दक्षिणपूर्वी एसियामा आर्थिक सम्बन्ध सुदृढ गर्न सी जिनपिङको कूटनीतिक यात्रा

चिनियाँ राष्ट्रपति सी जिनपिङ मंगलवार, अप्रिल १५ मा बहुप्रतीक्षित राजकीय भ्रमणका लागि मलेसिया आइपुगे। यस कदममार्फत, सीले संयुक्त राज्य अमेरिकासँग चर्किँदो व्यापार युद्धको विकल्पको रूपमा चीनलाई भरपर्दो साझेदारको रूपमा प्रस्तुत गर्न खोजेका छन्।

यस साता सीले दक्षिण–पूर्वी एसियाको भ्रमण थालेका छन्, जसले उनलाई भियतनामसम्म पुर्‍याइसकेको छ र अब क्याम्बोडियासमेत समेट्नेछ। बेइजिङ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दण्डात्मक शुल्क नीतिको विकल्पको रूपमा आफूलाई स्थिर शक्तिको रुपमा देखाउन प्रयत्नरत देखिन्छ।

चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाए अनुसार सीले “चीन र मलेसियाबीचको परम्परागत मित्रतालाई अझ गहिरो बनाउने अपेक्षा” व्यक्त गरेका छन्। , सीसीटीभीको भनाइअनुसार उनले प्रधानमन्त्री अनवर इब्राहिम र राजा सुल्तान इब्राहिमसँग “गहन विचार आदान–प्रदान” गर्ने बताए। “दुवै पक्षको साझा प्रयासबाट यो भ्रमण अवश्य पनि फलदायी हुनेछ,” सीसीटीभीले सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

चिनियाँ नेता सी जिनपिङ मलेसियाको राजधानी क्वालालम्पुरको विमानस्थलमा मंगलबार ओर्लिएका थिए, जहाँ उनलाई प्रधानमन्त्री अनवर इब्राहिमले स्वागत गरेका थिए, भन्ने दृश्य चिनियाँ सरकारी सञ्चार माध्यम सीजीटीएनको फुटेजमा देखाइएको छ।

सी निर्धारित कार्यक्रमअनुसार बुधबार, अप्रिल १६ को बिहान मलेसियन राजा बस्ने दरबारमा आयोजित राजकीय भोजमा सहभागी हुने छन्, त्यसपछि प्रशासकीय राजधानी पुत्रजायामा अनवरसँग वार्ता गर्ने कार्यक्रम रहेको छ।

मलेसियाको विदेश मन्त्रालयका अनुसार सी र अनवर द्विपक्षीय सम्झौताको हस्ताक्षर साक्षी रहनेछन्।

चीनले मलेसियासँग मिलेर भू–राजनीतिक तथा गुटाधारित टकरावका अदृश्य बहावहरू र एकपक्षीयता तथा संरक्षणवादका प्रतिकूल धाराहरूको सामना गर्नेछ,” सीले मङ्गलबार मलेसियाको द स्टार पत्रिकामा लेखेका छन्।

हामीले राष्ट्रसंघ–केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय व्यवस्था जोगाउँदै लैजानु पर्छ, र विश्व शासन प्रणालीलाई अझ निष्पक्ष र न्यायोचित बनाउनु पर्छ,” उनले लेखेका छन्।

चीन र मलेसियाले कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव गत वर्ष मनाएका थिए, र उनीहरूबीच बलियो व्यापारिक सम्बन्ध रहेका छन्, यद्यपि मलेसियाले दक्षिण चीन सागरको केही भागमा आंशिक दाबी राखेको छ, जुन क्षेत्रमा चीनले लगभग सम्पूर्ण सार्वभौमिकता घोषणा गरेको छ।

चीन मलेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा लगातार १६ वर्षदेखि रहेको छ। गत वर्ष दुई देशबीचको कुल व्यापार मलेसियाको विश्वव्यापी व्यापारको १६.८% हिस्सा रहेको मलेसियन विदेश मन्त्रालयले जनाएको छ।

"दादागिरीको विरोध"

सी जिनपिङको आगमन भियतनाम भ्रमणपछि तुरुन्तै भएको हो। यी दुई राष्ट्रहरूले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, “उनीहरू एकाधिकारवादी प्रभुत्व र शक्ति–राजनीतिको संयुक्त रूपमा विरोध गर्नेछन्, साथै सबै प्रकारका एकपक्षीयताको पनि विरोध गर्नेछन्।” यो विज्ञप्ति सीको भ्रमणपछि मङ्गलबार भियतनामी राज्य सञ्चार माध्यममा प्रकाशित गरिएको हो।

दुबै पक्षले “विश्व व्यापार सङ्गठन (WTO) लाई केन्द्र मानेर खुला, पारदर्शी, समावेशी, र भेदभावरहित बहुपक्षीय व्यापार प्रणाली कायम राख्ने, र आर्थिक विश्वव्यापकता प्रवर्द्धन गर्ने” सहमति पनि जनाएका छन्।

यद्यपि संयुक्त विज्ञप्तिमा अमेरिका वा ट्रम्पको नाम स्पष्ट रूपमा उल्लेख गरिएको छैन, चीन र वाशिङ्टनबीच परस्पर बदला लिने प्रकृतिको व्यापार युद्ध जारी छ।

ट्रम्पको पछिल्लो कर सम्बन्धि बाढी पश्चात्, अमेरिका चीनबाट आयात हुने वस्तुहरूमा अधिकतम १४५% सम्म कर लगाउँदै आएको छ। बेइजिङले ती करहरूलाई “ठट्टा” भन्दै खण्डन गरेको छ र प्रतिशोधस्वरूप अमेरिकाबाट आउने सामानहरूमा १२५% शुल्क लगाएको छ।

पछि ट्रम्पले भने, सीको भियतनामी नेताहरूसँगको “सुन्दर बैठक”को उद्देश्य “अमेरिकालाई कसरी फसाउने भनेर योजना बनाउनु” थियो।

चीन र भियतनामले सोमबार, अप्रिल १४ मा आपूर्ति श्रृंखला, कृत्रिम बुद्धिमत्ता, संयुक्त समुद्री गस्ती, र रेलमार्ग विकास लगायतका ४५ वटा सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्।

सीले भियतनामका सर्वोच्च नेता टो लामसँगको भेटमा भने, “हाम्रा देशहरू इतिहासको मोडमा उभिएका छन् … र हामीले हातेमालो गरेर अगाडि बढ्नुपर्छ।”

भियतनाम समाचार एजेन्सीको अनुसार टो लामले वार्तापछि भने, “दुई नेताहरूले थुप्रै महत्वपूर्ण र समग्र साझा समझदारीमा पुग्नुभएको छ,”

Source:- Brasil de Fato. Image: https://peoplesdispatch.org

 

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’