प्राचीन मन्दिर वरिपरि क्याम्बोडिया र थाईल्याण्डबीचको युद्ध

क्याम्बोडिया र थाईल्याण्डबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद अहिले खुला हिंसामा रुपान्तरित भएको छ। दुवै पक्षले प्राचीन प्रीह विहार मन्दिर परिसर नजिक तोप र हवाई हमला हानाहान गरिरहेका छन्। समाचार लेखिँदासम्म जमिनमा के भइरहेको छ भन्ने कुरा अझै स्पष्ट छैन। थाईल्याण्डको सुरिन प्रान्तमा रहेको पेट्रोल पम्प र ७-११ पसलमा क्षेप्यास्त्र लागेको बताइएको छ, जसमा दुई जना सर्वसाधारणको ज्यान गएको छ। साथै, एक थाई एफ-१६ लडाकु विमान पनि खसालिएको रिपोर्ट आएको छ। यसपटकको तनाव शीतयुद्ध यताको दुई छिमेकी राष्ट्रहरूबीचको सबैभन्दा गम्भीर सैन्य झडप हो भन्ने देखिन्छ, जसले उपनिवेशकालीन सीमा विवादसँग सम्बन्धित ऐतिहासिक तनावहरू पुनः उजागर गरेको छ।

यो विवादको सुरुवात सन् १९६२ मा भएको थियो, जब अन्तर्राष्ट्रिय न्यायालयले ११औँ शताब्दीको खमेर मन्दिर क्याम्बोडियालाई दिने फैसला गर्‍यो, यद्यपि वरिपरिका भूभागहरू भने विवादास्पद नै रहे। पछिल्ला दशकहरूमा पटक-पटक साना-तिना झडपहरू भइरहे, विशेषतः सन् २००८ मा जब क्याम्बोडियाले उक्त मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा दर्ता गराएपछि थाईल्याण्डमा राष्ट्रियतावादी प्रदर्शनहरू चर्किएका थिए। सन् २०११ मा झडपहरू गम्भीर रहे, जसका क्रममा दर्जनौँको मृत्यु र हजारौँको विस्थापन भएको थियो, जसपछि अन्तर्राष्ट्रिय हस्तक्षेपले अस्थायी रूपमा तनाव कम गर्‍यो।

यो विवादको सुरुवात सन् १९६२ मा भएको थियो, जब अन्तर्राष्ट्रिय न्यायालयले ११औँ शताब्दीको खमेर मन्दिर क्याम्बोडियालाई दिने फैसला गर्‍यो, यद्यपि वरिपरिका भूभागहरू भने विवादास्पद नै रहे।

हालैका महिनाहरूमा क्याम्बोडियाले सीमा नजिकको पूर्वाधार विस्तार गरेपछि थाईल्याण्डले सैन्य गस्ती बढाएको थियो, जसले पुनः तनाव बढाएको हो। मे महिनाको अन्त्यतिर एक क्याम्बोडियन सैनिक रोयल थाई आर्मीका सैनिकद्वारा मारिएपछि क्याम्बोडियाभरि राष्ट्रवादी प्रदर्शनहरू भड्किएका थिए।

यो साता भएको हिंसात्मक झडपको तत्काल कारण अझै स्पष्ट छैन। दुबै पक्षले एकअर्कामाथि पहिले गोली चलाएको आरोप लगाएका छन्। दुवै देशको आन्तरिक राजनीतिक परिस्थिति यस तनावमा महत्त्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ, विशेषतः थाईल्याण्डमा जहाँ रोयल थाई सेनाले नागरिक नेतृत्वबाट लगभग स्वतन्त्र रूपमा काम गर्दै आएको इतिहास छ।

गत महिनामा क्याम्बोडियाका तत्कालीन शक्तिशाली नेता हुन सेन (हालका प्रधानमन्त्री हुन मानेटका पिता) र त्यतिबेला थाई प्रधानमन्त्री पैतोंगतार्न शिनावात्राबीच भएको गोप्य फोन वार्तालाप सार्वजनिक भएको छ। सार्वजनिक संकटको समयमा दुबै नेताले निजी कूटनीतिक प्रयास गरेका थिए। पैतोंगतार्नले संयमता अपनाउन आग्रह गरेकी थिइन् भने हुन सेनले सीमा क्षेत्रमा थाई सैनिकहरूको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

यो भनाइले क्षेत्रको एउटा खुला रहस्यलाई स्पष्ट संकेत गर्दछ—रोयल थाई सेना, जुन आधुनिक इतिहासमा सबैभन्दा धेरै कू गरिसकेको सैन्य संस्था हो, नागरिक संसदप्रति जवाफदेही छैन।

फोन वार्तालापमा पैतोंगतार्नले सीमा क्षेत्रमा रोयल थाई सेनामाथि आफूले नियन्त्रण नहुँदा गहिरो निराशा व्यक्त गरेकी थिइन्। एक रोयल थाई सेनाका जर्नेलको सन्दर्भमा उनले भनिन्, “उहाँ मेरो विपरीत पक्षमा हुनुहुन्छ।” यो भनाइले क्षेत्रको एउटा खुला रहस्यलाई स्पष्ट संकेत गर्दछ—रोयल थाई सेना, जुन आधुनिक इतिहासमा सबैभन्दा धेरै कू गरिसकेको सैन्य संस्था हो, नागरिक संसदप्रति जवाफदेही छैन।

यस फोन वार्तालाप लीक भएपछि केही साताभित्रै थाई संवैधानिक अदालतले पैतोंगतार्नलाई प्रधानमन्त्री पदबाट हटाइदियो, जसले पहिले नै कमजोर अवस्थामा रहेको फ्यु थाई पार्टीको गठबन्धनलाई गम्भीर चोट पुर्‍यायो। किसान पक्षधर फ्यु थाई पार्टी विगत दुई दशकमा बारम्बार सैन्य कू मार्फत सत्ताबाट हटाइएको छ। त्यसैले हालको सीमा तनाव र पूर्ण युद्धको विस्फोटलाई केवल राष्ट्र विरुद्ध राष्ट्र वा थाईल्याण्ड बनाम क्याम्बोडिया भनेर छुट्टै रुपमा हेर्न सकिन्न।

हुन सेनले सन् १९८५ देखि २०२३ सम्म ३८ वर्षसम्म क्याम्बोडियामा शासन गरेपछि सन् २०२३ को अगस्टमा आफ्नो छोरा हुन मानेतलाई सत्ता हस्तान्तरण गरेका थिए। यस्तै अनौठो समानतामा, पैतोंगतार्न शिनावात्रा पनि पूर्व थाई प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन्। दुवै पिताहरू वास्तविक सत्ता सञ्चालकका रूपमा चिनिन्छन् र उनीहरूबीच ऐतिहासिक पारिवारिक निकटता रहेको छ। विकिलीक्स ले खुलासा गरेको थियो कि थाक्सिनले सन् २००९ तिर प्रेह विहेयर मन्दिर सम्बन्धी क्याम्बोडियाको दावीमा हुन सेनलाई समर्थनसमेत गरेका थिए। वास्तवमा, लीक भएको फोन वार्तालापमा पैतोंगतार्नले हुन सेनलाई "काका" भनेर सम्बोधन गरेकी छिन्।

तर, यो वार्तालाप—जसलाई अधिकांशले हुन सेनकै पक्षबाट नियोजित रूपमा लीक गरिएको मान्छन्—पछि दुवै पक्षबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ। सन् २०२३ मा करिब एक दशक लामो सैनिक शासनपछि फ्यु थाई फेरि सत्तामा फर्किएपछि पार्टीलाई अतिराष्ट्रवादी सैन्य समर्थकहरू र नवगठित उदारवादी पिपुल्स पार्टी दुबैतर्फबाट अत्यधिक दबाबको सामना गर्नु परेको  छ। सेनाभित्र धेरैजसोको चाहना फ्यु थाई पार्टी र शिनावात्रा परिवारलाई थाई राजनीतिबाट पूर्णरूपमा निष्कासित गर्नु हो, किनभने उनीहरूको नीति किसानमुखी र लोकप्रियतावादी रहेको छ। हालको सीमा क्षेत्रमा भएको सैन्य तनाव—जसलाई पैतोंगतार्नले लगभग राजनीतिक उद्देश्यप्रेरित भएको भनेर पुष्टि गरेकी छिन्—पार्टीको संसदीय कमजोर बहुमतलाई अस्थिर पार्ने नियोजित प्रयास जस्तो देखिन्छ।

सेनाभित्र धेरैजसोको चाहना फ्यु थाई पार्टी र शिनावात्रा परिवारलाई थाई राजनीतिबाट पूर्णरूपमा निष्कासित गर्नु हो, किनभने उनीहरूको नीति किसानमुखी र लोकप्रियतावादी रहेको छ।

त्यसैगरी, हुन सेनले पनि अब शिनावात्रा परिवारप्रति रहेको पुरानो निष्ठा त्यागेका जस्तो देखिन्छ। यसको सट्टामा, राष्ट्रवादी भावनालाई प्रयोग गरेर क्याम्बोडियामा मुद्रा अवमूल्यन, ज्याला नबढ्नु, र युवाहरूमा बढ्दो बेरोजगारी जस्ता गम्भीर समस्याहरूलाई कम गर्ने प्रयास भइरहेको छ, साथै आफ्नो छोरा हुन मानेतलाई सत्तामा वैध रूपमा स्थापित गर्ने उद्देश्य पनि यसमा समावेश छ।

हाल भइरहेको झडपले चिन्ता बढाएको छ, किनभने दुबै पक्षको सैनिक क्षमता परिवर्तन भइसकेको छ। क्याम्बोडियाले हालै नयाँ ड्रोन र तोप प्रणालीहरू प्राप्त गरेको छ भने थाईल्याण्डले अत्याधुनिक लडाकु विमान र मिसाइल प्रविधिमा लगानी बढाएको छ, विशेषगरी स्वीडेनबाट ल्याइएका साब लडाकु विमानहरू। यस्तो हतियार विस्तारले कुनै पनि सानो झडपलाई छिटै ठूलो युद्धमा परिणत गराउने जोखिम बढाएको छ। हजारौँ सर्वसाधारणहरू लडाइँ नजिक रहेका गाउँहरू छाडेर भागिसकेका छन्, सीमाना बन्द गरिएको छ र व्यापार पनि रोकिएको छ।

आसियान (ASEAN) ले संयमता अपनाउन आह्वान गरेको छ, तर प्रतिस्पर्धी क्षेत्रीय दाबी भएका सदस्य राष्ट्रहरूबीच मध्यस्थता गर्न गाह्रो परेको छ। संगठनको सर्वसम्मतिमा आधारित कार्यप्रणालीले गर्दा निर्णायक हस्तक्षेप असम्भवजस्तै देखिन्छ, जबसम्म झडप अन्य विवादित क्षेत्रहरूमा फैलिँदैन।

दुबै राजधानीहरूमा राष्ट्रवादी  भावनाहरु चर्किएको छ र सैनिक नेतृत्वहरू आफूहरू कमजोर देखिने डरले सतर्क छन्, त्यसैले आगामी दिनहरू अत्यन्तै निर्णायक हुनेछन्।

ऐतिहासिक ढाँचाले संकेत गर्छ कि अहिलेको द्वन्द्व दुईमध्ये कुनै एक दिशामा जान सक्छ: या त दुवै पक्ष पछि हट्दै झडपलाई तुरुन्त शान्त पार्ने प्रयास गर्नेछन्, वा यो एक लम्बिएको गतिरोधमा परिणत हुनेछ जसले अन्तर्राष्ट्रिय मध्यस्थताहरूलाई आकर्षित गर्नेछ। दुबै राजधानीहरूमा राष्ट्रवादी  भावनाहरु चर्किएको छ र सैनिक नेतृत्वहरू आफूहरू कमजोर देखिने डरले सतर्क छन्, त्यसैले आगामी दिनहरू अत्यन्तै निर्णायक हुनेछन्।

मूलतः, प्रेह विहेयर मन्दिर वरिपरिको विवाद केवल सीमाको झगडा मात्र होइन; यो उपनिवेशपछिको सिमाना निर्धारणको दीर्घकालीन चुनौती, ऐतिहासिक दाबीहरूलाई आधुनिक यथार्थसँग मिलाउने कठिनता, र राजधानीहरूमा अदृश्य रूपमा चल्ने आन्तरिक शक्ति संघर्षहरूको प्रतिनिधित्व हो।

यो द्वन्द्वले दुबै देशका ग्रामीण समुदायहरूलाई गम्भीर क्षति पुर्‍याइसकेको छ। सन् २०११ मा प्रेह विहेयर मन्दिर वरिपरि भएको झडपमा ३०,००० भन्दा बढी क्याम्बोडियाली गाउँलेहरू विस्थापित हुनुपरेको थियो, जसले उनीहरूको जीविकोपार्जनको आधारबनेका बाली र पशुधन गुमाएका थिए। थाई पक्षमा, सुरिनजस्ता प्रान्तहरूमा सामान्यतया अर्बौँ बराबरको सिमा व्यापार हुने गरेकामा त्यतिबेला ६० प्रतिशतले गिरावट आएको थियो, जसले हजारौँ मानिस निर्भर रहेका बजारहरूलाई खडेरीमा पारिदिएको थियो।

यो विवादको राजनीतिकरणले यी समुदायहरूलाई अझ छेउमा पु-याएको छ, राष्ट्रवादी भाषणहरूले उनीहरूको दैनिक आर्थिक र मानवीय संघर्षलाई पुरै दबाइदिएको छ।

जमिनमा राखिएका बारुदी सुरुङ्गहरु (landmines) अझै पनि एउटा भयावह विरासत बनेका छन् । कतिपय जमिन अझै सफा गरिएको छैन र नयाँ  बारुदी सुरुङ्गहरु कारण अझै पनि मानिसहरूले अंग गुमाइरहेका छन् वा ज्यान लिइरहेका छन्। दुबै देशले सिमाक्षेत्रहरूलाई सैनिकरण गरिसकेका छन्, जसले गाउँमा बस्ने परिवारहरूलाई अस्थिरतामा धकेलेको छ, र बालबालिकाको शिक्षादेखि स्वास्थ्य सेवासम्ममा असर परिरहेको छ। यो विवादको राजनीतिकरणले यी समुदायहरूलाई अझ छेउमा पु-याएको छ, राष्ट्रवादी भाषणहरूले उनीहरूको दैनिक आर्थिक र मानवीय संघर्षलाई पुरै दबाइदिएको छ। जब प्राचीन मन्दिर वरिपरि फेरि तोपका गोला खस्न थालेका छन्, यस द्वन्द्वको मानवीय र राजनीतिक मूल्य झनै बढ्दै गएको छ।

Source: https://peoplesdispatch.org

 

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’