क्युबामा विद्युत् संकट

केही दिनयता क्युबाले ठूलो विद्युत् संकट व्यहोर्नु परिरहेको छ। २ दिनयता क्युबाको प्रमुख विद्युत् उत्पादन केन्द्र ठप्प हुँदा देशव्यापी रूपमा राष्ट्रिय प्रसारण लाइन ठप्प भएको थियो। सरकारले केही क्षेत्रमा प्रसारण सुचारु गरे पनि सबैतिर गर्न सकेको छैन। यो संकटको मुख्य कारण राजधानी हवाना नजिक रहेको मातान्जास प्रान्तको एन्टोनियो गुइटेरास थर्मोइलेक्ट्रिक प्लान्ट शुक्रबार बिहान ठप्प हुनुलाई मानिन्छ, जसले गर्दा पूरै क्युबाभर ब्ल्याकआउट भयो।

क्युबाली सरकारी पदाधिकारीहरूका अनुसार बिहीबारदेखि सुरु भएको विद्युत् कटौती साना र मध्यम आकारका कम्पनीहरू तथा आवासीय क्षेत्रका एयर कन्डिसनहरूको बढ्दो मागको कारण भएको हो। यस वर्ष मात्रै करिब १ लाख थप एयर कन्डिसनले बिजुलीको माग ठूलो मात्रामा बढाएका छन्। साथै, अमेरिकी प्रतिबन्धहरूको कारणले पुरानो भइसकेको थर्मोइलेक्ट्रिक प्लान्टहरूको उचित मर्मतसम्भार गर्न सम्भव भएको छैन। ती प्लान्टहरू सञ्चालन गर्न पर्याप्त इन्धनको पनि अभाव रहेको छ।

यस वर्षयता केही आम क्युबालीहरूले दिनको आठ घण्टासम्म लोडसेडिंग भोग्नुपरेको थियो। तर यसपटकको विद्युत् कटौतीलाई क्युबाका पछिल्ला वर्षहरूको सबैभन्दा खराब मानिएको छ।

क्युबाली पदाधिकारीहरूका अनुसार पिक समयमा १.६४ गिगावाट विद्युत् बन्द भएको थियो, जुन त्यस समयमा कुल मागको लगभग आधा हो। सरकारले आपतकालीन उपायहरू लागू गरेर माग घटाउने प्रयास गरिरहेको छ, जसमा विद्यालयहरू स्थगित गर्ने, केही सरकारी कार्यक्रमहरू बन्द गर्ने र आवश्यक नभएका सेवाहरू रद्द गर्ने निर्णय लिएका छन्। क्युबाले सन् २०२१ मा साना र मध्यम आकारका कम्पनीहरूलाई पहिलो पटक काम गर्ने अनुमति दिएपछि ती कम्पनीहरूको लागि उपलब्ध गराइएको विद्युत् दरमा परिवर्तन गर्नेबारे विचार गरिरहेको छ।

त्यस्तै, सरकारले विभिन्न क्षेत्रमा रहेका जेनेरेटरहरूबाट स्थानीय रूपमा विद्युत् उपलब्ध गराउन थालेको छ भने ग्यासबाट सञ्चालित थर्मोइलेक्ट्रिक प्लान्ट सञ्चालनमा ल्याउन सुरु गरेको छ। क्युबाले आफ्नो विद्युत् प्रणाली एन्टोनियो गुइटेरासजस्ता ठूला थर्मोइलेक्ट्रिक प्लान्टहरू र केही साना प्लान्टहरूबाट प्राप्त गर्छ, जसलाई सञ्चालन गर्न कच्चा तेलको आवश्यकता पर्छ। क्युबाले आवश्यक कच्चा तेलको करिब आधा मात्र आफैँ उत्पादन गर्छ, तर बाँकी कच्चा तेलको केही मात्रा अन्तर्राष्ट्रिय बजारबाट किन्नुपर्छ, जुन अमेरिकी प्रतिबन्धहरूको कारण कठिन र महँगो हुन सक्छ। यसले सस्तो इन्धनका लागि भेनेजुएला र रूसजस्ता सहयोगीहरूमा निर्भर हुनुपर्ने बनाएको छ। स्मरणीय छ, क्युबालाई भेनेजुएलाले इन्धन उपलब्ध गराउने गर्थ्यो। तर केही समययता भेनेजुएला र रूसले पनि क्युबालाई दिने इन्धनमा कटौती गर्न थालेका छन्। विगत ६० वर्षभन्दा लामो समयदेखि अमेरिकाले क्युबामाथि नाकाबन्दी लगाएको छ, जसकारण क्युबाको आर्थिक स्थिति जर्जर बन्दै गएको छ।

त्यसका साथै क्युबाले वैकल्पिक ऊर्जा स्रोतहरूको प्रयोगमार्फत टापुको विद्युत् प्रणाली सुधार गर्न गत वर्षदेखि एउटा परियोजनामा काम गरिरहेको छ। ३१ वटा सौर्य ऊर्जाका केन्द्रहरू निर्माण गर्ने परियोजना अघि बढिरहेको छ र अर्को वर्ष पूरा हुने अनुमान गरिएको छ। क्युबामा सोलार प्लान्टहरू स्थापना गर्न चीनले मदत गरिरहेको छ।

यो विद्युत् संकटबारे प्रतिक्रिया दिँदै क्युबाका राष्ट्रपति मिगेल डियाज़-कानेलले X (पहिलेको ट्विटर) मा लेखेका छन्, “हामी यस संवेदनशील ऊर्जा संकटलाई सम्बोधन र समाधान गर्न पूर्ण प्राथमिकता दिइरहेका छौँ। क्युबाको विद्युत् पुनर्स्थापना नभएसम्म हामी आराम गर्ने छैनौं।”

image: https://www.aljazeera.com

एजेन्सीहरूको सहयोगमा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’