शान्तिवार्ताका लागि रुसका नयाँ प्रस्ताव !

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसंग शान्तिवार्ता सुरु गर्नका लागि केही शर्तहरु अगाडि सारेका छन्। रुसको समाचार एजेन्सी तासका अनुसार पुटिनले अगाडि सारेका शर्तहरुमा युक्रेनले डोनेट्स, लुहांस, जापोरिझिया र खेरसोन क्षेत्र बाट आफ्ना सबै सेनाहरु फिर्ता गर्नुपर्ने र युक्रेनले नेटो सैन्य गठबन्धनमा सहभागी हुने योजना परित्याग गरेको औपचारिक घोषणा गर्नु पर्ने कुरा समावेश छन्। पुटिनका अनुसार युक्रेनले यी शर्तहरु मानेमा रुसले त्यही मिनेटमा युद्धविरामको आदेश दिनेछ र वार्ता सुरु गर्नेछ। र युक्रेनले यी सर्तहरु मानेमा उसका सैनिकहरुलाई बाधारहित रुपमा सुरक्षित फिर्ताको अवसर सुनिश्चित गर्नेछ।

पुटिनले अगाडि भनेका छन्– हामीहरु आज फेरि अर्को वास्तविक शान्ति प्रस्ताव अगाडि सार्दैछौ। यो द्वन्दलाई रोक्ने सवाल मात्र होइन, बरु यसलाई निश्चित टुंगोमा पुर्‍याउनु हो। रुसको यो शान्ति प्रस्तावलाई पश्चिम र किभले अस्वीकार गरे भने रक्तपातको जिम्मेवारी उनीहरुकै हुनेछ।

युक्रेनले रुसका यी शर्तहरु मान्ने सम्भावाना एकदम कम छ। युक्रेनले पटक पटक आफ्नो कुनै पनि क्षेत्र रुसलाई नदिने अडान लिँदै आएको छ।  त्यस्तै अमेरिका र नेटोले पनि रुसको यो प्रस्तावलाई अस्वीकार गरेका छन्। नेटोका महासचिव जेम्स स्टोलटेनबर्गले रुसको प्रस्ताव राम्रो मनसायले राखिएको छैन भनेर भनेका छन्। त्यस्तै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनका अनुसार पुटिनले अवैध रुपमा सार्वभौम युक्रेनको भूभाग कब्जा गरेको छ। उनी युक्रेनले शान्तिको लागि के गर्नु पर्छ भनेर हुकुम गर्ने हैसियतमा छैनन्।

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’