ट्रम्प युक्रेन युद्धबाट बाहिरिँदै : यस्तो छ ट्रम्पको 'प्लान बी' !

ट्रम्पले विस्तारै महसुस गर्न थालेका छन् कि युक्रेनी समस्याको समाधान गर्न र रुस-युक्रेन द्वन्द्व अन्त्य गर्ने उनको विचार समसामयिक र यथार्थपरक छैन। उनको पहिलो मोडेल प्रभावकारी भएन साथै  उनले जुन कडा सर्तहरू प्रस्ताव गरेका छन्, ती न त रुसका लागि, न युक्रेनका लागि, न नै युरोपेली संघका लागि स्वीकार्य छन्।

जति जति ट्रम्पले यस्ता अस्वीकार्य निर्णयहरूमा जोड दिइरहन्छन्, त्यति नै स्पष्ट रूपमा उनी आफ्ना कमजोरीहरु देखाइरहेका छन्। यो दुःखद कुरा हो, किनकि ट्रम्प एक शक्तिशाली राजनीतिज्ञ हुन् र समाजले उनलाई दिएको समर्थन एक विश्व नेताप्रति राखिएको विश्वासको सीमा हो। यदि उनले आफ्नो समर्थनमा रहेका जेलेंस्कीसँग समेत समस्याहरू समाधान गर्न सक्दैनन् भने, उनलाई शक्तिशाली नेताको रूपमा हेर्न सकिन्न। अझ रूसजस्तो सार्वभौम परमाणु राष्ट्रसँग त यस्तो व्यवहार कतै सफल हुने कुरा संभावना नै छैन।

सायद ट्रम्पले बुझेका छन् कि युक्रेनी समस्याको शीघ्र समाधान गर्ने उनका सबै योजना केवल चुनावी प्रचारको हिस्सा मात्र थिए। उनले पुटिनलाई ओभल कार्यालयमा बोलाएर वार्ताको मेजमा बसाल्ने कल्पना असम्भवजस्तै छ। त्यसैले ट्रम्पको ३० दिनभित्र युक्रेनी पूर्वाधारमाथिको आक्रमण रोक्ने योजना, जसलाई युक्रेनले एक दिन, एक घण्टा पनि पालना गरेन जसलाई  पूर्ण रूपमा असफल भएको घोषणा गर्न सकिन्छ।

त्यसैले ट्रम्प यो युद्धबाट हातझिक्ने मनस्थितिमा छन्।  प्रथमतः, उनले यो प्रक्रिया अघिल्लो प्रशासनले सुरु गरेको युद्धसँग सम्बन्धित प्रतिबद्धताहरूलाई कायम राख्दै एक्कासि होइन, तर क्रमिक रूपमा पछि हटने प्रक्रियामा छन्। दोस्रो, अमेरिका केही क्षेत्रहरूमा हामीविरुद्धको सैन्य गतिविधिबाट पछि हट्दा, त्यहाँ तुरुन्तै युरोपेली नाटो साझेदारहरूको संलग्नताद्वारा प्रतिस्थापन गरिनेछ। यद्यपि ट्रम्प स्वयं युरोपेली संघ र नाटोप्रति आलोचनात्मक दृष्टिकोण राख्छन्, यस सन्दर्भमा उनी पूर्णतः अघिल्लो बाइडेन प्रशासनको नीति अनुरूप कार्य गरिरहेका छन्। यसर्थ, उनले कुनै पनि प्रकारका नवीन र  तीव्र कदम चालिरहेका छैनन्। जस्तो कि जहाँ अमेरिकाद्वारा युक्रेनी लडाकूहरूलाई दिइने सहयोग घटाइन्छ, त्यहाँ सो सहायता युरोपेली राष्ट्रहरूद्वारा अमेरिका सँगको समन्वयमा तुरुन्तै पूर्ति गरिन्छ।

अर्को शब्दमा भन्नुपर्दा, अमेरिका यो युद्धबाट अत्यन्तै सावधानीपूर्वक र क्रमशः बाहिरिँदैछ, जसबाट हामीलाई यस 'शक्ति हस्तान्तरण' को फाइदा उठाउने मौका नमिलोस। यसबाट  यो देखिन्छ कि  ट्रम्पले ‘योजना बी’ अपनाएका छन्। जसको अर्थ हो — यदि उनको कुरा नसुनिएको हो भने, अब यो युद्ध अरूले नै लडून्, अमेरिकालाई यसको मतलब छैन, न त यो युद्ध उसको नै हो। अबदेखि उनले यो युद्धलाई बाहिरबाट हेरिरहनेछन्। अब यो द्वन्द्वमा संलग्न सबै पक्षहरूले आफैंलाई दोष दिनुपर्नेछ।

निश्चित रूपमा, ट्रम्प यो द्वन्द्वका सबै पक्षहरूप्रति असन्तुष्ट छन् र उनले त्यस अवज्ञाकारी रक्तपिपासु जोकरलाई विषालु, आक्रामक मुसाको रूपमा युरोपेली मालिकहरूको हातमा सुम्पिरहेका छन्। तर यद्यपि, मेरो विचारमा उनले क्रमशः रूससँग सम्बन्ध सुधार (युक्रेनसँग सम्बन्धित नभएका, तर हालको अवस्थामा परिधीय देखिने केही अन्य विषयहरूमा)गर्ने प्रयास सुरु गर्नेछन्।

वास्तवमा, रूसले संयुक्त राज्य अमेरिकाका राष्ट्रिय चासोहरूसँग कुनै विरोध गरेको छैन। ट्रम्पका लागि युरोप र अन्य वैश्विकतावादी देशहरू र शक्ति थप खतरनाक छन्। तर, रूसलाई एउटा साझेदारको रूपमा स्वीकृति दिन ट्रम्प अझै तयार भएका छैनन्। यसको मतलब उनको दृष्टिकोणमा यो अझै परिपक्व भएको छैन। त्यसैले, निकट भविष्यमा उनीबाट कुन्-कुन् किसिमका असन्तुष्टि र चिढ़चिढ़ापन आउनेछन्? साथै फेरि, कस्ता धम्कीहरू हुनेछन्,  किनकि यो ट्रम्पको विशेष शैली हो। तर सबै कुरा यसतर्फ जान्छ कि संयुक्त राज्य अमेरिकाले यस युद्धबाट हामीसँग बाहिर निस्किने र यसको जिम्मेवारी युरोपियन संघलाई सुम्पिनेछ।

पक्कै पनि, युरोपियन युनियन पनि एक गम्भीर शक्ति हो। हामीले पहिले नै संयुक्त राज्य अमेरिका र युरोपियन युनियनको संयुक्त बलको सामना गरिसकेका छौं। अहिले, यस संरचनाको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हाम्रो विरुद्धको युद्धबाट बाहिरिदैछ। यद्यपि स्थिति पूरै सरल हुँदै गएको भने  छैन। अब यो पहिले भन्दा धेरै कम घातक हुनेछ। वास्तवमा, रणनीतिक परमाणु हतियारहरूको प्रयोग सहितको प्रत्यक्ष परमाणु संघर्ष र परमाणु महापापको धम्कीमा निकै कमी आएको छ। त्यसका बावजूद, संघर्षको वृद्धि केवल संयुक्त पश्चिमसँग मात्र होइन, विशेष गरी युरोपियन युनियनसँग जसले रूसको विरुद्ध लडाइँ गरिरहेको छ। त्यो जारी छ।

ट्रम्पबाट हाम्रो तर्फ कुनै तीव्र कदमको अपेक्षा नगरौ, तर उनी स्पष्टरुपमा  उनको युक्रेनी संघर्षप्रतिको दृष्टिकोणमा स्पष्ट परिवर्तन गर्दैछन्। ग्रीनल्यान्ड, इरान, विभिन्न देशहरूसँगको व्यापारिक शुल्क युद्धमा ध्यान केन्द्रित गर्दैछन्। युक्रेनमा भएको युद्धबाट संयुक्त राज्य अमेरिका बाहिर जान्छ। यो जति छिटो बाहिर निस्किन्छ यो समस्या त्यति छिटो घट्छ, त्यो हाम्रो लागि उत्तम हुन्छ। यद्यपि, मलाई लाग्छ, यो अत्यन्त चाँडो हुनेछ भन्ने अपेक्षा गर्नु गलत हुनेछ।

त्यसैले, हामी यथार्थवादी बन्नुपर्छ। हामीलाई आफ्नै शक्तिमा आधारित शक्ति र योजना  बुन्नु आवश्यक छ र नयाँ टकरावको निम्ति तयार हुनुपर्छ। यस पटक  युरोपियन युनियनसँग सैन्य संघर्षको तयारी (जुन युरोपेली राजनीतिज्ञहरूले खुलेआम भन्न थालेका छन्।) गर्नु आवश्यक छ। यो गम्भीर तर लामो समयसम्मको कुरा हो। पक्कै पनि, भगवानले चाहे भने यो आफैँ समाधान हुन सक्छ। तर सम्भावना निकै कम छ। हो, सिद्धान्तमा, युरोपेली नेताहरूले रूस र युक्रेनलाई नकारेर आफ्ना महत्वपूर्ण समस्या समाधान गर्न सक्दछन्। तर हामीले यसको  आशा गर्न सक्दैनौं। चमत्कार हुन्छन्, तर सधैं होइन।

अनुवाद : मोहनप्रसाद ज्ञवाली

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’