पेजर हमलाबारे हिजबुल्लाहका नेता के भन्छन् ?

"मंगलबार, इजराइली दुश्मनले हजारौं पेजर उपकरणलाई एकैसाथ लक्षित गर्‍यो, र तिनीहरूले नैतिकता, आचारसंहिता वा कुनै पनि अन्य मूल्यहरूको ख्याल राखेनन्;

यसले सबै सीमा पार गर्‍यो, ती पेजर बोक्नेहरूमध्ये केही नर्सहरू, डाक्टरहरू र फार्मासिस्टहरू थिए।

यदि उनीहरू हामीलाई लक्षित गर्न चाहन्छन् भने, हिजबुल्लाहका लडाकुलाई लक्षित गरून्; कायर नबनोस् र हाम्रा सर्वसाधारणलाई संलग्न नगरून्।

हिजो, इजराइली दुश्मनले रेडियोहरूलाई लक्षित गर्‍यो, जसले गर्दा महिला, बालबालिका र सर्वसाधारणहरू समेत दर्जनौंको मृत्यु भयो ।

दुश्मनलाई थाहा थियो कि यी पेजरहरू सैनिक इकाइहरूमा मात्र नभएर अन्य विभिन्न विभागहरूमा पनि प्रयोगमा थिए – उनीहरूले एकै मिनेटमा ४,००० मानिसहरूलाई जानाजानी मार्ने कोशिश गरे।"

मंगलबार र बुधबार मिलाएर, इस्राइली दुश्मनले ५,००० मानिसहरूलाई मार्ने प्रयास गर्‍यो।

यो एक आतंकवादी कार्य थियो, एक नरसंहार – यो घृणित दुश्मन र क्यान्सर जस्तो ट्युमरको सूचीमा थपिएको अर्को नरसंहार हो।

यसलाई युद्धको कार्य मान्न सकिन्छ।

कुनै शंका छैन, हामीलाई सुरक्षा र मानवीय दृष्टिकोणले ठूलो प्रहार भयो, र यो आक्रमणको स्तर लेबनानको इतिहासमा अभूतपूर्व थियो।

हो, हामीले दुःखद प्रहार बेहोरेका छौं, तर यो युद्धको वास्तविकता हो – हामीले सधैं स्वीकार गरेका छौं कि दुश्मनसँग हामिविरुद्ध प्राविधक अग्रता छ ।

केही दिन हामीलाई अनुकूल हुन्छन्, र केही दिन दुश्मनको पक्षमा हुन्छन्; यस हप्ताका घटनाहरू एक ठूलो परीक्षा थिए, जुन हामी परमेश्वरको सहयोगमा पार गर्नेछौं  र हाम्रो  शिर अझ ठाडो हुनेछ ।

प्रहार जति शक्तिशाली वा अभूतपूर्व भए तापनि, दुश्मनले हामीलाई कहिल्यै धूलोपीठो पार्न सक्नेछैन, हाम्रो प्रतिरोध झनै दृढ हुनेछ।

केही निराश व्यक्तिहरूले पहिलो दिनदेखि नै दाबी गरेका छन् कि हिजबुल्लाहले युद्धभूमिमा कुनै फरक पार्न सकेन; बरु, यस विषयमा दुश्मनले के भनेको छ, त्यो तपाईंले सुन्नुपर्छ।

जब केही मानिसहरूले हाम्रो बारेमा नराम्रो कुरा गर्छन्, दुश्मनले नै खुलेर स्वीकार गरेको छ कि हामीले रणनीतिक र सामरिक विजयहरू हासिल गरेका छौं, र हामीले कब्जा गर्ने इकाईलाई अभूतपूर्व स्तरमा प्रभावित गरेका छौं, र यो थकावटपूर्ण लडाइँ हो।

लेबनानी मोर्चा हामासले इजरायललविरुद्ध राख्ने सबैभन्दा महत्त्वपूर्ण वार्ताका पत्ताहरूमध्ये एक हो।

११ महिनादेखि इस्राइले हामीलाई पूर्ण युद्धको धम्की दिँदै आएको छ, हाम्रो समर्थन मोर्चालाई रोक्न प्रयास गर्दै; हामी गाजालाई समर्थन गर्न कहिल्यै छाड्ने छैनौं।

यदि हामीले दुश्मनले जोड दिएअनुसार  अहिले आफ्ना अभियानहरु रोक्यौं भने हामीले गत वर्ष गरेका सबै कामहरू बेकार हुनेछ – उनीहरूले लेबनानी मोर्चालाई प्यालेष्टाइनको मोर्चाबाट कहिल्यै छुट्याउन सक्ने छैनन् – यो हाम्रो धार्मिक र मानवीय कर्तव्य हो।

हामी दुश्मनलाई भन्छौं, र गालान्ट (इजरायली रक्षामन्त्री)लाई, जसलाई हटाउन लागेको थियो; उनीहरूले गाजामा युद्ध नरोकेसम्म हामी कहिल्यै इजरायलविरुद्धको युद्ध रोक्ने छैनौं ।

म फेरि दोहोर्याउँछु, कुनै पनि परिस्थितिमा, कुनै पनि त्याग गर्नु परोस्, हामी हाम्रो कर्तव्य कहिल्यै त्याग्ने छैनौं।

उनीहरूले हामीलाई आत्मसमर्पण गर्न बाध्य पार्न खोजे, तर कहिल्यै सफल हुनेवाला छैनन्।

हाम्रो कमान्ड संरचना र सञ्चालन तयारीमा कुनै असर परेको छैन।

यो मूर्ख, बेवकुफ इजरायली उत्तरी कमान्डरले दक्षिणमा 'सुरक्षा क्षेत्र' बनाउन लेबनान प्रवेश गर्न चाहन्छ – वास्तवमा, हामी आशा गर्छौं कि इजरायलले लेबनान प्रवेश गर्नेछ, हामी दिनरात उनीहरूका ट्याङ्कहरूको प्रतीक्षा गरिरहेका छौं, हामी भन्छौं, "स्वागत छ!"

लेवनानमा पेजर, रेडियो तथा वाकीटाकी जस्ता यन्त्रहरुमा विस्फोट गराएर इजरायलले गरेको हमला लगत्तै लेबनानको हेजबुल्लाह प्रमुख हसन नसरल्लाहले दिएको भाषणको प्रमुख अंश।

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’