ट्रम्पले भेनेजुएलामा आफ्ना युद्धपोतहरु किन पठाए?

विजय प्रसाद

१९९८ मा ह्युगो चाभेज सत्तामा आएदेखि नै अमेरिकाले बोलिभेरियन क्रान्तिलाई उल्ट्याउने प्रयास गर्दै आएको छ। पूर्णस्तरको सैनिक आक्रमण बाहेक उसले लगभग सबै उपाय अपनाइइसकेको छ–सैनिक कू, वैकल्पिक राष्ट्रपतिको छनोट, विश्वव्यापी वित्तीय प्रणालीमा पहुँच बन्द गर्ने कदम, तह–तहका प्रतिबन्ध, विद्युत् सञ्जालमा तोडफोड, भाडाका सैनिक पठाउने प्रयास, र नेताहरूको हत्या गर्ने प्रयत्नसम्म। सरकार ढाल्ने कुनै उपाय तपाईं सोच्न सक्नुहुन्छ भने, सम्भवतः अमेरिकाले त्यो भेनेजुएलामाथि प्रयोग गरिसकेको छ।

तर २०२५ मा आएर यो तनाव स्पष्ट रूपमा नयाँ चरणमा प्रवेश गर्‍यो। अमेरिकाले भेनेजुएलाको तटमा गस्ती गर्न युद्धपोत पठायो, दक्षिण अमेरिकी मुख्य भूमिबाट निस्कँदै गरेका साना डुङ्गाहरू डुबाउन थाल्यो र त्यसमा सवार मानिसहरूलाई मार्‍यो, र क्युबातर्फ जाँदै गरेको एक तेल ट्याङ्कर जफत गर्‍यो। भेनेजुएलामाथि भएका आक्रमणहरूको संख्या बढेको छ, जसले अब खतराको गुणस्तर नै फरक स्तरमा पुगेको संकेत दिन्छ। यस्तो लाग्छ, अमेरिका देशमाथि पूर्ण आक्रमणको तयारी गरिरहेको छ।

ट्रम्पको सूत्र युद्धको पक्ष वा विपक्षमा सैद्धान्तिक रूपमा होइन, अमेरिकाले त्यसबाट के फाइदा पाउँछ भन्नेमा आधारित छ। इराकको हकमा उनले समस्या युद्धमा होइन, इराकी तेल कब्जा गर्न नसक्नु हो ।

डोनाल्ड ट्रम्प सत्तामा आउँदा अमेरिकी स्वार्थलाई विस्तार नगर्ने, सैनिक हस्तक्षेपको विरोधी रहेको बताएका थिए। त्यसैले उनले इराकमाथिको अवैध अमेरिकी युद्धलाई “रगत र सम्पत्तिको” अपव्यय भनेका थिए। तर यसको अर्थ ट्रम्प अमेरिकी सेनाको प्रयोगविरुद्ध थिए भन्ने होइन- उनले अफगानिस्तानमा (याद गर्नुहोस्, “मदर अफ अल बम्स”) र यमनमा सेना प्रयोग गरे, र प्यालेस्टिनीहरूविरुद्ध भइरहेको अमेरिकी–इजरायली नरसंहारलाई पूर्ण समर्थन दिए। ट्रम्पको सूत्र युद्धको पक्ष वा विपक्षमा सैद्धान्तिक रूपमा होइन, अमेरिकाले त्यसबाट के फाइदा पाउँछ भन्नेमा आधारित छ। इराकको हकमा उनले समस्या युद्धमा होइन, इराकी तेल कब्जा गर्न नसक्नु हो । अमेरिकाले इराकको तेल लिएको भए, ट्रम्प सम्भवतःइराकी सम्पत्तिले, पूर्व राष्ट्रपति भवनमध्ये एउटामा ट्रम्प होटल बनाउने तयारी गर्दै बगदादमै हुन्थे ।

स्वाभाविक रूपमा, क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य जमघटको केन्द्रविन्दु भेनेजुएलाको तेल नै हो– विश्वकै सबैभन्दा ठूलो प्रमाणित भण्डार। अमेरिकी समर्थन प्राप्त राजनीतिज्ञ मारिया कोरिना माचाडो यही साता नोबेल शान्ति पुरस्कारबाट सम्मानित भइन्,  जसले इजरायली नरसंहारलाई समर्थन गर्दै आफ्नै देशमाथि अमेरिकी आक्रमणको आह्वान गरेकी छन् । उनले रेकर्डमै विदेशी पूँजीका लागि देशका स्रोतसाधन खोलिदिने वाचा गरेकी छिन् । ह्युगो चाभेजले सुरु गरेको बोलिभेरियन क्रान्तिको उद्देश्यझैँ आफ्नै जनताको जीवनस्तर उकास्न सामाजिक सम्पत्ति प्रयोग गर्नुको सट्टा, उनी भेनेजुएलाको सम्पत्ति उत्खननलाई स्वागत गर्नेछिन्। यदि “राष्ट्रपति माचाडो” बनेको परिकल्पना गरियो भने, उनले एस्सेकिबो क्षेत्रमाथिको कुनै पनि दाबी तुरुन्तै त्याग्नेछिन् र एक्सनमोबिललाई भेनेजुएलाका तेल भण्डारमाथि पूर्ण नियन्त्रण गर्न दिनेछिन्। निश्चय नै, यही नै असली पुरस्कार हो।

१८२३ को मुनरो डक्ट्रिन (सिद्धान्त) मा थपिएको ट्रम्पको कोरोलरी (पुरक सिद्धान्त)  बिल्कुलै स्पष्ट छ: पश्चिमी गोलार्द्ध अमेरिकी नियन्त्रणअन्तर्गत हुनैपर्छ, र त्यहाँ सत्तामा केवल अमेरिका–समर्थक राजनीतिज्ञहरू मात्र रहने सुनिश्चित गर्न अमेरिकाले आवश्यक ठानेको जे पनि गर्नेछ।

तर यो तत्कालको मुख्य कारण भने होइन। अमेरिकाको २०२५ को राष्ट्रिय सुरक्षा रणनीतिलाई नजिकबाट पढ्दा पश्चिमी गोलार्द्ध (वेस्टर्न हेमिस्फियर) माथि फेरि जोड दिइएको स्पष्ट देखिन्छ। १८२३ को मुनरो डक्ट्रिन (सिद्धान्त) मा थपिएको ट्रम्पको कोरोलरी (पुरक सिद्धान्त)  बिल्कुलै स्पष्ट छ: पश्चिमी गोलार्द्ध अमेरिकी नियन्त्रणअन्तर्गत हुनैपर्छ, र त्यहाँ सत्तामा केवल अमेरिका–समर्थक राजनीतिज्ञहरू मात्र रहने सुनिश्चित गर्न अमेरिकाले आवश्यक ठानेको जे पनि गर्नेछ। राष्ट्रिय सुरक्षा रणनीतिको त्यो अंश पढ्नु उपयुक्त हुन्छः

वर्षौंको उपेक्षा पछि, अमेरिकाले पश्चिमी गोलार्द्धमा अमेरिकी वर्चस्व पुनःस्थापित गर्न, तथा आफ्नो मातृभूमि र यस क्षेत्रभरका प्रमुख भौगोलिक क्षेत्रमा पहुँच जोगाउन मुनरो डक्ट्रिनलाई पुनःदाबी र कार्यान्वयन गर्नेछ। हामी गैर–गोलार्द्धीय प्रतिस्पर्धीहरूलाई हाम्रो गोलार्द्धभित्र सैन्य बल वा अन्य खतराजनक क्षमताहरू तैनाथ गर्न, वा रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण सम्पत्तिको स्वामित्व वा नियन्त्रण लिनबाट वञ्चित गर्नेछौँ। मुनरो डक्ट्रिनमा थपिएको यो ‘ट्रम्प कोरोलरी’ अमेरिकी शक्ति र प्राथमिकताहरूको सहज ज्ञानमा आधारित र प्रभावकारी पुनर्स्थापना हो, जुन अमेरिकी सुरक्षा हितसँग पूर्ण रूपमा मेल खान्छ।”

अर्जेन्टिनामा स्थानीय निर्वाचन हुँदै गर्दा, ट्रम्पले ‘अमेरिका समर्थक राष्ट्रपति हाभियर मिलाइका विपक्षी उम्मेदवारहरू विजयी भए भने अमेरिकाले बाह्य वित्तीय सहयोग बन्द गर्नेछ’ भनी चेतावनी दिए । होन्डुरसमा उनले लिब्रे पार्टीको विरोध गर्न प्रत्यक्ष हस्तक्षेप गरे, कतिसम्म भने दोषी ठहर भइसकेका एक लागुऔषध तस्कर (पूर्व राष्ट्रपति) लाई रिहा गरिदिने प्रस्तावसमेत राखे।

दक्षिण अमेरिका, मध्य अमेरिका र क्यारिबियनभर दक्षिणपन्थी सरकारहरूको उदयले अमेरिकालाई भेनेजुएलामाथि दबाब बढाउन र त्यसमार्फत क्युबालाई कमजोर पार्न हौस्याएको छ– यी दुवै ल्याटिन अमेरिकी वामपन्थका प्रमुख ध्रुवहरू हुन्। यी क्रान्तिकारी प्रक्रियाहरू उल्ट्याइएपछि, ल्याटिन अमेरिका र क्यारिबियनमाथि मुनरो डक्ट्रिन अनुसारको पूर्ण अमेरिकी प्रभुत्व स्थापित गर्न सम्भव हुनेछ।

अमेरिका आक्रामक रूपमा अघि बढिरहेको छ, किनकि उसले ‘पिंक टाइड’ को कमजोरी र नयाँ अतिदक्षिणपन्थी “एङ्ग्री टाइड” को शक्ति सही रूपमा आँकलन गरिसकेको छ। दक्षिण अमेरिका, मध्य अमेरिका र क्यारिबियनभर दक्षिणपन्थी सरकारहरूको उदयले अमेरिकालाई भेनेजुएलामाथि दबाब बढाउन र त्यसमार्फत क्युबालाई कमजोर पार्न हौस्याएको छ– यी दुवै ल्याटिन अमेरिकी वामपन्थका प्रमुख ध्रुवहरू हुन्। यी क्रान्तिकारी प्रक्रियाहरू उल्ट्याइएपछि, ल्याटिन अमेरिका र क्यारिबियनमाथि मुनरो डक्ट्रिन अनुसारको पूर्ण अमेरिकी प्रभुत्व स्थापित गर्न सम्भव हुनेछ।

१९९० को दशकदेखि अमेरिकाले ल्याटिन अमेरिकालाई प्रत्यक्ष नियन्त्रणभन्दा विश्वव्यापीकरणलाई प्राथमिकता दिँदै साझा समृद्धि का लागि साझेदारका रूपमा चित्रित गर्न थालेको थियो। तर अब त्यो भाषा परिवर्तन भएको छ। ट्रम्प कोरोलरीले स्पष्ट रूपमा यसो भन्छः हामी एउटा यस्तो गोलार्ध चाहन्छौं जुन शत्रुतापूर्ण विदेशी आक्रमण वा प्रमुख सम्पत्तिहरूको स्वामित्वबाट मुक्त रहोस् जसले महत्वपूर्ण आपूर्ति शृङ्खलाहरूलाई भरथेग गर्दछ...… हामी रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानहरूमा हाम्रो निरन्तर पहुँच सुनिश्चित गर्न चाहन्छौँ।”

भेनेजुएला र क्युबामाथिको आक्रमण यी दुई देशमाथिको मात्र हमला होइन; यो ‘एङ्ग्री टाइड’ को पक्षमा गरिएको प्रत्यक्ष अमेरिकी हस्तक्षेपको उद्घोषात्मक पहिलो प्रहार हो। यसले जनताका जीवनस्तर सुधार्ने होइन, बरु अमेरिकी बहुराष्ट्रिय कम्पनीहरू र ल्याटिन अमेरिकाका कुलीन वर्गहरूको सम्पत्ति अझै बढाउनेछ।

अब ल्याटिन अमेरिका चीनविरुद्धको भू–राजनीतिक प्रतिस्पर्धाको रणभूमिका रूपमा, साथै आप्रवासन र लागुऔषध तस्करीजस्ता खतराहरूको स्रोतका रूपमा हेरिन थालेको छ। भेनेजुएला र क्युबामाथिको आक्रमण यी दुई देशमाथिको मात्र हमला होइन; यो ‘एङ्ग्री टाइड’ को पक्षमा गरिएको प्रत्यक्ष अमेरिकी हस्तक्षेपको उद्घोषात्मक पहिलो प्रहार हो। यसले जनताका जीवनस्तर सुधार्ने होइन, बरु अमेरिकी बहुराष्ट्रिय कम्पनीहरू र ल्याटिन अमेरिकाका कुलीन वर्गहरूको सम्पत्ति अझै बढाउनेछ।

अन्य उपायहरू उपलब्ध हुँदाहुँदै पनि कुनै पनि समस्या सैनिक बलबाटै समाधान गर्न सकिन्छ भन्ने विश्वासलाई पुनर्जीवित गर्न ट्रम्प तयार देखिन्छन्। ट्रम्प कोरोलरीले विश्वको कुनै पनि देशभन्दा “उत्कृष्ट सैन्य प्रणाली” प्रयोग गरेर यस गोलार्द्धका स्रोतसाधन हडप्ने वाचा गर्छ।

भेनेजुएलाविरुद्धको यो आक्रमण भेनेजुएलाविरुद्धको युद्ध मात्र होइन। यो सम्पूर्ण ल्याटिन अमेरिकाविरुद्धको युद्ध हो।

Source:- https://peoplesdispatch.org

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’