पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्चिमी शक्तिसँगको गठबन्धनको खोजी

७ नोभेम्बर बिहीबार दक्षिणी रुसको सोचीमा भएको वार्षिक भल्दाई सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको हालैको विजयलाई बधाई दिएका छन् । यो सम्मेलनमा पुटिनले ३ घण्टा सम्म सम्बोधन गरेका थिए। जसमा अन्तर्राष्ट्रिय मामिलामा रुसका विचारहरु र विदेशी नीतिका विषयहरू समेटिएको थियो।

ट्रम्पप्रतिको पुटिनको टिप्पणीले आउने अमेरिकी नेतासँग काम गर्न आफू तयार रहेको संकेत गर्‍यो। " पुटिनले भने “मलाई लाग्छ, हामीहरु संवाद गर्नेछौं," र साथै उनले ट्रम्पको अमेरिकी-रूस सम्बन्ध पुनःस्थापित गर्ने र युक्रेनी संकट समाधान गर्न रुचि देखाएका विषयको महत्त्वपूर्ण रहेको बिचार व्यक्त गरे। पुटिनले ट्रम्पको साहसको प्रशंसा गर्दै उनलाई यस वर्षको सुरुमा भएको हत्या प्रयासप्रति इंगित गर्दै उनलाई "बहादुर" र "पुरुषत्वपूर्ण" व्यक्तिको संज्ञा दिए।

तटस्थ युक्रेनको माग र अमेरिकाको आलोचना

युक्रेनमा जारी द्वन्द्वको बीचमा, पुटिनले सम्भावित शान्ति सम्झौताका लागि आफ्ना शर्तहरू अघि सारे। उनले युक्रेनी तटस्थताको महत्त्वलाई जोड दिदै भने कि युक्रेनको तटस्थता बिना “रूस र युक्रेनबीच कुनै पनि राम्रो छिमेकी सम्बन्धको कल्पना गर्न गाह्रो छ।” रूसको बिरुद्ध सुरक्षा उपायको रूपमा नेटोको सदस्यता प्राप्त गर्न निरन्तर प्रयासरत युक्रेन, तटस्थतालाई शान्तिका लागि शर्तका रूपमा अस्वीकार गर्न प्रतिबद्ध छ।

पुटिनको सम्बोधनमा नेटोको कटु आलोचना पनि समावेश थियो। उनले यो गठबन्धनलाई म्याद गुज्रेको र अत्यधिक रुपमा अमेरिकी नियन्त्रणमा रहेको भनेर चित्रित गरे। साथै उनले अमेरिकालाई "ठूलो दाजु" रूपमा वर्णन गरे। पुटिनले ब्रिक्स—रूस, चीन, ब्राजिल, भारत र दक्षिण अफ्रिका समावेश भएको गैर-पश्चिमी प्रमुख अर्थतन्त्रहरूको समूह—लाई अमेरिकी नेतृत्वमा भएका गठबन्धनहरूको वैकल्पिक शक्ति संरचना बनाउन सक्ने संकेत दिए।

ताइवानमा चीनको समर्थन र मध्यपूर्व कूटनीतिको लागि जोड

ताइवानको विषयमा, पुटिनले चीनको दृष्टिकोणप्रति समर्थन जनाउँदै उक्साहटको बेइजिङको नीति “उचित” रहेको बताए। साथै उनले भने - त्यस क्षेत्रमा चीनले कुनै आक्रामक नीति अपनाएको छ जस्तो लाग्दैन बरु ताइवानले बाहिरी समर्थन पाउन एसियामा युक्रेन शैलीको संकट सिर्जना गर्न खोजिरहेको छ ।

भारतको बारेमा बोल्दै पुटिनले भने- भारत विश्वको महाशक्तिको सूचीमा समावेश गर्न योग्य छ किनकि यसको अर्थतन्त्र हाल कुनै पनि देशको तुलनामा तीव्र गतिमा बढिरहेको छ। डेढ अरब जनसंख्या, संसारका अर्थान्तंत्र मध्ये सबै भन्दा तिब्र गतिको बिकाश, प्राचिन संस्कृति र भबिष्यमा पनि बिकाशको राम्रो सम्भावाना भएकोले भारतलाई महाशक्तिको सुचीमा निसन्देहरुपमा सामेल गर्नुपर्छ।

मध्यपूर्वबारे बोल्दै पुटिनले इजरायल र हमासबीच जारी द्वन्द्वको सन्दर्भमा तुरुन्त युद्धविरामको आह्वान गरे। उनले प्यालेस्टिनी सार्वभौमिकताको समर्थन गर्दै, अमेरिकी समर्थन प्राप्त इजरायली प्रतिक्रियाको आलोचना गरे। उनले भने "हामीले प्यालेस्टिनी जनताको दुःखलाई न्यूनतममा घटाउन प्रयास गर्न आवश्यक छ। "

नयाँ विश्व व्यवस्था” को आह्वान

पुटिनको सम्बोधनको सबैभन्दा महत्वपूर्ण विषय भनेको “नयाँ विश्व व्यवस्था” को दृष्टिकोण थियो। उनले यसलाई पश्चिमी-प्रधान अन्तर्राष्ट्रिय संरचना बाट अवश्यम्भावी रूपमा टाढा सर्दै जाने परिवर्तनको रूपमा वर्णन गरे। पुटिनले घोषणा गरे “अघिल्लो विश्व व्यवस्था अपरिवर्तनीय रूपमा अन्त्य हुँदैछ। ” उनले अहिलेको संक्रमणलाई आधारभूत सिद्धान्तहरूको टकरावको रूपमा परिभाषित गर्दै भने यसले आगामी युगको वैश्विक समबन्धलाई आकार दिनेछ।

पुटिनको भल्दाई सम्बोधनले गैर-पश्चिमी शक्तिहरू, जस्तै चीनसँगको गठबन्धन र क्षेत्रीय प्रभावको प्रयोगमार्फत शक्ति सन्तुलनलाई आफ्नो पक्षमा पुनःसंयोजन गर्ने रूसको महत्वाकांक्षालाई झल्काउँछ।

प्रस्तुति: केदार सिटौला

Image: https://en.sputniknews.africa

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’