क्युबाद्वारा इन्धन भण्डार समाप्त भएको घोषणा; अमेरिकी नाकाबन्दी मुख्य कारण
भिसन्ते दे ला ओ लेभी, क्युवाका ऊर्जा तथा खानी मन्त्री। तस्विर: एसिएन (ACN)
पाब्लो मेरिग्वेट
क्युबा विरुद्धको अमेरिकी तेल नाकाबन्दीले क्युबाली जनताका लागि निरन्तर कष्ट निम्त्याइरहेको छ। जनवरी ३, २०२६ मा अमेरिकी सेनाले भेनेजुएलामाथि गरेको आक्रमणपछि, क्युबाले केवल एक पटक इन्धन ढुवानी प्राप्त गरेको छ । रुसको सहयोगका कारण लगभग १००,००० टन कच्चा तेल उपलब्ध भएको थियो।
वास्तवमा, उक्त आक्रमणपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको कच्चा तेल क्युबामा निर्यात गर्न प्रतिबन्ध लगाएको छ। यसबाहेक, अमेरिकाले क्युबालाई तेल बेच्ने अन्य देशहरूलाई समेत आर्थिक प्रतिबन्ध लगाउने धम्की दिएको छ, जसले गर्दा रुस बाहेक अन्य सरकारहरू टापु राष्ट्रलाई कच्चा तेल बेच्न हच्किएका छन्।
यद्यपि, मार्च महिनामा रुसी ट्याङ्करले ल्याएको कच्चा तेल, जसले नागरिकहरूलाई अस्थायी राहत दिएको थियो र केही आधारभूत सेवाहरू (स्वास्थ्य सेवा, यातायात र अत्यावश्यक उत्पादन) कायम राख्न मद्दत पुर्याएको थियो अहिले समाप्त भएको छ।
क्युबाका ऊर्जा तथा खानी मन्त्री भिसेन्टे दे ला ओ लेभीले यस बारे जानकारी दिएका हुन्। उनले एक पत्रकार सम्मेलनमा ट्रम्प प्रशासनले तीव्र पारेको प्रतिबन्ध र आर्थिक, व्यापारिक तथा ऊर्जा नाकाबन्दीका कारण उत्पन्न भएको गम्भीर अवस्थाबारे चेतावनी दिए।
दे ला ओ लेभीले भने, "हामी फेरि एक पटक राष्ट्रिय विद्युत प्रणालीको अवस्थाबारे छलफल गर्नेछौं, जुन अत्यन्तै गम्भीर र संकटपूर्ण छ। यो मुख्यतया हामीले भोगिरहेको कठोर ऊर्जा नाकाबन्दीको कारणले भएको हो। यो यस्तो ऊर्जा नाकाबन्दी हो जुन हामीले वर्षौंदेखि खेप्दै आएको घेराबन्दीकै निरन्तरता हो, जसले देशको आर्थिक र ऊर्जा स्थितिलाई थप जर्जर र तनावपूर्ण बनाएको छ।"
यस परिस्थितिलाई दृष्टिगत गर्दै, ऊर्जा मन्त्रीले इन्धन र डिजेलको भण्डार पूर्ण रूपमा रित्तिएको र अस्पताल जस्ता केही अति संवेदनशील सामाजिक सेवाहरू सञ्चालन गर्नका लागि मात्र थोरै मात्रामा इन्धन बाँकी रहेको जानकारी दिए।
केही हप्ता अघि, संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालय (OCHA) की अधिकारी एडेम वोसोर्नुले वासिङ्टनद्वारा सिर्जित क्युबाको यो अवस्थालाई "मानवीय संकट" घोषणा गरेकी थिइन्। वोसोर्नुले भनिन्, "पर्याप्त इन्धन र थप कोष बिना, सबैभन्दा जोखिममा रहेका मानिसहरू—बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू—सबैभन्दा बढी पीडित हुनेछन्।"
यता, क्युबाली राष्ट्रपति मिगेल डियाज-कानेलले यस गम्भीर ऊर्जा संकटको कारण "अमेरिकाले हाम्रो देशमाथि थोपरेको नरसंहारकारी ऊर्जा नाकाबन्दी" भएको कुरामा जोड दिएका छन्। डियाज-कानेलले यो संकट सरकार र यसको प्रशासनको गल्तीका कारण भएको भनी दाबी गर्ने विभिन्न समाचार प्रतिवेदनहरूप्रति लक्षित गर्दै जवाफ दिए: "हामीले भनिरहेको कुराको सबैभन्दा ठूलो प्रमाण अप्रिल महिनामा सेवामा देखिएको उल्लेखनीय सुधार हो। महिनामा आवश्यक पर्ने आठवटा ट्याङ्करमध्ये केवल एउटा इन्धन ट्याङ्कर क्युबाली बन्दरगाहमा आइपुग्दा मात्रै पनि हामीले अभावलाई कम गर्न सक्यौं र यससँगै लोडसेडिङ पनि घट्यो। यद्यपि लोडसेडिङ पूर्ण रूपमा हटेको थिएन, तर यसमा धेरै कमी आएको थियो।"
यस सम्बन्धमा उनले थप स्पष्ट पारे: "अमेरिकी शासनका प्रवक्ताहरूले क्युबाली सरकारको कुव्यवस्थापनको प्रत्यक्ष परिणामका रूपमा संसारलाई जुन कुरा देखाउन खोजिरहेका छन्, त्यो वास्तवमा जनताको कष्ट र कठिनाइहरूलाई चरम स्तरमा पुर्याउने उद्देश्यले रचिएको एक कुटिल योजनाको परिणाम हो। न त छ दशकभन्दा अघि लगाइएको नाकाबन्दीले, न त अघिल्लो ट्रम्प प्रशासनले कडा बनाएका २४३ उपायहरूले नै क्रान्तिलाई ध्वस्त पार्न सके।"
यो गम्भीर परिस्थितिको सामना गर्दै, र ती शक्तिहरूले नै सिर्जना गरेको समस्याबाट क्युबालाई "बचाउने" बहानामा हुन सक्ने सैन्य हस्तक्षेपको धम्कीका बाबजुद, डियाज-कानेलले भने: "हाम्रो प्रतिक्रिया उही छ: समान सर्तहरूमा संवादका लागि हामी सधैं खुला छौं, तर हामी प्रतिरोध र निर्माण जारी राख्नेछौं। हामी यो कुरामा थप विश्वस्त भएका छौं कि राष्ट्रका रूपमा एकजुट भएर आफ्नै प्रयासले यी विशाल कठिनाइहरूलाई पार गर्ने र कडा चुनौतीहरूको दृढतापूर्वक सामना गर्ने जिम्मेवारी हाम्रै हो। मातृभूमिको रक्षा गरिनुपर्छ।"
क्युबामा हुन सक्ने सम्भावित आक्रमणको सन्दर्भमा, जसलाई ट्रम्पले धेरै पटक उल्लेख गरेका छन्, क्युबाली विदेश मन्त्री ब्रुनो रोड्रिग्वेजले भने: "क्युबा विरुद्धको अमेरिकी सैन्य आक्रामकताले वास्तविक मानवीय विपत्ति र रक्तपात निम्त्याउनेछ। यसमा क्युबाली र अमेरिकी दुवै नागरिकले ज्यान गुमाउनेछन्, जुन कुरामा केवल ती राजनीतिज्ञहरूले दाउ लगाइरहेका छन् जसले आफ्ना छोराछोरी र आफन्तहरूलाई युद्धमा पठाउँदैनन्।"
उनले अगाडि भने: "संयुक्त राज्य अमेरिका जस्तो महाशक्तिले कुनै सानो टापु राष्ट्र, जसले कुनै खतरा पैदा गर्दैन, त्यसमाथि सैन्य आक्रमण गर्नका लागि कुनै सानो कारण वा बहाना समेत छैन। यो त केवल केही मानिसहरूको यसको राजनीतिक प्रणाली वा सरकार परिवर्तन गर्ने आकांक्षा मात्र हो।"
युक्रेनद्वारा रुसको राजधानी मस्कोमा ड्रोन आक्रमण
अस्ताउँदो महाशक्ति र उदाउँदो शक्तिको भेट: ट्रम्पको चीन भ्रमण
ट्रम्पको बेइजिङ भ्रमण र एसियामा नयाँ शीतयुद्ध
अमेरिकाले इरानमाथि गरेको युद्धका कारण सिर्जित नयाँ विश्वव्यापी खाद्य संकटका ल…
इरानलाई त्यागेर भारतले चुकाएको मूल्य
सोभियत विजयले आजको रुसलाई अझै आकार दिइरहेको छ- पुटिन
ओमानको खाडीमा तनाव: इरानद्वारा ट्याङ्कर कब्जा र अमेरिकाको जवाफी कारबाही
प्रतिक्रिया