भेनेजुएलामा निकोलस मादुरो पुन:निर्वाचित

भेनेजुएलामा आइतबार भएको राष्ट्रपति चुनावमा निकोलस मादुरो पुन:निर्वाचित भएका छन्।

भेनेजुएलाको निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार निकोलस मादुरोले ५१.२  प्रतिशत भोट प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दीले एडमुंडो गोंजालेजले ४४.२  प्रतिशत भोट प्राप्त गरेका छन्।

तर बिपक्षी नेताहरुले आफ्नो उम्मेदवारले ७० प्रतिशत मत प्राप्त गरेर स्पष्ट जित हासिल गरेको दावी गरेका छन्। अमेरिका र पश्चमी देशहरुले यो नतिजा प्रति शंका व्यक्त गरेका छन्। अमेरिकी विदेश मंत्री एंटनी ब्लिंकनले  चुनाबको परिणाम प्रति आशंका व्यक्त गर्दै भनेका छन्- अमेरिकालाई गम्भीर चिन्ता छ कि घोषित गरिकेको नतिजाले भेनेजुएलाका जनताको इच्छा वा भोटहरुलाई प्रतिविम्बित गर्दैन। अमेरिकाको ठीक विपरीत क्युबा र रसियाले निकोलस मादुरोलाई जितको उपलक्षमा बधाई दिएका छन्।

जितपछि राजधानी काराकासका सडकहरुमा निकोलस मादुरोका समर्थकहरुले खुशियाली मनाएका छन् भने उनका विपक्षीहरुले टायर बालेर विरोध जनाएका छन्।

मादुरो यो जितसंगै लगातार तेश्रो पटक राष्ट्रपति बन्दै छन्। स्मरणीय छ भेनेजुएलामा राष्ट्रपतिको कार्यकाल ६ बर्षको हुनेगर्छ। उनको यो जित संगै भेनेजुएलामा त्यहाका लोकप्रिय बामपन्थी नेता ह्युगो चाभेजको विचारधारा चाभेजवादले निरन्तरता पाउने भएको छ।  बामपन्थी नेता ह्युगो चाभेजले भेनेजुएला १४ वर्षसम्म शासन गरेका थिए। उनको २०१३ मा निधन भएको थियो।

Image source: https://www.aljazeera.com

 

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’