दासताबाट मुक्ति
एक्काइसौं शताब्दीमा जति दासहरू छन्, त्यति इतिहासमा कहिल्यै रहेका थिएनन्– यो कुरा कसले मान्ला? दुनियाँका लगभग सबै देशहरू स्वतन्त्र भइसकेका छन्, फेरि कस्तो दासता? यही त मुख्य जटिलता हो– धनी देशहरूमा गरीब र स्वतन्त्र देशहरूमा गुलामहरू बस्छन् ! यो एक विडम्बनापूर्ण यथार्थ हो।
आज पहिले जस्तो प्रत्यक्ष गुलामी– चाहे त्यो देशहरूको होस् वा व्यक्तिहरूको– निश्चय पनि समाप्त भएको छ, तर परोक्ष गुलामी त अझै पनि कायम नै छ, देशहरूको पनि र व्यक्तिहरूको पनि। देशहरू नव-औपनिवेशिक बन्न पुगेका छन्, जसमा पूँजीको, विशेष गरी संयुक्त राज्य अमेरिकाको वर्चस्व आज पनि कायम छ।
हामीले केवल व्यक्तिको दासताको कुरा मात्र गर्ने हो भने, के बँधुवा मजदूरी समाप्त भइसकेको छ र? के बालबालिका र युवतीहरू आज पनि किनबेच भइरहेका छैनन् र? के घरहरूमा नोकरहरू राखिएका छैनन् र? के आज पनि अधिकांश नारीहरू घरभित्र, खास गरी ग्रामीण इलाकाहरूमा, दासहरू झैँ राखिएका छैनन् र? के आज पनि दलितहरू धेरै क्षेत्रहरूमा गुलामीको जीवन बाँच्न बाध्य छैनन् र?
जे होस्, इतिहासमा दास ती व्यक्तिहरूलाई भनियो, जसलाई वस्तु वा जनावरझैँ मानिन्थ्यो, जसको आफ्नै कुनै इच्छा हुँदैनथ्यो र जससँग उनका मालिकले मनपरी व्यवहार गर्न सक्थ्यो। सबैजना आ-आफ्नो भोजन जुटाउन बाध्य हुँदासम्म यो सम्भव थिएन । यो त खेतीको शुरुआत भयो र केही मानिसहरूले आवश्यकताभन्दा बढी उत्पादन गर्न थालेपछि सम्भव भयो होला । जसरी स्वामित्वको भावना पैदा भयो, त्यसैगरी दासताको पनि जन्म भयो होला।
आजभन्दा ५००० वर्षअघि हम्मूराबीको कवितामा ‘दासहरूलाई भगाउन मद्दत गर्नेलाई मृत्युदण्ड दिइनुपर्छ’ भन्ने कुरा अङ्कित गरिएको थियो । यहूदीहरूको बाइबलमा पनि दासताको उल्लेख एक स्वतन्त्र स्थापित संस्थाका रूपमा गरिएको छ।
सबै प्राचीन सभ्यताहरूमा (भारत, चीन, इजिप्ट, मेसोपोटामिया, खलीफाहरूको राज्यमा, ल्याटिन अमेरिकी माया, एजटेक र इन्का सभ्यताहरूमा) दासता कुनै न कुनै रूपमा विद्यमान थियो। दासहरू अनेक प्रकारका हुन्थे। जितेका क्षेत्रका मानिसहरूलाई दास बनाइन्थ्यो। ऋण नचुक्ता गर्दा र अपराधको दण्ड स्वरूप पनि मानिसहरूलाई दास बनाइन्थ्यो।
सबै प्राचीन सभ्यताहरूमा (भारत, चीन, इजिप्ट, मेसोपोटामिया, खलीफाहरूको राज्यमा, ल्याटिन अमेरिकी माया, एजटेक र इन्का सभ्यताहरूमा) दासता कुनै न कुनै रूपमा विद्यमान थियो।
प्राचीन यूनानमा त आधाभन्दा बढी जनसङ्ख्या गुलामहरूको नै हुन्थ्यो, जसको प्रयोग मनोरञ्जनका लागि हुन्थ्यो। उनीहरूलाई जनावरझैँ लडाइन्थ्यो। उनीहरूलाई 'ग्लेडियेटर' भनिन्थ्यो। उनीहरूको यौनशोषण पनि गरिन्थ्यो। त्यसैगरी रोमन साम्राज्यको शक्ति दासहरुमाथि निर्भर थियो। त्यहाँ भएका विद्रोहहरूको पनि उल्लेख गरिएको पाइन्छ।
इतिहासकारहरूले रोमन साम्राज्यको कालखण्डमा १० करोड दासहरूको क्रय-विक्रय भएको अनुमान गरेका छन्।
मध्यकालमा मध्य एसिया र युरोपमा गुलामहरूको बिक्रीका लामो विवरणहरू पाइन्छन्। ‘अरेबियन नाइट्स’ मा गोरा दासहरूको प्रशस्त चर्चा पाइन्छ। इब्न बतूता नामक यात्रीले लेखेका छन् कि उनलाई कैयौँ पटक गुलामहरू उपहारस्वरूप दिइन्थ्यो वा उनी आफैँ पनि ती खरिद गर्दथे। मध्यकालका सबैभन्दा प्रख्यात विद्वान् इब्न खल्दौनले त अफ्रिकाका काला मानिसहरू जनावरजस्तै हुन्छन् भनी लेखेका छन्। उनले उनीहरूलाई गुलाम बनाउनुलाई एउटा स्वाभाविक कामको रूपमा लिन्थे। त्यहाँ यी गुलामहरू कहिलेकाहीँ आफ्नै योग्यताले सुल्तानसमेत बन्ने गर्दथे।
तपाईँलाई यो कुरा थाहा छ कि छैन, मुहम्मद गोरीले पृथ्वीराज चौहानलाई पराजित गरेपछि उनी आफ्नै देश फर्किए र भारतमा जितेको भूभागमा राज्य गर्ने जिम्मेवारी आफ्ना एक गुलाम कुतुबुद्दीन ऐबकलाई सुम्पे– तीनै कुतुबुद्दीन, जसले बनाएको कुतुबमीनारले आजसम्म पनि शानका साथ दिल्लीको शोभा बढाउँदै छ।
यिनै कुतुबुद्दीनका एक गुलाम इल्तुतमिशले राज्यलाई अझ अगाडि बढाए, आफ्ना नामका सिक्काहरू चलाए र आफूलाई सुल्तान घोषणा गरे। त्यसपछि त गुलामहरू सुल्तान बन्ने सिलसिलै सुरु भयो र त्यो लामो समयसम्म चलिरह्यो। इल्तुतमिशले त त्यस्तो साहस देखाए, जुन त्यस बेलासम्म हिन्दुस्तानमा कसैले पनि देखाएका थिएनन्। उनले देखे कि उनका छोराहरू त योग्य छैनन्, त्यसपछि उनको राज्य कसरी चल्ला त? उनकी छोरी रजिया उनको अतिप्रिय थिइन्। उनी भन्थे कि मेरा वास्तविक छोरा त यिनै हुन्। उनले पछि आफ्ना तिनै छोरीलाई सुल्तान घोषणा गरे।
रजियाको कहानी महिलाहरूको मुक्तिको एक अनुपम गाथा हो। यही गुलाम वंशमा अलाउद्दीन खिलजी भयो, जसबाट बच्नका लागि पद्मावतीको जौहरको कथाले हामीलाई रोमाञ्चित बनाउँछ।
रजिया पनि एक बेजोड महिला साबित भइन्। रजिया सुल्तानको नामले उनले शानका साथ राज्य चलाइन् र आफ्ना विरोधी गुलाम तथा दरबारीहरूको छातीमा ढुङ्गा राखी राज गरिन्। उनको एक विदेशी हब्शी गुलाम याकूतसँग प्रेम रहेको प्रसङ्ग पनि आउँछ। यो सब पुरुषप्रधान समाजले कसरी सहन्थ्यो र? त्यसपछि त सबै दरबारी अमीरहरू मिलेर षड्यन्त्र रचे र रजिया सुल्तानलाई कैथल नजिकै पराजित गरी उनको हत्या गरे। आज पनि उनको मकाबरा (समाधि) महिलाहरूको सम्भावनाको कथा बयान गर्न आतुर देखिन्छ।
रजियाको कहानी महिलाहरूको मुक्तिको एक अनुपम गाथा हो। यही गुलाम वंशमा अलाउद्दीन खिलजी भयो, जसबाट बच्नका लागि पद्मावतीको जौहरको कथाले हामीलाई रोमाञ्चित बनाउँछ। त्यही अलाउद्दीनले आफ्नो सेनाको विस्तार गर्न र त्यसका खर्चहरू धान्नका लागि इतिहासमा पहिलो 'बजार नियन्त्रण' प्रणालीको शुरुआत गरेको थियो। प्रत्येक वस्तुको मूल्य निर्धारण गरिएको थियो र कालोबजारी गर्नेहरूलाई भयानक दण्ड दिइन्थ्यो– जुन आजको समयमा पनि सम्भव भइरहेको छैन। यिनै अलाउद्दीनले शासनमा धर्मको हस्तक्षेपको कडा विरोध गर्दै दिल्लीका काजीलाई गतिलै हप्कीदप्की गरेका थिए।
दासता एक अप्राकृतिक कुरा हो। दासहरूलाई पनि जब-जब अवसर मिल्यो, उनीहरूले असाधारण प्रतिभा प्रदर्शन गरेका छन्।
यही गुलाम वंशका फिरोज तुगलकले पहिलो गङ्गा नहर निर्माण गराएका थिए, जसका कारण आजसम्म पनि पश्चिमी उत्तर प्रदेश कृषिका मामिलामा पूर्वको तुलनामा अगाडि छ। यही वंशमा मुहम्मद तुगलक नामका एक अति नै प्रतिभाशाली सुल्तान भए, जसलाई समयभन्दा अगाडिको पात्र र अन्तर्विरोधहरूको पुत्ला इत्यादि भनिन्छ। उनैले राजधानी दिल्लीबाट दौलताबाद र फेरि दौलताबादबाट दिल्ली सारेका थिए, जुन आज एउटा उखानझैँ प्रयोग गरिन्छ। उनैले 'टोकन' सिक्का (साङ्केतिक मुद्रा) प्रचलनमा ल्याउने विचार गरेका थिए– जुन कुरा आजको समयमा सामान्य भइसकेको छ।
समग्रमा यही साबित हुन्छ कि दासता एक अप्राकृतिक कुरा हो। दासहरूलाई पनि जब-जब अवसर मिल्यो, उनीहरूले असाधारण प्रतिभा प्रदर्शन गरेका छन्।
आधुनिक कालमा कोलम्बस आफ्ना साथमा पुरानो दुनियाँका तमाम रागद्वेष, लाभहानि, रोगदोष बोकेर नयाँ दुनियाँ अर्थात् अमेरिकी महाद्वीपहरूमा पुगे। क्रमशः युरोपका मानिसहरूले दुईवटा महाद्वीपहरूमा इसाई धर्म र युरोपको औपनिवेशिक सत्ता लादे। अमेरिकी मूल नागरिकहरूलाई कोलम्बसले 'इन्डियन' भनेका थिए, किनकि उनी त इन्डिया अर्थात् भारतको नयाँ बाटो पत्ता लगाउन हिँडेका थिए। पछि जब यो पत्ता लाग्यो कि त्यो सक्कली इन्डिया होइन, तब अमेरिकी बासिन्दाहरूलाई सक्कली इन्डियनहरूबाट छुट्याउनका लागि 'रेड इन्डियन' भनिन थालियो, किनकि उनीहरूको छालाको रङ तामा रङको थियो। यी मानिसहरूलाई हरेक प्रकारका छलछद्मद्वारा पूर्ण रूपमा ध्वस्त पारियो। उनीहरूको संहार पनि गरियो र उनीहरूलाई दास पनि बनाइयो। त्यसपछि, युरोपभन्दा कैयौँ गुणा ठूलो महाद्वीपमा युरोपबाट आएका थोरै मानिसहरूले आजको अमेरिकी समृद्धिको जग अफ्रिकी दासहरूको रगत र पसिनाबाट राखिएको थियो।
उन्नाइसौं शताब्दीको मध्यसम्म दास व्यापार राम्ररी फस्टायो। युरोपमा पूँजीवादको आगमन भएपछि दासहरूको आवश्यकता रहेन, किनकि घरका जनावरहरूको जस्तै दासहरूको पनि पालनपोषण त गर्नै पर्दथ्यो। उनीहरू काम गर्न योग्य रहिरहून् भन्नका लागि उनीहरूलाई काम गर्न सक्ने अवस्थामा राख्नु त जरुरी थियो नै। पूँजीवादका लागि त ज्यालादारी मजदुरहरूको आवश्यकता थियो। जब काम भयो तब उनीहरूबाट मजदूरी गराइयो, त्यसपछि उनीहरू जिउन् या मरुन्, त्यो उनीहरूसाथै रहने कुरा हो। यो व्यवस्था अझ बढी अमानवीय थियो, तर पूँजीवाद त इतिहासको सबैभन्दा अमानवीय व्यवस्था हो। पूँजीवादले आफूलाई आवश्यक नपर्ने कुनै पनि कुरालाई स्वीकार गर्न सक्दैन । त्यसैले, क्रमशः युरोपका देशहरूमा दासप्रथा समाप्त गरिन थालियो।
उन्नाइसौं शताब्दीको मध्यसम्म दास व्यापार राम्ररी फस्टायो। युरोपमा पूँजीवादको आगमन भएपछि दासहरूको आवश्यकता रहेन, किनकि घरका जनावरहरूको जस्तै दासहरूको पनि पालनपोषण त गर्नै पर्दथ्यो।
यही हाल अमेरिकामा पनि भयो। संयुक्त राज्य अमेरिकामा उदार इसाईहरूको एक पन्थ– 'क्वेकर्स' ले सबैभन्दा पहिले यसको विरोध गर्यो। साहित्यमा दासहरूको दुर्गतिलाई चित्रण गर्न थालियो। एक कवि लङफेलोले ‘स्लेभ्स ड्रिम’ नामक कवितामा दासहरूको पीडा अभिव्यक्त गरे। ‘अङ्कल टाम्स केबिन’ मा दासहरूको दुर्दशाको मर्मस्पर्शी तस्बिर कोरियो।
सबैभन्दा ठूलो कुरा, संयुक्त राज्य अमेरिकाको उत्तरी क्षेत्रमा औद्योगिकीकरण यति तीव्र गतिमा बढ्यो कि अब दासहरूको होइन, ज्यालादारी मजदुरहरूको आवश्यकता थियो। दक्षिणका राज्यहरूमा अझै पनि कृषि नै मुख्य पेसा थियो र ठूला-ठूला फार्महरूमा दासहरूले नै खेती गर्थे। यसरी अमेरिकी महाद्वीपहरूको सबैभन्दा ठूलो राज्यमा, जुन भविष्यमा दुनियाँको सबैभन्दा शक्तिशाली राज्य बन्ने वाला थियो, एक अभूतपूर्व तनाव पैदा भयो। एकतर्फ उद्योग र पूँजीपतिहरू थिए भने अर्कोतर्फ कृषि र ठूला-ठूला फार्म मालिकहरू थिए। कोही पनि झुक्न तयार थिएनन्।
त्यस समय राष्ट्रपति अब्राहम लिंकन थिए। उनले दासप्रथाको अन्त्य गर्ने पक्ष लिए र यसलाई समाप्त गर्ने कानुन बनाए। दक्षिणका मानिसहरू यो मान्न तयार थिएनन्, त्यसैले एक भयानक गृहयुद्ध शुरू भयो। यसमा उतार-चढावपछि उत्तरका राज्यहरूको जित भयो र अब्राहम लिंकन अमेरिकाका महान् राष्ट्रपतिहरूमा सामेल भए। उनैले युद्धपछिको एक भाषणमा भनेका थिए कि अब आशा छ 'जनताको, जनताद्वारा र जनता' का लागि सरकार स्थायी रूपमा बनेर रहनेछ। यही जनतन्त्रको सबैभन्दा लोकप्रिय परिभाषा बन्न पुग्यो। तर यो ऐतिहासिक कामले अमेरिकाका ती मानिसहरूलाई अति नै क्षुब्ध बनायो, जो दासप्रथालाई कायम राख्न चाहन्थे। उनीहरूमध्ये एकै जनाले अब्राहम लिंकनको हत्या गरे र लिंकनले सहिदको दर्जा प्राप्त गरे।
कानूनी रूपमा त दासप्रथाको अन्त्य भयो, तर अधिकांश सामान्य मानिसहरू अश्वेतहरूलाई बराबरीको दर्जा दिन तयार थिएनन्। त्यसैले भयानक भेदभाव चलिरह्यो। दक्षिणका राज्यहरूमा त विद्यालयहरू, बजारहरू, यहाँसम्म कि पार्कहरूमा पनि अश्वेतहरूलाई बराबरी मानिंदैनथ्यो। कसैले विरोध गर्यो भने उसलाई कडा सजाय दिइन्थ्यो। द्वितीय विश्वयुद्ध फासीवादका विरुद्ध लडिएको थियो र फासीवादको पराजयमा अमेरिकाको ठूलो भूमिका थियो। मानव अधिकारका कुराहरूले जोड समात्न थालेको थियो, तर अश्वेत मानिसहरूका विरुद्धको भेदभाव रोकिएन।
कानूनी रूपमा त दासप्रथाको अन्त्य भयो, तर अधिकांश सामान्य मानिसहरू अश्वेतहरूलाई बराबरीको दर्जा दिन तयार थिएनन्। त्यसैले भयानक भेदभाव चलिरह्यो।
यही पृष्ठभूमिको बीचमा, दोस्रो महायुद्धपछि एक अमेरिकी पादरी मार्टिन लुथर किङको भूमिका ऐतिहासिक मानिन्छ। उनको भाषणलाई सारा विश्वले सह्राहना गर्यो। उनको सपना– 'आइ ह्याभ ए ड्रीम' यस्तो सपना थियो, जसमा उत्पीडक श्वेत मानिसहरूप्रति कुनै घृणा थिएन– त्यो त मानव समुदायबीच भाइचारायुक्त सद्भाव र समदर्शिताको सपना थियो। उनले अश्वेतहरूमा त एक किसिमको ऊर्जा भरे नै, थुप्रै श्वेत मानिसहरू पनि यो शान्तिपूर्ण सङ्घर्षमा साथ दिन आइपुगे। किङ आफूलाई गान्धीका अनुयायी मान्थे। र, उनको सङ्घर्ष तब अझ बढी सार्थक भयो, जब अमेरिकामा अझै पनि व्याप्त सङ्कीर्णताका एक प्रतिनिधिले उनको हत्या गरे।
बिस्तारै-बिस्तारै अश्वेतहरूसँगको भेदभावपूर्ण रवैया कमजोर हुँदै गयो र सार्वजनिक स्थानहरूमा खुलेआम हुने विभेद लगभग समाप्त भयो ! लगभग यसकारण कि यो पूर्ण रूपमा निर्मूल भने भएको छैन र बीच-बीचमा रङ्गभेदका विष्फोटहरू भइरहन्छन्, जस्तै क्यालिफोर्नियामा विभेदका कारण भएका दङ्गाहरूको समयमा देखियो। यसको सबैभन्दा ठूलो प्रमाण यही हो कि रङ्गभेदको सबैभन्दा कट्टर समर्थक संस्था 'कू क्लक्स क्लान', जसको एक जमानामा अमेरिकी समाजमा आतङ्क थियो, आज पनि मरेको छैन, अस्तित्वमै छ।
जे होस्, जब बराक ओबामा अमेरिकाका राष्ट्रपति निर्वाचित भए, तब केही पत्रकारहरूले भने कि किङको सपना पूरा भयो। यसलाई एक हदसम्म सही मान्न पनि सकिन्छ कि अहिलेसम्म केही दशकअघिसम्म कुनै अश्वेत व्यक्तिको राष्ट्रपति निर्वाचित हुनु अमेरिकामा कल्पनातीत कुरा थियो। अमेरिकामा सारा दुनियाँका धर्म र जातिका मानिसहरू बसोबास गर्छन्, तर समाज र राज्यमा WASP (White Anglo Saxon Protestant– ह्वाइट एङ्ग्लो-स्याक्सन प्रोटेस्टेन्ट) को नै वर्चस्व थियो। जस्तै आज पनि भारतमा सबै पदहरूमा विभिन्न जाति र धर्मका मानिसहरू पदासीन भइसकेका छन्, तर प्रधानमन्त्री कुनै दलित वा मुसलमान बन्नमा अझै पनि समय लाग्न सक्छ।
भारतमा जस्तै लोकतन्त्र अमेरिकामा पनि माथिबाट फक्रिरहेको छ, तर जनमानस पूर्ण रूपमा जनतान्त्रिक हुनमा अझै केही समय बाँकी छ। यद्यपि सामाजिक स्तरमा त अमेरिकामा व्यक्ति-व्यक्तिबीचको बराबरीको स्थिति राम्रो छ। यो अर्कै कुरा हो कि 'ब्ल्याक प्रेसिडेंट' (अश्वेत राष्ट्रपति) पनि श्वेतजस्तै साबित भइरहेका छन्– ठीक त्यसरी नै, जसरी भारतमा दलित अधिकारीहरू पनि सवर्णहरूको जस्तै व्यवहार गर्ने गर्छन्।
भारतमा जस्तै लोकतन्त्र अमेरिकामा पनि माथिबाट फक्रिरहेको छ, तर जनमानस पूर्ण रूपमा जनतान्त्रिक हुनमा अझै केही समय बाँकी छ।
बीसौँ शताब्दीमा नस्लवादको सबैभन्दा ठूलो गढ दक्षिण अफ्रिका बनेको थियो। त्यहाँको नस्लवादी सरकार कुनै पनि मूल्यमा आफ्नो रङ्गभेदको नीतिमा परिवर्तन गर्न तयार थिएन। यद्यपि द्वितीय विश्वयुद्धमा नस्लवादका सबैभन्दा ठूला विचारधारक फासीवादका संस्थापक मुसोलिनी र हिटलरको पराजय भइसकेको थियो र दुनियाँमा उपनिवेशको स्वतन्त्रताको दौर चलिरहेको थियो, तर दक्षिण अफ्रिकाको सरकारको कानमा तेल हालेर बसेको जस्तै स्थिति थियो। नस्लवादको यो गढलाई ध्वस्त पार्ने सबैभन्दा ठूलो श्रेय नेल्सन मण्डेलालाई जान्छ।
नेल्सनको जन्म सन् १९१८ मा भएको थियो। उनका पिता थेम्बू जनजातिको मुखिया थिए र नेल्सनले पनि भविष्यमा यही जिम्मेवारी निभाउनु पर्नेथियो। यसबीच उनको विवाहको तयारीहरू सुरु हुँदा उनी घरबाट भागे र जोहानेसबर्गमा चौकीदारी जस्तो नोकरी गर्दै अन्ततः उनले वकालतको परीक्षा उत्तीर्ण गरे। उनले वाल्टर सिसुलु र ओलिभर ट्याम्बोको सहयोगमा 'अफ्रिकन नेशनल कङ्ग्रेस' (ANC) को स्थापना गरे, जसले रङ्गभेदविरोधी सङ्घर्षको अगुवाइ गर्यो। यसबीच अश्वेतहरूको भारी दमन भइरह्यो र दुनियाँभरि त्यसको निन्दा पनि भइरह्यो, तर सरकारले संयुक्त राष्ट्रसङ्घमा भइरहेका निन्दाहरू र आर्थिक प्रतिबन्धहरूको समेत कुनै पर्वाह गरेन। मण्डेला २९ वर्षसम्म जेलमा बसे, तर अन्ततः सरकार उनलाई छोड्न बाध्य भयो।
उनी सबैभन्दा लामो राजनीतिक कैद र अनवरत सङ्घर्षका कारण दुनियाँका सबैभन्दा प्रख्यात कैदी बने।
औपचारिक रूपमा दासता समाप्त भएको छ, तर दासता बन्धुवा मजदुरहरूको जस्तो अवस्थामा आज पनि विद्यमान छ। सबैभन्दा महत्त्वपूर्ण कुरा– मानसिक दासताको रूपमा यसको विस्तार भइरहेको छ र यो अझ बढी खतरनाक छ।
सहअस्तित्वको वातावरणमा सन् १९९४ मा वयस्क मताधिकारको आधारमा चुनाव भए र नेल्सन मण्डेला भारी बहुमतले दक्षिण अफ्रिकाको राष्ट्रपति चुनिए। यसरी दुनियाँबाट रङ्गभेदको अन्तिम गढ ढल्यो र दक्षिण अफ्रिकाका श्वेत सम्पत्तिधारकहरूलाई यो कुराको आश्वसन दियो कि उनीहरूमाथि कुनै प्रतिशोध साँधिने छैन। त्यसबेलादेखि दक्षिण अफ्रिकामा जनतन्त्र कायम छ। अश्वेतहरूको स्थितिमा सुधार त आएको छ, तर अझै पनि उनीहरूमा आर्थिक विपन्नता भने कायम नै छ। मण्डेलाले आफैँ नै सत्ताको बागडोर आफ्ना युवा सहकर्मीहरूलाई सुम्पिए र रङ्गभेद तथा उपनिवेशवादका विरुद्ध सङ्घर्ष गर्ने सबैभन्दा वरिष्ठ जीवित नेताका रूपमा उनी समस्त विश्वमा सम्मानित भए।
यो भन्न सकिन्छ कि औपचारिक रूपमा दासता समाप्त भएको छ, तर दासता बन्धुवा मजदुरहरूको जस्तो अवस्थामा आज पनि विद्यमान छ। सबैभन्दा महत्त्वपूर्ण कुरा– मानसिक दासताको रूपमा यसको विस्तार भइरहेको छ र यो अझ बढी खतरनाक छ। लोभ र लाभको दासताले सम्पन्न र शक्तिशाली मानिसहरूलाई समेत कमजोर र आत्मसमर्पी बनाउँदै लैजाँदै छ। आज समाजमा दिनप्रतिदिन बढ्दै गएको यही लाचारी र दास मनोवृत्ति नै आजको सबैभन्दा घृणास्पद उदाहरण हो।
राजनीतिक दासताबाट मुक्ति
मानव इतिहासमा सबैभन्दा बढी राजनीतिक दासताबाट मुक्तिका प्रयासहरू नै दर्जित छन्, किनकि इतिहास मुख्यतया राजनीतिक नै रहँदै आएको छ, र आज पनि काफी हदसम्म त्यस्तै छ।
राजनीतिक दासतामा नै दासता सबैभन्दा मूर्त रूपमा प्रकट हुन्छ। यही दासता अन्य थुप्रै किसिमका दासताहरूको जड वा मूलमा रहेको हुन्छ भन्ने पनि सत्य हो । त्यसैले आउनुहोस्, राजनीतिक दासताका माध्यमबाट नै दासताको प्रकृतिलाई पनि राम्ररी बुझ्ने प्रयास गरौँ। दासता मनुष्यमाथि लादिएको त्यस्तो स्थिति हो, जसका कारण ऊ आफ्नो मनको इच्छाअनुसार केही गर्न सक्दैन। अर्को शब्दमा भन्नुपर्दा, उसको हित अरू कसैको हितको अधीनमा पुग्छ।
दासताका दुई प्रकार हुन्छन्:
१. वैयक्तिक दासता, र
२. सामुदायिक दासता।
वैयक्तिक दासता त्यो हो, जसमा मनुष्य अज्ञान, अल्छीपन, कुलत आदिका कारण त्यस्तो गरिरहन्छ, जुन वास्तवमा उसको हितमा हुँदैन। सामुदायिक दासता बाहिरी राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक स्थितिका कारण पैदा हुन्छ, जसका कारण कुनै व्यापक समुदाय, वर्ग, जाति र देश पराधीन बन्छन्। वैयक्तिक दासताबाट मुक्तिका प्रयासहरू व्यक्तिगत स्तरमा पनि हुन सक्छन्, तर सामुदायिक दासताका लागि सामुदायिक प्रयास नै आवश्यक हुन्छ।
सामुदायिक दासता बाहिरी राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक स्थितिका कारण पैदा हुन्छ, जसका कारण कुनै व्यापक समुदाय, वर्ग, जाति र देश पराधीन बन्छन्।
राजनीतिक दासताको प्रारम्भ राज्यको निर्माणको समयदेखि नै सुरु भयो। राज्यको जन्म नै एक व्यक्ति अर्थात् राजाले आफ्ना अधीनस्थ प्रजाका बीच व्यवस्था कायम राखोस् भन्ने हेतुले भएको थियो । त्यसैले, मूलतः प्रजा दास नै हुन्थे, किनकि उनीहरू राजाको मर्जीविपरीत केही पनि गर्न सक्दैनन्थे। राजालाई सहयोग गर्न केही सल्लाहकार, मन्त्री र सेनापतिहरू हुन्थे, तर उनीहरू पनि मूलतः राजाका दास नै हुन्थे।
प्राचीनकालमा राजामाथि अङ्कुश लगाउनका लागि विभिन्न देशहरूमा विभिन्न संस्थाहरूको विकास भएको चर्चा पाइन्छ। उदाहरणका लागि, भारतमा 'सभा' र 'समिति' जस्ता संस्थाहरूको वर्णन पाइन्छ। केही ठाउँमा गणतन्त्रहरूको पनि विकास भएको थियो, जो आजको जस्तो गणतन्त्र भने थिएनन्। ती केही कुलिन वर्गका सङ्गठनहरू थिए, जसले मिलेर शासन गर्थे। प्राचीन कालमै विजय र पराजयको अवधारणा विकसित भइसकेको थियो। केही शासकहरू आफ्ना राज्यको सीमा विस्तार गर्दै सम्पूर्ण भूभागलाई नै आफ्नो दास बनाउँथे। भारतमा प्रभुत्व बढाउने चक्रवर्ती राजाहरूलाई महान् मानिन्थ्यो। युरोपमा पनि सिकन्दर र जुलियस सीजरद्वारा राज्य विस्तार गरिएका गाथा इतिहासमा दर्ज छन्।
प्राचीनकालमा केही ठाउँमा गणतन्त्रहरूको पनि विकास भएको थियो, जो आजको जस्तो गणतन्त्र भने थिएनन्। ती केही कुलिन वर्गका सङ्गठनहरू थिए, जसले मिलेर शासन गर्थे।
बाहिरको दासता अन्त्य गर्ने प्रयासहरूभन्दा भित्री दासताबाट मुक्तिका प्रयासहरूलाई बढी गौरवान्वित गरिएको छ। रोमन साम्राज्यमा दासहरूको विद्रोहको प्रशस्त चर्चा पाइन्छ, जसमध्ये स्पार्टकसको विद्रोह त विश्वविख्यात नै छ। होवर्ड फास्टले 'आदि विद्रोही' स्पार्टकसका बारेमा ऐतिहासिक कथा लेखेर उनलाई मुक्तिसङ्ग्रामहरूको प्रेरणाको स्रोत बनाइदिएका छन्।
सन् १२१५ मा इङ्गल्याण्डका केही सामन्तहरूले राजाको असीमित अधिकारहरूमा अङ्कुश लगाउनका लागि एउटा बडापत्र (चार्टर) प्रस्तुत गरेका थिए। यो इतिहासमा 'म्याग्नाकार्टा' का नामले प्रख्यात छ र दुनियाँमा राजतन्त्रलाई सीमित गर्ने पहिलो सङ्गठित प्रयासको रूपमा प्रसिद्ध छ।
आधुनिक कालमा राजनीतिक दासता र उससे मुक्तिका प्रयासहरू, दुवै बढ्दै गए। युरोपमा पन्ध्रौँ-सोह्रौँ शताब्दीको दौरान एकातर्फ मानव-केन्द्रितताको अवधारणा विकसित भयो र मनुष्यलाई अधिकाधिक महत्त्व पाउन थाल्यो भने अर्कोतर्फ पूँजीवादको अविर्भाव भयो, जुन मनुष्यको शोषण-उत्पीडनमा नै आधारित थियो। त्यसैले, एक प्रकारको यस्तो ऐतिहासिक विडम्बनाको विकास भयो, जसमा राजनीतिक दासता बढ्दै गयो र सँगसँगै त्यसबाट मुक्तिको आकाङ्क्षा पनि बढ्दै गयो।
उपनिवेशहरूमा प्रजाका कुनै पनि राजनीतिक अधिकारहरू हुँदैनथे। पछि केही विकसित देशहरूद्वारा आफ्नै सुविधाका लागि र केही राजनीतिक आन्दोलनहरूको दबाबमा परेर उपनिवेशहरूलाई (जस्तै भारतलाई) थोरबहुत राजनीतिक अधिकारहरू दिन थालियो।
आधुनिक कालको शुरुआतदेखि नै अरूलाई दास बनाउने जुनसिलसिला शुरू भयो, त्यसले एक यस्तो अवस्था ल्यायो जहाँ सारा दुनियाँका अधिकांश देशहरू प्रत्यक्ष वा परोक्ष रूपमा युरोपका देशहरूका दास बने। ल्याटिन अमेरिका, अफ्रिका र अस्ट्रेलियाजस्ता महाद्वीपहरू दास बनाइए। यो पूँजीवादीसाम्राज्यवादको दौर थियो र सबैभन्दा ठूलो साम्राज्यवादी देश ब्रिटेनको राज्यमा त कहिल्यै घाम नअस्ताउने भनिन्थ्यो, अर्थात् लगभग हरेक अक्षांशमा ब्रिटेनको कुनै न कुनै उपनिवेश थियो। उपनिवेशहरूमा प्रजाका कुनै पनि राजनीतिक अधिकारहरू हुँदैनथे। पछि केही विकसित देशहरूद्वारा आफ्नै सुविधाका लागि र केही राजनीतिक आन्दोलनहरूको दबाबमा परेर उपनिवेशहरूलाई (जस्तै भारतलाई) थोरबहुत राजनीतिक अधिकारहरू दिन थालियो। यहाँ हामी सङ्क्षेपमा राजनीतिक मुक्तिको धारणामाथि विचार गर्न सक्छौँ।
वास्तवमा, दासता एउटा दुई धारे तरवार हो। अलिक व्यापक दृष्टिले हेर्ने हो भने, दासताले मात्र होइन, जुनसुकै दुष्कर्म गर्ने व्यक्तिको पनि पतन वा क्षय गराउँछ। मालिकले दासलाई त दास बनाउँछ नै, तर उसमाथिको आफ्नो निर्भरताका कारण ऊ आफैँ पनि दासको दास बन्दै जान्छ। किसान सामन्तमाथि र मजदुर पूँजीपतिमाथि निर्भर हुन्छन् नै, तर के तिनीहरूका मालिकहरू पनि उनीहरूमाथि निर्भर हुँदैनन् र? अझ नजिकबाट हेर्ने हो भने, पितृसत्तामा नारी दास हुन्छिन्, तर के पुरुष पनि आफ्ना आवश्यकताहरू र बानीहरूका कारण नारीको दास भइरहेको हुँदैन र? त्यसैगरी, ब्राह्मणवादमा दलितहरूलाई दास बनाइन्छ, तर के तिनीहरूका मालिकहरू पनि उनीहरूका दास भएका हुँदैनन् र?
दासता एउटा दुई धारे तरवार हो। अलिक व्यापक दृष्टिले हेर्ने हो भने, दासताले मात्र होइन, जुनसुकै दुष्कर्म गर्ने व्यक्तिको पनि पतन वा क्षय गराउँछ। मालिकले दासलाई त दास बनाउँछ नै, तर उसमाथिको आफ्नो निर्भरताका कारण ऊ आफैँ पनि दासको दास बन्दै जान्छ।
त्यसैले नै आत्मनिर्भरताको यति ठूलो महात्म्य (महत्व) छ। अठारौँ शताब्दीमा जर्मन दार्शनिक कान्टले प्रबोधन काल (इलाइटमेन्ट पिरियड) को विशेषताको रूपमा आत्मनिर्भरतालाई स्थापित गरेका थिए। रुसोले त आफ्नो महत्त्वपूर्ण पुस्तक ‘द सोशल कन्ट्र्याक्ट’मा आफ्नो विश्वविख्यात स्थापना दिएका थिए: 'मानिस जन्मजात स्वतन्त्र छ, तर जताततै ऊ साङ्ग्लोमा बाँधिएको छ' (म्यान इज बर्न फ्रि, बट एभ्री ह्वेर इज इन चेन्स)। यो मुक्तिको कति ठूलो आह्वान थियो भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि जब बीसौँ शताब्दीको प्रारम्भमा भारतमा लोकमान्य तिलकले दोहोर्याए: 'स्वस्थता (स्वतन्त्रता) हाम्रो जन्मसिद्ध अधिकार हो र हामी यसलाई लिएरै छाड्नेछौँ', तब भारतको स्वतन्त्रता आन्दोलनमा एक नयाँ चेतनाको लहर दौडिएको थियो।
प्रबोधन कालको वैचारिक उथलपुथलले फ्रान्सलाई क्रान्तिको बाटो देखायो र फ्रान्सेली क्रान्तिको मुख्य नारा नै 'स्वतन्त्रता-समानता-भ्रातृत्व' बन्यो। फ्रान्सेली क्रान्तिको मुख्य कारण नै यो थियो कि समाजको नवोदित पूँजीपति वर्ग आर्थिक रूपमा त सबैभन्दा शक्तिशाली थियो, तर उससँग राजनीतिक सत्ता थिएन।
प्रबोधन कालको वैचारिक उथलपुथलले फ्रान्सलाई क्रान्तिको बाटो देखायो र फ्रान्सेली क्रान्तिको मुख्य नारा नै 'स्वतन्त्रता-समानता-भ्रातृत्व' बन्यो।
त्यही समयमा अमेरिकी महाद्वीपका बेलायती उपनिवेशहरूले पनि विद्रोह गरे र अमेरिकाले ब्रिटेनसँग लडेर आफ्नी स्वतन्त्रता प्राप्त गर्यो।
उन्नीसवीं शताब्दीमा मुक्तिको अवधारणाको विकास हुँदै गयो र सबै देशहरूमा आन्तरिक मुक्तिका प्रयासहरू पनि बढ्दै गए। युरोपमा सन् १८३० र १८४८ ई. मा कैयौँ देशहरूमा राजनीतिक अधिकारका लागि क्रान्तिहरू गरिए। यस दौरान राजनीतिक मुक्तिका लागि आर्थिक मुक्तिलाई अनिवार्य करार दिने विचारधारा– समाजवादको पनि विकास भइरह्यो। एक सामाजिक विचारक प्रूधोंले घोषणा गरिदिए– 'सम्पत्ति चोरी हो।'
यसलाई हामी भारतको सन्दर्भबाट राम्ररी बुझ्न सक्छौँ। भारत एक विडम्बनाहरूको देश हो। यहाँ वैयक्तिक मुक्तिको धारणा विविध रूपहरूमा प्राचीन कालदेखि नै चर्चा र व्यवहारमा रहिआएको छ। तर अर्कोतर्फ दासताका विविध रूपहरूले समाजलाई लगातार जकडिरहेका छन्। उन्नीसवीं शताब्दीमा भारतमा विविध कारणहरूले गर्दा एक मध्यवर्ग विकसित भयो, जो भविष्योन्मुख थियो र आफ्ना महत्त्वाकांक्षाका लागि नियतिवादसँग जुध्ने प्रयास गर्न थाल्यो। त्यो युरोपको मध्यवर्गजस्तो उद्यमी र क्रान्तिकारी त थिएन, तापनि उसले हातखुट्टा चलाउन सुरु गर्यो र भारतमा पनि राष्ट्रवादका पालुवाहरू पलाउन थाले।
सन् १८५७ को विद्रोहमा विदेशी सत्ताबाट मुक्तिको एउटा ठूलो प्रयास भयो। यो महाविद्रोहलाई त कुचलिइयो, तर समयको मागको रूपमा विकसित भइरहेको राष्ट्रवादलाई कुल्चिन सकिएन। बीसौँ शताब्दीमा राष्ट्रिय आन्दोलनमा मध्यवर्गका साथै आम जनता पनि सामेल हुन थाले। मध्यवर्गीय आन्दोलनलाई जनआन्दोलन बनाउनमा गान्धीको सबैभन्दा ठूलो भूमिका थियो। यस दौरान किसान, मजदुर, दलित, नारी आदि आ-आफ्ना विशेष वञ्चनाहरूका कारण छुट्टै रूपमा पनि सङ्गठित हुँदै गए। उपर्युक्त समुदायहरूको आ-आफ्नो अस्मिताका आन्दोलनहरू नकारात्मक हुन सकेनन्, तर यही प्रयासमा मुस्लिम अल्पसंख्यकहरूको आन्दोलन भने नकारात्मक बाटोतिर लाग्यो।
सन् १८५७ को विद्रोहमा विदेशी सत्ताबाट मुक्तिको एउटा ठूलो प्रयास भयो। यो महाविद्रोहलाई त कुचलिइयो, तर समयको मागको रूपमा विकसित भइरहेको राष्ट्रवादलाई कुल्चिन सकिएन।
बेलायती शासकहरू 'फुटऊ र राज गर' को नीतिमा सफल भइसकेका थिए र हिन्दु तथा मुसलमानहरूबीचको निकटता-द्वेषको द्वैधताको इस्तेमाल गर्न सफल भएका थिए। उनीहरूले हिन्दु र मुसलमानहरूलाई छुट्टै सङ्गठन बनाउनका लागि प्रोत्साहित गरेका थिए। हिन्दु महासभालाई त हिन्दुहरूको भारी समर्थन कहिल्यै पनि पाउन सकेन, तर कांग्रेसी नेताहरू कै कमजोरी र गल्तीहरूका कारण मुस्लिम लिगको समर्थन बढ्दै गयो। पछि उसलाई कांग्रेसको नेतृत्वदेखि असन्तुष्ट मोहम्मद अली जिन्नाजस्ता कुशल नेताको नेतृत्व पनि मिल्यो र त्यो कांग्रेसको प्रतिद्वन्द्वी बन्यो।
दुनियाको सबैभन्दा ठूलो राष्ट्रिय मुक्ति आन्दोलनको अदूरदर्शिता र कमजोरीहरूका कारण राष्ट्रिय मुक्तिको समन्वित प्रयास भित्रभित्रै टुट्दै-बिख्रिँदै गयो र सन् १९४७ मै यो कुरा छर्लङ्ग भयो कि भारत पूर्ण रूपमा मुक्त हुन सकेको छैन। एक त स्वतन्त्रता प्राप्त हुनुभन्दा एक दिनअगाडि नै भारतको विभाजन भयो, भने अर्कोतर्फ किसान र मजदुरहरूको सङ्घर्ष आ-आफ्नो मुक्तिका लागि निरन्तर जारी रह्यो।
दुनियाको सबैभन्दा ठूलो राष्ट्रिय मुक्ति आन्दोलनको अदूरदर्शिता र कमजोरीहरूका कारण राष्ट्रिय मुक्तिको समन्वित प्रयास भित्रभित्रै टुट्दै-बिख्रिँदै गयो र सन् १९४७ मै यो कुरा छर्लङ्ग भयो कि भारत पूर्ण रूपमा मुक्त हुन सकेको छैन।
सन् १९५० मा भारतमा दुनियाँको सबैभन्दा ठूलो लिखित संविधान लागू गरियो। यसले सबै राजनीतिक स्वतन्त्रताहरूमा आधिकारिक मोहर लगाइदियो। भारतले विकासको आफ्नै बाटो रोज्यो र आज यो दुनियाँमा सबैभन्दा तीव्र गतिमा विकास गर्ने देशहरूमा गनिन्छ। तर, वास्तविक यो हो कि यो पनि भन्न थालिएको छ– भारत एक धनी देश हो जहाँका जनता गरिब छन्, र भारत दुनियाँको सबैभन्दा ठूलो जनतन्त्र हो तर यहाँका जनता विभिन्न प्रकारका बन्धनहरूले ग्रस्त छन्। यसरी भारतमै यो कुरा स्पष्ट रूपमा देख्न सकिन्छ कि मुक्ति अविभाज्य छ र राजनीतिक स्वतन्त्रताले एक्लै केवल केही सीमित मानिसहरूलाई मात्र लाभ पुर्याउन सक्छ।
आज दुनियामा प्रत्यक्ष राजनीतिक दासता अति थोरै क्षेत्रहरूमा मात्र बाँकी होला। तर राजनीतिक मुक्तिको उपयोग गर्ने सामर्थ्य आज पनि दुनियाँको अधिकांश जनसङ्ख्यामा छैन। कतै गरिबी, कतै अज्ञानता, त कतै शासकहरूद्वारा समय-समयमा लगाइने बन्धनहरू–जस्तै भारतमा देखिन्छ–यिनै कुराहरूले राजनीतिक मुक्तिको सीमाहरूलाई रेखाङ्कित गर्छन्। राजनीतिक मुक्तिको सबैभन्दा ठूलो अभिव्यक्ति मानवअधिकारको भारी पैमानामा हुने उल्लङ्घन हो। त्यसैले यो कुरा स्पष्ट हुँदै गएको छ कि राजनीतिक मुक्ति पनि तभी पूर्ण रूपमा फलीभूत हुन सक्छ, जब समस्त मानव समाजलाई सांस्कृतिक मुक्ति पनि प्राप्त हुनेछ।
‘मानव मुक्ति’बाट अनुदित ।
|
मानव सभ्यताको लामो यात्रामा हामी आफैँले निर्माण गरेका कयौँ अदृश्य साङ्ग्लोहरूको कथा |
माओवादी विद्रोहको गन्तव्य कतातिर?
समाजवाद के हो?
विज्ञानको मापदण्ड र मार्क्सवाद: वस्तुनिष्ठता, पुनरावृत्ति र मिथ्याकरणीयताको प्रश्न
राष्ट्रपति ट्रम्पको आत्मरति र चीन तथा रूसको धैर्यता
घुँडा टेक्न अस्वीकार गर्ने पुस्ता: जेन जी वर्गीय संघर्ष हो
तपाईंसँग आफ्नो भन्ने केही हुनेछैन: रेन्टियर पुँजीवादको युग
कक्रोच लोकतन्त्र: निशस्त्र र खतरनाक
प्रतिक्रिया