फ्रान्समा राजनीतिक संकट र गृहयुद्धको खतरा
फ्रान्समा जारी अशान्ति आगामी दिनमा घट्न सक्ने घटनाक्रमका लागि एक प्रकारको पूर्वाभ्यास वा तयारी हुन सक्छ। यसको अर्थ मरीन ले पेनको अपरिहार्य विजयपछि गृहयुद्धको सुरुवात हुन सक्छ।
मरीन ले पेनका दुईवटा छवि छन्: ती हुन् वास्तविक र कल्पित। वास्तविक मरीन ले पेन दक्षिणपन्थी मध्यमार्गी विचारधाराकी विवेकशील राजनीतिज्ञ हुन्। तर, कल्पित मरीन ले पेन उनका पिताको छायाका रूपमा देखिन्छिन्। उनका पिता अतिदक्षिणपन्थी व्यक्ति थिए र फ्रान्सेली (वामपन्थी उदारवादी) राजनीतिमा उनलाई प्रमुख दानवीय पात्रका रूपमा प्रस्तुत गरिन्थ्यो। त्यसैले मरीन ले पेनको विजय स्वीकार गर्नु असम्भव छ (किनभने दोस्रो अर्थात् कल्पित छविको प्रभाव छ)।

मरीन ले पेन
मरीन ले पेनको विजयको अर्थ हामीले अहिलेसम्म चिन्दै आएको फ्रान्सेली राजनीतिक वर्गको अन्त्य हुनेछ। यसको कारण वास्तविक मरीन ले पेन होइनन्, किनकि उनी परम्परागत राजनीतिक धारकी राजनीतिज्ञ हुन्; बरु यसको कारण उनको कल्पित छवि हो। त्यसैले फ्रान्सेली वामपन्थी र उदारवादीहरू आफ्नै काल्पनिक भ्रमहरूविरुद्ध लडिरहेका छन्। यही कारणले गृहयुद्ध हुने सम्भावना निकै उच्च छ।
संयुक्त राज्य अमेरिकामा हुने मध्यावधि निर्वाचनले राजनीतिक परिस्थितिमा गहिरो परिवर्तन ल्याउनेछ। त्यस निर्वाचनका सबैभन्दा साना विवरणहरूको समेत अत्यन्त ठूलो महत्त्व हुनेछ। विभिन्न क्षेत्रमा एक प्रकारको पुनर्संयोजन (रिसेट) हुनेछ।
अनुवाद एवं प्रस्तुति: मोहनप्रसाद ज्ञवाली
भोटेकोशी बाढी प्रभावितहरूको मनोभावना
डिकेन्सको अ टेल अफ टु सिटिजको कथा अनि नेपाली कांग्रेस र एमालेको व्यथा
नेपालमा विद्यालयहरू
अलिबिदा लियो !
सुपरइन्टेलिजेन्सको युग र भविष्यको बदलिँदो संसार
बादशाहको पुनरावृत्ति
गरिबीदेखि विश्व शक्तिको यात्रा: चीनको ७७ वर्षे रूपान्तरण र नेपालको परीक्षा
प्रतिक्रिया