श्रीलङ्काको चुनावमा वामपन्थी उम्मेदवारले जित्दै !

श्रीलङ्कामा  शनिबार भएको राष्ट्रपति  चुनाबमा नेशनल पिपुल्स पावर (NPP) गठबन्धनका नेता अनुरा कुमारा दिसानायके विजयी बन्ने लगभग सुनिश्चित भएको छ। प्रारम्भिक मतगणनाको क्रममा हुलाक बाट प्राप्त मतपत्रहरुको परिणामको आधारमा उनले स्पस्ट अग्रता लिएका छन्। दिसानायके बामपन्थी पार्टी पिपुल्स लिबरेशन फ्रन्ट (JVP) का नेता हुन्। सात निर्वाचन जिल्लामा हुलाक मतदानको परिणामअनुसार दिसानायकेले ५६ प्रतिशत भोट प्राप्त गरेका छन्।

अनुरा कुमारा दिसानायकेका प्रतिस्पर्धी सजित प्रेमदासा र वर्तमान राष्ट्रपति रानिल विक्रमसिंघेलाई १९-१९ प्रतिशत भोट प्राप्त भएको छ। विश्लेषकहरूका अनुसार दिसानायकेलाई कुल मतको ५० प्रतिशतभन्दा बढी भोट प्राप्त हुने सम्भावना छ। यदि उनी विजयी भए भने, उनी श्रीलङ्काका पहिलो मार्क्सवादी राष्ट्रपति हुनेछन्। अहिलेको संसदमा जेभीपीको जम्मा ३ सिट मात्र रहेको छ। जेभीपीले भ्रस्टाचार विरोधी र गरिबको पक्षधर नीतिको वकालत गर्दछ। श्रीलङ्कामा  २०२२ को आर्थिक संकटपछि अनुरा कुमारा दिसानायके लोकप्रिय बनेका थिए । गरिबहरूको सहयोग गर्ने उनको वामपन्थी नीतिहरू र जोशपूर्ण भाषणका कारण उनी श्रीलङ्काको आम मतदातालाई आफ्नो पक्षमा तान्न सफल भएको अनुमान गरिन्छ।

 

सम्बन्धित सामग्री

रोहन विजयविरा, जेभीपी र श्रीलंकाली क्रान्तिको अधुरो सपना

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’