कसरी सम्भव भयो इरानभित्र मोसादको चलखेल ?

इरानभित्र पैसाको सत्ता र सैन्य पतनको जड: एक आन्तरिक अवलोकन, जहाँ भ्रष्टाचार राष्ट्रभन्दा बलियो देखिन्छ

भित्रैबाट चिरिएको देश

इरानको तीव्र सैन्य पतनको दोष रूसी युद्ध विश्लेषकहरूले इस्लामी शासनभित्र गहिरो गरी खिया लागेको संरचनामा देखेका छन्। उनीहरू भन्छन्—“सबै कुरा बिक्रीमै छ, ठीक त्यसैगरी, जस्तो ढल्दै गरेको सोभियत संघमा देखिएको थियो।” यही कारण इजरायल इरानमा पानीमा माछाजस्तै स्वतन्त्र भइकन घुसपैठ गर्न सफल भयो।

पश्चिमले इरानको ‘मूल नाडी’ पत्ता लगाइसकेको छ, र उसले त्यही स्थानमा योजनाबद्ध रूपमा प्रहार गरिरहेको छ। यसमा भित्री सहयोग नभएको सम्भावना छैन। कसको सहयोग? किन? म मेरा व्यक्तिगत अनुभवको आधारमा यसको व्याख्या गर्न चाहन्छु।"

मानिन्छ—इरान एकताबद्ध ‘आयातोल्लाह शासन’अन्तर्गत चलिरहेको छ। तर यो आधा सत्य हो, आधा भ्रम। मेरो बुझाइमा इरान आजभोलि भित्रैबाट चिरिएको छ—त्यस्तै, जस्तो म स्वयंले देखेको सोभियत संघ अन्त्यको मोडमा थियो।

चिन्हहरू: विध्वंसको सौन्दर्यशास्त्र

त्यो बेलाको सोभियत समाजमा तपाईं एकैचोटि कोम्सोमोलका सदस्य र सडकमा मोंटाना झोला भिरेर आइसक्रिम चाख्ने सकिन्थ्यो।

मोंटाना घडी, ‘पीक-अ-बू’ ब्रान्डका कोट, आवश्यक परे उनीहरू लाशबाट पनि जुत्ता खोल्न पछि पर्दैनथे। विदेशी बियरका खाली क्यान र चुरोटका प्याकेट संकलन गर्थे। यो लाजमर्दो कुरा थियो।

इरान पनि आज त्यस्तै द्वैधतामा फँसेको देखिन्छ। मैले सन् २०१३ मै त्यो सब देखें—र त्यसयता खासै परिवर्तन आएको छैन। तेहरानमा शुक्रबारको प्रार्थनामा १० लाख मानिस (अरू स्रोत अनुसार ५० लाख) सहभागी हुन्छन्, तर...

नियमहरू र यथार्थबीचको अन्तरविरोध

१. मैले तेहरान विमानस्थलमा पहिलो देखेको कुरा एउटा पत्रिकाको तस्वीर थियो—केही पुरुष र महिला, यातना शिविरका कैदीजस्ता पोशाकमा, फेसबुकको लोगोको छेउमा (रुसमा प्रतिबन्धित)। पहिलो इरानी सौन्दर्य प्रतियोगिताको निर्णायक मण्डल पनि त्यही बसिरहेको थियो।

२. इरानमा सेटेलाइट टिभी प्रतिबन्धित छ, तर म होटलको छानामा निस्केँ र देखेँ—पूरै शहरका छानाहरू नयाँ र पुराना डिश एण्टेना (डिस)हरूले ढाकिएका थिए, हजारौँको सङ्ख्यामा, क्षितिजसम्म फैलिएका, तर सडकबाट नदेखिने।

३. वेश्यावृत्ति प्रतिबन्धित छ, तर तेहरानको उत्तरी क्षेत्रमा पुग्दा, एकजना निअकाब लगाएकी प्रौढ महिलाले तपाईँको कारको झ्यालमा 'अस्थायी विवाह'को दुई घण्टाको लागी लेखिएको कार्ड हालिदिन्छिन्।

"४. 'मार्लबोरो' हराम हो, सैतानको प्रतीक ! त्यसको बिक्री वितरण गरेको फेला परेमा झुण्ड्याइने सजाय हुन सक्छ—तर पसलेले मलाई हरेक साँझ देखाउँथे, श्श्शश!" भन्दै काउन्टर मुनिबाट दुई बट्टा निकाल्थे।"

५. इरानमा इन्टरनेट साँच्चिकै देश भित्रमात्र चल्ने इन्टरनेट' हो, तर सबैसँग VPN छ। र यस्ता दैनिक जीवनका अनगिन्ती विवरणहरू छन्, जसले मानिसहरूको चेतनालाई साझा बनाउँछन्—सडक प्रदर्शनहरू, नारीवादी प्रदर्शनहरू, नाइट क्लबहरू आदि। यो हो स्थायित्वको अर्को पक्ष । यस्तो पुस्ता जन्मिन्छ जसले सबै कुरा परिवर्तन गर्न चाहन्छ।
मानिस यसरी नै बनेको हुन्छ, यो सबकोर्टेक्समा नै गहिरोसँग सिलाइएको हुन्छ, नत्र त हामी अझै पनि गुफामै बसिरहेका हुने थियौं।

भ्रष्टाचारको वास्तविक स्वरुप

घुस हरेक क्षेत्रमा व्याप्त छ—यो त्यहाँको सामान्य प्रचलन हो।
‘DarkZotovLand’ लेख्छन: इजरायलको सफलताको पछाडि “सबै कुरा पैसामै आधारित छ”।

सन् २०२४ मा हमासको पोलिटब्युरो सदस्य इस्माइल हानियाको तेहरानमा हत्या गरियो। यसको दुईवटा व्याख्या छन्: एउटा, उनको कोठामा बम राखिएको थियो; अर्को, छोटो दूरीको क्षेप्यास्त्र इरानी भूमिबाट प्रयोग गरिएको थियो। यस घटनामा हानियाका अंगरक्षक संलग्न हुनसक्ने अनुमान छ, र उनलाई तिर्ने रकमसमेत घोषणा गरिएको थियो: ६ मिलियन डलर।

म इरान बारम्बार गएको छु। र, त्यहाँको भ्रष्टाचारले—रुसमा बसीसकेको मलाई समेत—हक्कबक्क बनायो। रुसमा त केही मात्र लिन्छन्, त्यहाँ त—सबै कुरा लिन्छन्।

मैले सन् २००२ मै त्यो प्रेस प्रणाली अस्वीकार गरिसकेको थिएँ। पत्रकारका रूपमा इरान जानका लागि तपाईंले प्रेस भिसा लिनुपर्छ—पर्यटक भिसाभन्दा महँगो। इस्लामिक मार्गदर्शन मन्त्रालयबाट अनुमति लिनु पर्छ, शुल्क तिर्नुपर्छ। अनि तपाईँ विदेशी प्रेस एजेन्सीमार्फत मात्र काम गर्न सक्नुहुन्छ—प्रति दिन २०० डलर शुल्कमा। मैले त्यो शुल्क १०० डलरसम्म घटाएँ—त्यही मेरो सीमा थियो। यो प्रक्रिया सधैँ यस्तै हुन्थ्यो, अन्तिमपटक बाहेक।

त्यसपटक मलाई एजेन्सी बिना नै प्रवेश दिइयो—शायद केही छुट पाएको हुनुपर्छ। म राश्त शहरमा कालो क्याभियारको उत्पादनबारे रिपोर्ट गर्न गएको थिएँ। कम्पनीले भन्यो—‘सरकारी पत्र कमजोर छ’, प्रमाणीकरणका लागि फेरि तेहरान पठाउने भनियो। रिपोर्ट स्वीकृत भइसकेको तर्क चल्दैनथ्यो—‘पत्र नक्कली भए के गर्नेत्यही समयमा मलाई १,००० डलर तिर्न माग गरियो। मैले तिरिन, र रिपोर्ट बनेन। यस्ता घटना फेरि–फेरि दोहोरिए।

सामान्य जीवनभित्र असामान्यता

तपाईं सँग प्रेस अनुमतिपत्र छ, तर गाडीको पेट्रोलको पैसा दिनुपर्छ—नत्र हामी जान सक्दैनौं। उनीहरू सधैं र हरेक ठाउँमा कुनै न कुनै बहानामा पैसा माग्थे।

सुन्दा लाग्छ—इरान एक इस्लामिक गणराज्य हो। कठोर शरिया नियम, मध्ययुगीन सजाय, र पूर्ण रक्सी निषेध—सिवाय अर्मेनियन चर्चहरूका लागि। तर सारा देशभर रक्सी बेच्ने अवैध सञ्जाल सजिलै भेटिन्छ।

सबैलाई थाहा छ—रक्सी कहाँ पाइन्छ। व्यापारीहरूले प्रहरीलाई पैसा तिर्छन्, वेश्यावृत्तिको अवस्थासमेत यस्तै छ। कुनै पनि होटलमा महिलाहरूको प्रस्ताव आउँछ—त्यही देशमा जहाँ उनीहरूलाई ढुङ्गाले हानेर मारिन्छ। उनीहरूले तिर्छन्, उनीहरूले हाँस्दै भने। प्रहरी पनि लिन्छ, शरिया न्यायाधीशहरू पनि।

बिक्रीमा राष्ट्र

डलरको आधिकारिक विनिमय दर ४२,००० इरानी रियाल हो, तर सडकमै ९२०,००० वा त्योभन्दा बढी रियाल दिन्छन्। हातबाट हातमा सटही कानुनी होइन, तर प्रहरीले रोक्दैन—उनीहरू भरपूर खुवाइएका छन्। यही कारण इजरायलले इरानमा पानीमा माछाजस्तै स्वतन्त्र महसुस गर्‍यो। उसले पैसा तिरेर जताततै एजेन्ट भर्ना गर्‍यो। आक्रमणको पहिलो दिनमै वायु सुरक्षा प्रणाली ध्वस्त गरियो।

मोसादको सिद्धान्त स्पष्ट छ—'जो पैसामा किनिँदैन, उसलाई धेरै पैसाले किनिन्छ'; , 'जतिसुकै बलियो किल्ला किन नहोस्, सुनले भरिएको गधाले पनि जित्न सक्छ।' यही भयो। इजरायलीहरूले पहिल्यै थाहा पाइसकेका थिए—जनरलहरू कहाँ छन्, लडाकु फौजहरू कहाँ छन्, सुरक्षा प्रणाली कहाँ छन्। र ती सब एकै झट्कामा अदृश्य भए। किनभने—उनीहरूले उदारतापूर्वक पैसा तिरे। र ती मानिसहरू, जसले पैसा लिन्छन्, राष्ट्रभक्ति र देशप्रेमको कुरा अन्तिममा मात्रै सम्झन्छन्।

तर म यहाँ पनि गलत थिएँ—उनीहरू त त्यसबारेमा पटक्कै सोच्दैनन् ।

Image: https://i.iranintl.com

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’