अमेरिकी आक्रमणमा भेनेजुएलामा ३२ क्युबालीहरु मारिएको क्युबाको दाबी
अमेरिकी आक्रमणको विरोधमा भेनेजुएलामा विरोध प्रदर्शन
क्युबाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासबाट अपहरण गरी नियन्त्रणमा लिन अमेरिकाले सञ्चालन गरेको सैनिक कारबाहीका क्रममा आफ्ना ३२ जना नागरिकको मृत्यु भएको घोषणा गरेको छ।
हवानाले आइतबार मृत्यु भएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्न जनवरी ५ र ६ मा दुई दिने राष्ट्रिय शोक मनाइने र अन्त्येष्टि सम्बन्धी कार्यक्रम पछि सार्वजनिक गरिने जनाएको छ।
सरकारद्वारा सञ्चालित समाचार संस्था प्रेन्सा लातिनाका अनुसार ती क्युबाली “सैनिकहरु” भेनेजुएला सरकारको अनुरोधमा देशको सेनाका तर्फबाट “मिशन सञ्चालन गर्ने क्रममा” मारिएका हुन्।
समाचार संस्थाले ती क्युबालीहरू “कडा प्रतिरोध” गरेपछि आक्रमणकारीहरूसँगको प्रत्यक्ष भिडन्तमा वा संरचनामाथि गरिएको बम आक्रमणका कारण मारिएको जनाएको छ।
क्युबा भेनेजुएला सरकारको निकट सहयोगी हो र उसले विगत धेरै वर्षदेखि उक्त ल्याटिन अमेरिकी देशमा विभिन्न सैन्य तथा प्रहरी कारबाहीमा सहयोग पुर्याउन आफ्नो बल पठाउँदै आएको छ।
अमेरिकी कारबाहीपछि राष्ट्रपति मादुरो र उनकी पत्नीलाई लागूपदार्थसम्बन्धी अभियोगमा अभियोजन सामना गर्न न्यूयोर्क लगिएको छ। ६३ वर्षीय भेनेजुएलाली नेतालाई सोमबार अदालतमा उपस्थित गराउने कार्यक्रम छ। उनले यसअघि कुनै पनि आपराधिक संलग्नता अस्वीकार गर्दै आएका छन्।
यसैबीच, भेनेजुएलाका रक्षा मन्त्री जनरल भ्लादिमिर पाद्रिनोले राज्य टेलिभिजनमार्फत अमेरिकाको आक्रमणमा सैनिक, सर्वसाधारण तथा राष्ट्रपति मादुरोको सुरक्षादलको “ठूलो हिस्सा” लाई “निर्मम रूपमा” मारिएको बताएका छन्।
उनले देशको सार्वभौमिकता सुनिश्चित गर्न भेनेजुएलाका सशस्त्र बलहरू सक्रिय गरिएको पनि जानकारी दिए।
‘धेरै क्युबाली मारिए’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एयर फोर्स वन विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै कारबाहीका क्रममा “अर्को पक्षका धेरैको ज्यान गएको” बताएका छन्।
उनले “धेरै क्युबालीहरू” मारिएको र “अमेरिकी पक्षबाट भने कुनै पनि मृत्यु नभएको” दाबी गरे।
यसपछि ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिए र उक्त देशमा अमेरिकी सैनिक कारबाही हुनु “आफूलाई राम्रो लाग्ने” बताए।
तर उनले क्युबामा अमेरिकी सैनिक हस्तक्षेप हुने सम्भावना कम रहेको संकेत गर्दै भने, क्युबा आफैं ढल्न तयार अवस्थामा देखिन्छ।
“क्युबा ढल्न तयार छ। क्युबा हेर्दा ढल्नै लागेको जस्तो देखिन्छ। उनीहरूले त्यो अवस्थालाई कसरी सम्हाल्न सक्छन् वा सक्दैनन्, मलाई थाहा छैन। तर अहिले क्युबासँग कुनै आम्दानी छैन। उनीहरूको सबै आम्दानी भेनेजुएलाबाट, भेनेजुएलाली तेलबाट आउँथ्यो,” ट्रम्पले भने।
उनले थपे, “अहिले उनीहरूले त्यसमध्ये केही पनि पाइरहेका छैनन्। क्युबा साँच्चिकै ढल्नै लागेको अवस्थामा छ। र यसबाट धेरै क्युबाली–अमेरिकीहरू निकै खुशी हुनेछन्।”
Source: https://www.aljazeera.com
इरान विरुद्धको युद्ध: डुबिरहेको वर्चश्वशाली शक्तिको कथा
पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव
अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…
क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…
अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…
मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध
कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?
प्रतिक्रिया