स्थापना भएको ५६ वर्षपछि पनि लडिरहेको छ फिलिपिन्सको न्यू पीपल्स आर्मी
५६ वर्षअघि आजकै दिन, विश्वकै सबैभन्दा लामो समयदेखि सञ्चालन भइरहेको कम्युनिस्ट गुरिल्ला सेनामध्ये एक, फिलिपिन्सको न्यू पीपल्स आर्मी (New Peoples Army) को स्थापना गरिएको थियो। जम्मा ६० लडाकुहरू स्थापना गरिएको जन सेनामा आज हजारौं सदस्यहरू छन्, र र यसले देशभरी दशौ लाख जनताको जनाधार निर्माण गरिसकेको छ।
सन् १९६९ मा, मार्क्सवाद-लेनिनवाद-माओ त्से-तुङ्ग विचारधाराको सिद्धान्तमा आधारित भएर, फिलिपिन्स कम्युनिस्ट पार्टी (CPP) द्वारा स्थापना गरिएको न्यू पीपल्स आर्मीले पाँच दशकभन्दा बढी समयदेखि अमेरिकी साम्राज्यवाद र फिलिपिन्स सरकारविरुद्ध “दिर्घकालिन जनयुद्ध” सञ्चालन गरिरहेको छ । फिलिपिन्स कम्युनिस्ट पार्टीका अनुसार यो देश अमेरिकाको 'अधिनस्त राज्य' हो।
न्यू पीपल्स आर्मीले महिला, यौनिक अल्पसंख्यक समुदायका सदस्यहरू, कुनै पनि धर्म वा जातिका व्यक्तिहरूलाई स्वागत गर्दछ। यसका धेरै लडाकुहरू उत्पीडित वर्गबाट आएका छन्। यो मुख्य रूपमा किसानहरूको सेना हो, जसले हरेक दिन फिलिपिन्सका प्राकृतिक सम्पदा दोहन गर्ने बहुराष्ट्रिय खानी तथा बगान कंपनीहरुविरुद्ध संघर्ष गरिरहेको छ।
फिलिपिन्स हजारौँ टापुहरु मिलेर बनेको छ, जहाँको जनसंख्या मुख्य रूपमा ग्रामीण क्षेत्रहरूमा चरम गरिबीमा जीवन बिताइरहेका छन्। अमेरिकाद्वारा समर्थन प्राप्त विभिन्न सरकारहरूले न्यू पीपल्स आर्मीलाई दबाउन सञ्चालनका गरेका सैन्य अपरेसनहरूका बाबजुद पनि, यो गुरिल्ला सेनाको उपस्थिति अझै पनि सम्पूर्ण द्वीप समूहभरि रहेको छ।
न्यू पीपल्स आर्मीको दिर्घकालिन जनयुद्ध तीन मुख्य तत्वहरूमा आधारित छ:
— सेनासँगको घनिभूत गुरिल्ला युद्ध, विदेशी एकाधिकार पूँजीपति र स्थानीय प्रतिक्रियावादी शक्तिहरूविरुद्ध संघर्ष।
— गुरिल्ला/जनआधार क्षेत्रहरूले नियन्त्रण गरेका लाल इलाकाहरूमा भूमिसुधार कार्यक्रम।
— लाल इलाकाहरूको विस्तारका लागि जनाधार निर्माण गर्ने।
न्यू पीपल्स आर्मीको रणनीति टुक्राटुक्रा रूपमा विस्तार हुँदै जाने हो— ग्रामीण क्षेत्रमा लाल इलाकाहरू विस्तार गर्दै, आफ्नो शक्ति निर्माण गर्दै, राज्यका सैन्य शक्तिहरूलाई क्रमशः ध्वस्त पार्दै, र शहरहरूलाई घेराबन्दी गर्ने। ग्रामीण क्षेत्रमा मजबुत आधार निर्माण गरेपछि, यसको लक्ष्य शहरतर्फ सर्ने र देशव्यापी रूपमा सत्ता हातमा लिने रहेको छ।
तर, न्यू पीपल्स आर्मीको अधिकांश कार्य लडाइँ होइन। नयाँ सदस्यहरूले पूर्णकालीन लडाकु बन्नु अघि फिलिपिन्सका सबैभन्दा दुर्गम क्षेत्रहरूमा महिनौँसम्म सामुदायिक कार्य गर्नुपर्छ। न्यू पीपल्स आर्मीले ग्रामीण भेगहरूमा स्वास्थ्य सेवा पनि प्रदान गर्छ, जहाँ राज्यको कुनै उपस्थिति हुँदैन। विशेष गरी COVID-19 महामारीको समयमा, जब गरिब फिलिपिनोहरू आफ्नो गुजारा गर्नसमेत संघर्ष गरिरहेका थिए, न्यू पीपल्स आर्मीले राहत वितरण गर्न र ग्रामीण क्षेत्रमा समुदाय क्वारेन्टाइन उपायहरू कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।
न्यू पीपल्स आर्मीलाई दबाउने नाममा, अमेरिकी प्रभावमा रहेको फिलिपिन्सको सशस्त्र सेनाले वर्षौंदेखि नागरिकहरूमाथि गम्भीर अत्याचारहरू गरेको छ, जसमा गैर-न्यायिक हत्या, जबर्जस्ती बेपत्ता पार्ने कार्य, यातना, बलात्कार, र गरिब समुदायहरूमा हवाई बमबारी जस्ता अपराधहरू समावेश छन्।
ह्युमन राइट्स वाच (HRW) ले सरकारलाई "रेड-ट्यागिङ" को अन्त्य गर्न आह्वान गरेको छ। यो दशकौँ पुरानो अभ्यास हो, जसअन्तर्गत अधिकारकर्मी, पत्रकार, र अन्यलाई सार्वजनिक रूपमा न्यू पीपल्स आर्मीसँग सम्बन्धित भएको आरोप लगाइन्छ। ह्युमन राइट्स वाचका अनुसार, जसको परिणामस्वरूप 'ठुलो संख्यामा गैर-न्यायिक हत्या र कथित कम्युनिस्टहरु लाई यातना' दिइएको छ।
स्रोत: https://x.com/redstreamnet
इरान विरुद्धको युद्ध: डुबिरहेको वर्चश्वशाली शक्तिको कथा
पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव
अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…
क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…
अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…
मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध
कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?
प्रतिक्रिया