अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले अमेरिकाद्वारा सम्भावित सैन्य हस्तक्षेप वा आक्रमणको प्रतिरोध गर्न भेनेजुएला  अन्तर्राष्ट्रिय स्वयंसेवी ब्रिगेड गठन गर्ने घोषणा गरेका छन्। यो घोषणा विश्व साम्राज्यवाद विरोधी मञ्चको एक बैठकमा गरिएको हो।

हामीले सम्पूर्ण ल्याटिन अमेरिका र क्यारिबियन, एशिया, अफ्रिका तथा धेरै अन्य स्थानहरूबाट प्रस्तावहरू प्राप्त गरेका छौँ। सामाजिक सञ्जालमा धेरै मानिसहरू, सामाजिक अगुवाहरूले आफूहरू पनि तयारी अवस्थामा रहेको भनी बताएका भिडियोहरू मैले देखेँ,” राष्ट्रपति मदुरोले भने।

उनले थपे, विश्वभरका “पुरुष तथा महिलाहरू” सम्मिलित यी अन्तर्राष्ट्रिय ब्रिगेडहरूले भेनेजुएलाको सार्वभौमिकताको रक्षा गर्नेछन्। राष्ट्रपति मदुरोले वाशिङ्टनले “नयाँ अनन्त युद्ध” को तयारी गरिरहेको आरोप लगाए। क्यारिबियन सागरमा अमेरिकी हस्तक्षेप र आक्रमणबारे टिप्पणी गर्दै, उनले साना डुंगामा भएका १० प्रहारहरूमा ४३ नागरिक मारिनु अन्तर्राष्ट्रिय विज्ञहरूले गैर न्यायिक हत्या (extrajudicial killings) को रूपमा मूल्याङ्कन गरेको पनि बताए।

यो घोषणा क्यारिबियन क्षेत्रमा सुरु भएको अभूतपूर्व अमेरिकी सैन्य अभियानको प्रतिक्रिया हो। वाशिङ्टनले भने यस अभियानलाई ‘लागु पदार्थविरुद्धको युद्ध’ को हिस्सा भएको दाबी गरेको छ। गत अगस्तदेखि, अमेरिकाले आठ युद्धपोत, एक आणविक पनडुब्बी र हालै आफ्नो सबैभन्दा आधुनिक विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर. फोर्ड त्यहाँ तैनाथ गरेको छ।

विमानवाहक युद्धपोत तैनाथ गरिनुअघि, मुख्यधारको सञ्चारमाध्यमहरूले उक्त क्षेत्रमा १०,००० अमेरिकी सैनिक तैनाथ रहेको रिपोर्ट गरेका थिए। यही विमानवाहक पोतमा थप ,५०० सैनिक तैनाथ गर्न सकिने क्षमता छ। उक्त पोत भूमध्यसागरबाट क्यारिबियनतर्फ गइरहेको बताइएको छ।

यसको जवाफमा, भेनेजुएलाली सरकारले बोलिभारियन मिलिसिया सक्रिय गर्दै ३० लाख नयाँ सदस्य परिचालन गरेको छ, जसले यसको संख्या बढेर ८० लाख पुगेको छ। साथै, भेनेजुएलाले आफ्नो सीमाहरूमा सुरक्षा निगरानी र तयारीलाई सुदृढ गरेको छ । त्यसका साथसाथै अमेरिकी हस्तक्षेपको कुनै प्रयासलाई रोक्न विशाल सैन्य अभ्यास पनि सञ्चालन गरेको छ।

विश्लेषकहरूले अमेरिकाको उत्तेजक हर्कतहरु भेनेजुएलाको शासन परिवर्तनका लागि गरिरहेको बताएका छन् । भेनेजुएलाले पनि सम्पूर्ण लाटिन अमेरिकी–क्यारिबियन क्षेत्रको अस्थिरताका लागि लक्षित अभूतपूर्व अमेरिकी खतरा रहेको बताउँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग औपचारिक सहयोग मागेको छ।

अन्तर्राष्ट्रिय समर्थनका लागि पहल

अन्तर्राष्ट्रिय समर्थनको यो पहलको संकेत १३ अक्टोबर मा भेनेजुएलाको एकीकृत समाजवादी पार्टी (PSUV) का महासचिव  डिओसदादो काबेलोद्वारा गरिएको थियो। उनले भने कि भेनेजुएलाले आसन्न अमेरिकी सैन्य आक्रमणबाट देशलाई बचाउन विश्वभरका मानिसहरूको समर्थनलाई स्वागत गर्नेछ।

काबेलोको उक्त भनाइ पार्टीको साप्ताहिक पत्रकार सम्मेलनका क्रममा, एक पत्रकारको प्रश्नको जवाफमा आएको थियो। पत्रकारले अघिल्लो दिन राष्ट्रपति मदुरोले उल्लेख गरेको अन्तर्राष्ट्रिय स्वदेशी ब्रिगेडबारे सोध्दै, समाजवादी पार्टीले स्पेनी गृहयुद्धको समयमा गठन गरिएका ब्रिगेडहरूजस्तै सामान्य अन्तर्राष्ट्रिय ब्रिगेडको गठन गर्ने हो कि भनेर प्रश्न गरेका थिए।

त्यसको जवाफमा काबेलोले भनेका थिए:हामीले सार्वजनिक रूपमा देशको रक्षा गर्न विश्वका जनतालाई एकताबद्ध हुन आह्वान गरेका छैनौँ भने म यो अवसर लिएर यत्तिबेलादेखि त्यसो गर्छु। संसारको जुनसुकै ठाउँबाट किन नहोस्, यहाँ भेनेजुएला आक्रमणमा परेको छ र तपाईंले दिन सक्ने जुनसुकै सहयोगलाई हामी स्वागत गर्छौँ।” उनी भन्छन्, यहाँ तपाईंहरूलाई आफ्नै दाजुभाइका रूपमा स्वागत गरिनेछ। आफ्नै दाजुभाइ । प्रेमको बदला प्रेमले नै तिरिन्छ। यहाँ यस्तै भन्ने चलन छ।”

आफ्नो भनाइ समाप्त गर्दै, काबेलोले खुलासा गरे कि क्षेत्रका सैनिक तथा प्रहरी संस्थाहरू तथा अतिदक्षिणपन्थी शक्तिद्वारा शासित देशहरू समेतले विदेशी आक्रमण भयो भने पूर्ण सहयोग दिने सन्देश भेनेजुएलालाई पठाइसकेका छन्।

Source: https://orinocotribune.com

 

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’