ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच तिक्ततापूर्ण भेटवार्ता
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जे.डी. भान्स र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भएको बैठक तनावपूर्ण मोडमा पुगेपछि दुई देश बिचमा कूटनीतिक संकट उत्पन्न भएको छ।
शुरूमा यूक्रेनका दुर्लभ खनिज स्रोतहरूलाई अमेरिकासँग साझेदारी गर्ने सम्झौताका लागि छलफल तय भए तापनि, बैठकको क्रममा वातावरण बिग्रँदै गयो। उपराष्ट्रपति भान्सले राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी सहयोगको कदर नगरेको आरोप लगाउँदै प्रश्न गरे, "के तपाईंले अमेरिकालाई एकपटक पनि धन्यवाद प्रकट गर्नु भएको छ ?" राष्ट्रपति ट्रम्पले समेत उनको कुरा समर्थन गर्दै चेतावनी दिए, "तपाईं त तेस्रो विश्वयुद्ध सुरु गर्न खोज्दै हुनुहुन्छ।"
यस्ता कडा टिप्पणीहरूका कारण प्रस्तावित खनिज सम्झौता रद्द गरियो। साथै, तय गरिएका संयुक्त पत्रकार सम्मेलन र औपचारिक भोजसमेत अन्तिम समयमा खारेज गरियो। पछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखे, "जेलेन्स्की अझै शान्तिका लागि तयार छैनन्। जब उनी तयार हुन्छन्, उनी फर्केर आउन सक्छन्।"
यस घटनापछि युरोपेली राष्ट्रहरूको कडा प्रतिक्रिया आएको छ। क्यानडा, नर्वे, लिथुआनिया, पोल्यान्ड, स्पेन, र मोल्डोभाका नेताहरूले खुलेरै युक्रेनको समर्थन जनाएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने, "युक्रेनको न्यायोचित र स्थायी शान्तिको खोजीमा क्यानडा दृढ रूपमा उभिएको छ।"
यस बैठकपछि अमेरिकी सैन्य सहायता र पूर्वी युरोपको सुरक्षासम्बन्धी विषयहरू थप जटिल बन्ने संकेत देखिएको छ।
यस कूटनीतिक झगडाले युक्रेन, अमेरिका, र युरोपेली राष्ट्रहरूबीचको सम्वन्धलाई गम्भीर मोडमा पुर्याएको छ। युक्रेनमाथि हुने सहयोग र रुससँगको शान्ति प्रयासको भविष्य अब अन्य अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूमा निर्भर रहने देखिन्छ।
इरान विरुद्धको युद्ध: डुबिरहेको वर्चश्वशाली शक्तिको कथा
पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव
अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…
क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…
अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…
मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध
कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?
प्रतिक्रिया