरुमा देखा परेको दक्षिणपन्थी विचलन रुपान्तरण नहुने देखेपछि क्रान्तिकारीहरुले २०६९ को बौद्ध भेलाबाट कमरेड मोहन वैद्य ‘किरण’को नेतृत्वमा नयाँ पार्टी बन्न पुग्यो । जुन पार्टी वा विचारको मुख्य पहलकर्ता कमरेड विप्लव नैं हुनुहुन्थ्यो । पछि कमरेड किरणमा पनि क्रान्ति त भन्ने तर क्रान्तिको दिशा दिन नसक्ने वा नयाँ बाटो पहिल्याउन नसक्ने भएपछि कमरेड विप्लवको नेतृत्वमा २०७१ को मंसिर ८ मा नयाँ पार्टी निर्माण हुनपुग्यो ।

त्यसपछि उथलपुलथका वर्षहरु

कमरेड विप्लवको नेतृत्वमा नयाँ पार्टी बनेपछि पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा तय गर्यो । एकीकृत जनक्रान्ति के हो ? जनयुद्ध के थियो ? जनविद्रोह के हो ? नयाँ पार्टी बनेपछि हाम्रा थुप्रै नेता–कार्यकतामा कयौं भ्रम र अन्योलताहरु थिए । यतिसम्म कि पार्टीका मुख्य नेतृत्व तहमा रहेका कमरेडहरुमा नैं कार्यदिशाको बुझाईमा थुप्रै समस्याहरु देखा पर्यो ।

शुरुमा तिलक परियारबाट पलायन हुने बाटो झकबहादुर मल्लसम्म पुग्यो । उनीहरुले एकीकृत जनक्रान्तिलाई बुझ्नै नसकेर प्रचण्डको फेरो समाउन पुगे । त्यसपछि पार्टीले अलि नयाँ ढंगले संघर्षको बाटो तय गर्न थाल्यो । हुन त पार्टीले दलाल पुँजीवाद र त्यसका मतियारहरुले देशमा मच्चाइरहेको भ्रष्टचारकाविरुद्ध पार्टीले कालोमोसो दल्ने कार्यक्रमदेखि अरु कयौं संघर्षका कार्यक्रम लिएर पार्टी नयाँ आन्दोलनमा होमिरहेको थियो ।

महासचिव कमरेड विप्लवको नेतृत्वमा ०७१ सालमा निर्माण भएको पार्टीले दलाल र भ्रष्टचारकाविरुद्ध छेडेको आन्दोलनका कारण पार्टीले नयाँ गति लिइरहेकैं थियो । त्यही क्रममा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७४ सालमा पार्टीमाथि प्रतिवन्ध लगायो । प्रतिवन्धले पार्टीलाई अर्को संघर्षको मोर्चामा पुर्यायो ।

प्रतिवन्धका क्रममा देशभर पार्टीका थुप्रै नेता–कार्यकर्ताहरु गिरफ्तार हुनपुगे । त्यो क्रममा थुप्रै नेता/कार्यकर्ताले संघर्षको बाटो रोज्दा केही नेता/कार्यकर्ताहरुले आत्मसमर्पणको बाटो रोजे । मोहन कार्की ‘जीवन्त’, पदम राईलगायत तत्कालीन पोटिलव्युरो सदस्यहरु त्यही बाटोमा सरिक भए । पदम राई पछि एमाओवादीमा फर्के तर बिरामीका कारण निधन हुनपुगे । त्यो बिरामी हुनुपनि उनको विचलन र प्रचण्डको हेपाइँ प्रवृति जिम्मेबार थियो भन्ने देखिन्छ । यसरी पार्टी नयाँ नयाँ बाटोबाट आयो तर केही साथीहरुले आन्दोलनको मोर्चाबाट पलायनताको बाटो रोज्न पुगे ।

तीन बुँदेपछिको पार्टी

प्रतिवन्ध चलिरहेको थियो पार्टीमा । पार्टीले प्रतिरोधको संघर्ष गरिरहेको थियो । तत्कालीन केपी ओली सरकारले आफैं वार्ताको प्रस्ताव पार्टीमा पठायो र पार्टीले फेरि संघर्षलाई जनताको विशाल घेरामा पुर्याउनुपर्छ भनेर तीन बुँदे सम्झौंतामा हस्ताक्षर गर्यो । त्यही समयमा सदनमा राष्ट्रघाती एमसीसी सम्झौंता पारित गर्ने प्रसँग चलिरहेको थियो ।

पार्टीमा महासचिवले स्थानीय निर्वाचनलाई जनतामा जाने वा क्रान्तिको मोर्चालाई विशाल मोर्चामा पुर्याउने मार्गको रुपमा लिनुपर्छ भनेर प्रस्ताव अगाडि सार्नुभयो । त्यसमा धमेन्द्रजी/हमेन्तप्रकाश ओली सुदर्शन टोलीले स्थानीय चुनावमा नजाने भनेर पार्टी छोड्ने निर्णय गर्यो र त्यसले पार्टीमा ठूलो राजनीतिक मनोवैज्ञानिक असर पुर्यायो ।

पार्टीले त्यसकाविरुद्ध सडकको नेतृत्व गर्यो । त्यही समय पार्टीले ठूलो राजनीतिक उचाइँ प्राप्त गरेको थियो । त्यपछि देशमा एउटा क्रम शुरु भयो ।  त्यो थियो स्थानीय निर्वाचन । पार्टीमा महासचिवले स्थानीय निर्वाचनलाई जनतामा जाने वा क्रान्तिको मोर्चालाई विशाल मोर्चामा पुर्याउने मार्गको रुपमा लिनुपर्छ भनेर प्रस्ताव अगाडि सार्नुभयो । त्यसमा धमेन्द्रजी/हमेन्तप्रकाश ओली सुदर्शन टोलीले स्थानीय चुनावमा नजाने भनेर पार्टी छोड्ने निर्णय गर्यो र त्यसले पार्टीमा ठूलो राजनीतिक मनोवैज्ञानिक असर पुर्यायो । जुन पार्टीले सोचेअनुरुप स्थानीय निर्वाचनमा ठोस उपलव्धि हासिल गर्न सकेन ।

स्थानीय निर्वाचनमा पार्टीले क्रान्तिको अर्को भिन्न मोर्चाको रुपमा प्रयोग गर्नुपर्छ भन्ने कुरा गर्दा संसदवादी बन्यो भन्ने त्यो टोली आज छिन्नभिन्न भएर डिप्रेसनको चरणमा पुगेको छ । तर आज पार्टी उही क्रान्तिको भिन्न मोर्चामा अनवरत संघर्षमा छ ।

शिलु–असलको पलायनको बाटो

पार्टीले क्रान्तिलाई नयाँ नयाँ मोर्चाबाट ढोका खोल्ने र दुश्मनलाई छल्ने रणनीति तय गर्दा धेरैं साथीहरु पार्टीको कार्यदिशा र रणनीति नबुझ्दा पार्टीबाट पलायन हुन पुगे । शिलु–असलको पछिल्लो पलायनताको बाटो जेन जी आन्दोलनपछि देखा पर्न थालिसकेको थियो ।

जेन जी आन्दोलनले संसदवादी दलका पार्टी र नेताहरु सबैंलाई ध्वस्त पारिदियो । त्यसमा कांग्रेस, एमालेदेखि तत्कालीन प्रचण्डको माओवादी पार्टीसमेत सबैलाई । शेरबहादुर देउवादेखि ओली र प्रचण्डसम्मका नीजि घरहरु खरानीमा परिणत हुनपुग्यो ।

जेन जी आन्दोलनपछि संसदीय निर्वाचन आयो । त्यो निर्वाचनमा शिलुको पलायनता देखा परिसकेको थियो । तर प्रचण्डले उपयुक्त भागबन्डा मिलाउन नसक्दा उनी यता रोकिन पुगे । तर जब चुनाव सकियो । उनमा ठूलो निराशा र विचलनता देखा पर्यो । त्यही रोग असललगायत केही साथीहरुमा पनि ।

चुनावपछि पार्टीको केन्द्रीय समिति बैंठक कपिलवस्तुमा भयो । जहाँ शिलु र असलहरु पानीमा भिजेका बिरालोजस्तैं भएर प्रकट भए । उनीहरुले ठूलो निराशाको कुरा गरे । त्यहा महासचिवले हाम्रैं जिम्मेबार कमरेडहरुले नैं एकीकृत जनक्रान्तिको कार्यदिशा नबुझेको भन्दैं सही ढंगले कार्यदिशाको मर्म बुझ्न आग्रह गर्नुभयो ।

बैंठक सकिएपछि पार्टीले अघि सारेको कार्यक्रमलाई अघि बढाउनुको सट्टा शिलु र असलहरुले काठमाडौंमा अनाधिकृत ढंगले प्रचण्डसँग भेटघाट गर्नथाले । त्यो कुरा महासचिवलाई दैनिक अपडेट भइरहेको थियो । यी सबैं जानकारी भएपछि शिलुलाई पार्टीको केन्द्रीय सचिवालय बैंठकले कार्वाही गर्यो र उनी आज घर न घाटका भएका छन् ।

पार्टी छोडेपछि हिजोआज शिलु र असललगायत मान्छेहरु डिप्रेसनमा पुगेकोजस्तैं देखिन्छ । असलले त फेसबुकमा स्टाटस लेख्दैं पार्टीमा लागेर समय बर्बाद पारेको भन्दैं पश्चतापको भाषा प्रयोग गरेको देखिन्छ । शिलुको फेसबुकहरु हेर्दा निकैं निराशाका गन्धहरु भेटिन्छन् । क्रान्ति र क्रान्तिकारी पार्टी छोड्नेहरुको सबैंको हालत यस्तैं देखिन्छ ।

कमरेड विप्लवले किन रोज्नुपर्यो जनकम्युनको यात्रा ?

कमरेड विप्लव काठमाडौंमा बस्न सक्नुहुन्थ्यो । काठमाडौंमा मासिक ५० हजारदेखि १ लाखको घर भाडामा लिएर बस्न पनि सक्नुहुन्थ्यो । जुन अधिकांश नेताहरु काठमाडौंमा त्यही गरिरहेका छन् । दलाल पुँजीपतिहरुसँग चन्दा मागेर काठमाडौंमा सुखसयलको जीवन बिताउने नेताहरुको हैसियत हामीले देखेका छौं । तर कमरेड विप्लवले त्यो बाटो छोडेर आत्मस्वाभिमान र आत्मनिर्भरताको बाटो रोज्नुभयो ।

०६५ सालदेखि पार्टीमा देखापरेको प्रचण्ड विचलन, अनि पछि कमरेड किरणहरुमा देखापरेको संघर्षका अन्योलताहरु अनि यता आफ्नैं सहयोद्धाहरुले एकीकृत जनक्रान्तिको मर्मलाई नबुझेपछि कमरेड विप्लवले केन्द्रीय जनकम्युनको बाटो तय गरेको हो भन्ने मेरो बुझाइ छ ।

दलाल पुँजीपतिहरुसँग चन्दा मागेर काठमाडौंमा सुखसयलको जीवन बिताउने नेताहरुको हैसियत हामीले देखेका छौं । तर कमरेड विप्लवले त्यो बाटो छोडेर आत्मस्वाभिमान र आत्मनिर्भरताको बाटो रोज्नुभयो ।

मैले यो महासचिवको जनकम्युनको रोजाई माओको रणनीतिक पछि हटाई जो लङमार्च अभियान थियो, त्यस्तैंखालको नेपाली लङमार्चको रुपमा बुझेको छु । माओले लडाइँका क्रममा दुश्मन बलियो हुँदा पछि हट्ने र कमजोर हुँदा आक्रमण गर्ने युद्ध रणनीतिको विकास गरेका थिए । त्यही मर्मकासाथ महासचिवले जनकम्युनको बाटो रोज्नु भएको हो ।

जनकम्युन पुगेपछि सबैं कमरेडहरुलाई तत्कालीन माओवादी जनयुद्धको आधारक्षेत्रहरु निर्माण गरेजस्तैं आभास हुन्छ । हिजोआज कम्युनमा महासचिवलगायत केन्द्रीय कार्यालयका कमरेडहरु दैनिक उत्पादन श्रममा सहभागी हुन्छन् । जहाँ एक छुट्टैं अलग संसारको निर्माण भइरहेको प्रतीत हुन्छ । वास्तवमा साँच्चिकैं समय र श्रमको महत्व के हो भन्ने कुरा कम्युन गएपछि मात्र बुझ्न सकिन्छ ।

जनकम्युन पुगेपछि सबैं कमरेडहरुलाई तत्कालीन माओवादी जनयुद्धको आधारक्षेत्रहरु निर्माण गरेजस्तैं आभास हुन्छ । हिजोआज कम्युनमा महासचिवलगायत केन्द्रीय कार्यालयका कमरेडहरु दैनिक उत्पादन श्रममा सहभागी हुन्छन् । जहाँ एक छुट्टैं अलग संसारको निर्माण भइरहेको प्रतीत हुन्छ ।

कम्युनमा कमरेडहरु श्रममा रमाएका छन् । पार्टीको उद्देश्यप्रति समर्पित छन् । यस्तो पार्टी जो आफ्नैं पार्टीको जमिनमा उत्पादन श्रम गरेर टिक्ने पार्टी नेपालमा यही विप्लव माओवादी मात्र होला । हामीले जनकम्युनको यो यात्रापछि प्रत्यक्ष देख्ने र भोग्ने अवसर पायौं । यही पार्टीले नैं भविष्यमा देशको नेतृत्व गर्नसक्छ ।

देशको माटो बुझेको, जनताको दैनिकी समस्याहरुसँग भिजेको वा यही माटोबाट जन्मिएको नेता वा पार्टीले मात्र देशको नेतृत्व गर्नसक्छ । अरु विकल्प छैन ।

केन्द्रीय जनकम्युनको मुक्तभूमिबाट फर्केपछि

२०८३ कार्तिक १५

सुदर्शन मंगोल

लेखक नेकपा (माओवादी)का केन्द्रीय सदस्य हुन् ।